20100327

संविधान नबन्ने अवस्था, 'बिद्रोह'को योजना अर्न्तर्गत 'रिहर्सल' गर्दै माओवादी, !

माओवादीले आफ्नो पक्षमा जनसंविधान वा त्यसको विकल्पमा सम्भावित 'जनव्रि्रोह'को योजनाअर्न्तर्गत आगामी ७ जेठमा काठमाडौंमा केन्द्रीय स्तरको 'जनसभा र जनपर््रदर्शन' गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि आफूविरोधी 'दक्षिणपन्थी शक्तिहरूको चलखेल' बढेको निष्कर्षनिकाल्दै माओवादीले तत्कालका लागि २४ चैतमा सबै जिल्लामा र आगामी १८ वैशाखमा राज्य समितिअर्न्तर्गतका प्रमुख सहरमा जनपर््रदर्शन र जनसभा गर्ने िर्ण्र्ाागरेको ....
छ । चैत र वैशाखको जनपर््रदर्शनसहितको जनसभालाई संविधान नबन्ने अवस्थामा सम्भावित जनव्रि्रोहको 'रिहर्सल'का रूपमा लिइएको छ र त्यसका लागि माओवादीले सम्भावित भिडन्तको समेत पर्ूवानुमान गर्दै त्यसका लागि 'जस्तोसुकै भिडन्त सामना गर्नेे' तयारी थालेको छ ।
'पहिलो चरणमा २४ चैतको जनपर््रदर्शनमा हरेक जिल्ला सदरमुकाममा अत्यधिक कार्यकर्ता तथा शुभेच्छुक जनतालाई उतार्ने तयारी गरिरहेका छौं,' माओवादीका एक पोलिटब्युरो सदस्यले राजधानीसँग भने । त्यसपछि दोस्रो चरणको जनपर््रदर्शन १८ वैशाखमा मजदुर दिवसका दिन राज्य समितिअर्न्तर्गतका सहरमा गर्ने ती नेताको भनाइ थियो ।
माओवादीको शुक्रबार बसेको स्थायी समिति बैठकले २४ चैतमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' काठमाडौंको खुलामञ्चमा आयोजित जनपर््रदर्शन र जनसभामा सहभागी हुने र बाँकी अधिकांश स्थायी समिति सदस्यहरू उपत्यका बाहिर गएर जनपर््रदर्शनको नेतृत्व गर्ने निर्ण्र्ाागरेको छ ।
'बाँकी केही स्थायी समिति सदस्यहरू कहाँ जाने भन्नेबारेमा सामान्य छलफल भएको छ, तर विस्तृतमा केही दिनभित्रै तय हुन्छ,' माओवादी प्रवक्ता दीनानाथ शर्माले शुक्रबार बैठकपछि राजधानीसँग भने । पार्टर्ीी्रोतका अनुसार प्रचण्डले आफू कालीकोट जाने प्रस्ताव गरेका थिए तर बैठकले उनलाई काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त पर््रदर्शनको नेतृत्व गर्दै खुलामञ्चको सभामा मुख्यवक्ता बनाउने निर्ण्र्ाागरेको छ ।
'चैत र वैशाखको जनपर््रदर्शनका बारेमा पार्टर्ीीेडक्वार्टरले मौखिक र्सर्कुलर गरिसकेको छ, तर ७ जेठमा काठमाडौं केन्द्रित पर््रदर्शनको मितिचाहिँ हेरफेर पनि हुनसक्ने भनिएको छ,' माओवादीको मिथिला राज्य समितिका एक सदस्यले राजधानीसँग भने, 'चैत र वैशाखको आन्दोलनपछि राजनीतिक परिस्थिति कतातिर जान्छ, जेठको कार्यक्रम त्यहीअनुसार तय हुन्छ भन्ने खबर आएको छ ।'
माओवादीले आफ्नो पक्षमा जनसंविधान नबने जनव्रि्रोहको विकल्प नभएको भन्दै त्यसका लागि सम्पर्ूण्ा तयारी गर्ने निर्ण्र्ाायसअघि नै गरिसकेको छ ।
जनआन्दोलन दिवसका दिन २४ चैत र मजदुर दिवसका दिन १८ वैशाख -१ मे)मा हुने जनपर््रदर्शनको अग्रभागमा सहायक संगठन वाईसीएललाई परिचालन गर्ने योजना रहेको तथा २४ चैतमा मात्रै काठमाडौंमा कम्तीमा तीन लाख युवा कार्यकर्ता सडकमा उतार्ने तयारी भएको वाईसीएलका उपत्यका इन्चार्ज चन्द्रबहादुर थापाले बताए ।
आन्दोलनकै तयारीका लागि वाईसीएल कार्यकर्तालाई माओवादीले चितवनको जुटपानीस्थित लडाकूहरूको तेस्रो डिभिजनमा लगेर केही दिनयता तालिम दिएको छ । तर, सागरले भने आफ्ना कार्यकर्ता खेलकुदको तालिमका लागि शक्तिखोर गएको दाबी गरेका छन् ।
'खेलकुदका लागि वाईसीएलका पाँच ओटा टिम तयार भएको छ, त्यसको प्रशिक्षणका लागि साथीहरू शक्तिखोर गएका हुन्,' फौजी तालिम नभएको दाबी गर्दै सागरले भने ।
आन्दोलनको तयारीमा लागेका माओवादीका राज्य समितिस्तरका एक दर्जन जति कार्यकर्ताले राजधानीसँगको अनौपचारिक कुराकानीमा भनेका छन्, 'संविधान नबन्ने अवस्थामा जनव्रि्रोहमा जानर्ुपर्छ भन्नेमा पार्टर्ीीकमत छ र सम्भावित भिडन्तको प्रतिरोध कसरी गर्ने भन्नेसमेतको तयारी अहिले भइरहेको छ ।'
माअेावादीको नेवा राज्य समितिका एक नेताका अनुसार आफ्नो पक्षमा संविधान बन्ने परिस्थिति निर्माण भएमा नयाँ 'संविधानको स्वागतका लागि' आगामी जेठमा काठमाडौं केन्द्रित जनपर््रदर्शन गर्ने पार्टर्ीीे योजना छ । 'यदि संविधान नबन्ने अवस्था आयो भने खुलामञ्चबाट अध्यक्ष प्रचण्डले अनिश्चितकालीन आमहड्तालसम्मको कार्यक्रम घोषणा गर्नुहुनेछ, त्यसले नै जनव्रि्रोहको रूप लिनेछ,' ती नेताले शुक्रबार भने, 'जनआन्दोलन-२ को भन्दा बढी जनपर््रदर्शन गर्र्छौं, त्यसैले सबै कुराको फैसला गर्नेछ ।'
केन्द्रीय प्रशिक्षणपछि माओवादीले मुलुकभरका राज्य तथा जिल्लासमिति स्तरका कार्यकर्तालाई प्रशिक्षण दिँदै निर्ण्ाायक क्रान्तिका लागि तयार भएर रहन निर्देशन दिएको छ ।
'त्यसका लागि खर्चको बन्दोबस्तसमेत गर्न भनिएको छ, हामी चन्दा र सहयोग संकलन पनि गरिरहेका छौं,' माओवादीको अवध राज्य समितिका एक सदस्यले भने, 'हामी निकै गम्भीर तयारी गर्दै छौं, जेठपछि हामी जित्ने वा नरहने स्थितिको मूल्यांकन नेताहरूले गरेका छन् ।'
अध्यक्ष प्रचण्डले गत ६ फागुनमा काठमाडौंमा आयोजित केन्द्रीय भेलामा 'पार्टर्ीीयाक्टिकल सिफ्ट'को अवस्थामा आइपुगेको तथा अबका कार्यक्रम 'जनवादी क्रान्तिको अन्तिम कार्यनीति' भएको तथा नेवा राज्य समिति स्तरका कार्यकर्तालाई दर्ुइ साताअघि दिएको प्रशिक्षणमा उनले जनव्रि्रोहका लागि चैत, वैशाख र जेठका कार्यक्रमहरूका बारेमा खुलासा गरेका थिए । तर, सञ्चारमाध्यममा र्सार्वजनिक हुने भन्दै प्रचण्डले जनव्रि्रोहको सबै योजना भने अगुवा कार्यकर्ता सामू खुलाएका थिएनन् ।
प्रशिक्षण दिएयता प्रचण्डसहितका नेताहरू र्सार्वजनिक रूपमा कम बोल्न थालेका छन् भने देशैभरि केन्द्रीय नेताहरू गएर संविधान बन्ने झिनो आशामात्र बाँकी रहेको भन्दै सम्भावित व्रि्रोहका लागि प्रशिक्षण दिइरहेका छन् ।
माओवादीले २४ चैत र १८ वैखाखमा हुने जनपर््रदर्शनपछि दर्ुइ ओटा परिस्थितिको पर्ूवानुमान गरेको छ । स्रोतका अनुसार, आन्दोलन थेग्न नसकेपछि सरकारले राजीनामा दिने र दलहरू आफूसँग सहमति गर्न आउने पहिलो अनुमान माओवादीले गरेको छ । 'राष्ट्रपति वा कुनै अर्को शक्ति अघि बढ्ने र मुठभेड पनि हुने दोस्रो सम्भावना छ, हामी दुवै परिस्थिति सामना गर्ने तयारी गरिरहेका छौं,' माओवादी स्रोतले भन्यो ।
माओवादीले कोइरालाको निधनपछि कांग्रेस टुक्रिएको, एमाले कमजोर रहेको, राष्ट्रपति कमजोर रहेको र राज्यसंयन्त्रसमेत भित्री रूपमा धु्रवीकृत भएको निष्कर्षनिकाल्दै अबको कदम सहज हुने ठहरसमेत गरेको छ ।
'यो अवस्थामा हामीले नेपाली मौलिकतासहितको व्रि्रोहको जोखिम उठाउन सक्नर्ुपर्छ भन्ने कुरा पार्टर्ीीत्र उठेको छ,' पार्टर्ीी्रोतले भन्यो । सरकार छाडेको करिब एक वर्षो अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीभित्र पनि आफ्ना पक्षपातीहरू बढ्दै गएको र संकटका बेला साथ दिने अपेक्षा माओवादीले गरेको एक पोलिटब्युरो सदस्यले दाबी गरे । 'यसबीचमा सुरक्षा निकायलगायत सबैसँग हाम्रो कुराकानी भएको छ,' ती पोलिटब्युरो सदस्यले नाम नछाप्ने र्सतमा भने, 'हामीले पहलकदमी लिएमा फरक पर्दैन, तर हामी नै आन्तरिक रूपमा थप सुदृढ बन्नुपर्नेछ ।' स्रोतका अनुसार करिब नौ महिना सरकारमा रहेर राज्यसंयन्त्र बुझ्न र त्यसमा खेल्न सहज भएको माओवादीको भित्री निष्कर्षछ ।
माओवादीले एक महिनायता प्रशिक्षणलगायतका राजनीतिक तयारी, सांगठनिक सुदृढीकरण, आन्दोलन व्यवस्थापन तथा कूटनीतिक तयारी तीव्र पारेको छ ।
स्रोतका अनुसार आफ्नो नेतृत्वमा सहमतीय सरकार गठन हुने अवस्था आएमा वा नआएमा आफ्ना एजेन्डा जबर्जस्त लागू गर्ने अडानमा माओवादी छ । 'सरकारको नेतृत्व गर्ने अवस्था आएमा पनि पेलेरै जानेछौं,' माओवादी स्रोतले भन्यो, 'यदि त्यस्तो अवस्था आएन भने व्रि्रोहमा जान्छौं, व्रि्रोहको स्वरूपचाहिँ नेपाली मोडलको हुन्छ, जनव्रि्रोह अपत्यारिलो र अकल्पनीय हुनेछ ।'-पर्शुराम काफ्ले

राजतन्त्र  ब्युझिन्छ रे कसरी ?
-शेखर ढुङेल , डे मोनिस अैवा
भर्खरै पूर्व राजा ग्यानेन्द्र को एउटा अन्तर्वाता आयो जस्ले समाचार माध्यम मा ततो बहस भयो । सरकार ले दिवा सपना भन्यो माओवादीले जन कारबाही को चेताबनि दीयो । दाङ मा सानो बिरोध प्रदर्शन भयो । केही समाचार पत्र , अन्लाइन पत्रीका र मेरो संसार लगायत का ब्ल्ग मा प्रतिकृया हेर्दा ९० % ले नेता लाई गाली गरेका र राज सस्था को आवश्यकता महसुस गरेको देखिन्छ । सो अन्तर्वाता ले दुई मुलभुत कुरा लाई इङित गरेको छ एक राष्ट्रिय बहस को बिषय निर्णय गर्न जनता मा जानु पर्छ , दुई पूर्व राजा बाट आफ्नो गल्ती लाई स्विकार गरिएको छ यि दुई कुरो प्रजातान्त्रिक मर्म र भावना अन्तर्गत पर्दछन । बोल्न पाउने कसैको हक लाई निशेध गर्छु भन्नु लोकतन्त्र को मर्म अनुकुल हुन सक्दैन ।
राजतन्त्र ब्युझिन्छ र ब्युझिदैन को चर्को बहस को सवाल मा  एक जना राजनैतिक् बिस्लेषक का अनुसार '' माओवादी को गैर्ह लोकतान्त्रिक चरित्र र हतियार कायम रहुन्जेल अब सो दल लाई सरकार को नेत्रित्व हेर्न भारत र अमेरिका इच्छुक  छैनन । जस्को सन्केत स्वरुप हालै भारतीय माओवादी का बरिस्ठ नेता गन्धी लाई पटक पटक नेपाल का माओवादी नेता प्रचन्ड सित नेपाल लगायत् बेल्जियम , सिङापोर र हङ्कोङ मा भेटी भारतीय सुरक्षा मा खतरा पुर्याएको आरोप लगाएर  दिल्ली प्रहरी ले बन्दी बनाएको बाट स्पस्त हुन्छ । माओवादी ले १२ बुद्धे सम्झौता लाई उपयोग मात्र गरेको , लोक तान्त्रिक चरित्र न देखाएको , हतियार को दम्भ न छोडेको र क्रमस एक दलिय साम्यबादि सत्ता कायम गर्न अगाडि बढेको , उस्को उदय पस्चात दन्डहिनता र अपराध ले चरमता नाघेको , माओवादी सित रहेको जन सेना र हतियार को ब्यबस्थापन् नगरि संबिधान नबन्ने तर माओवादी हतियार न त्याग्ने उल्टो सडक बाट जन संबिधान जारी गर्ने , जन बिद्रोह गरी सत्ता कब्जा गर्ने जस्ता गैर्ह जिम्मेवार  र गैर्ह राजनैतीक उदघोष गर्न न छाडेकाले भारत र अमेरिका झस्किएका छन र माओवादी इतर का अन्य राजनैतिक् शक्ती लाई एक बनाइ माओवादी लाई एक्लाएर शक्ती प्रयोग गर्ने तयारी को सन्द्रभ मा पूर्व राजा को सहयोग लाई अनिबार्य देखिएको भारत ले महसुस गरेको छ । नेपाल साम्यबादि हरु बलियो नबनुन भनेर नै ति शक्ती ले माधव नेपाल लाई प्रधान मन्त्री बनाएका हुन ता कि एमाले र माओवादी को सम्बन्ध राम्रो नहोस् । यदी काङ्रेस लगायत अन्य दल लाई सरकार को नेत्रित्व दिएको भए एमाले र माओवादी मिल्ने थिए ।
माओवादी को जन सेना र हतियार लगायत  जातियता को नाम मा राज्य बिभाजन , मधेश आन्दोलन को कारण आगामी जेठ मा संबिधान न बन्ने  निस्चित छ । सरकार ले भने जस्तो सन्क्षिप्त संबिधान लाई पनि माओवादी ले न मान्ने भनी सक्यो । ६ महिना समय थपे पनि संबिधान बन्दैन्। हिन्दू राज्य को माग र सरकार का उप प्रधान मन्त्री , उप राष्ट्र पती समेत् को स्पस्ट समर्थन संगै राज सस्था को पुनर्स्थापना को माग ले उग्र रुप लिन्छ '' मर्ता क्या न कर्ता '' ? को नियती लागु हुन सक्छ । माओवादी को घोषित आन्दोलन , जन जाती को आन्दोलन , मधेश को आन्दोलन ले देश लाई झनै लथालिङ पार्ने छ । राष्ट्र असफल को दर्जा मा पुग्न सक्ने छ तत्कालिन इथोपिया र हाल को सोमालिया जस्तो अवस्था मा त्यस्तो अवस्था मा देश को एक मात्र बैधानिक शक्ती राष्ट्रिय शेना निस्चित समय को लागि भन्दै अगाडि बढ्नु  को बिकल्प छैन । भरत र अमेरिका ले समर्थन गर्ने छन । आबस्यक परे भारतीय र नेपाली शेना मिली भारतीय र नेपाली माओवादी को बिरुद्ध मा  एकै पटक हमला पनि गर्न सक्छन ।
नेपाल मा गणतन्त्र घोषणा पस्चात एका एक भारत र चाइना बिच '' सित युद्ध '' सुरु भयो । बिस्व मा शक्ती राष्ट्र बन्न होड् गरी राखेका यि दुई देश को लागि नेपाल को राजनैतीक अस्थिरता '' गलगाड '' भएर सताइ रहेको छ । जो दुबै देश चाहदैनन र नेपाल मा एउटा स्थाई शक्ती को अनिबार्यता दुबै देश ले स्विकारी सकेका छन । ससद बादी दल हरु गुट उप् गुट मा बिभाजित भै शक्त हिन बनेका छन । नेपाल को राजनीतिमा साम्यबादि बचर्स्व हाबी भएको देख्न भारत र् अमेरिका चाहदैनन । माओवादी को गैर्ह प्रजातान्त्रिक चरित्र र हतियार को राजनीति ले नेपाल को प्रजातन्त्र मा खतरा उत्पन्न गरेको छ जस्को  परिणाम् शैनिक शासन मार्फत नेपाल मा  २०४७ साल को संबिधान लाई पुनर्स्थापना गराउने ,
राष्ट्रिय  अन्तरराष्ट्रिय शक्ती  एकै पटक माओवादी बिरुद्ध मा जाइ लाग्ने पुर्बाभ्यास् भैसकेको छ । त्यसैले देश मा शैनिक ले सता हात मा लिन्छ । ५ वा ६ बर्ष मा निर्वाचन गरी जनता लाई सत्ता सुपन्छु भन्ने छ जनता ले दिपावलि गर्ने छन । जेठ १४ अगावै वा तत्पस्चात शेना ले सत्ता सम्हाल्ने निस्चित छ । यसरी राजासस्था को पुनर्बहाली हुन्छ् भन्ने ति बिस्लेषक को ठहर् छ 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक