20100118

नेपालको राष्ट्रिय झन्डाले सामन्तवादको संकेत गर्ने भन्दै त्यसलाई फेर्नुपर्ने माओवादी माग


संवैधानिक समितिको अवधारणापत्र र मस्यौदामाथि संविधानसभा बैठकमा आइतबार पनि छलफल जारी रहृयो । छलफमा भाग लिंदै एकीकृत नेकपा माओवादीका सभासद् वर्षामान पुन (अनन्त)ले नेपालको राष्ट्रिय झन्डाले सामन्तवादको संकेत गर्ने भन्दै त्यसलाई फेर्नुपर्ने धारणा राखे । "विश्वमा परिवर्तनपछि हरेक पक्षमा परिवर्तन हुने गरेका छन्", उनले भने, "संघीय संरचनामा गइसकेपछि सबैको प्रतिनिधित्व हुनेखालको झन्डा हुनुपर्छ । हरेक जाति, समुदाय र प्रदेशसँग मेल खानेखालको राष्ट्रिय झन्डा बनाउनुपर्छ ।" संवैधानिक समितिको बैठकमा झन्डा परिवर्तन गरी परिवर्तनको आभाष दिलाउने निर्णय गराउन अन्तिम समयसम्म प्रयास गरे पनि सफलता हात नपरेकोले संविधानसभाले यो विषयलाई......
गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ थियो । संविधानसभा संवैधानिक समितिमा माओवादीले अवधारणामा नै 'जनयुद्व' भन्ने शब्द राखिनुपर्ने र नेपालको राष्ट्रिय झन्डा तथा प्रतीकहरु फेरिनुपर्ने माग गरेको थियो । तर, मतदानबाट समेत माओवादी मागहरु अस्वीकृत भएका थिए । अस्वीकृत भएका विषयहरुलाई माओवादीले फरक मतका रुपमा पेस गरेको थियो ।

एमाले सभासद् विष्णु रिमालले श्रमजीवी नेपाली जनताको हक-हित संरक्षण हुनेखाले संविधान बन्न नसके संविधान कार्यान्वयन हुनै नसक्ने बताए । मस्यौदामा अनपेक्षित खालका मतभेद देखिएकाले यसको समाधान खोजिनुपर्नेमा उनले जोड दिए । माओवादीले हिंसाबाहेक क्रान्ति नै गर्न नजानेको भन्दै उनले आलोचना गरे । कांग्रेस सभासद् डा. नारायण खड्काले संविधानमा विभिन्न आन्दोलनलाई ऐतिहासिक भनी उपमा जोडिएकाले मूल जनआन्दोलनको अवमूल्यन भएको भन्दै जनआन्दोलको अगाडिमात्र 'ऐतिहासिक' राखे पुग्ने तर्क गरे । माओवादीले 'जनयुध्द' राखेर त्यसका अगाडि पनि ऐतिहासिक राख्नुपर्ने तर्क गरिरहेकै बेला खड्काले यस्तो बताएका हुन् । खड्काले राष्ट्रिय झन्डा फेर्ने तर्क कमजोर रहेको दावी गर्दै ऐतिहासिक झन्डा तत्कालभन्दा संघीय संरचनाको अनुभवपछिमात्र फेर्न सुझाव दिए । उनले नेपालको झन्डा मौलिकखालको भएको बताए ।

2 comments:

  1. hello, Maoist Friends! Don't you have brain or what, Why do you talk about nonsence things? What will happne if you are going to change the national flag , Rather try to chage your mind and concept of the Politicians in Nepal, If is would be considered to change the flag, that could be done in future. Why don't you insist to change other many basic thing those are in disorder !!! feeling sad to see this kind of bull shit statements from these f_ _ _ _ _ g responsible pillars of Nepal :(:(:(:(:(::(

    ReplyDelete
  2. A good effort bro. A nice site you have made. Thanks a lot. के गर्ने देश बिखण्डनकारी र देशद्रोहीको हातमा जादैछ।
    महेश सागर खनाल
    अर्घाखाँची(http://maheshsagar.blogspot.com)

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक