20100306

काङ्रेस र एमालेका नेताहरुले नै यो सरकार ढाल्न माओवादीसँग छलफल गर्दै गरेको महराको दाबी

प्रधानमन्त्रीले आँट नगरेकै कारण समायोजन र पुनः स्थापना रोकिएको नेपाली कांग्रेसको निष्कर्ष
‘वर्तमान सरकारलाई हामीले ढाल्नै पर्दैन, यसलाई कांग्रेस र एमालेका नेताहरुले नै ढाल्ने छन्’ महराले थपे‘सरकारको चौतर्फि विरोध भइरहेको छ, सरकार भित्रै नयाँ सरकार बनाउनुपर्छ भन्ने कुरा उठ्न थालेको छ, त्यसैले यो सरकारलाई हामीले नभएर स्वयं कांग्रेस र एमालेका नेताहरुले ढाल्ने छन् ।’कांग्रेस र एमालेभित्र सरकारप्रति तिव्र असन्तोष बढ्दै गएको र पछिल्लो समयमा एमालेका जिम्मेवार नेताहरुले समेत सरकार ढाल्ने विषयमा आफुसँग छलफल गर्ने गरेको खुलासा गर्दै उनले छिट्टै राष्ट्रिय सरकार बन्ने ठोकुवा गरे ।...

                         प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकू समायोजनका लागि माओवादी लडाकूको समायोजन र पुनः स्थापनाका लागि गठित विशेष समितिमा प्रस्ताव ल्याउन नसकेकोमा नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। प्रधानमन्त्रीले आँट नगरेकै कारण समायोजन र पुनः स्थापना रोकिएको निष्कर्षनिकाल्दै कांग्रेसले राजनीतिक संयन्त्रमा तुरुन्त प्रस्ताव ल्याएर समायोजन प्रक्रिया अगाडि बढाउन अन्तिम चेतावनी पनि दिएको छ। ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग समायोजनको सम्बन्धमा भएको सहमतिबारे प्रश्न गर्नुभएकोमा कोइरालाले ३ हजार समायोजन गर्ने सहमति भएको जानकारी गराउनुभयो र तत्कालै समायोजन तथा पुनः स्थापनाको प्रस्ताव ल्याउन भन्नुभएको थियो’, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रिपोर्र्टर्स क्लबको साक्षात्कारमा शुक्रबार भन्नुभयो- ‘बैठकमा प्रचण्डले पनि कोइरालाको भनाइको प्रतिवाद गर्नु भएको थिएन। कांग्रेस नेता सिटौला पार्टीका सभापति गिरिजाप्रसाद कोइरालासँग शुक्रबार बिहान परामर्श गरेपछि दिउँसो पत्रकारहरूसँग साक्षात्कारमा हुनुहुन्थ्यो। बृहत् शान्ति सहमति र सेना तथा हातहतियार व्यवस्थापन सम्झौताअनुरूप माओवादी लडाकूहरू प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विशेष समितिको मातहतमा आइसकेको अवस्थामा पनि प्रधानमन्त्री नेपालले प्रस्ताव ल्याउन नसकेकोमा आर्श्चर्य प्रकट गर्नुभयो। माओवादी लडाकूको समायोजन र पुनः स्थापना नगरी संविधान जारी हुनै नसक्ने बताउँदै उहाँले सरकारले समायोजन प्रक्रियालाई औपचारिक छलफलमा नै नल्याई के गर्न खोजेको हो भनी प्रश्न गर्नुभयो। सम्झौतामा सुरक्षा निकाय, मापदण्ड र सुरक्षा निकायको तटस्थता र व्यवसायीकरणको विषयमा प्रस्ट उल्लेख भएको चर्चा गर्दै नेता सिटौलाले सहमति र सम्झौतालाई प्रस्ट उल्लेख गरेर प्रस्ताव बन्नुपर्ने बताउनुभयो।

सम्झौतामा समायोजन हुने संख्याले सुरक्षा फौजको तटस्थता र व्यवसायीकरणमा कुनै असर नपुर्याउने उल्लेख भए पनि अहिले विशेष समितिको माताहतमा आइसकेका लडाकूहरूलाई फेरि माओवादी नेतृत्वले प्रशिक्षण दिन थाल्नुले तटस्थता हुन्छ कि हुँदैन र माओवादीलाई प्रशिक्षण दिनुलाई रेखदेख भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्दै उहाँले प्रधानमन्त्रीलाई कांग्रेसले प्रस्ताव ल्याउन अन्तिम मौका दिएको बताउनुभयो।

‘नेपाली कांग्रेस अझै आपत्ति र आरोपित गर्न गइरहेका छैन तर सचेत गर्न चाहन्छ, समयमा प्रस्ताव नल्याएको दोष हामीमाथि नआओस्’, नेता सिटौलाले भन्नुभयो- ‘अब पनि प्रस्ताव ल्याउन ढिलाइ भयो भने समयमा संविधान बन्दैन।’

माओवादी अध्यक्ष प्रचण्डले आफै प्रधानमन्त्री हुँदा समायोजन र पुनः स्थापनाको प्रस्ताव नल्याएको र अहिले पुनः प्रशिक्षण दिन थालेकाले माओवादी समायोजन चाहँदैन कि भन्ने आशंका जन्मिएको बताउँदै उहाँले प्रधानमन्त्री नेपालले आँट गरेर प्रस्ताव ल्याउनुहोस् भन्ने कांग्रेसको चाहना रहेको बताउनुभयो।

‘माधवजी एमालेको प्रधानमन्त्री होइन, हाम्रो प्रधानमन्त्री हो र कांग्रेस सभापति कोइरालाले नै उहाँलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभएको छ’, सिटौलाले पृष्ठभूमि कोटयाउँदै भन्नुभयो- ‘कांग्रेस यही सरकार सफल होस् भन्ने मान्यतामा अझै पनि रहेको छ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक