20100313

सडक आन्दोलन देखी अनमिनको दुरुपयोग् गर्दा सम्म पनि माकुने सरकार नढले पछी सांसद खरिद तिर लागे प्रचन्ड, अबिश्वास प्रस्ताबको तयारी

संविधान निर्माण कार्यलाई निर्धारित समयमा टुंगो लगाउने गरी संविधानसभामा रहेका दलहरूबीच छलफल चलिरहेकै बेला प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले सरकारविरुद्ध अविश्वास प्रस्ताव राख्ने उद्देश्यका साथ संसद्को विशेष अधिवेशन बोलाउनका लागि गृहकार्य प्रारम्भ गरेको छ। केही दिनदेखि माओवादीका पदाधिकारीबीच विशेष अधिवेशनको आहवान गर्दा के हुन्छ भनी छलफल चलिरहेको र त्यही सर्न्दर्भमा शुक्रबार माओवादीका झन्डै एक सय सभासद् सविधानसभा संसदीय दलमा भेला भएका थिए।
माओवादी संसदीय बोर्डका संयोजक नारायणकाजी श्रेष्ठको आमन्त्रणमा भेला भएको अनौपचारिक बैठकमा सभासद्हरूलाई वर्तमान सरकारले सहज रूपमा सत्ता नछोडे विशेष अधिवेशन आहवान गरेर भए पनि सरकारलाई हटाउने तयारी भइरहेको जानकारी दिइएको थियो। नेपाल मजदुर किसान पार्टी सद्भावना पार्टी(आनन्दीदेवी) ले हालै सरकारप्रतिको समर्थन फिर्ता लिएको जनाएको र एक एक जना सभासद् रहेका दुई चारवटा दलले .....
समर्थ फिर्ता लिने आश्वासन पाएको र फोरम लोकतान्त्रिक, तमलोपासमेतबाट सभासद्हरू आफ्नो पक्षमा आउन सक्ने सम्भावना रहेको भनी माओवादीले सो गृहकार्य प्रारम्भ गरेको माओवादीका एक सभासद् एवम् केन्द्रीय सदस्यले जनाएका छन्। विशेष अधिवेशन आहवान भएमा मधेसवादी दलहरूसहित अन्य दलको पनि समर्थ हुन सक्ने माओवादीको आशा रहेको छ। तर मधेसवादी दल तमलोपाका एक प्रभावशाली नेता हृदयेश त्रिपाठी भने माओवादीको योजना सफल नहुने टिप्पणी गर्नुहुन्छ।

माओवादी संसदीय दलका उपनेता एवम् बोर्डका संयोजक श्रेष्ठले अनौपचारिक बैठकपछि सकेसम्म सहमतिका साथ माओवादीको नेतृत्वमा सरकार बनोस् भन्ने पार्टीको चाहना हो, त्यो नभएमा अर्को बाटो अवलम्बन गर्न सकिने स्पष्ट पार्नुभयो। अर्को बाटो के हो भन्ने बारेमा जिज्ञासा राख्दा नेता श्रेष्ठले कानुनी प्रक्रियाकै बाटो भएको स्पष्ट पार्नुभयो।

सरकारविरुद्ध अविश्वास प्रस्ताव राख्ने गरी विशेष अधिवेशन बोलाउने गृहकार्य भइरहँदा विभिन्नि साना दल र मधेसवादी दलसँग माओवादीले एक दुई चरण कुराकानी गरिसकेको तर मधेसवादी दलहरूबाट विश्वासिलो प्रतिबद्धता भने नआएको माओवादीकै एक पदाधिकारीले बताएका छन्। सो सम्बन्धमा माओवादीले एमालेका केही नेताहरूसँग पनि कुराकानी गरिसकेको बुझिएको छ।

माओवादीको नेतृत्वमा सरकार बन्ने स्थिति भएमा फोरम लोकतान्त्रिकका केही सभासद्ले सहयोग गर्ने वचन दिएको तर उनीहरूमा पनि ४० प्रतिशत पुग्न नसकेको बताइएको छ। दलबाट ४० प्रतिशत नभई पार्टीट विद्रोह गरेमा सभासद् पद रहँदैन।
अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा ३ अनुसार संसद्को अधिवेशन चालू नरहेको अवस्थामा कम्तीमा एक चौथाइ सभासद्ले विशेष अधिवेशनका लागि समावेदन गरेमा समावेदन गरेको मितिले १५ दिनभित्र अधिवेशन बोलाउनुपर्ने हुन्छ।

समावेदन गर्न माओवादीकै मात्र सभासद्हरू पनि पर्याप्त हुनेछन्। समावेदन गर्न १ सय ५१ सभासद्को हस्ताक्षरसहितको निवेदन भए पुग्छ। माओवादीले आफ्नो पक्षमा २ सय ७० संख्या पुगिसकेको दाबी गरेको छ। तर सरकार बनाउन कम्तीमा ३०१ चाहिन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक