विराटनगरमा एमालेका युवा नेता युथ फोर्स मोरङका इन्चार्ज परशुराम बस्नेतमाथि गोली प्रहार भएको छ। उनलाई एउटा गोली कम्मरमुनि लागेको छ भने अर्को गोली खुट्टामा लागेको छ। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। जनपथस्थित घर जाँदै गरेका बेला उनीमाथि गोली प्रहार भएको हो। उनी पैदलै घरतर्फ जाँदै थिए। यता यस्तो घटना हुँदै गर्दा उता बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा खोज्न गएका सुर्खेत हरिहरपुरका तीन महिलाको सेनाको गोलीबाट बुधबार राति मृत्यु भएको छ। हरिहरपुर-२ बाँसपानीका २९ वर्षीया अमृता बिक, २७ वर्षीया चन्द्रकला बिक र ३५ वर्षीया देवीसरा बिकको मृत्यु भएको हो। उनीहरूको शव बिहीबार दिउँसो १ बजे कालिकास्थानमा भेटिएको स्थानीय नवराज कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार बुधबार बिहान गाउँबाट ७ जनाको समूह काउलो खोज्न निकुञ्ज गएको थियो। बर्दिया ठाकुरद्वारास्थित ज्वालादल गणबाट गस्तीमा निकुञ्ज आएको सेनाको टोलीले उनीहरूलाई भेटेपछि तीनलाई पक्राउ ....
गरेको थियो। पक्राउ गरेको केही बेरमै उनीहरूको हत्या भएको भाग्न सफल स्थानीय गोपाल बिकले बताए। उनका अनुसार पक्राउ परेलगत्तै महिलाहरू चिच्याएका थिए। सेनाले भने उनीहरू चोरी-सिकारी भएको र मुठभेडमा मारिएको दाबी गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार राति विज्ञप्तिमार्फत घटनास्थलबाट तीन थान भरुवा बन्दुक, चार राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरेको जनाएको छ।
सिकारीहरूले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरका आधारमा खटिएको टोलीको सिकारीहरूसँग जम्काभेट भएको र चेतावनी दिँदादिँदै फायर गरेपछि आत्मसुरक्षाका लागि प्रतिकारात्मक कारबाही गर्दा तीनजनाको मृत्यु भएको सेनाको विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्न चार जना भागेको र एकलाई टोलीले नियन्त्रणमा लिएको सेनाले बताएको छ।
स्थानीयवासीले सेनाको भनाइमा सत्यता नभएको जनाएका छन्। स्थानीय तु्लादेव भारतीले बुधबार बिहानै गाउँबाट स्थानीय महिला र पुरुषहरू काउलोको बोक्रा लिन गएको र दिउँसै सेनाले पक्राउ गरेको बताए। 'महिला र बालबालिकाहरू बन्दुक बोकेर सिकारमा गएका हुन् भनेर पत्याउने आधार छैन, फेरि तिनीहरूलाई पक्राउपछि हत्या गरिएको छ,' स्थानीयले भने।
निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले निकुञ्ज क्षेत्रभित्र चोरी-सिकारीको उद्देश्यले हतियारसहित देखिएका सिकारीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो भिडन्त हुँदा सेनाको गोलीले तीनजना महिला मारिएको दाबी गरे।
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
0 comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक