20100217

'माओवादीहरु शान्ति प्रक्रिया सफल पार्ने भन्दै हिंसाको जन्मोत्सव मनाईहरको छन्, शान्तिका लागि हिंसाको जन्मोत्सव होइन, श्राद्ध गर्नुपर्छ ।'

एमाले नेता केपी ओलीले समयमै संधिवान बन्न नदिन उच्चस्तरीय षड्यन्त्र भइरहेको दावी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा बुधबार आयोजित कार्यक्रममा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति संकेत गर्दै त्यस्तो षड्यन्त्र बन्द गर्न चेतावनी दिएका छन् । कार्यक्रममा प्रधानमन्त्री माधबकुमार नेपालले भण्डारीको विचार र तस्बिरको संकलन 'तस्बिरमा मदन भण्डारी' पुस्तक विमोचन गरेका छन् । 'अस्थिरता बढाएर खेल्ने र धमिलो पानीमा माछा मार्ने प्रयास कसैले पनि नगरे हुन्छ,' ओलीले भने, 'अस्थिरताबाट फाइदा लिन्छु भन्ने भ्रम हो । अस्थिरता निम्त्याउनेलाईनै यसले सबैभन्दा ठूलो नोक्सान गर्नेछ ।' जेठ १४ मा संविधान जारी नभएपनि जनताले कुनै भुतप्रेत आउन .....

नदिन उनले बताए । 'मुलुकमा लोकतन्त्र बाहेक अरु केहीको भविश्य छैन ।' ओलीले माओवादी ब्यवहारका कारण शान्ति प्रक्रियामा जटिलता आएको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियाको रट लगाएर माओवादीले हिंसाको तयारी गरेको ओलीको आरोप छ । 'माओवादीहरु शान्ति प्रक्रिया सफल पार्ने भन्दै हिंसाको जन्मोत्सव मनाईहरको छन्' उनले भने, 'शान्तिका लागि हिंसाको जन्मोत्सव होइन, श्राद्ध गर्नुपर्छ ।'

माओवादीको बोली र ब्यवहार फरक भएको र शान्ति प्रक्रिया प्रति इमान्दार नभएको उनको आरोप छ । 'गेरु बस्त्र लगाएर पहेलो धातुको लोभ गर्छ भने त्यो साधु होइन,' उनको कटाक्ष थियो- 'शान्तिप्रति इमान्दार हो भने थोत्रा बन्दुकलाई जुत्ता सिलाउने सियो बनाउने किन तयार नहुने ?'
तमलोपा अध्यक्ष ह्रदयेष त्रिपाठीले दश दिन भत्रि माओवादी सेना-हतियारको ब्यवस्थान र वाईसीएल विघठन भए ११ औ दिनमा माओवादी नेतृत्वमा सरकार बनाउन आफुहरु तयार हुने बताए । 'तर पहिले यो काम हुनुपर्छ, यसपटक हामी उदारोमा मान्नेवाला छैनौ ।'त्रिपाठीले तीन दलको संयन्त्रको बैधतामाथि पनि प्रश्न उठाए । जननिर्वाचित बैधानिक निकायलाई वेवास्ता गरी बनेको स.यन्त्र असंबैधानिक भएकाले यसको विस्तार आवश्यक नहुने उनको जिकिर छ । सहमति बेगर मुलुक अघि बढ्न नसक्ने उल्लेखगर्दै उनले संविधानसंग सम्बन्धित विवाद समाधानमा मुख्य दलहरु जिम्मेवार नभएको आरोप लगाए । पूर्व सभामुख दमननाथ ढुङ्गानाले जेठ १४ भित्र संविधान नबने मुलुकमा अस्थिरता आउने दाबी गरे ।



फेरि घन्कियो लिस्बनमा मादल र सारङ्गी

- भीम के सी कमल, लिस्बन, पोर्चुगल

नेपालीहरुको गौरब र पहिचान, मादलको घिन्ताङ् घिन्ताङ् र सारङ्गीको र्‍याईर्‍याई, सयौं संगीत पारखी पोर्चुगीस् नागरिकहरुले खचाखच भरिएको शान्त हल, माथी नेपालका अबर्णनीय प्राकृतिक छटाहरुको दृष्यचित्र प्रदर्शन हुदै गर्दा पोर्चुगलमा रहेका सारङ्गी उस्ताद एकिन्द्र हमाल भन्दै थिए- ठ्याक्कै नेपाल पुगेर धौलागिरीको छायामा बसी बिरहको धुन बजाएको सम्झना भयो ।

अबसर जुटाएको थियो इन्ष्टिच्युट अफ् म्युजिक एण्ड आर्ट, पोर्चुगलले र कार्यक्रमलाई ब्यबस्थित गराउदै थिए नेपाल र नेपाली खाना भन्दा मरिहत्ते गर्ने पोर्चुगीस् भलादमी पेद्रोले । कार्यक्रम पश्चात पंक्तिकारलाई भने नेपाली खान जत्तिकै सुश्वादु रहेछ मादल र सारङ्गी सहितको नेपाली संगीत पनि ।

पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष एबं गैर आवासिय नेपाली संघ, पोर्चुगलका अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य मकर हमालको सक्रियता र पोर्चुगल नेपाल मैत्री संघको संयोजनमा नेपाली टोली सम्मिलित भएको उक्त एसियाली संगीत संध्यामा नेपाली बाहेक पन्जाबी र गुजराती संगीत समेत प्रस्तुत भएको थियो ।

नेपाली लोक क्षेत्रका संगीत् पस्किएको उक्त कार्यक्रममा नेपाली संगीत् र परम्परा बारे पोर्चुगीसहरुले निक्कै जिज्ञाशा राखेका थिए । कलाकार प्रमोद कुमार श्रेष्ठको गायन तथा उदघोषण, तालबाजाका सिद्धहस्त भीम के सी कमलको मादल र सारङ्गी उस्ताद एकिन्द्र हमालको सारङ्गी सहितको सुमधुर सङ्गीत पश्चात बजेको लामो तालीको गड्गडाहटबाट नेपाली संगीत् प्रतिको अभिरुची बढेको सहजै महसुस गर्न सकिन्थ्यो । नेपाली संगीत् प्रतिको सम्मानले पुलकित भएका मैत्री संघका सचिब झलक के सीले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउदै जाने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाली लोक संगीत् प्रस्तुत गरी नेपाल र नेपालीलाई पोर्चुगलमा थप परिचित गराउन महत्वपुर्ण योगदान पुर्याउने कलाकार टोलिलाई मैत्री संघका अध्यक्ष मकर हमालले हार्दिक धन्यबाद ज्ञापन गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक