20100204

माओवादीद्वारा फेरी आन्दोलनको घोषणा

एकिकृत माओवादीले शान्ति, नयाँ संबिधान र राष्ट्रिय स्वाधिनताका पक्षमा आज पाँचौ चरणको आन्दोलनको घोषणा गरेको छ । माओबादीले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई महत्व दिदै राजनीतिक गतिरोधको सकारात्मक सम्बोधन हुनेमा बिश्वास पनि ब्यक्त गरेको छ । काठमाण्डौमा केहि दिन सम्म चलेको स्थायी समितिको बैठक पछि आज पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलनमा आन्दोलनको घोषणा गरेको हो । सेना समायोजन गर्ने बिषयलाई आसंकाको रुपमा हेरेको माओबादीले पहिला शान्ति प्रकृयालाई टुङगोमा पुराएर समायोजन गर्नु पर्ने धारणा राखेको छ । माओवादीले यस पटकका कार्यक्रम.....
अघिल्ला भन्दा सामान्य रहेका छन् । माओवादीले फागुन एक गते देखि चैत्र २४ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्र्तगत देशब्यापी जनपरिचालन लगायतका कार्यक्रम रहेका छन् । त्यसै गरेर अन्र्तकृया पैदल मार्च गोष्ठि लगायतका कार्यक्रम सहित घरदैलोको कार्यक्रम पनि माओवादीले तय गरको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक