20100201

भौतिक योजना तथा निर्माण राज्यमन्त्री कलावती पासवानले बाराका स्थानीय विकास अधिकारी श्यामसुन्दर मिश्रमाथि हातपात

वीरगञ्ज/ भौतिक योजना तथा निर्माण राज्यमन्त्री कलावती पासवानले बाराका स्थानीय विकास अधिकारी श्यामसुन्दर मिश्रमाथि आइतबार राति हातपात गरेकी छन् । ढुङ्गा-गिट्टी निकासीको ठेक्काका विषयमा राज्यमन्त्री पासवानले राति पौने ८ बजे जिल्ला विकास समितिको कार्याकक्षमै मिश्रमाथि हातपात गरेकी थिइन् । एकीकृत नेकपा माओवादी, नेपाल मजदुर किसान पार्टी, तराई-मधेस लोकतान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग मिलेर मिश्रले वीरगञ्जस्थित यादव ट्रेडर्सलाई डेढ करोड रुपैयाँ मिनाहा गर्ने निर्णय गरेको भन्दै पार्टी कार्यकर्तासहित पुगेकी राज्यमन्त्री पासवानले मिश्रलाई गाली गर्दै हातपात गरेको इन्जिनियर मेघु जयसवालले बताए । मिश्रले राज्यमन्त्री पासवानले कुरै गर्न नदिएर हातपात गरेको.......
बताए । यादव ट्रेडर्सलाई रकम मिनाहा गर्ने विषयमा जिवसको बोर्ड बैठकमा सहभागी दलहरुबीच विवाद हुँदै आएको थियो । कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम, फोरम (लोकतान्त्रिक) र राष्ट्रिय जनमोर्चासहितले रकम मिनाहा नगर्ने पक्षमा आफ्नो अडान राख्दै आएका थिए । यसअघि पनि कृषि राज्यमन्त्री करिमा बेगमले आफूलाई लिन सिमरा विमानस्थलमा थोत्रो गाडी पठाएको भन्दै कात्तिक २४ गते पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेकी थिइन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक