20100112

एकीकृत माओवादीका नेताको गोली हानी हत्या , तराई आर्मी नामको भूमिगत सशस्त्र समूहले हत्याको जिम्मेवारी

भोजपुरा क्षेत्र नम्बर २ एकीकृत माओवादीका का इञ्चार्ज राजेश मण्डलको वीरगन्जमा अज्ञात बन्दूकधारीले गोली हानी हत्या गरेका छन्। बन्दूकधारीले हानेको दुई राउन्ड गोली लागेका मण्डलको घटनास्थलमा नै मृत्यु भएको थियो। हत्याको विरोधमा माओवादी कार्यकर्ताहरुले बारा र पर्सामा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले हत्यामा प्रहरीको समेत हात रहेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरुले वीरगञ्जमा प्रहरीका तीन वटा गाडीमा आगजनी र तोडफोड गरेका छन्। स्थानीय सञ्चारमाध्यमहरुलाई फोन गरी तराई आर्मी नामको भूमिगत सशस्त्र समूहले हत्याको जिम्मेवारी लिएको बताइएको छ।
प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

बाबुरामको सुरुवाल फुस्काइदिएर आफू बलियो भएको भ्रममा पुष्पकमल दाहाल हुनसक्छन्, तर घटनाक्रमले उनी नै बढी निर्वस्त्र भइरहेका छन्
-खेम भण्डारी

माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बाबुराम भट्टराईलाई सोझै भारतपरस्त भनी आरोपित गरेपछि पार्टीका नेताहरू शंकाको गम्भीर घेराभित्र परेकामात्रै छैनन्, स्वयम् माओवादी इतिहासको कठघरामा पुगेको छ । दाहालले पार्टीका एक अब्बल सिद्धान्तकार र प्रमुख सहयात्रीविरुद्ध गरेको विषवमनलाई उनको प्रवृत्ति र स्वभावसँग जोडेर त हेर्नैपर्छ, साथै सिंगो पार्टीको चरित्र पनि त्यसबाट पृथक हुन सक्दैन ।
दाहालको अभिव्यक्तिपछि समकालीन राजनीतिमा अलग पहिचान बनाउनसकेका भट्टराई फेरि शंकास्पद भएका छन् । पार्टी भित्रबाट पटक-पटक भारत परस्तको पगरी गुँथ्ने काम किन हुन्छ ? ०६१ माघमा लाबाङ बैठकले उनीमाथि कारबाही गर्दा पनि भारत परस्तको आरोप लगाइएको थियो । ०६२ असोजको चुनबाङ बैठकमा उनलाई दिइएको सफाइ नितान्त प्राविधिक थियो । उनले आरोपको सप्रमाण.......
खण्डन गरेपछि कारबाही फिर्ता लिइएको होइन । बरु युद्धरत माओवादीमाथि कसिँदै गएको चौतर्फी पञ्जाका कारण दाहाल-वैद्य पक्षले उपयोग गर्न कारबाही फिर्ता लिएको थियो । कारबाही फिर्ता हुनु, चुनवाङ बैठकले संसदवादीहरूसँग मिलेर राजतन्त्रको अन्त्यको कार्यदिशा तय गर्नु र लगत्तै भारतको संयोजनमा १२ बुँदे समझदारी हुनुले भट्टराईको चरित्र झन् शंकास्पद हुनपुगेको थियो ।

१२ बुँदेपछि पुस १९ सम्म दाहालले बाबुरामलाई उपयोगमात्रै गरेका थिए भन्ने कुरामा अब शंका रहेन । उनी अहिले आफ्नो चरित्र र राजनीतिक जीवनको प्रतिरक्षा गर्ने अवस्थामा आइपुगेका छन् । यतिबेला देशले उनीबाट स्पष्टीकरण चाहेको छ । उनको क्षमता, योग्यता, स्पष्टवादिता र स्वच्छ छवि धरापमा परेको छ । दाहालले उनीमाथि गरेको बज्रप्रहारबाट स्तब्ध त छन्, तर त्यस्तो संगीन अभियोग लाग्दा पनि 'इतिहासले प्रमाणित गर्नेछ' भन्ने उधारो तर्क दिएर पन्छिन खोज्दैछन् । इतिहास बनाउनुपर्ने बेलामा शंकाको निवारणका लागि इतिहास कुर्ने हो भने त्यो कसरी बन्छ ?

आफूमाथिको आरोपलाई तत्काल गलत सावित गर्नुबाहेक बाबुरामसँग अरू उपाय छैन । अध्यक्षको अभिव्यक्तिलाई कमजोर सांस्कृतिक धरातलको परिणाम र निम्न पुँजीवादी सोचसँग जोडेरमात्रै उनले सुख पाउँदैनन् । बाबुरामसँग आफूलाई निर्दोष सावित गर्नसक्ने सवुत छैनन् भने पनि उनी शंकाको घेरामा रहिरहन्छन् । होइन, त्यस्ता सवुत भएर पनि लुकाउँछन् भने उनी झन् शंकास्पद हुन पुग्छन् । शब्दको गञ्जागोलमा आफूमाथिको आक्षेप पखाल्ने जिम्मा इतिहासको टाउकोमाथि थुपारेर उन्मुक्ति पाउनै सक्दैनन् । राष्ट्रिय स्वाधीनताप्रति माओवादी र बाबुराम दुवै इमानदार छन् भने उनले दसी-प्रमाणसहित भन्न सक्नुपर्छ- भारत परस्तको आरोप किन ? होइन, उनीमाथिको आरोप मिथ्या हो र हरेक अवस्थामा त्यस्ता आरोपको खण्डन गर्न सकिने प्रमाण जुटाउन सकिँदैन भने आरोप लगाउनेहरूलाई औंलो ठड्याएर प्रश्न गर्न सक्नुपर्छ ।

जनताको आन्दोलन तुहिने चिन्ता वा आन्दोलन हाँक्ने नेतृत्वप्रति वितृष्णा बढ्ने डरले सन्तुलित हुन खोजिएको होस्, जुनसुकै बहानामा गरे पनि भट्टराई प्रवृत्ति आश्चर्यजनक कुरा हो । माओवादी आन्दोलनको एउटा प्रवाह विदेशीको मतियार भनी आरोपित हुँदा कसरी आन्दोलन विश्वसनीय रहन्छ ? किन जनताले त्यस्तो नेतृत्वलाई राष्ट्रिय स्वाधीनताको संवाहक भनी विश्वास गर्ने ? माओवादीको मस्तिक नै विदेशी मतियारका तन्तुबाट बनेको छ भने कसरी त्यसले स्वाधीनताको आन्दोलन हाँक्न सक्छ ? यी प्रश्नको उत्तर नदिएसम्म माओवादी इतिहासको कठघराबाट बाहिरिन सक्दैनन् । प्रतिक्रियावादीको हमलाबाट पार्टीको एकता ध्वस्त हुने डरले ओठे सन्तुलन र कृत्रिम एकताको प्रयास जारी राखियो भने बाबुरामको बौद्धिकतामा खोट अनि माओवादीको नियतमा पाखण्ड र राष्ट्रघात रहेको प्रमाणित हुन इतिहास कुरिरहनु पर्दैन ।

उपाध्यक्ष र सहकर्मीमाथि गम्भीर आरोप लगाएर दाहालले जेजस्तो उद्देश्य पूरा गर्न चाहेका भए पनि उनी स्वयम् पनि कलंकित भएका छन् । उनको आरोप सत्य हो भने भारतले माओवादीभित्र बाबुराम जस्तालाई पालेको रहेछ भन्ने प्रमाणित हुन्छ । माओवादीको शीर्षमा त्यसरी विदेशीले 'प्लान्ट' गरेका नेताहरू बसेका छन् भने कसरी त्यो देशभक्तहरूको पार्टी हो ? कसरी उनले आफूलाई राष्ट्रिय स्वाधीनताको आन्दोलनका नेता भन्न सक्छन् ? माओवादीले अरू पार्टी 'प्रभु'को आशिर्वादमा चलेका भनिरहँदा उनको पनि त्यस्तै प्रमाणित भएन र ? उत्तर दिन चाहेनन् भने दाहालको समग्र राजनीतिक जीवन प्रश्नहरूले घेरिनेछ । आरोप लगाउन सजिलो हुन्छ, तर त्यसलाई प्रमाणित गर्न वस्तुनिष्ट साक्ष्यहरूको आवश्यकता पर्छ । इतिहासले उनलाई ती साक्ष्यहरू जम्मा गरी तुरुन्त जनताका सामु राख्न आदेश दिइसकेको छ । त्यो दायित्वबाट उनी भाग्नै सक्दैनन् । कदाचित् उनले उम्कने प्रयास गरे भने उनीमात्रै होइन, स्वयम् माओवादीको अधोगति सुरु हुनेछ ।

चुनवाङ बैठकको सेरोफेरो किन बाबुराम विरुद्धको कारबाही फिर्ता गरियो ? त्यसपछि पुस १९ गतेसम्म किन दाहालले बाबुरामको घाँटीसँग घाँटी जोडे ? भारतले बोकेको बाबुरामसँग मिलेर राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाउने नैतिक धरातलमा कसरी कायम रहेका छन् र कुन ऊर्जाले उनलाई बाबुरामसँगको सहकार्य कायम राख्न बाध्य गरिरहेको छ ? किन पार्टीले बाबुरामको चरित्रलाई औपचारिक प्रश्नको विषय बनाएको छैन ? यी प्रश्नको उत्तर दिने जिम्मेवारी पनि उनकै हो ।

बाबुराममाथि आफूले लगाएको आरोपको खण्डन होइन, झन् पुष्टि हुनेगरी पुस २१ मा दाहालले जसरी 'भारतको एउटा पक्षले उहाँलाई र अर्कोले मलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो' भन्ने अभिव्यक्ति दिए, त्यसबाट उनमा रहेको निर्लज्जता र धृष्टताबाहेक अरू देखिन्न । इतिहासकै चर्का क्रान्तिकारी यस्तो दर्जाका उटपट्याङ प्रहसनकारीमा स्खलित हुनसक्छन् भन्ने कसैले सोचेको थिएन । आफू नांगिनेगरी छलकपटको प्रयोग गर्नसक्ने व्यक्तित्वका रूपमा उनी स्थापित हँुदै गइरहेका छन् । आफूले बाबुरामको सुरुवाल फुस्काइदिएर बलियो भएको भ्रममा उनी हुनसक्छन्, तर घटनाक्रमले उनी नै बढी निर्वस्त्र भइरहेका छन् । क्षण-क्षणमा बोली फेर्ने उनको प्रवृत्ति मानव स्वभाव विपरीत हो । तैपनि उनी त्यसलाई 'ट्याक्टिस' ठान्छन् र यस्तै अस्वाभाविक हर्कत गरिरहन्छन् भने माओवादी पार्टीको डुंगा किनारासम्म पुग्ने कुनै सम्भावना रहन्न । छताछुल्ल भएको दाहाल प्रवृत्तिको प्रकाशमा माओवादी यात्रालाई सफल मान्ने हो भने त्यसलाई धूर्तताको आडमा प्राप्त सफलता भन्न सकिन्छ । किनभने दाहालको तारतम्यताविहीन र अवसरवादग्रस्त व्यवहारबाट आममानस भ्रममै अल्झेको छ । दाहाल रहस्यका प्रतिमूर्ति यसकारणले छन् कि उनको व्यवहार अस्वाभाविक र उरन्ठ्याउले छ । चमत्कारी पुरुषमा त्यस्तो प्रवृत्ति कदापि हुँदैन ।

माओवादीले सामाजिक जागरण र राजनीतिक परिवर्तनमा संवाहकको प्रमुख भूमिका निर्वाह गरेको सर्वस्वीकार्य सत्य हो । तर त्यो सबै कुनै तिलस्मी नेता र नीतिले नभई समाज विकासको स्वस्फुर्त अन्तरप्रवाहले भएको रहेछ भन्ने कुरा खुल्दैछ । राष्ट्रवाद र राष्ट्रिय स्वाधीनतासँगै सामाजिक रूपान्तरण र आमूल परिवर्तनको भारी बोकेर हिँडेको एउटा आन्दोलनका अगुवाको क्षमता, नियत र कार्यशैली विस्तारै बुझिन थालेको छ । विरोधाभाषको दलदलमा माओवादी धसिएको देख्दा लाग्छ, उसको यात्रा 'भगवान-भरोसे' थियो । उसले अहिलेसम्म जनताको समवेदनशील भावनालाई भड्काउने काममात्रै गरेको रहेछ र दाहालजस्ता नेताहरू त्यसमा माहिर रहेछन् भन्ने क्रमशः प्रस्टिँदैछ । जनताका भावनाको दोहन गर्नबाहेक माओवादी अरू कुनै कुरामा सक्षम रहेनछ भन्ने देखिँदैछ । दाहालका क्रियाकलाप र बाबुरामको शंकास्पद चरित्रले राष्ट्रवाद र राष्ट्रिय स्वाधीनताका कुरा जातीय र क्षेत्रीय पहिचान तथा स्वायत्तताका नाराझैं अवसरवादका उपज रहेछन् भन्न संकोच मानिरहनुपर्ने अवस्था रहेन ।

होइन, नेताहरूमा मात्रै कमजोरी देखिएको र माओवादी आन्दोलनका रूपमा हिजोदेखि अहिलेसम्म ठीक बाटोमा थियो र छ भने नेतृत्वदायी निकायको काँधमा गम्भीर दायित्व आइपरेको छ । दाहालद्वारा बाबुराम विरुद्ध गरिएको विषवमनको अवस्थामा माओवादीको चरित्रमाथि छ्यापिएको हिलो पखाल्ने काम अब नेतृत्वका अरू जिम्मेवारको हो । के बाबुराम भारतपरस्त नै हुन् त ? के अध्यक्षका व्यवहार र क्रियाकलापले असली रूपमा माओवादीको प्रतिनिधित्व गर्छन् कि गर्दैनन् ? नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको मुद्दा हात्तीका देखाउने दाँत होइनन् भन्ने कुराको के प्रमाण छ ? पार्टीका रूपमा माओवादीले धेरै कुरा प्रस्ट्याउनैपर्ने बेला आइसकेको छ । भारत र दरबारसँगको रहस्यमयी सम्बन्धका पाटाहरू खुल्दै जानुअघि माओवादीले आफूलाई प्रस्ट पार्न सकेन भने उसको पहिचान पनि 'प्रभु'को दानापानीमा पालिएको 'विचरा'भन्दा फरक हुने छैन ।khem@kantipur.com.np

किन बोले प्रचण्ड ?
पुस ७ गते एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ बानेश्वरमा दिएकोे बहुचर्चित तर विवादास्पद अभिव्यक्ति र त्यसपछि माओवादी पोलिटब्युरो बैठकले पुस १८ मा गरेको अतिक्रमित सीमाक्षेत्रमा नेताहरूको मार्चपासको निर्णयले माओवादी भारतसँग सीधा टक्करमा उत्रने मनस्िथतिमा पुगेको संकेत दिएका थिए । तर, पुस १९ मा अध्यक्ष प्रचण्डले पार्टीको भ्रातृ संस्था जनसांस्कृतिक महासंघका आपmना कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदाको अडियो टेप सार्वजनिक भएपछि भने कुरा अर्कै भएको सार्वजनिक हुन पुग्यो ।

ललितपुरको खन्ना गार्मेन्टमा आयोजित माओवादीका विभिन्न सांस्कृतिक संगठनहरू समाहित महासंघको बन्द प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भारतसँग माओवादी पार्टीको होइन, माओवादीभित्रको एउटा गुटको मात्रै संघर्ष चलिरहेको प्रमाणित गर्न पुग्ने वक्तव्य दिए । करबि आधा घन्टाको प्रशिक्षण वक्तव्यको अन्त्यतिर उनले उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने भारतको चाहना नै समस्याको जरो भन्ने आशय व्यक्त गरेका थिए, जसले अचानक पार्टीका नेताहरूबीच ठूलै झगडाको अवस्था उत्पन्न भएको छ ।

किन बोले प्रचण्ड ?

विसं २०४८ मा एकता केन्द्र र नेकपा -मशाल)को एकीकरणपछि फेर िएउटै पार्टीमा मिसिन पुगेका प्रचण्ड, मोहन वैद्य 'किरण' र बाबुराम भट्टराईबीच भावनात्मक एकता अहिलेसम्म हुन सकेको छैन । ०४१ सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा -मसाल)को विभाजनसँगै उम्रेको कटुताको टुसा ०४८ को एकतापछि झन्झन् बढ्दै गयो । ०५१ मा पार्टीको नाम फेरी नेकपा माओवादी राखे पनि त्यो कटुता घटेन । झन्, जनयुद्धको थालनीसँगै त्यो पलाउँदै गएर अहिले झाँगिन पुगेको घटनाक्रमका प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

नेकपा माओवादीको गठनसँगै पार्टीमा दुई धारको स्पष्ट र शत्रुतापूर्ण संघर्ष सुरु भयो । एउटा धारको नेतृत्व किरणले गरे भने अर्काको बाबुरामले । माओवादी जनयुद्ध विस्तारति हुँदा कार्यनीतिक सवालमा मतान्तर बढ्दै गए । वैद्य पक्ष 'जनयुद्ध'को समापन नौलो जनवादी क्रान्तिमा पुगेर गर्ने अडानमा जमिरहेको थियो भने बाबुराम भट्टराई पक्ष पुँजीवादी गणतन्त्रमा अवतरण गर्नुपर्ने वकालत गररिहेको थियो । एक जना माओवादी नेताको भनाइमा, यो सबै प्रकरणमा अध्यक्ष प्रचण्ड कहिले यता र कहिले उता गर्दै चालबाजीपूर्ण भूमिका निर्वाह गररिहेका थिए । किरणको सांगठनिक पकड र बाबुरामको बौद्धिक तीक्ष्णताबीच फाइदाको आसनमा प्रचण्ड जमेका थिए । बाबुरामको बाह्य सम्पर्कको पूरापूर फाइदा उठाएर प्रचण्डले भारतका विभिन्न व्यक्ति र संस्थाहरूसँग सम्पर्क स्थापित गरसिकेका बेला पार्टीभित्र 'छलाङ'को विषयमा गम्भीर मतभेद सुरु भयो । राजा ज्ञानेन्द्रले सत्ता हत्याइसकेपछिको अवस्थामा बाबुराम भट्टराईले संसदीय दलहरूसँगको सहकार्यमा राजतन्त्रको अन्त्यको प्रस्ताव अघि सारे । सुरुमा त्यसमा प्रचण्डको पनि विमति रहेको थियो । यसैबीच, ०६० चैतमा भारतीय प्रहरीले वैद्यलाई सिलगुढीबाट गिरपmतार गर्‍यो । यो घटना भएको करबि एक वर्षपछि ०६१ माघमा प्रचण्डले बाबुरामलाई नेतृत्व कब्जा गर्न भारतको सहयोग लिएको आरोपसाथ पार्टी केन्द्रीय समितिबाट निलम्बित गरििदए ।

तर, राजा ज्ञानेन्द्रको दमन बढ्दै जाँदा माओवादीले संसदीय दलहरूसँग मिल्नैपर्ने अवस्था आयो र त्यसका लागि बाबुरामद्वारा प्रतिपादित कार्यदिशा नै एक मात्र उपाय थियो । परििस्थतिले बाध्य पारेपछि ०६२ असारमा बाबुराममाथिको कारबाही फुकुवा भयो । फलस्वरूप ०६२ असोजमा सम्पन्न बहुचर्चित चुनबाङ बैठकले बाबुरामको कार्यदिशालाई पार्टीको आधिकारकि कार्यदिशाका रूपमा अंगीकार गर्‍यो ।

चुनबाङ बैठकले तय गरेको कार्यदिशा सफल हुँदै जाँदा संविधानसभाको निर्वाचन मात्रै भएन, राजतन्त्र पनि ढल्न पुग्यो । त्यसमाथि, माओवादी देशकै ठूलो राजनीतिक दलका रूपमा अस्ितत्वमान भयो । यसबाट बाबुराम माओवादीको प्रगतिमा एक्ला 'थिंक ट्यांक' त ठहरएि नै, झन् प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा उनले गरेका उपलब्धिहरूले मात्रै माओवादीको सान बढाउने काम गरे ।

यसरी बाबुराम भट्टराई एकीकृत माओवादीका कुशल, बौद्धिक र सही कार्यदिशा तय गर्न सक्ने नेताका रूपमा स्थापित हुँदै जाँदा प्रचण्ड भने लोकपि्रयताको भर्‍याङ झर्दै थिए । उता, सांगठनिक रूपमा बलियो अवस्थामै रहे पनि वैद्य समूहले बाबुरामको अग्रतालाई चुनौती दिन सकिरहेको थिएन । स्रोतका अनुसार, नागरकि सर्वोच्चताको मुद्दामा आधारति आन्दोलनले अपेक्षा अनुसारको गति समात्न नसकेपछि प्रचण्ड वैद्य समूहको दबाबले कसिँदै गए । चीनप्रतिको बढ्दो झुकाव र प्रचण्डको अकासिएको आत्मविश्वास देखेपछि सशंकित भारतले प्रचण्ड नेतृत्वको सरकार पतनको प्रक्रियालाई रोक्न कुनै सहयोग त गरेन नै, संयुक्त राष्ट्रिय सरकारको गठन गर्दा माओवादीको नेतृत्व बाबुराम भट्टराईले गरे भारतलाई स्वीकार्य हुने प्रस्तावसमेत गर्‍यो । स्रोतका अनुसार त्यस्तो प्रस्ताव मंसिरको पहिलो साता सिंगापुर यात्राका क्रममा राखिएको थियो । त्यसबाट प्रचण्ड झन् तर्सिन पुगे । त्यसपछि, प्रचण्डले पुस ७ मा बानेश्वरबाट भारतलाई ललकारे भने पुस १८ मा नेताहरूलाई अतिक्रमित सीमाक्षेत्रको दौडाहामा पठाउने निर्णय गरएिको स्रोतको दाबी छ । उनका यी दुई कदमका पछाडि भारतमाथि दबाब बढाउने उद्देश्य रहेको माओवादी पोलिटब्युरोकै एक सदस्य स्वीकार्छन् ।

उता भारतले माओवादी र विशेष गरी अध्यक्ष प्रचण्डमाथि पनि दबाब बढाउँदै लग्यो । विभिन्न सूत्रहरूको परचिालन गरेर भारतसँग संवाद बढाउने कोसिस गर्दा पनि 'रेस्पोन्स' नपाइएपछि प्रचण्डले पार्टीभित्र बलियो हुन र भविष्यमा माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाइए आफैँ प्रधानमन्त्री हुन खन्ना गार्मेन्टको कार्यक्रममा बाबुरामको चरत्रिमाथि आक्रमण गरेको बाबुराम पक्षीयहरूको बुझाइ छ ।

उनीहरूको बुझाइमा, बाबुरामद्वारा प्रतिपादित कार्यदिशाले एकातिर आपmनो प्रभुत्व खुकुलो हुँदै गएको र अर्कातिर बाबुरामको प्रभाव बढ्न थालेको आभास पाएर प्रचण्डले वैद्य समूहसँग निकटता बढाउने कदम उठाउनुपर्‍यो । वैद्य पक्षलाई आश्वस्त पार्न जनसांस्कृतिक महासंघको मञ्चलाई उनले प्रयोग गरेको हुनुपर्छ । किनभने, जनसांस्कृतिक महासंघमा पनि वैद्य समूहकै पकड छ ।

वैद्य समूह अझै पनि संविधान बने पनि, नबने पनि सत्ताकब्जाको कार्यनीतिमा अडिग छ । प्रचण्डले पुस १९ को आपmनो भाषणमा सत्ताकब्जाको कुरा स्पष्टै अभिव्यक्त गरेर वैद्यको एजेन्डामा समर्थन जनाए । वैद्य समूह पहिलेदेखि नै पार्टीभित्र र बाहिर रहेको बाबुरामको प्रभावलाई समाप्त पार्ने प्रयासमा लागेको छ । स्रोतका अनुसार, बाबुरामको चरत्रिहत्या हुने हदसम्मको कुरा बोलेर प्रचण्डले वैद्य समूहको त्यस प्रयासलाई पनि समर्थन गरेका हुन् । खन्ना गार्मेन्टमा जनसांस्कृतिक महासंघको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको बैठक पूर्वनिर्धारति भएजस्तै प्रचण्डको अभिव्यक्ति र त्यसको अडियो टेपको सार्वजनीकरण पनि नियोजित गरेको बाबुराम पक्षीयहरूको आरोप छ ।

क्याम्प परविर्तनको फल पनि प्रचण्डले तुरुन्त पाएका छन् । खन्ना गार्मेन्टमा दिएको अभिव्यक्ति सञ्चारमाध्यमबाट सार्वजनिक भएलगत्तै बसेको माओवादी केन्द्रीय समितिको बैठकले अबको सरकारमा अध्यक्ष प्रचण्डले नै नेतृत्व गर्ने विधिवत् निर्णय गर्‍यो । रमाइलो त के छ भने राष्ट्रिय सरकार बने कसको नेतृत्वमा जाने भन्ने अनावश्यक चर्चा भएकाले पछिल्लो निर्णय गर्नुपरेको भनिएको छ तर स्रोतको दाबीमा वास्तविकता फरक छ । त्यो के भने, खन्ना गार्मेन्टको कार्यक्रमअघिसम्म पार्टीभित्र र बाहिर कसको नेतृत्वमा जाने भन्ने खासै चर्चा थिएन । आपmनो नेतृत्वको सरकार ढलेपछि प्रचण्डले गत जेठको पार्टीको स्थायी समिति बैठकमा 'क्रान्ति पूरा नभएसम्म' आफू प्रधानमन्त्री नहुने बताएका थिए । बाबुरामनिकट मानिने माओवादीका एक पूर्व केन्द्रीय सदस्य त केही समयअघि प्रचण्डले बाबुरामसँगको गोप्य भेटमा अबको प्रधानमन्त्री बाबुरामलाई बनाउने वचन दिएको दाबीसमेत गर्छन् ।

पार्टीमा तरंग


अचानक प्रचण्डले साथ छोडेपछि बाबुराम समूहमा निराशा देखिएको छ । माओवादीका एक जना पोलिटब्युरो सदस्य भारतले माओवादीभित्र खेल्दा नयाँ तरंग आएको बताउँछ । पार्टीभित्रको अन्तरविरोध र अन्तरसंघर्षलाई संवेदनशील बेलामा चर्काउन भारत सफल भएको उनको स्वीकारोक्ति छ । उपाध्यक्ष भट्टराईले पनि नेपालसँगको कुराकानीका क्रममा पार्टीभित्र भारतको चलखेल इन्कार गरेनन् । माओवादीले चिढ्याएर, थर्काएर, गिज्याएर भारतमाथि दबाब बढाउँदै गएपछिको प्रतिक्रियामा भारतले उत्पन्न गरेको परििस्थतिबाट अध्यक्ष प्रचण्ड उत्तेजित हुन जाँदा यस्तो अवस्था आएको माओवादीबाट रुष्ट सो पार्टीका एक जना पूर्वकेन्द्रीय सदस्यको तर्क छ ।

प्रचण्डले दिएको अभिव्यक्तिले बाबुरामलाई भारतपरस्त देखाउने प्रयास गरेको छ । अभिव्यक्तिको शैली नरम भए पनि त्यसले बोकेको अर्थ गम्भीर छ । भारतलाई माओवादीले विस्तारवादीको संज्ञा मात्रै दिएको छैन, घरेलु सामन्तवादको संरक्षक र साम्राज्यवादको स्थानीय एजेन्ट पनि भन्दै आएको छ । भारतप्रतिको यस्तो माओवादी विश्लेषणलाई आधार मान्ने हो भने बाबुराम विस्तारवादका समर्थक, सामन्तवादका उपासक र साम्राज्यवादका मतियार भन्ने अर्थ लाग्ने ती पूर्वकेन्द्रीय सदस्यको भनाइ छ । आपmनो पार्टीका उपाध्यक्षमाथि गरएिको यस्तो प्रहारले प्रचण्ड कित्ताकाटको निणर्ायक मुडमा पुगिसकेको बुझिन्छ ।

प्रतिक्रियामा बाबुराम पनि आक्रामक तरकिाले उत्रिएका छन् । तर, उनले प्रयोग गर्ने शब्द र शैली भने शिष्ट र दार्शनिक छ । नेपालसँगको भेटमा अध्यक्षको अभिव्यक्तिलाई उनले 'सांस्कृतिक स्तरको परण्िााम' र 'निम्न पुँजीवादी सोचको उपज' भनेका छन् । कम्युनिस्ट शब्दकोशमा यी दुई शब्दसमूहको अत्यन्त गम्भीर अर्थ हुन्छ । 'सांस्कृतिक स्तरको परण्िााम' भनेर बाबुरामले प्रचण्डलाई प्रतिक्रियावाद र अवसरवादग्रस्त भन्न खोजेका हुन् भने 'निम्न पुँजीवादी सोचको उपज' भनेर प्रचण्ड गैरसर्वहारावादी र सामन्ती विचारपद्धतिबाट प्रभावित भन्न चाहेको बुझ्न सकिन्छ । आपmनो पार्टीका अध्यक्षप्रतिको यस्तो कडा टिप्पणीले अबका दिनमा बाबुराम र प्रचण्डको मिलनविन्दु भेट्टाउन गाह्रो हुने देखिन्छ ।

सिक्काको अर्को पाटो पनि छ । एकथरीका भनाइमा, संगठनमा वैद्य र कार्यदिशामा बाबुरामको वर्चस्व रहेको पृष्ठभूमिमा प्रचण्डले आपmनो अस्ितत्वका लागि दुवैलाई मिलाएर जानुपर्ने बाध्यता हुन सक्छ । वैद्यसँग उपयुक्त कार्यदिशाको अभाव र बाबुरामसँग उपयोगी संगठनको अभावले पनि माओवादीको विभाजन सम्भव देखिन्न । "सर्प, बिच्छी र भ्यागुताको सन्तुलनजस्तै माओवादी कृत्रिम रूपमै भए पनि एक रहन बाध्य छ," अहिले माओवादीका आलोचक रहेका ती पूर्वकेन्द्रीय सदस्य भन्छन्, "एक महिनाभित्र मिलेको देखिए आश्चर्य नमाने हुन्छ ।" उनी त केसम्म भन्छन् भने अबको मिलनपछि प्रचण्ड, वैद्य र बाबुरामले एउटै रंगका उस्तै लुगा लगाउने छन्, जस्तो चुनबाङ बैठकपछि प्रचण्ड र बाबुरामले गरेका थिए ।

-साथमा, माधव बस्नेत)

"बाबुराम भट्टराई हुने भए प्रधानमन्त्री तुरुन्त बनाइदिने कुरा प्रत्यक्ष/ परोक्ष आउने भएपछि बडो गम्भीर बनायो । मैले त्यसका लागि त प्रधानमन्त्री नहुने भनेको त होइन ।" - प्रचण्ड

"त्यो अभिव्यक्ति कमजोर सांस्कृतिक धरातल र निम्न पुँजीवादी सोचको उपज हो ।" - बाबुराम

प्रचण्ड प्रवृत्ति

"उनी चतुर बाहुन मात्रै होइनन्, राजनीतिक बुद्धिचालका माहिर खेलाडी पनि हुन्," माओवादी अध्यक्ष प्रचण्डसँग लामो संगत गरेका एक जना माओवादी केन्द्रीय नेता भन्छन्, "तर, उनी आफँै केही होइनन्, अरूलाई उपयोग गरेर भर्‍याङ चढ्ने मान्छे हुन् ।" प्रचण्डलाई नजिकबाट चिन्नेहरू उनी रणनीतिमा कमजोर कार्यनीति -ट्याक्टिस)मा बलिया भएको बताउँछन् । ट्याक्टिसहरूलाई जोडेर रणनीति बनाउन सकिन्छ भन्ने उनको मान्यता रहेको छ । छिट्टै विश्वासमा पर्ने र अरूलाई विश्वासमा ल्याउन आवश्यक सबै हतकन्डा प्रयोग गर्न सक्ने खुबी पनि प्रचण्डको विशेषता मानिन्छ । पार्टीभित्रका अन्तरविरोधमा खेलेर आफूलाई बलियो बनाइराख्न पनि प्रचण्ड खप्पीस छन् । स्पष्टै देखिएका दुई गुटमध्ये प्रचण्ड कहिले एउटातिर लहसिन्छन् भने कहिले अर्कातिर । जस्तो ः चुनबाङ बैठकअघि उनी वैद्य पक्षमा देखिन्थे भने बैठकपछि बाबुरामनिकट भए । र, यसै वर्ष साउन १७ गते सकिएको माओवादी केन्द्रीय समितिको बैठकपछि भने वैद्यसँग प्रचण्डको हिमचिम बढ्यो । समय र आवश्यकता हेरेर उनी गुटहरूबीच खेल्छन् भन्ने कुरा गुटका नेताहरू -मोहन वैद्य 'किरण' र बाबुराम भट्टराई)लाई राम्ररी थाहा छ । तर पनि प्रचण्ड दुवैका लागि नभई नहुने 'वस्तु' बनेका छन् । किनभने, किरण र बाबुराम एकअर्काभन्दा बलिया बन्न प्रचण्ड नभएर हुँदैन ।

ट्याक्टिसलाई प्रमुख मान्ने भएकै हुनाले प्रचण्डका अभिव्यक्तिहरूमा तारतम्यता नदेखिने गरेको उनलाई चिन्नेहरूको विश्लेषण छ । जस्तो- परििस्थतिमा हलुका परविर्तन हुँदासमेत ट्याक्टिस बदल्नुपर्ने हुनाले नै उनले हिजो एकथरी र आज अर्कोथरी बोल्ने गरेका छन् । ट्याक्टिसहरू जोडेर रणनीति बन्छ भन्ने विश्वासकै कारण उनी आपmना विरोधाभासपूर्ण अभिव्यक्तिबाट उत्पन्न हुने परण्िाामको चिन्ता गर्दैनन् । त्यसैले उनी परििस्थति अनुसार बोल्न सक्छन् भन्ने निकटस्थहरूको कथन छ ।

हुन पनि घटनाक्रमहरूको अध्ययन गर्ने हो भने प्रचण्ड आपmना प्रायः सबै अभिव्यक्तिका कारण विवादास्पद बन्छन् तर पनि उनमा कुनै किसिमको पश्चात्ताप देखिन्न । धेरै अगाडिको कुरा छाडौँ, पुस ७ मा उनले बानेश्वरबाट भारतलाई 'मालिक' करार गरे । प्रतिक्रिया प्रतिकूल देखेपछि उनले त्यसलाई 'व्यंग्य' भन्दै उडाइदिए । पुस १९ मा उनले बाबुराम भट्टराईलाई 'भारतपरस्त' आशयको विशेषण भिडाए । पार्टीभित्र र बाहिर तीव्र प्रतिक्रिया भएपछि पुस २० मै 'एउटा पक्षले मलाई, अर्को पक्षले बाबुरामजीलाई उचालेको हो' भन्न रत्तिभर हिच्किचाएनन् । खन्ना गार्मेन्टको बन्द कार्यक्रममा पनि प्रचण्डले आपmनो चिरपरििचत प्रवृत्ति अनुसार नै अभिव्यक्ति दिएको उनलाई चिन्नेहरूको भनाइ छ । बाबुरामले भनेजस्तै प्रचण्डको उक्त अभिव्यक्ति 'सुनियोजित' थियो भन्ने दाबी गर्न उनको प्रवृत्ति पर्याप्त छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक