प्रचण्डलाई असफल र 'पँधेर्नी' को हैसियत !!!
नेकपा माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको बोलीमा लगाम लगाउने सुझाव मात्र दिएको छैन, उनको नवनिर्मित किचेन क्याबिनेटको पनि सातो खाएको चर्चा माओवादी वृत्तमा चल्न थालेको छ। माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्डको अघोषित किचेन क्याबिनेटमा बाबुराम भट्टराई, वर्षमान पुन लगायतका नेताहरु थिए। राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिलाई सन्तुलनमा राख्ने बाबुराम र प्राबिधिक तथा सांगठानिक सन्तुलन कायम राख्ने वर्षमान पुनहरुको खुबीका कारण प्रचण्ड सफल बने पनि पछिल्लो समयमा उनको किचेन क्याबिनेटमा पुगेका नेताहरुले प्रचण्डलाई असफल र एक माओवादी नेताको शव्दमा त 'पँधेर्नी' को हैसियतमा पुर्याइदिएको आरोप लागेको छ। पार्टीभित्रै पनि एक नेताविरुद्ध अर्कोलाई भिडाइराख्ने र आफ्नो अनुकूल नेताहरुलाई प्रयोग गर्न सिपालु प्रचण्डप्रति पछिल्लो समयमा प्रायः सबै नेताहरु सशंकित बनेका छन्। बादललाई हातमा लिएर बाबुरामलाई ठेगान....
लगाउने त कहिले बाबुरामलाई हातमा लिएर मोहन वैद्यलाई तह लगाउन खोज्ने प्रचण्डको शैलीबाट चीरपरिचित नेताहरुले विस्तारै प्रचण्डलाई विश्वास गर्न छाडेपछि प्रचण्डको फोटोकपी बनेर उदाएका नारायणकाजी श्रेष्ठले प्रचण्डलाई प्रयोग गर्न थालेको चर्चा पनि माओवादी कार्यकर्ताहरुबीच चलेको छ। प्रचण्डको यही शैलीलाई सांकेतिक रुपमा चुनौती दिन बाबुराम निकटस्थ टोपबहादुर रायमाझी, बैद्य निकटस्थ नेत्रविक्रम चन्द र प्रचण्ड निकटस्थ जनार्दन शर्मा लगायतका समूहले चौथो धारको चर्चा चलाइदिएको चर्चाले पनि पेरिसडाँडामा बजार लिएको छ। पछिल्लो समयमा माओवादीभित्र प्रचण्डको किचेन क्याबिनेटका सदस्यका रुपमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेतको नाम लिन थालिएको छ। नारायणकाजी माओवादीभित्र प्रचण्डको फोटोकपीका रुपमा चर्चित छन् भनें गिरिराजमणि प्रकाशको फोटोकपी भनेर पूर्व जनमोर्चाहरुले चर्चा गर्ने गर्छन्। शक्ति बस्नेत भने कुनै बेला मोहन वैद्य निकट भए पनि प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव बनेदेखि प्रचण्ड निकट पुगेका हुन्। उनी हाल माओवादी केन्द्रीय कार्यालयको सचिव छन्। बस्नेतले भने आफूले हेडक्वार्टरको हित बाहेक अरु केही नदेखेको बताएको छ।
प्रचण्डले अचेल यिनै तीनजनासँग बढी सरसल्लाह गर्ने गरेका छन्। प्रचण्ड र बाबुरामबीच दूरी बढाउन पनि किचेन क्याबिनेटका सदस्यहरुको हात रहेको आरोप लागेको छ। विशेष गरी नारायणकाजी र गिरिराजमणिले बाबुरामविरुद्ध अभियान छेडेका छन्। अघिल्लो केन्द्रीय समिति बैठकमा गिरिराजमणि पोखरेलले भारतले बाबुरामलाई प्रधानमन्त्री बनाउन चाहेको प्रमाण आफूसँग रहेको र आफूसँगको भेटमा भारतीयहरुले यहि कुरा भनेको भन्दै बाबुरामलाई विवादमा ल्याउने प्रयास गरेका थिए। त्यसको लगत्तै प्रचण्डले खन्ना गार्मेन्टमा पुगेर बाबुरामविरुद्ध वक्तव्य दिएका थिए। 'गिरिराजमणिले भारतको चाहना बाबुरामलाई प्रधानमन्त्री बनाउने हो भनेर कसरी थाहा पाए, यसको अर्थ उनी भारतीय दूतावाससँग नियमित सम्पर्कमा छन्, होइन भने भारतको कुरा उनको मुखबाट कसरी आयो' माओवादीका एक नेताले भने 'शुरुमा प्रचण्डले अब प्रधानमन्त्री बन्दिन भन्नु, पछि गएर बाबुराम प्रधानमन्त्री बन्ने वातावरण बन्दै गएपछि त्यसलाई भाँड्न गिरिराजमणि जस्ता बुख्याँचाहरु खडा गरिनु र खन्ना गार्मेन्टको विवाद लगत्तै केन्द्रीय समिति बैठकमा प्रचण्डले आफूलाई नै प्रधानमन्त्रीका रुपमा निर्णय गराउनुले दालमा कालो थियो भन्ने प्रष्ट हुन्छ'। त्यसो त यो भन्दा अघिल्लो स्थायी समिति बैठकमा राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउने सवालमा भारतविरुद्ध आन्दोलन गर्ने निर्णय गर्न लाग्दा पनि नारायणकाजी श्रेष्ठले 'बाबुरामजीको केही भनाइ छ कि?' भनेर प्रश्न गरेका थिए। जसबाट आक्रोशित बाबुरामले 'मेरो धारणा सोध्ने तपाईं को हो' भनेर झपारेको एक स्थायी समिति सदस्यले बताए । 'भारतनिकट मानिने नारायणकाजीले बाबुरामको राष्ट्रवादी फिगरमाथि प्रश्न उठाउन सुहाउँदैन' बाबुरामनिकट एक पोलिटव्युरो सदस्यले भने।
यसपालिको स्थायी समिति बैठकले प्रकाशहरुको अपेक्षाविपरीत बाबुरामको लाइन पारित गरेपछि सांगठानिक जिम्मेवारीमा समेत त्यसको प्रतिबिम्ब भएको छ। बाबुराम भट्टराईले यसअघि पाइआएको जिम्मेवारी राष्ट्रिय जनआन्दोलनको नेतृत्व बाहेक थप संयुक्त मोर्चा निर्माण र प्रचारको समेत कमाण्ड गरेका छन्। बाबुरामको लाइन पारितसँगै उनको जिम्मेवारीसमेत थपिएको बताइएको छ। उता मोहन वैद्यले चलाएको संगठन विभागको कमाण्ड महासचिव रामबहादुर थापालाई दिएर बैद्यलाई स्कूल विभागमा मात्र सीमित राखिएको छ भने पाँचवटा क्षेत्रीय कमाण्डमध्ये दुईवटा पूर्व एकताकेन्द्रका नेतालाई दिइएको छ। जसअनुसार पूर्वी कमाण्ड इन्चार्ज सीपी गजुरेल, मधेश कमाण्ड इन्चार्ज गिरिराजमणि पोखरेल, विशेष कमाण्ड इन्चार्ज रामबहादुर थापा बादल, पश्चिम कमाण्ड इन्चार्ज टोपबहादुर रायमाझी र सूदूरपश्चिम कमाण्ड इन्चार्जमा लिलामणि पोखरेल आएका छन्।
माओवादी स्रोतका अनुसार पछिल्लो समयमा स्थायी समिति तीनतिर विभाजित भएको छ। अध्यक्ष प्रचण्डको पक्षमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलमात्र खरो रुपमा उभिएका छन्। मोहन वैद्यको पक्षमा सीपी गजुरेल, कृष्णबहादुर महरा र देव गुरुङ स्पष्ट रुपमा खुलेका छन् भने वैद्य समूहका प्रभावशाली स्थायी समिति सदस्य नेत्रविक्रम चन्द पछिल्लो स्थायी समितिमा बाबुरामको पक्षमा उभिएपछि उनको अबको भूमिका स्पष्ट भइसकेको छैन। बाबुरामको पक्षमा अमिक शेरचन, लिलामणि पोखरेल, टोपबहादुर रायमाझी, वर्षमान पुन र दीनानाथ शर्मा खुलेका छन्।
लामो समयदेखि केन्द्रीय सचिवालय वा स्थायी समितिमा टोपबहादुर र दीनानाथको मात्र साथ पाउँदै आएका बाबुरामलाई यसपालि भने थप चार भाइको स्पष्ट समर्थन मिलेको चर्चा छ। महासचिव रामबहादुर थापा बादल र नेता पोष्टबहादुर बोगटी सदा जस्तै तटस्थ रहेको माओवादी वृत्तमा चर्चा छ।- साँघु
गृहयुद्धको शिलान्यास .....!
-युवराज गौतम
पाकिस्तानमा प्रजातन्त्र फस्टाएन, तर पटक–पटक गृहयुद्ध पनि भएन। मुसलमानहरूको बाहुल्य भएकाले, धेरै वर्षसम्म सेनाले देश हााकेकाले र भारतीय प्रजातन्त्रबाट आकर्षित नभएका कारण अधिकांश पाकिस्तानीका निम्ति स्थिरता नै महत्वपूर्ण कुरा ठहरियो।
क्रिस्टिना ल्याम्बको पुस्तक 'ओएटिङ् फर अल्लाह: पाकिस्तान्स स्ट्रगल फर डेमोत्रे्कसी पढ्दा धेरै कुरा प्रस्ट हुन्छ। सन् १९७१ मा भारतले 'पूर्वी पाकिस्तान' भनेर चिनिएको ठूलो भूखण्डलाई 'बंगलादेश' नामक नयाा मुलुकका रूपमा स्थापना गरायो। त्यसका निम्ति भारतीय गुप्तचर संस्था 'र' का संस्थापक रामेश्वरनाथ काओले ठूलो मेहनत गरेका थिए। बंगलादेशका लेखक एसबीआई मुन्सीले 'इन्डिया डक्ट्रिन' नामक पुस्तकमा त्यसबारे सुन्दर चित्रण गरेका छन्। सुनन्दादत्रको 'स्म्यास एन्ड ग्य्राबः अनेक्सेसन अफ सिक्किम' जस्तै सो पुस्तक पनि दक्षिण एसियाका बुद्धिजीवीहरूबीच चर्चित रहेको पाइन्छ। दक्षिण एसियालाई दिल्लीको छातामुनि राख्ने गुरुयोजनाअन्तर्गत आज सार्क क्षेत्रका सयकडौ नेता, सैनिक अधिकृत, उच्चपदस्थ सरकारी कर्मचारी, हजारौं पत्रकार, नागरिक समाज तथा गैरसरकारी संस्थाले काम, दाम र माम पाइरहेका छन्। राष्ट्रको हितमा छलफल गर्दा २० प्रतिशत सदस्य पनि उपस्थित नहुने नेपालको संसद्मा हिन्दी भाषालाई मान्यता दिलाउन ९० प्रतिशत सांसद र प्रायः सबै दल एकजुट भए। महाकाली सन्धि, नागरिकता विधेयक, गणतन्त्र घोषणा, हिन्दीको पूजालगायतका प्रस्तावमा एकजुट देखिनेहरू राष्ट्रका हितमा किन एकजुट हुन सक्दैनन्? बाह्य शक्तिका लागि मात्र समर्पित हुनेहरूका निम्ति राष्ट्र र जनताको हित गौण कुरा भएकाले स्वदेशी एजेन्डाभन्दा विदेशीका एजेन्डाले प्राथमिकता पाइरहेको कुरा घामजस्तै छर्लङ्ग छ।
सन् १९५६ मा पाकिस्तानमा पहिलो संविधान बन्यो, तर दुई वर्षपछि नै जनरल अयुब खानले सत्ता हातमा लिए। सन् १९६२ मा संविधान संशोधन भयो, तर त्यो 'संविधान' प्रयोजनहीन बन्दै गयो। ऐन, नियम, कानुन र संविधानको सम्मान गर्न हृदयदेखि नै प्रजातन्त्रवादी हुनैपर्छ। मन, वचन र कर्मल
प्रजातन्त्रवादी हुनुपर्छ। बीपीले २०३७ सालमा सम्पन्न जनमतसंग्रहमा बहुदलवादी पराजित भएको कुरा स्वीकार गर्नुभयो। ५५ प्रतिशत अभिमत निर्दलीय प्रणालीका पक्षमा र बााकी मत बहुदलीय प्रणालीका पक्षमा आउादा बीपीले कुनै किचलो गर्नुभएन। अल्पमतलाई एक दिन बहुमतमा पुर्यालउन सकिन्छ, तर जनमतसंग्रहको परिणाम नै स्वीकार नगर्ने गलत परम्परा बसाउनु हुादैन भन्ने बीपीको तर्क थियो। राजा ज्ञानेन्द्रबाट संसद् पुनर्स्थापित भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४७ सालको संविधानको संरक्षण गर्ने शपथ खाएर कालान्तरमा निर्ममतापूर्वक सोही प्रजातान्त्रिक संविधानको अन्त्येष्टि गर्नुभयो। 'संविधान मान्नु आवश्यक छैन' भन्ने नजिर बसाएर अराजक, अनुत्तरदायी र भीडतन्त्रमा आधारित 'पोर्नोग्राफी' दर्शन लागू गर्नुभयो। तसर्थ, बीपी र गिरिजाबीच कुनै कुरामा तुलना नै हुन सक्दैन। हीरा र कााच, सुन र पित्तल, हलुवा र गोबर वा घाास र बहुमूल्य जडीबुटी आदि झट्ट हेर्दा उस्तैउस्तै देखिए पनि ती वस्तुहरूमा ठूलो गुणात्मक अन्तर पाइन्छ। बीपीको कान्छा भाइ भएका कारण उत्तराधिकारीका रूपमा गिरिजाप्रसाद कोइरालाले बीपीको गद्दी त पाउनुभयो, तर दया, धर्म, करुणा, विवेक, क्षमता, विद्वता, उदारता र देशप्रेमका मामिलामा बीपी सगरमाथाको आधार शिविरमा हुनुहुन्थ्यो भने गिरिजाप्रसाद केचनामा। नेपाली कांग्रेसका विद्वान विश्लेषक प्रा.जयराज आचार्यले काठमाडौंमा आयोजित एउटा विद्वत् भेलामा बोल्दै राजनेताका गुणहरूको चर्चा गर्नुभएको थियो। संसारका पचासौं राजनेताका गुणहरू संग्रह गरेर हिसाब गर्दा नेपालका नेताहरू दरिद्र देखिए पनि दस अंक पूर्णाङ्कमा आफूले राजा महेन्द्रलाई सात अंक र बीपीलाई पााच अंक दिएको, तर गिरिजाप्रसादलाई कुनै अंक दिने ठाउा नदेखिएको प्रसंग सुनाउादा विद्वत् समुदायसमेत सहमत देखियो।
दिल्लीमा बाह्रबुादे सम्झौता गरेर काठमाडौंमा बृहत् शान्ति सम्झौताका नाममा गरिएको नाटकले तीन वर्षमा परिणाम देखाउन थालेको छ। हजारौंको हत्या गर्नेहरूलाई क्षमादान, जघन्य अपराधीहरूलाई अभयदान र बाह्य शक्तिको एजेन्डा लागू गर्न चाहनेहरूलाई सत्तादान गर्न सो नाटक रचिएको थियो। एक सयभन्दा बढी हतियारधारी समूह त्यही नाटकपछि पैदा भए। गृहयुद्धको बीउ रोप्ने काम त्यही दिन भएको थियो। देश टुत्र््कयाउने डिजाइन विदेशीले बनाए। दल, गैरसरकारी संस्था, सञ्चारमाध्यम आदिलाई खेताला बनाएर काम गर्न थाले। नेपाली सेनामा समेत रोग फैलाएर एउटा संगठित, राष्ट्रवादी र अखण्ड शक्तिलाई कमजोर पार्न खोजियो। चुच्चो नाक हुने अधिकृतहरू चुच्चे नेताका घरघरमा धाउने र चिम्सो आाखा हुनेहरू चिम्से र थेप्चे नेता खोज्दै हिाड्ने हो भने सेना कसरी अखण्ड, अभेय र अक्षय रहन्छ? लेबनान वा अफगानिस्तानको नियति भोग्ने रहर हामीलाई छैन भने राज्यका हरेक संयन्त्रलाई सही ठाउामा राख्नुपर्छ। राष्ट्रघात गर्नेलाई झुन्ड्याउनुपर्छ। जनताले पनि राष्ट्रवादीहरूलाई मात्र प्रोत्साहन दिनुपर्छ। नेपाल प्रहरी र निजामतीमा फैलेको 'एड्स' सेनामा पनि फैलिादै गएमा राष्ट्रिय सेनाले आफ्नो इतिहास, परिचय, मौलिकता, स्वाभिमान र मनोबल पूर्णरूपले गुमाउनेछ। राजनीतिक रूपले प्रशिक्षितहरूलाई सेनामा पस्न दिादैनौं भन्ने जर्सापहरूले नेताको जुठो खाने, विदेशीका लागि काम गर्ने र भ्रष्टाचारमा कलंकित भएकाहरूलाई पनि 'कोर्ट मार्सल' को कठघरामा उभ्याउनुपर्छ। सेनाका बारेमा आएका सत्य र वस्तुपरक टिप्पणीबारे सतही होइन, गहिराइमा पुगेर विश्लेषण गर्नुपर्छ। कसिंगरलाई कार्पेटमुनि लुकाउने होइन, सफा गर्नुपर्छ। सिंहदरबार र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले दिएका राष्ट्रघाती आदेश पालना गरेर जागिरमात्र खाने हो भने नेपाली सेना एक दिन नेपाल प्रहरी जस्तै हुनेछ।
देश आज गृहयुद्धको संघारमा छ। संसद् र सरकार पूर्णतः असफल देखिएका छन्। राष्ट्र र जनताले भोग्नुपरेका समस्याहरू अलिकति पनि घटेका छैनन्। अत्यन्त विकराल, कल्पनातीत, द्विविधाग्रस्त, प्रश्नचिन्हमय र जटिल परिस्थितिमा देश छट्पटाइरहेको छ। विदेशीका सामुन्ने दयाको भीख मागेर राजनीतिक प्रणाली परिवर्तन गर्न खोजिएको हुादा विदेशीले आदेश र हुकुम दिनु स्वाभाविक हो। विदेशीको लिटो, जाउलो खाएर तोते बोल्न सिकेका माओवादी, एमाले र कांग्रेसलगायतका दलहरूले 'बाह्य हस्तक्षेप बढेको' टिप्पणी गर्नु नै व्यर्थ छ। किनभने ती सबै दल विदेशीका मानसपुत्र हुन्। नेपाली जनतालाई आज 'बोलेर' होइन, 'गरेर देखाउने' शक्ति चाहिएको छ। त्यही शक्तिले मात्र राष्ट्रलाई भयावह दुर्घटनाबाट बचाउन सक्छ। जातीय, दलीय, क्षेत्रीय साम्प्रदायिक होइन, 'राष्ट्रिय नेता' चाहिएको छ। आफू र आफ्नी छोरी शक्तिशाली भएमात्र 'लोकतन्त्र' देख्ने गिरिजाप्रसाद कोइराला, आफैं प्रधानमन्त्री हुन पाएमात्र नागरिक सर्वोच्चता एवं राष्ट्रिय स्वाभिमान सुरक्षित हुन्छ भन्ने पुष्पकमल दाहाल, देश टुत्र््कयाएर भए पनि अघि बढ्छौं भन्ने कथित मधेसवादी (??) नेताहरू, आफ्नै दलका नेतालाई छिर्के हान्ने एमाले अध्यक्ष र सत्ता टिकाउन दिल्लीको आराधना गर्ने प्रधानमन्त्री आदिबाट राष्ट्रको सुदूरभविष्यको रक्षा सम्भव छैन। नाम, जात, गोत्र, दल, उमेर वा योग्यता फरक भए पनि सबैका मालिक एउटै हुन्। विदेशीको पूजा, आराधना र भक्ति गरेर शक्ति आर्जन गर्न सकिन्छ भन्ने भ्रमबाट नेपाली सेनामात्रै जोगियो भने पनि नेपालको आयु केही वर्ष लम्ब्याउन सकिन्छ। आजकै जस्तो अवस्था रहिरहने हो भने नेपाल दुई/तीन वर्षभित्रै द्वन्द्व, गृहयुद्ध र अराजकताको उत्कर्षमा पुग्नेछ। संविधान बने पनि, नबने पनि परिस्थिति सुधि्रने लक्षण स्पष्ट देखिादैन। किनभने हाम्रा नेताहरू नेपाल र नेपालीका लागि होइन, अरुकै लागि काम गरिरहेका छन्। अरुकै गोठाला र खेताला बनेका छन्। -तरुण
न्यूयोर्क, अमेरिका- नेपाली जनसम्पर्क समितिअमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समितिको पहिलो विस्तारित बैठक यही फेब्रुअरी ७ तारिख आईतवार सम्पन्न भएको छ ।
समितिका संयोजक खगेन्द्र जीसीको सभापतित्वमा बसेको बैठकले यही माघ १५ गतेका मितिमा नेपाली काँग्रेस केन्द्रीय समितिबाट प्राप्त निर्देशन तथा सुम्पिएको जिम्मेवारीलाई दृढतापूर्वक बहन गर्ने र पार्टीले निर्धारण गरेको समयसीमाभित्रै समितिको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसले जीसीको संयोजकत्वमा गठीत ३५ सदस्यीय तयारी समितिलाई अनुमोदन गर्दै यही मार्च महिनाभित्र समितिको महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक कार्य विभाजन र विभागहरु गठन गर्ने पूर्ण अधिकार संयोजक जीसीलाई सुम्पिएको पत्र माघ १५ मा प्रेषित गरेको थियो । सोही बमोजिम कार्य आरम्भ गर्नका लागि आइतवार बैठक आव्हान गरिएको थियो ।
बैठकले तयारी समितिको सह संयोजकमा वेदप्रसाद खरेल -न्यूयोर्क) लाई नियुक्त गर्ने यस अघिको निर्णयलाई अनुमोदन गरेको छ । यसैगरी समितिको सदस्य सचिवमा अर्जुन बन्जाडे ( टेक्सास) लाई जिम्मेवारी दिइएको संयोजक जीसीले गर्नुभएको प्रस्तावलाई पनि अनुमोदन गरेको छ । बैठकले आगामी मार्च महिनाको २० तारिखभित्र साधारण तथा कि्रयाशील सदस्यता वितरण तथा नेपाली काँग्रेसका शुभेच्छुकहरु छरिएर रहेका अमेरिकाका सबै राज्यस्तरका स्थानीय च्याप्टर तहको अधिवेशन सम्पन्न गर्ने र सोही मितिभित्रै महाधिवेशन प्रतिनिधिहरुको चयन सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको छ । समितिको केन्द्रीय महाधिवेशन मार्च महिनाको २७ र २८ तारिख सम्पन्न गर्ने निर्णय समेत गरिएको छ । महाधिेवशन स्थान आगामी बैठकबाट घोषणा गर्ने सहमति भएको छ ।
बैठकले आइतवारका मितिदेखि लागू हुने गरी १० दिनभित्र अन्तरिम मस्यौदा विधान तयार गर्न समितिका सदस्य सुशील अधिकारी टेक्सास लाई संयोजक तोकी जिम्मेवारी सुम्पेको छ । यसैगरी अमेरिकाभर छरिएर रहनुभएका काँग्रेस शुभेच्छुकहरुलाई तत्काल सदस्यता लिईदिन आग्रह गर्ने निर्णय गरेको छ । यसका लागि तीन वर्षे साधारण सदस्य बहाल रहने गरी विद्यार्थीलाई एकमुष्ठ २० अमेरिकी डलर र अन्यलाई एकमुष्ठ ३० अमेरिकी डलर साधारण सदस्यता शुल्क निर्धारण गरिएको छ । पार्टीको कि्रयाशील सदस्यताका लागि आवेदन शुल्क २५ डलर र पार्टीको भवन निर्माण समितिमा जम्मा हुने गरी कि्रयाशील सदस्यता फारामसँगै स्वेच्छिक चन्दा संकलन गर्ने निर्णय समेत गरिएको छ ।
महाधिवेशनलाई व्यापक र भव्यरुपमा सम्पन्न गर्नका लागि आईतवारको बैठकले चित्रा केसी मेरिल्याण्डको संयोजकत्वमा सदस्यता तथा संगठन उपसमिति, धर्मराज श्रेष्ठ कोलोराडो को संयोजकत्वमा आर्थिक उपसमिति, गौतम दाहाल - मेरिल्याण्ड _ को संयोजकत्वमा सूचना तथा प्रचार प्रसार उपसमिति, रबिन्द्र राई क्यालिफोर्नियाको संयोजकत्वमा सामाजिक,सांस्कृतिक एवं अल्पसंख्यक मामिला सम्बन्धी उपसमिति, प्रभा शर्मा मेरिल्याण्डको संयोजकत्वमा महिला उपसमिति, कृष्ण पोखरेल न्यूयोर्कको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन उपसमिति र भगवान मैनाली टेक्सासको संयोजकत्वमा अभिनन्दन तथा सम्मान उपसमिति गठन गरेको छ । साथै महाधिवेशन तयारी समितिको कार्यालय न्यूयोर्कमा राख्ने निर्णय समेत गरिएको छ ।
बैठकको आरम्भमा संयोजक जीसीले हालैको आफ्नो नेपाल भ्रमणको क्रममा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालगायत कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता शेरबहादुर देउवा, सहमहामन्त्री एवं पार्टी प्रवक्ता अर्जुननरिसंह केसी, केन्द्रीय सदस्य डाक्टर रामशरण महतलगायतका केन्द्रीय नेताहरुसँग भेटघाट तथा जनसम्पर्क समितिको महाधिवेशनका बारेमा छलफल भएको जानकारी दिनुभएको थियो । उहाँले पार्टी सभापति कोइरालाको सन्देश भन्दै तयारी समितिमा रहनुभएका र अमेरिकाभर छरिएर रहेका काँग्रेस शुभेच्छुकहरुप्रति पार्टी नेतृत्वले संगठन निर्माण र विस्तारमा महत्वपूर्ण योगदानको अपेक्षा राखेको सन्देश सुनाउनु भएको थियो । सभापति कोइरालाले अमेरिकामा रहेका पार्टीका साथीहरुलाई जिम्मेवार र अनुशासित भएर संगठन सुदृढ गर्न निर्देशन दिएको बैठकमा जीसीले जानकारी गराउनु भएको थियो । सभापति कोइरालाले अमेरिकामा हुन लागेको समितिको महाधिवेशनले काँग्रेस शुभेच्छुकहरुलाई विगतका तिक्तताहरु भुलेर सुदृढ एकताको सन्देश प्रवाह गर्न सफलता प्राप्त होस् भन्ने सन्देश दिनुभएको संयोजक जीसीले बताउनु भएको थियो ।
जय नेपाल ।

नेपाली जनसम्पर्क समिति, अमेरिका
एकताको दोश्रो महाधिवेशन तयारी समिति
न्यूयोर्क, अमेरिका
मितिः फेब्रुअरी ८, २०१०
प्रेस विज्ञप्ति न्यूयोर्क, अमेरिका- नेपाली जनसम्पर्क समितिअमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समितिको पहिलो विस्तारित बैठक यही फेब्रुअरी ७ तारिख आईतवार सम्पन्न भएको छ ।

गौतम दाहाल
संयोजक
सूचना तथा प्रचार प्रसार
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक