20091224

प्रचण्डले २४ घन्टा नबित्दै नाटकीय ढंगले आफ्नो भनाइ परिवर्तन गरे !!!

'भारतको आलोचना राजनीतिक ठट्टा' : प्रचण्ड




माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आन्तरिक समस्या समाधानका लागि भारतसँग मात्र वार्ता गर्ने आफ्नो अभिव्यक्ति यहाँका दलहरूलाई 'डाइलग' दिने उद्देश्यबाट आएको सफाइ दिएका छन् । तेस्रो चरणको आन्दोलन समापन समारोहमा माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार ढाल्न र राष्ट्रिय सहमतिको सरकार बनाउन दिल्लीसँगै वार्ता गर्ने उद्घोष गरेका प्रचण्डले त्यसको २४ घन्टा नबित्दै नाटकीय ढंगले आफ्नो भनाइ परिवर्तन गरेका हुन् । उनी संसद् सचिवालयमा बुधबार...........
आयोजित प्रमुख तीन दलको बैठकमा बोल्दै थिए । नेपालका दलहरूसँग वार्ता नै नगर्ने आफ्नो अडानविपरीत प्रचण्डले बुधबार नै पार्टर्ीीे संविधानसभा दलको बैठक बोलाएर जारी संसद् अवरोधसमेत खोल्ने निर्ण्र्ाागराएका थिए । 'यहाँका राजनीतिक दलहरू वार्तातर्फगम्भीर नभएकाले व्यंग्यस्वरूप मैलै भारतसँग वार्ता गर्छर्ुुनेको हुँ,' संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा बोलाइएको सो बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले राजधानीसँग भने, 'भारतको आलोचना पनि राजनीतिक ठट्टा मात्र हो ।'
नेम्वाङका अनुसार छलफलमा प्रचण्डले 'दलहरूबीच वार्ता हुँदैन र नयाँ दिल्लीमै वार्ता गर्ने' आफ्नो अभिव्यक्तिलाई गम्भीर रूपमा नलिन पनि अन्य दलका नेताहरूसँग आग्रह गरेका थिए । 'दलहरूबीच वार्ता हुने तर निष्कर्षा नपुग्ने स्थिति अन्त्यका लागि दबाब दिन त्यस्तो चेतावनी दिनुपरेको हो,' दलहरूबीचको बढ्दो तिक्ततालाई कम गर्न वार्ता हुन्छ कि हुँदैन भनी नेम्वाङले राखेको जिज्ञासामा उनले भनेका थिए । उनले दलहरूसँगको वार्ता औचित्य स्थापित गर्ने र्सार्थक बन्नुपर्ने सुझाव पनि दिएका थिए ।
सो विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि बुधबार अन्य माओवादी नेताले समेत प्रचण्डको बचाउ गरेका थिए । माओवादी संविधानसभा दलको बैठकपछि सो पार्टर्ीी संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने, 'त्यो अध्यक्षको व्यंग्यात्मक टिप्पणी मात्र थियो ।'
तर, माओवादीकै अर्का नेता गोपाल किराँतीले भने प्रचण्डको सो अभिव्यक्तिलाई ठट्टाका रूपमा नलिन चेतावनी दिए । किराँतीका अनुसार गत साउनमा भएको केन्द्रीय समिति बैठकको निर्ण्र्ाानुरूप नै प्रचण्डले भारतविरोधी अभिव्यक्ति र्सार्वजनिक गरेका हुन् ।
प्रमुख दलबीच संवैधानिक समितिमा देखिएको विवादलाई तीन दिनभित्र टुंगो लगाउने सहमतिसमेत प्रमुख दलका नेताको बैठकमा भएको छ । 'शुक्रबारसम्म नियमावलीबमोजिम टंुगोमा पुग्ने सहमति भयो,' छलफलपछि सञ्चारकर्मीसँग कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने ।
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले भने सहमतिबाटै विवादित विषयलाई टंुग्याउनुपर्ने सुझाव दिएका थिए । संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले असहमतिको घेरालाई साँघुरो बनाउन सकिने बताए ।-लिलाराज खनाल, नरेश ज्ञवाली/राजधानी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक