20100212

१० वर्षीय बालकको अपहरणपछि घाँटी थिचेर हत्या, माओवादीले सिकाएको यो अपहरण र हत्या गर्ने तरिकाले अझै कतिको ज्यान जाने हो !

दुई साताअघि अपहरणमा परेका दाङ ढिकपुर-७ दुबीचौरका १० वर्षीय बालक होमबहादुर चौधरीको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ। ढिकपुर-४ पोखरास्थित रामबहादुर ओलीको घरनजिकको खाडलभित्र लुकाइराखेको अवस्थामा बालक चौधरीको शव १६ दिनपछि फेला परेको हो। रामबहादुरका छोरा २१ वर्षीय डिपलभ सेन ओलीले अपहरणपछि घाँटी थिचेर हत्या गरी आफ्नै घरसँग जोडिएको ५ फिट गहिराइ र १५ फिट चौडाइ रहेको ‘एल’ आकारको खाडलभित्र लुकाइराखेको अवस्थामा शव फेला पारिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो। शौचालय बनाउने प्रयोजनका लागि दुई वर्षघि निर्माण गरिएको सो खाडलमा बोराभित्र राखेर पाइपले बाँधेको अवस्थामा शव......
फेला परेको थियो।
गत माघ १२ गते अपहरणमा परेका बालक चौधरीको सोही दिन हत्या भएको पुष्टि भएको छ। नारायणपुरस्थित र्स्वर्गद्वारी बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत चौधरीलाई घरमा आमा बिरामी परेको बहानामा विद्यालयमा टेलिफोन गरी बोलाएर विद्यालय छुट्टी हुनुअघि नै अपहरण गरिएको थियो। हत्याको विरोधमा बिहीबार घोराही, लमही, तुलसीपुर, नारायणपुरलगायत स्थानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। प्याब्सनको आहवानमा संस्थागत विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। हत्याको विरोधमा फागुन २ गते आइतबार दाङका शिक्षणसंस्था बन्द हुने भएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक