20100220

सशस्त्र प्रहरीको मुख्यालय वाईसिएल घेराउमा !

माओवादीले तीन महिने जनदबाब कार्यक्रम ल्याउने
 काठमाडौं,शुक्रबारदेखी पृथ्वी राजमार्गमाको धाडिगं क्षेत्र तनाव ग्रस्त भएको छ। सशस्त्र प्रहरीको तीन वटा गाडीमा हतियार ल्याउन लागेको आरोपमा माओवादी कार्यकर्ताहरुले पृथ्वी राजमार्गमाको धाडिगंमा ती गाडीहरु रोके पछी तनाव शुरु भएको थियो। भैरहवाबाट काठमाण्डौ तर्फ आउँदै गरेका उक्त गाडीहरुमा हतियार रहेको माओवादीको दावी रहेको छ। सरकारले शान्ती सम्झौता बिरुद्ध भारतबाट हतियार ल्याएर गृह युद्ध निम्त्याउन खोजेको आरोप माओवादी लगाएको छ। हतियार रहेको आशंका गरिएका उक्त गाडीहरुलाई माओवादी संसदहरु सहितको जमातले काठमाण्डौ पस्ने थानकोट नाकामा समेत रोक्ने .....
प्रयास गरेको थियो। तर प्रहरीले उक्त स्थानलाई लाठी चार्ज गरी आफ्नो नियन्त्रणमा लिएर उक्त गाडीहरु काठमाण्डौ भित्र्याई सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा राखिएका छन्। उक्त लाठी चार्जमा माओवादीका सभासदहरु सहित कैयन कार्यकर्ताहरु घाईते भएका छन। अहिले सशस्त्र प्रहरीको मुख्यालय हलचोकलाई वाईसिएलका कार्यकर्ताहरुले घेराउ गरीराखेकोले त्यस क्षेत्र तनावग्रस्त रहेको छ। यस विषयमा स्पष्ट पार्न गृहमन्त्रीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै..

निर्धारित समयमा संविधान निर्माण हुने कुरामा आलटाल हुन थालेको भन्दै एकीकृत माओवादीले दबाबस्वरुप सदन र सडक आन्दोलन चर्काउने भएको छ। देशभरका चार हजारभन्दा बढी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको भोलिपल्ट माओवादीले तीन महिने जनदबाब कार्यक्रम ल्याउने निर्णय गरेको हो। शुक्रबार बसेको स्थायी समिति बैठकले संघर्ष गर्ने निर्णय गरे पनि तीनमहिने जनपरिचालन कार्यक्रम भने शनिबार बस्ने केन्द्रीय समितिले तय गर्ने छ। 'निर्धारित समयभित्र संविधान नलेखिने हो कि भन्ने संभावना बढेपछि तीनमहिने दबाबमूलक कार्यक्रम ल्याउन थालेका हौं,' उपाध्यक्ष बाबुराम भट्टराईले भने, 'जनपरिचालनको रुपरेखा भने केन्द्रीय समितिले नै टुंगो लगाउने छ।' सदन र सडक दुवै ठाउँमा संघर्षका कार्यक्रम ल्याउने भए पनि मुख्य जोड सदनमै हुने बैठकको निर्णय छ।'मुख्य जोड सदनबाटै दिन्छौं,' उनले भने, 'सदनबाट मात्र नहुने भएकाले सडकमा जनपरिचालनमार्फत दबाब सिर्जना गर्ने निर्णय गरेका हौं।' सरकारले माओवादी लडाकुको भत्ता रोक्ने तयारी गरिरहेको भन्दै उपाध्यक्ष भट्टराईले यस्तो विषयमा गम्भीर हुन सरकारलाई चेतावनी दिए। जनमुुक्ति सेनाका भत्ताको कुरा शान्तिसम्झौतामै उल्लेख भएको भन्दै उनले भने, 'सरकारले त्यसो गरे आपत्तिजनक हुनेछ।'
जनमुक्ति सेनाका सात मुख्य र २८ विभिन्न सहायक शिविरमा गरी १९ हजार ६ सय २ जना लडाकु छन्।
बैठकले केन्द्रीय समिति विस्तार विषयमा छलफल भए पनि निर्णय भने गरेको छैन। विधानमा १ सय ७५ सदस्यीय केन्द्रीय समिति हुने उल्लेख भए पनि हाल १ सय ४० सदस्यीय छ। विभिन्न दलबाट माओवादीमा प्रवेश गरेका नेता र वार्ता प्रक्रिया चलिरहेकाहरूबाट आउनेका लागि खालि राखिएको थियो। केही सातामै नवराज सुवेदीले नेतृत्व गरेको नेकपा एकीकृत माओवादीमा विलय हुँदैछ। केन्द्रीय समिति विस्तार भएपछि पोलिटब्युरो र स्थायी समिति पनि विस्तार हुनेछ। हाल माओवादीको १६ स्यायी र ४५ सदस्यीय पोलिटब्युरो छ। केन्द्रीय समितिको एक-तिहाई पोलिटब्युरो र पोलिटब्युरोको एक-तिहाइ स्थायी समिति सदस्य संख्या हुने पार्टी विधानमा छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक