20100213

अव चाँडै नै माओवादीको नेतृत्वमा सरकार गठन हुने पुष्पकमल दाहालको दावी !!!

माओवादीले चाहेको जस्तै जनसंविधान जारी नभए माओवादीले पुन : विद्रोह गर्ने रे !

माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अव चाँडै नै माओवादी नेतृत्वमा सरकार गठन हुने दावी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिले माओवादी सरकारको जरुरत रहेको निष्कर्षनिकालेको पनि दावी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज सुनसरीको हरिपुरमा कोचिला राज्य समितिले आयोजना गरेको संर्घष, रुपान्तरण र संगठन सुदृढिकरणको तीन महिने अभियानको आज समापन सभामा वोल्नुहुँदा सो कुराको दावी गर्नुभएको हो । उहाँले सरकार कहिले वन्छ भन्ने कुराको मिति भने खुलाशा गर्नुभएन् । देशको वर्तमान परिस्थिति तथा वाह्य मुलुकका प्रतिनिधिकरु समेतको विश्लेषणले नै नयाँ नेपालको संविधान जारी गर्न र माओवादी लडाकुको समायोजन एवं शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउनका लागि पनि माआवोदीको नेतृत्वमा सरकार वन्नु पर्ने खाँचो औल्याएको पनि अध्यक्ष प्रचण्डले .....
स्पष्ट पार्नुभयो । आम नेपाली जनताले माओवादीलाई विश्वास गरेर नै ठूलो पार्टीको रुपमा उभ्याएको दावी गर्नुहुदै अध्यक्ष दाहालले माओवादीले मात्र यो देशको मुहार हसाउन सक्ने पनि स्पष्ट पार्नुभयो । वर्तमान सरकार शान्ति सुरक्षा स्थापना गर्न असक्षम वनेको र राज्य दिशाहिन स्थितिवाट गुज्रिरहेको ठोकुवा गर्नुहुदै अध्यक्ष प्रचण्डले माओवादीले पछिल्लो समयमा राष्ट्रिय स्वाधिनताका लागि देशभर शान्तिपूर्ण आन्दोलन थालेको वताउनुभयो । नागरिक सर्वोच्चता कायम गराउने र राष्ट्रिय स्वाधिनताको पक्षमा एकिकृत नेकपा माओवादीले उठाएको सकारात्मक आन्दोलनले अरु राजनीतिक दलहरु तिलमिलाएको र यो आन्दोलनले माओवादीको राजनीतिक छवी उच्च स्थानमा पुर्‍याएको दावी समेत गनुभयो ।
यसैवीच माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै सुनसरीको इटहरीमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोर्षो समेत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा संचारकर्मीहरुसं कुराकानी गर्दै प्रचण्डले उच्च स्तरिय राजनितिक संयन्त्रले राजनितिक गतिरोधको अन्त्य गर्ने बताउनुभयो । उहाँले आफुले संयन्त्रमा सरकारको नेतृत्व एकिकृत माओबादीलेनै पाउनुपर्ने प्रस्ताव राखेको पनि खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, प्रस्ताव राखेका छौ छलफल हुनेछ ।
उपाध्यक्ष बाबुराम भट्टर्राई सहित डिपार्टमेन्ट पुग्नुभएका प्रचण्डलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद चिमरियाले जिल्लाका कर्मचारीहरुमा काम गर्ने तरिका थाहा नभएर बिभिन्नखाले समस्या आएको गुनासो सुनाउनुभएको थियो ।
 दाहालले काठमाडौको दशरथ रं‍गशालामा आयोजित जनयुद्ध दिवसका अवसरमा बोल्दै अहिले पनि आफूहरु आन्दोलनकै क्रममा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले निकास देओस् भनेर धैर्य र जिम्मेवारीपूर्वक बसिरहेको बताए।
यसबाट पनि निकास निस्किएन र शान्ति प्रक्रिया तथा नयाँ संविधान निर्माण भाँड्न खोजियो भने ठूलो आन्दोलन गर्नुपर्ने स्थिति रहेको भनाइ पनि उनको थियो। यसैबीच माओवादीले आयोजना गरेको यसअघिका खेलहरुमा नेपाली सेनाले भाग नलिएको विषयलाई आग्रह पूर्वाग्रह राखेर पूर्व सेनापति रुक्माङगत कटवालले शान्ति प्रक्रिया नै भाँड्ने काम गरेको आरोप लगाएका छन्।  जनयुद्धको पन्ध्रौं वार्षिकोत्सव तथा जनमुक्ति सेनाको नवौं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले माओवादीको खेलकुद महोत्सवलाई सरकारी तवरबाट पनि यो खेलकुद असफल पार्न अवरोध खडा केही खेलकुद हुन दिइएन भन्दै गुनासो गरे ।  यसअघि आयोजित मार्चपासमा राष्ट्रिय तथा पार्टीको झण्डा फहराइएको थियो। त्यसैगरी पाँचै विकास क्षेत्रका खेलाडी पनि त्यस क्रममा सहभागी थिए।

माओवादीका सचिव सीपी गजुरेलले आफ्नो गृह जिल्लामा बोल्दै तोकिएकै समयमा जनसंविधान जारी नभए माओवादीले पुन विद्रोह गर्ने बताएका छन् । साथै उनले माओवादीले चाहेको जस्तै जनसंविधान बने मात्र विद्रोह रोकिने पनि बताए । सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा बोल्दै उनले जनसंविधान जारी गर्न अन्य दलहरुले माओवादीलाई मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखे । पहिलो सर्त सरकार हामीलाई दिनु पर्यो अनि हामी आफै चाहेजस्तो संविधान घोषणा गर्छौ भन्दै माओवादी तोकिएकै समयमा नयाँ संविधान जारी हुनुपर्छ भन्ने पक्षमा रहेको तर जारी नभएमा ६ महिना समय थप्दा समेत आत्तिनुपर्ने परिस्थिनि नरहेको उनले बताए । समयमै संविधान जारी नभए अन्य विकल्प सोच्न सकिने उनको तर्क थियो ।
समयमा संविधान जारी नगरेर राष्ट्रपति शासन लगाउन षडयन्त्र भैरहेको भन्दै सचिव गजुरेलले संविधान जारी नहुँदा संविधानसभालेनै चुनेका राष्ट्रपतिको हविगत के हुने भनेर प्रश्न गरे। माओवादीले १० वर्ष लडेको जनयुद्ध जारी रहेको प्रसंग उल्लेख गर्दै सचिव गजुरेलले रुप मात्र फेरिएको तर जनयुद्ध भने जारी रहेको दावी गरे ।
युद्धको मोचार्ं मात्र गौण भएको तर अन्य सबै जनयुद्धका मोर्चाहरु सक्रिय रहेको उनको भनाइ थियो । अबको युद्ध हतियार नउठाइ जित्ने सचिव गजुरेलले दावी गरे । नयाँ जनसंविधान जारी गर्न सके मात्र माओवादीको जित हुने भन्दै उनले जारी नभए हार हुने र राष्ट्र असफल हुने तर्क राखे ।
राष्ट्रिय स्वाधिनताको रक्षाको लागि सेना, प्रहरी र कर्मचारी माओवादीसँग मिल्नु पर्ने सचिव गजुरेलको धारणा थियो । तत्कालीन माओवादी सरकार पनि भारतलेनै बनाएको र उसैले ढालेको समेत सचिव गजुरेलले दावी गरे । माओवादी सेना समायोजनको चर्चा गर्दै सचिव गजुरेलले संविधान र सेना समायोजन एकै दिन हुनुपर्ने दोहर्‍याए । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक