20100215

राष्ट्रपति डा. रामवरण यादव भारतमा

राष्ट्रपति डा. रामवरण यादव भारतीय राष्ट्रपति प्रतिमा पाटीलको औपचारिक निमन्त्रणामा आज भारत प्रस्थान गर्नुभएको छ। उहाँलाई नयाँ दिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री प्रनीता कौर, भारतका लागि नेपाली राजदुत रुक्मशमसेर राणा र नेपालका लागि भारतीय राजदुत राकेश सुदले स्वागत गर्नुभएको थियो। यसैबीच राष्ट्रपति डा. यादवले आफ्नो अनुस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति परमानन्द झाबाट सम्पादन गर्न तोकिदिनुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा नेपालको अन्तरिम संविधान २०६३ को सवैधानिक ब्यवस्था बमोजिम गर्न उपराष्ट्रपति झालाई कार्यभार जिम्मा दिनुभएको छ। राष्ट्रपति भैसकेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो। उहाँको सम्मानमा टुँडिखेलको सैनिक मञ्चबाट २१ तोपको सलामी अर्पण गरिएको थियो। २७ सदस्यीय भ्रमण टोलीसहित चार दिने भारत भ्रमणमा प्रस्थान गर्नुभएका राष्ट्रपति .....
डा. यादवलाई विदाई गर्न त्रिभुवन विमान स्थलमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ तथा उच्ा पदस्थ ब्यक्तिहरूको उपस्थिती थियो। उहाँ नेपाल वायु सेवा निगमको विशेष विमानबाट विहान ११.१५मा प्रस्थान गर्नुभएको छ।
यसैबीच राष्ट्रपतिको भ्रमण दलका सदस्य रहनुभएका पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरतसिंह भण्डारीले राष्ट्रपतिले चारवटा समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्नुहुने जानकारी दिनुभएको छ।
'नेपाल–भारतबीच हवाई यातायात, नेपालका विभिन्न नाका सहरमा रेल्वे विस्तार, हेटौडामा पोलिटेक्निकल इन्स्टिच्युटको स्थापना र वीरगन्जमा नेपाल–भारत मैत्री सभा भवन निर्माण सम्झौतामा हस्ताक्षर हुनेछ तर, प्रहरी एकेडेमी निर्माणबारे हाम्रो तयारी नपुगेकाले हस्ताक्षर हुने सम्भावना कम छ।
राष्ट्रपति यादवले बुधबार साँझ भारतीय समकक्षी प्रतिभा पाटिलसँग भेट गर्नुहुनेछ।
उहाँले उपप्रधानमन्त्री हमिद अन्सारी, प्रधानमन्त्री डा. मनमोहन सिंह, युपिए अध्यक्ष सोनिया गान्धीलगायत विभिन्न राजनीतिक दलका नेता एवं सरकारी अधिकारीहरुसित भेटवार्ता गर्ने कार्यक्रम छ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक