20100221

मदन भण्डारीको हत्यामा माओवादीको संलग्नता भएका आधारहरू प्रशस्त पाइएकाले छानबिन आयोग बनाई प्रचण्डलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने प्रस्ताव

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समययता पटकपटक जननेता मदन भण्डारीको हत्या राष्ट्रवादी भएकै कारण भएको भनिरहेका बेला सत्तारूढ दल नेकपा (एमाले) केन्द्रीय कमिटीको शनिबारको बैठकमा भण्डारीको हत्यामा स्वयम् माओवादी र त्यसका नेता प्रचण्डको संलग्नता भएको बारेमा पहिलो पटक छलफल भएको छ।
सो बैठकमा केन्द्रीय सदस्यहरूले एमालेका तत्कालीन महासचिव भण्डारीको हत्यामा माओवादीको संलग्नता भएका आधारहरू प्रशस्त पाइएकाले छानबिन आयोग बनाई प्रचण्डलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने प्रस्तावसमेत राखेका छन्। केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त माओवादीले भण्डारीको हत्या भएको जानकारी थियो भनी अहिले आएर....
मात्रै बताउनु, हत्याको एक मात्र साक्षी अमर लामाको माओवादीद्वारा नै हत्या हुनु, अधिकांश समय भारतमै बसेका प्रचण्ड र अन्य माओवादीका नेताहरूले अहिले आएर भारतले हत्या गरेको भन्नु, मातृका यादव, सुरेश आलेमगरजस्ता नेताहरू भारतमा पक्राउ पर्नु तर प्रचण्ड पक्राउ नपर्नुजस्ता थुप्रै आधारले भण्डारीको हत्या माओवादी र अध्यक्ष प्रचण्डको समेत संलग्नतामा भएको पुष्टि हुने दाबी गर्नुभएको थियो। ‘माओवादीले विगतमा संशोधनवादीलगायत विभिन्न आरोप भण्डारीमाथि थोपर्ने गरेको तर अहिले आएर मात्रै उनी एक असल राष्ट्रवादी नेता भएको बताउनु, प्रचण्ड प्रधानमन्त्री भएको बेला कुनै कुरा नउठाउनुले पनि हत्यामा माओवादीको संलग्नता स्पष्ट हुन्छ, त्यसैले छानबिन आयोग बनाएर प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्छ’ -केन्द्रीय सदस्यहरूको सरकार र एमाले नेतृत्वसमक्ष माग थियो।

नेता केपी ओलीले ‘संविधान निर्माण र शान्तिप्रक्रियाको मूल बाधक उग्रवामपन्थ नै हो, त्यसैले माओवादीबाट तर्सिएर होइन, उसलाई एमालेले व्यापक रूपमा वैचारिक संर्घषमार्फत रूपान्तरित गरी शान्ति र संविधान निर्माणको मूल कार्यमा संलग्न गराउनुपर्छ’ भन्नुभयो।

माओवादीले हिंसा नछोडेकाले उसको नेतृत्वमा सरकार बनाउने कुरा हुन सक्दैन भन्दै ओलीले यदि सम्पूर्ण रूपमा हिंसा त्याग गर्ने हो भने सोच्न सकिने उल्लेख गर्नुभयो। उहाँको भनाइ थियो- ‘माओवादीको खरिपाटी भेलाले हिंसा त्याग्ने होइन, सत्ता कब्जा गर्ने नीति पास गरेको छ। यो कुरा सोही पार्टी महासचिव रामबहादुर थापा बादलले बाहिर ल्याएको धारणाबाट पनि थप प्रस्ट हुन्छ।’

उहाँले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई माया गरेर होइन, देश-जनता र लोकतन्त्रलाई माओवादीले समाप्त गर्न खोजेकाले राष्ट्रिय हितमा प्रधानमन्त्री बनाइएको बताउनुभयो ।

पार्टीध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत प्रतिवेदनबारेमा उहाँको भनाइ थियो- ‘जंगलमा घाँस काट्न जाँदा शुरूमा गोरेटो बाटो हुन्छ, त्यसपछि बाटाहरू फाट्दै जान्छन् अनि कता जाने भन्ने अलमल हुन्छ, अलि पर गएपछि बाटै सकिन्छ, प्रतिवेदन पनि त्यस्तै छ।’
पार्टी पावर दिए मात्र चिम चम्किने हो तर पार्टी पावर नदिईकन चम्किन सकिन्छ भन्ने सोचाइ पार्टीध्यक्षको भन्दै नेता ओलीले त्यस्तो कार्यशैली नअपनाउन सुझाव दिनुभयो।

उच्चस्तरीय राजनीतिक संयन्त्रका बारेमा नेता ओलीले तीन ठूला दलका ठूला नेताको मात्र संयन्त्र हो, यो वैधानिक पनि छैन र त्यो पावर हाउससँग नजोडिएको संयन्त्रको शक्ति पनि छैन भन्दै पावर हाउसबिना हजार वाटको बल्ब आफूलाई नेताहरूले नठान्न चेतावनी दिनुभयो। उहाँले संविधानसभाका सबै दलको सहमतिमा संयन्त्र भए मात्र त्यो उच्चस्तरीय राजनीतिक संयन्त्र हुन सक्ने बताउनुभयो।

एमालेका अर्का प्रभावशाली नेता प्रदीप नेपालले नयाँ खालको अवधारणा राख्दै विस्तृत शान्तिसम्झौता र त्यसपछि सात दल र तत्कालीन माओवादीबीच भएको सहमतिको असहयोगी कुन-कुन पार्टी बनेका छन्, त्यसको पहिचान गरी र्सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

‘माओवादीले आफ्ना लडाकूको समायोजन संविधान निर्माणपछि मात्रै र सरकारले संविधान निर्माणअगाडि नै गर्ने भनेको उल्लेख गर्दै त्यति खेर भएको सम्झौता र सहमति के थियो, त्यो बाहिर ल्याएमा यो विवाद स्वतः अन्त हुनेछ’ -नेपालले भन्नुभयो। नेपालले उच्चस्तरीय राजनीतिक संयन्त्रका विषयमा टिप्पणी गर्दै तीन नेताहरूको चिया बिस्कुट खाने थलो मात्र हो भन्नुभयो।

प्रधानमन्त्रीका सल्लाहकारसमेत रहनुभएका केन्द्रीय सदस्य रघुजी पन्तले आगामी जेठ १४ गते संविधान जारी नभए पुनः ताजा जनादेश लिएर मात्र संविधान बनाउनुपर्ने धारणा राख्नुभयो।
बैठकमा केन्द्रीय सदस्यहरूले संविधान निर्माण र शान्तिप्रक्रियालाई प्रमुख कार्यभारका रूपमा लिई एमालेले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने, सरकार र पार्टी दुवैले प्रभावकारी रूपमा काम गर्न नसकेको, राष्ट्रिय सहमति निर्माण गर्न नसके त्यसको जिम्मेवारी नेताहरूले लिनुपर्नेजस्ता कुराहरू उठाएका थिए।

बैठकमा सदस्यहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रले आचारसंहिताविपरीत सरकारका बारेमा छलफल गर्ने भन्नु आफैंमा बेठीक भएको र त्यसबारे बोल्ने अधिकार संयन्त्रलाई कसले दियो भनी प्रश्न उठाएका थिए।

बैठकमा लालबाबु पण्डित, प्रकाश ज्वाला, काशीनाथ अधिकारी, दलबहादुर राना, ललित बस्नेत, टुकराज सिग्देल, तुलबहादुर गुरुङ, थममाया थापा, ममता गिरी, रामचन्द्र यादव, उर्वादत्त पन्त, महमद आलम, गरिमा शाह, अग्नि खरेल, किरण गुरुङ, सत्यनारायण मण्डलले पनि बोल्नुभएको थियो।-टंक पन्त/News of nepal


भैसी पूजा गर्नासाथ ओलीमाथि आक्रमण


काठमाडौं। आफूलाई मार्क्सवादी सिद्धान्तको मसिहा ठान्ने तर लुकीलुकी तान्त्रिक सन्यासीहरूको सल्लाह नुसार राहु शान्त पार्न भैसीको पुजा गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाग्लुङमा लुटेर चढेको सेतो घोडा फिर्ता नगर्दै उनका कार्यकर्ताले एमाले नेता केपी शर्मा ओली चढ्ने गरेको गाडी नियन्त्रणमा लिएका छन्। बुधवार नेपाल विद्युत प्राधिकारणको प्राङगणमा पार्किङ गरिराखेको ओली चढ्ने गाडी माओवादीका उद्दण्ड कार्यकर्ताले चालकसँग साचो खोसेर नियन्त्रणमा लिएका हुन्।

  सबै पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई झैं ओलीलाई पनि सरकारले सुविधामा दिएको गाडी माओवादी कार्यकर्ताले खोसेपछि सधै चोरीको गाडी चढ्ने गरेका माओवादी नेताहरूले जम्मा गरेका गाडीहरूको हिसाव सर्बसाधारणले गर्न थालेका छन्। माओवादी अध्यक्ष चढ्दै गरेको बाग्लुङका एक सर्बसाधारणको घोडाले एकपटक बजारमा प्रचण्ड स्वयंलाई झण्डै चोर सावित गरेको थियो। त्यास्तै माओवादी अध्यक्ष दाहालले नम्बर प्लेट परिवर्तन गरी चढेको एकजना ब्यक्तिवाट लुटेको नीजि गनडी ति ब्यक्तिले एकपटक प्रचण्डको वाटो छेकेर बगवजारमा पक्राऊ गरेका थिए। अरुले त्यस्तै सुविधावापत राज्यवाट लिएका गाडी खोस्ने माओवादीका अध्यक्ष स्वयं भने चमेलिया परियोजनाको १ करोड पर्ने गाडीमा सवार हुने गरेका छन्। माओवादीले आफ्नो गाडी खासेकोमा ओलीले भने कुनै आश्चर्य ब्यक्त गरेनन्। 'गोरु नाङ्गै हिंड्यो भनेर म लजाउने गरेको छैन' ओलीले प्रतिक्रिया दिंदै भने।

  अन्य दलका नेताहरूले विभिन्न बनावटी अभियोग लगाउदै गाडी खोस्ने सर्बहारा नामको पार्टी माओवादीसँग भने ९४ वटा महंगा गाडी छन्। सर्बहाराकै पार्टी भनिएको पार्टीले कहाँको सम्पत्तीवाट ति गाडी खरिद गरेको भन्ने प्रश्न भने शान्ति प्रक्रिया भंग हुने डरले नेताहरूले उठाउन सकेका छैनन्। हुन त जंगलवाट राजधानी छिरेकै दिनदेखि माओवादी नेताहरू चोरीका गाडीमा

  नक्कली नम्बर पलेट राखेर शहरका फाइभसटार होटेलमा ज्युनार गर्न थालेका थिए।

सत्ता स्वार्थ र भौतिक सुखभोगका लागि मार्क्सवादलाई काली बाबाको सल्लाह अनुरुप भैंसीको टाङमुनी छिराउन पनि पछि नपर्ने माओवादी नेताहरूले आफु जस्तै अर्काे पार्टीका नेतले चढेको गाडी खोस्ने कुरा नेपालका माओवादीका लागि नौलो होइन। यतिवेला राज्यले पनि मुलुकमा न्यायको राज चलाउने हो भने गाउँघरमा मुला चोरहरूलाई भाटे कारवाही गर्ने माओवादी नेताहरूले करोडौं मुल्यका चोरीका गाडीमा नक्कली नम्बर प्लेट राखेर चलाउदा उनीहरूका गाडी खोस्नु पर्ने हो।

माओवादी केन्द्रीय समिति विस्तारमा विवाद, नेताका श्रीमती र दाजुभाईलाई प्राथमिकता


काठमाडौ, फाल्गुन ९ । एनेकपा माओंवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना भाईलाई पोलिटव्युरोमा लैजाने प्रयास गरेपछि माओवादीमा केन्द्रीय समिति विस्तार गर्ने विषयमा विवाद उत्पन्न भएको छ ।
केन्द्रीय समिति बैठकमा ३७ जनाको पदमा दुई सयभन्दा बढी नेताको नाम प्रस्तुत भएपछि विवाद भएको हो । पार्टी केन्द्रीय कार्यालयमा त्यसअघि बसेको पोलिटब्युरो बैठकले थप्ने केन्द्रीय सदस्यहरूको नाम टुङ्गो लगाउन सकेन ।
मधेस महिला र पिछडिएको क्षेत्रलाई प्राथमिकता दिई केन्द्रीय समिति विस्तार गर्ने निर्णयमा भने माओवादीमा सहमति भएपछि नाम लिस्टमा नेताका श्रीमती र आफन्तहरुकै बोलवाला भएपछि सहमति हुन नसकेको हो ।
पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य थप्दा 'सशस्त्र युद्ध' मा दुःख गरेका र वरिष्ठ नेताहरू पाखा लगाउने प्रयत्न भएको भन्दै नेताहरूले चर्को आलोचना गरेका थिए । लामो समय पार्टीमा काम गरेका व्यक्ति आझेलमा पर्ने देखिएकाले विरोध भएको हो एक केन्द्रीय सदस्यले भने ।
उनका अनुसार माओवादीमा योग्यता, क्षमता र समानताका आधारमा चयन भएन भने अरू के कुरा गर्नु ?' उनको भनाइ थियो, 'त्यसैले केन्द्रीय समिति बिस्तार गर्दा बुद्धि पुर्‍याइयोस् भनेर नेतृत्वको ध्यानाकर्षण गराएका हौ ।
बैठकमा बोल्ने करिब ३० भन्दा बढी केन्द्रीय सदस्यले संगठन ठूलो बनाउनुभन्दा चुस्त बनाउनु पर्ने भन्दै 'भर्ती केन्द्र' नबनाउन चेतावनी दिएका थिए ।
त्यस्तै पोलिटब्युरोमा मधेसबाट रामरिझन यादव, प्रभु साह, श्रवण यादव, महेन्द्र पासवान, लिम्बुवानबाट धर्मचन्द्र लावती र महिलाबाट जयपुरी घर्ती, शशि क्षेष्ठ, अन्यबाट नारायण दाहाल, वामदेव क्षेत्री र सन्तोष बुढालाई ल्याउने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक