20100106

"दाहालले भारतीय एजेन्टका रूपमा प्रस्तुत गर्ने जुन अभिव्यक्ति दिनुभयो, त्यो टेप मैले पनि सुनेँ, त्यसले मेरो चरित्रहत्या गरेको मैले ठानेको छु"

- बाबुराम भट्टराई

भारतले बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन पटक-पटक दबाब दिएर 'गम्भीर स्थिति' भएको भन्ने खुलासा गरेको भाषण सार्वजनिक भएपछि उपाध्यक्ष बाबुराम भट्टराईले मंगलबार समितिको बैठकमा आफूप्रति एकपक्षीय ढंगबाट चरित्र हत्या गर्ने गरी अध्यक्षबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाए। अध्यक्ष दाहालले नागरिकमा प्रकाशित समाचारबाट पार्टीमा व्याप्त मतभेद सार्वजनिक भएपछि सञ्चार माध्यमले आफ्नो अभिव्यक्तिलाई 'फरक सन्दर्भमा बंग्याएर प्रस्तुत गरेको' प्रष्टिकरण दिएका थिए। बैठकको सुरूवात्मै दाहालले त्यस्तो..............
प्रष्टिकरण दिनेक्रममा भारतको एउटा तप्काले कहिले आफूलाई प्रधानमन्त्री बन्नुपर्ने भनेको त कहिले अर्को तप्काले भट्टराईलाई बनाउनुपर्छ भन्दै आएको बताएका थिए। त्यसमै टेकेर भट्टराईले 'यसरी तपाईंलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भनेर कुरा आएको रहेछ, मेरो नाममा मात्र दबाब आएको भनी भारतीय एजेन्टका रूपमा प्रस्तुत गर्ने जुन अभिव्यक्ति दिनुभयो, त्यो टेप मैले पनि सुनेँ, त्यसले मेरो चरित्रहत्या गरेको मैले ठानेको छु' भनेर दाहालको प्रतिवाद गरेका थिए। भट्टराईले 'यो कुरा पत्रकारमाझ प्रष्ट गर्नुहोस्' भन्ने आग्रह गरेपछि दाहालले बैठकपछि संक्षिप्त पत्रकार सम्मेलन गरी पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा 'अध्यक्षका रूपमा मैले नै सरकारको नेतृत्व गर्ने महत्वपूर्ण निर्णय बैठकले गरेको छ' भन्ने जानकारी दिए। त्यहीँ उनले भारतको एउटा पक्षले कहिले आफूलाई त कहिले भट्टराईलाई प्रधानमन्त्री बने हुन्थ्यो भन्ने गरेको सुनाए।

'अब बाबुरामजी बोल्नुहुन्छ' भनेर दाहालले टुंग्याएपछि, भट्टराईले आफ्नो चरित्रहत्या भएको गुनासो गरे। अन्त्यमा भने, 'केही मिडियाले प्रमुखतासाथ मेरोबारेमा जे लेखेका छन्, त्यसले मलाई मर्माहत र दु:िखत बनाएको छ, त्यो मेरो चरित्रहत्याका रूपमा लिएको छु भन्ने बुझेको छु। जुन ढंगले प्रचार भएको छ, म सहमत छैन। अहिले प्रचण्डकै नेतृत्वमा पार्टी एकढिक्का छ। कसैको दबावमा माओवादी चल्दैन।'

सात महिनाअघि प्रधानमन्त्रीबाट राजिनामा गरेपछि दाहालले केन्द्रीय समितिकै बैठकमा अब आफू सरकारमा नजाने सन्देश दिएका थिए। त्यसैपछि भारतले भट्टराईलाई बनाउनुपर्ने भन्ने दबाब आउने गरेको उनले आइतबार ललितपुरमा पार्टीको भातृ संगठन नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय पदाधिकारीलाई आधा घन्टा लामो प्रशिक्षण दिनेक्रममा खुलाएका थिए।

'अध्यक्षले यस्तो कुरा नराखेको भए हुन्थ्यो। विभिन्न व्यक्तिहरूले त्यस्तो खेल्न खोजेका रहेछन्। उहाँले मसँग भन्नुभएन। (प्रशिक्षणमा) एक पक्षीय ढंगले अध्यक्षले कुरा राख्नु भएको छ', आफू अनुपस्थित प्रशिक्षणमा दाहालले दिएको अभिव्यक्तिको आलोचना गर्दै भट्टराईले बैठकमा भने।

नागरिकन्यूज डटकममा राखिएको उक्त प्रशिक्षणको अडियो टेपमा दाहालले भट्टराईको प्रसंग ल्याउँदा बन्दकोठाका सहभागीहरू पटक-पटक हाँसेको सुनिन्छ। उक्त टेप आफूले पनि सुनेको प्रसंगसाथ भट्टराईले भने, 'त्यति मात्रै नभएर मेरो खिल्ली समेत उडाएकोमा मलाई चिन्ता लागेको छ।'

भट्टराईले यसअघि पनि पार्टीमा बारम्बार यस्तै आरोप लगाउने गरेको गुनासो पनि गरेका थिए। 'पहिले 'आलोक'ले बाबुरामरामलाई खत्तम नपारेसम्म क्रान्ति सफल हुन्न भन्थे। रविन्द्र श्रेष्ठ, मणि थापाहरुले पनि सैद्धान्तिक अवधारणा भए पनि मैले नेतृत्व गर्न सक्दिन भन्थे', भट्टराईको भनाई उद्धृत गर्दै एक पोलिटव्युरो सदस्यले नागरिकसित भने।

स्रोतका अनुसार उनले आफूलाई ०६१ सालमा पार्टीले सबै जिम्मेवारीबाट मुक्त गरेर कारवाही गरेको प्रसंग पनि बैठकमा ल्याए। 'ममाथि पहिला कारवाही भएको पनि हो, साथीहरुलाई थाहै छ। जसले जे भने पनि म पार्टीमै छु र पार्टीकै लागि हुनेछु,' उनले भने। वस्तुगत अवस्था फेरबदल भए अन्तर्विरोध पनि फेरबदल हुन्छ भन्ने आफ्नो स्पष्ट मान्यता पनि उनले त्यहा" राखे। पार्टी नेतृत्व सरकारमा जान हुँदैन भन्ने सैद्धान्तिक धारणालाई प्रस्टाउँदै उनले भने- 'साथीहरूले अन्तरविरोधलाई व्यक्तिसँग जोडेर हेर्ने गर्दा थप समस्या भएको छ। अहिलेसम्मको कार्यक्रम बेठीक हुन नदिन र पूर्णता दिन मूल नेतृत्व सरकारमा जानु हुँदैन भन्ने मेरो मान्यता हो।'

मन्तव्यको अन्त्यमा भट्टराईले आफ्नो विचार पार्टीमा सफल भएकोमा पनि गर्व जनाए। संसदीय दलहरूसँग बाह्र बुँदे समझदारी गराउने शान्ति प्रक्रियाको थालनीमा आफ्नो अहम् योगदान रहेको र त्यसैलाई पार्टीले चुनवाङ बैठकबाट पारित गरेको सन्दर्भ दँ"दै भट्टराईले भने, 'साथीहरूलाई थाहै छ अहिलेसम्मको पार्टीको सफलता र नीति भनेको चुनबाङ बैठककै निरन्तरता हो।'

स्रोतका अनुसार बैठकमा दाहालले आफू सरकारमा जाने चाहना नहुँदा नहुँदै पनि वातावरण त्यस्तो बनेकाले आफैंले नेतृत्व गर्नुपर्ने बताएका थिए। आफूले सरकार नेतृत्व गर्नुपर्ने कारण धेरै शक्ति केन्द्रहरू पार्टीमा खेल्न खोजेकाले पार्टी नेतृत्वले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवश्यकता पनि उनले औंल्याए। 'उहाँ (बाबुराम) दोस्रो व्यक्ति भएकाले अर्को दोस्रोले पनि म हुन्छु भनेर थप अन्तविरोध सृजना हुने अवस्था आउन सक्छ भनेर पार्टी नेतृत्वले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने हो,' दाहाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

दाहालले आफ्नो सार्वजनिक अडियो टेपको विषयलाई स्थायी समितिबाट टुंग्याउने आश्वासन दिएका थिए। 'अहिले जुन किसिले मिडियामा आएका छन् त्यस्तो अन्तर्विरोध हैन। त्यसबारे छानबिन गरौं। रेकर्ड सबैले सुनांैला। यो उठेको विषयलाई स्थायी समितिको बैठकमा छलफल गरेर टुंगो लगाउँला', उनले भने।

पार्टीको प्रधान अन्तविरोधलाई फागुनमा हुने केन्द्रीय समितिको विस्तारित बैठकले टुंगो लगाउने सहमति पनि भएको छ। 'पहिले भारतीय विस्तारवाद र देशीय सामान्तवादसँग नेपाली जनताको प्रधान अन्तविरोध भन्ने हो। अहिले राष्ट्रिय स्वाधिनताको संघर्ष अघि आएकाले विदेशी हस्तक्षेप पनि हो कि, हो कि जस्तो छ', दाहालले पत्रकारहरूसँग भने।-उजिर मगर

1 comment:

  1. Mr. Bhattari you should not be in dirty political party. They will never give you respect of hard work. I would like to suggest you that you must come to the USA. YOu will have good position and better life as you deserve it.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक