20091212

प्रधानमन्त्री माधवकुमार नेपालद्वारा माओवादी अध्यक्ष "प्रचण्ड" लाई असफल भएकाले पदबाट राजीनामा दिन सुझाव

प्रधानमन्त्री माधवकुमार नेपालले एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" लाई पार्टी नेतृत्व गर्न र कार्यकर्तालाई अनुशासनमा राख्न असफल भएकाले पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ। एमाले काभ्रेको सातौं जिल्ला अधिवेशन उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री नेपालले शुक्रबार माओवादी नेतृत्वको असफलताको कारण नै शान्ति प्रक्रिया पनि अप्ठेरोमा परेको र कार्यकर्ताहरूले अराजकता मच्चाएको आरोप लगाउनुभयो। प्रधानमन्त्री नेपालले माओवादी लडाकूको समायोजन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनु तथा निर्धारित समयमै संविधान निर्माण गर्नु वर्तमान सरकारको मुख्य कार्यभार रहेको बताउँदै माओवादीका कारण शान्ति प्रक्रियालाई तीव्र गतिका साथ अघि बढाउन नसकिएको धारण राख्नुभयो। संविधान पहिले बनाउने कि शान्ति प्रक्रियालाई पहिला निष्कर्षा पुर्याउने प्रश्न खडा भएको उल्लेख गर्दै उहाँले पहिला शान्ति प्रक्रियालाई टुंगोमा पुर्याएपछि मात्र संविधानले अन्तिम रूप धारण गर्ने बताउनुभयो। माओवादी सेना समायोजन र पुनर्स्थापनाको काम निर्वाचन सम्पन्न भएपछि ६ महिनाभित्र पूरा गर्नुपर्छ भन्ने पहिला भएको सहमति र अन्तरिम संविधानमा पनि प्रस्ट रूपमा उल्लेख गरिएको छ भन्दै प्रधानमन्त्री नेपालले भन्नुभयो- संविधान निर्माणका लागि दुइ वर्षो समय निर्धारण गरिएको छ। पहिले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने अनि संविधानलाई अन्तिम टुंगो दिने यसमा कसैले भ्रम पैदा नगर्नु होला।’ प्रधानमन्त्री नेपालले माओवादीले आफूसँग हतियार र सेना भएकै दम्भले गर्दा पटक-पटक शान्ति प्रक्रियालाई अप्ठेरोमा हाल्न उद्यत भएको बताउनुभयो।


ANS Welcome Ceremony
to
H.E. Dr. Shankar Prasad Sharma





America-Nepal Society has a tradition to welcome newly arrived Nepalese Ambassador to US, since 2 decades. ....


You are cordially invited to attend the "Welcome Ceremony" to welcome newly arrived Nepalese Ambassador to US

H.E. Dr. Shankar Prasad Sharma
.


Event's date & venue are as follows:

Date:- 13 December 2009, Sunday
Time:- 3.00 P.M.
Venue:- Arlington Central Library
Address: 1015 N Quincy St.
Arlington, VA 22201-4661 


Contact Persons:
Netra Ghising 703-597-4098
Kabindra Sitoula 571-259-3984
Khem Bhattachan 571-242-5510
Tika Kumar Pun 703-342-8885
Laxmi Gaudel 703-220-8782
Prakash Nepal 703-864-4141


Thank You.
  
With best regards,

Khem Bhattachan
President,
America-Nepal Society
Washington D.C.
==========================

Driving directions:
From Washington, D.C.

From Memorial Bridge follow signs to Rt. 50 West. Turn right at 10th St. exit. Follow 10th St. to Fairfax Dr.
Turn right at light at Quincy St. Library is 1 block on right.From I-66 West; take Glebe Rd. exit. Turn left onto Glebe.
Turn left at next light onto Washington Blvd. Turn right on Quincy St (high school on your left) to library.

From Alexandria
GW Parkway North. Stay on Parkway past Rosslyn to Spout Run exit. Turn right on Lee Highway.
Turn left on Quincy St. (by Honda Dealer) to library one mile on left.

OR
GW Parkway North. Take exit for 66 West. Take exit for Glebe Rd. Turn left at light onto Glebe Rd.
Turn left at next light onto Washington Blvd. Turn right at second light onto Quincy St.
Library is on the left past the park.

From Fairfax
I-66 E to exit 71, Fairfax Dr. Go straight to left on Quincy St by funeral home.

From Maryland
From I-495 W cross Cabin John Bridge. Merge onto VA-267 via exit 45B on the left to I-66 E. Take exit 71, Fairfax Dr.

Go straight to left on Quincy St by funeral home. Library is one block on right.
Metrorail and ART Bus
Ballston station stop on the Orange Line. From Ballston walk three blocks up Fairfax Drive to Quincy Street and turn left.
Central Library is one-half block on the right. ART Bus drop off at 1015 N. Quincy St.








'' आफ्नो मुल्याङ्कन अरु को आँखा बाट गर ''

- शेखर ढुङेल


अङ्रेजी साहित्य मा समाज को सभ्य ब्यक्तित्व को लागि एउटा आदर्शमय बाक्यांस छ '' जज योर सेल्फ थ्रु अदर्स अाइ '' अर्थात '' आफ्नो मुल्याङ्कन अरु को आँखा बाट गर '' सभ्य समाज को अर्को सस्कार् छ ' बि पोजेटिभ ' अर्थात '' सकारात्मक सोच '' तर यि दुई बाक्यांस स्वदेस होस की बिदेस मा बस्ने नेपाली को लागि भने टाढा र अपाच्य बनी दियो अनी ब्यक्ती , समाज र राष्ट्र संका , उप सँका , बाद् बिबाद , चुक्ली , चाप्लुसी , खुट्टा तान्ने जस्तो डर लाग्दो प्रब्रिती बाट पीडित छ ।

सभ्य मानिस हरु आफु सित सम्बन्धित बिषय मा बाहेक अन्य असम्बन्धित बिषय मा चासो राख्ने र शँका उपशन्का को बिबादस्पद खेती मा आफ्नो उर्जा नस्ट गर्न रुचाउदैनन । सभ्य र सस्कार युक्त समाज का सदस्य न त स्वयम बिबाद को स्रीजना गर्दछन न त अरु लाई बिबाद मा तान्दछन न त आफु सित असम्बन्धित बिषय मा चासो जिज्ञासा राख्ने अनी प्रतिकृया दिने गर्दछन । यो सत्य हो की कोइ पनि सत प्रतिसत परिपक्व (पर्फेक्ट )हुन सक्दैन । मानबिय कमजोरी प्रत्यक बाट पोखिन्छ त्यै कमजोरी लाई कसरी लिने ?कहा सम्म पुर्याउने ? किन पुर्याउने ? अन्तिम परिणाम् कस्तो हुन्छ ? जस्ता कुरा को बिस्लेशण पछी मात्र कृया प्रतिकृया ब्यक्त गर्ने सभ्य समाज को चलन हो ।

यस्तै मानबिय कमजोरी लाई स्वयम र अरु को लागि पनि लागु हुन्छ भनी पवित्र धार्मिक ग्रन्थ बाइबल र नेपाली समाज ले पनि आ आफ्नै ढंग का कथा मार्फत सन्देश दिने कोशीस गरेको देखिन्छ । बाइबल मा भनिएको छ '' एक दिन जेसुस उन्का साथी हरु सित घुम्दै कुनै गाउ मा पुगेका हुन्छन त्यहा भिडले एक महिला लाई बेस्या भन्दै ढुङ्गा मुढा गर्दै रहेछन । त्यो देखेर जेसुस का साथी हरु पनि ढुङ्गा हान्न तम्सिएको देखेर जेसुस ले भन्नु भयो पर्ख !तिमी हरु मध्य कसैले पनि आज सम्म कुनै गल्ती गरेको छैन भने मात्र ढुङ्गा हान '' तब सबै नत मस्तक भै शान्त भए । हाम्रो समाज मा पनि भनिन्छ कसै लाई एक औंला ठड्याउदा आफु तिर तीन औंला ठड्डी राखेको हुन्छ ।

समाज मा अरु को खोइरो खन्ने , ब्यक्ती को चरित्र हत्या गर्ने , मित्र मित्र वा समुह समुह को बिच मा गुनासो र असम्बन्धित बिषय मा चर्चा र परिचर्चा गर्ने , अरु लाई खसालेर आफु ठुलो हुन कोशीस गर्ने , सस्कार सम्पूर्ण रुपमा अपरिपक्व मानसिकता हो । त्यस्तो प्रब्रिती ले अन्तमा स्वयम लाई एक दिन समाज बाट अलग्याउने छ । प्रत्यकले स्पस्ट बुझिसकेको यथार्त के हो भने ' अरु को कुरा काट्ने ले मेरो पनि अरु सित काट्दछ ' स्वदेस र बिदेस मा पनि नेपाली को प्रचलित सस्कार हो ' फुर्सद मा छेउ न टुप्पा को र हिमाल देखी तराइ हुँदै ब्यक्ती देखी राष्ट्र सम्म का कुरा गर्दछौ । एउटा लाई फोन गरी अर्का को बारेमा सोद्धछौ । कहिले काही यस्तो पनि सुनिन्छ त्यल्ले फोन गर्दैन म पनि के कम् छु र त्यल्लाई गर्ने ?त्यै सवाल उस्मा पनि लागु हुन्छ भन्ने चाँही हामीले बिर्सन्छौ । नेपाली सस्कार को तितो सत्य को यो एउटा उदाहरण मात्र हो । अर्को डर् लाग्दो सस्कार ( प्रब्रिती ) छ '' सत्य के हो खोइ मलाई पनि थाहा छैन । बिस्वासि भएर तलाई मात्र भनेको नि कसै लाई नभन है भन्दै कहिले काल्पनिक रुपमा , कहिले कसैले भनेको भन्दै कसै को चरित्र हत्या गर्ने , कसैको घरायसि मामाला का , कसैका ब्यापार का बारेमा असम्बन्धित पक्ष ले असम्बन्धित पक्ष सित चर्चा गर्ने कु सस्कार ले समाज लाई न राम्रो सित पीडित बनाएको छ । यस्तो प्रब्रिती लाई निरुत्साहित गर्न , समाज बाट एक्ल्याउन दबाब मुलक बातावरण बनाउन समाज का प्रबुद्ध बर्गले ढिला गरी सकेको देखिन्छ ।

समाज मा उठेको कुनै बिषय को अन्तिम सत्य तथ्य नतिजा लाई पर्खने ध्रैयता हामी मा छैन ब्यक्ती ब्यक्ती को प्रतिकृया अाऊन सुरु हुन्छ र आ आफ्नो भनाइ लाई सहि सबित गर्न अनेकौ शँका उपशंका का कथा जोड्न पनि हामी कम छैनौ । यस्तो प्रब्रिती ले कतै पीडित न्याय बाट बन्चित भएका छन त कतै पिडक नै कानुनी दायरा बाट उम्कन सफल भएका छन ।

नेपाली समाज मा ग्रस्त कुरा काट्ने , अरु को खुट्टा तान्ने , अरु को बारेमा गुनासो गर्ने जस्तो अस्वस्थ मानसिकता जस्ले ब्यक्ती घर र समाज लाई पीडित बनाइ थिल थिलो बनाएको छ । सर्ब मान्य सत्य के हो भने '' कुनै कथित असल मानिस सबै को लागि असल नै हुन्छ भन्न सकिन्न र अरोपित खराब ब्यक्ती पनि सबै को लागि खराब हुँदैन '' संपर्क मा आउने एक अर्का बिच को व्यबहार ले नै एक अर्का मा राम्रो र न राम्रो प्रभाब पार्ने हो र एक पक्ष मात्र न हुन पनि सक्दछ । असल र खराब को प्रसँग पनि सम्बन्धित पक्ष सित मात्र लागु हुन्छ न की अन्य पक्ष र असम्बन्धित बिषय सित । अर्को सत्य , मानिस ले आफ्नो वाक चतुर्याइ र बनावटि कथा ब्यथा हालेर एक छिन लाई आफु राम्रो , असल , चोखो , सज्जन , निर्दोस सबित गर्ने प्रयास गरे पनि आफुले आँफै लाई ढाट्न सक्दैन । त्यसैले बुद्धिमान मानिस हरु प्रत्यक रात सुत्नु भन्दा अगाडि त्यो दिन भरी को आफ्नो कृया कलाप लाई स्मरण गर्दछन रे अनी आफ्नो कारण ले अरु कसै लाई दु:ख पुग्यो की घाटा पार्यो की ? वा मैले के के राम्रो काम गरे के के न राम्रो काम गरे ? की भनी आत्म बिस्लेषण गर्ने गर्दछन रे अनी गल्ती न दोहोर्याउने , सच्चिने सहयोगि बन्ने , गरेको गल्ती को लागि माफ माग्ने गर्दछन रे ।

अन्तमा मानिस ले आँफैले आँफै लाई वा आफ्नै प्रससा , ख्याती , प्रख्याती को चर्चा वा यो गरे त्यो गरे म यो हुँ त्यो मेरो अगाडि के होर भन्ने होइन के गरियो समाज ले मुल्याङ्कन गर्ने हो । स्वस्थ स्वच्छ , सदभाबपूर्ण समाज निर्माण गर्न '' सकारात्मक सोच ' र आफ्नो मुल्याङ्कन अरु को आँखा बाट गराउने '' सत्प्रयास गर्नु पर्दछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक