20100313

माओवादीले स्वेच्छाचारी र गैरकानुनी रूपमा घातक बलको प्रयोग र अपहरणमा संलग्न रहेको तथा हिंसा, जबर्जस्ती रकम असुली र धम्कीहरू वर्षैभरि जारी राखेको अमेरिकी आरोप
नेपालस्थित अमेरिकी दूतावासका अनुसार वासिङ्गटन डीसीमा सार्वजनिक गरिएको वाषिर्क राष्ट्रगत मानवअधिकार प्रतिवेदन- २००९ मा एकीकृत नेकपा -माओवादी)का कार्यकर्ता स्वेच्छाचारी र गैरकानुनी रूपमा घातक बलको प्रयोग र अपहरणमा संलग्न रहेको तथा हिंसा, जबर्जस्ती रकम असुली र धम्कीहरू वर्षैभरि जारी राखेको उल्लेख छ । अमेरिकी विदेश मन्त्रालयले नेपालमा मानवअधिकार हनन्कर्ताले दण्ड नपाउनु तथा प्रेसमाथिको आक्रमण, स्वेच्छाचारी पक्राउ र पुर्पक्षका लागि लामो समयसम्म थुनामा राखिनु गम्भीर समस्याको रूपमा रहेको औँल्याएको छ । विस्तृत शान्ति सम्झौतामा व्यवस्था भए अनुसार माओवादीले कब्जा गरेका केही सम्पत्ति फिर्ता गरिएको तर गैरकानुनी तवरले कब्जा गरेका कतिपय ......जग्गा र अन्य सम्पत्ति आप\mनै नियन्त्रणमा राखिराखेको भन्दै प्रतिवेदनले शान्ति सम्झौता प्रतिकूल माओवादी तथा उसका भ्रातृ सङ्गठनले ज्यादतीहरू कायम राखेको औँल्याएको छ ।

माओवादीबाट व्यवसायी, मजदुर, स्वतन्त्र नागरिक तथा गैरसरकारी संस्थाबाट नियमित रूपमा जबर्जस्ती रकम असुली गर्ने, व्यक्ति वा कम्पनीले रकम बुझाउन नचाहँदा वा असमर्थ हुँदा माओवादीका तर्फबाट आउने प्रतिक्रिया हिंसात्मक वा धम्कीपूर्ण रहने गरेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा दसवर्षे माओवादी युद्धका बेला बेपत्ता पारिएका मानिसको अवस्था अज्ञात नै रहेको, सन् २००३ मा माओवादीसम्बद्ध भएको शङ्कामा काठमाडौँको नेपाली सेनाको महाराजगन्ज ब्यारेकमा थुनिएका ४९ जना बेपत्ता बन्दीका बारेमा राष्ट्रसङ्घीय मानवअधिकार आयोगको नेपालस्थित कार्यालयको प्रतिवेदनमाथि सरकारले केही कदम उठाउन नचाहेको भनिएको छ ।

न्यायको वितरणमा हुने ढिलाइ गम्भीर समस्याको रूपमा रहेको, महिलामाथिको हिंसा र मानव बेचविखन निरन्तर रहेको, देशैभरि सञ्चारकर्मी र पत्रकारमाथि सशस्त्र समूह तथा राजनीतिक दलहरूले सुनियोजित रूपमा लक्षित आक्रमण गरेको, तराईका जातीय र राजनीतिक समूहले आन्दोलनको खबर प्रमुखताका साथ नछापेको भन्दै पत्रिकाहरू कब्जामा लिने र जलाउने काम गरेको र बन्दको बेला पत्रिका वितरणमा बन्देज लगाउने तथा पत्रिकामा नेपाली भाषाका सामाग्रीमा रोक लगाउने प्रयास गरेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले हाल विश्वमा खाद्य असुरक्षा, जलवायु परिवर्तन, महामारी, आर्थिक सङ्कट र हिंसात्मक अतिवादजस्ता चुनौतीहरू विद्यमान रहेको र यी चुनौतीले मानवअधिकारको अनुभूतिलाई प्रभावित पार्नसक्ने बताउनुभएको अमेरिकी दूतावासले जनाएको छ ।


सगरमाथा गोर्खानेपाली कम्युनीटी आशफोर्ड,केन्ट को 
चौथो अधिवेशन सम्पन्न

सगरमाथा गोर्खानेपाली कम्युनीटी आशफोर्ड,केन्ट ले गत शनीबार ०७ मार्च २०१०, चौथो अधिवेशन सफलतामय माहोलमा सम्पन्न गरेको छ। २००४ शाल मा सगरमाथा गोर्खानेपाली कम्युनिटिको ईतिहासमा नै पहीलो पल्ट समीती (तत्कालीन कम्युनीटीका अधक्ष श्री सीरी लीम्बुज्यु) को नेत्रीत्वमा खडागरीएको थीयो भने यसले यसरी आफ्नो क्म्युनिटीको सदस्यहरुको हित र संरक्षणमा निरन्तर रुपमा लागी परेको कुरा सबैमा सर्बबीदीतै छ।

प्रत्येक दुई बर्श पछाडी हुने यस कम्युनीटी को समीती चयन गर्नेक्रम्मा यस पालो देखि भने भीन्न तरिकाले गरीयकोछ। यसप्रकरणमा सम्पुर्ण कम्युनीटीका सदस्यहरुमाझ्मा उक्त कुराहरुप्रति जरुरिआवास्यक्ताको महसुष भएर नै यसप्रकरणको सुरुवात गरिएको हो।  
"आवाश्यक्ताहरुनै नयां श्रीजनाहरु को मुल आधारहरु हुन" भन्ने उक्तिलाई सार्थकता दिदै, प्रत्येक दुई बर्षमा हुने क्म्युनिटीको नयां कार्य समिती गठन गर्ने बैधानीक व्यवस्था अनुसार यस बर्ष मुल समितिको अतिरिक्त अरु थप दुई समितीको पनी गठन गरिएको छ। अन्यदुई समिती हरुमा सगरमाथा गोर्खानेपाली महिला र युवा कमिटीहरुको समेत गठन गरिएको छ।

मुल समिती को अध्यक्षमा श्री नरेन्द्र लिम्बु ज्यु निर्बाचित हुनुभएको छ भने नयां समितीहरुको गठनगराईमा महिला समितीकोलागी श्रीमति जानुका पुनज्यु अध्यक्ष र नयां युवाबर्ग समिती को लागी श्री चीरन राईज्यु निर्बाचित हुनुभएको छ।  
अधिबेशनको पहिलो सत्रमा कम्युनिटिका पुर्व अधक्ष श्री गोम्बा शेर्पा ज्युले वाहांको कार्यकाल रहंदा गरेका काम कर्तब्यहरुको समिक्षा गर्दै सम्पुर्ण कम्युनीटी बाट परस्पर सहयोग, सल्लाहा र शुझावहरु ग्रहण गरी आफ्नो कार्यकाल सफल गर्न सकेको खण्डमा कम्युनीटीका सद्स्य माहानुभावहरुमा ठुलो धन्यबाद टक्र्याउंदै भाबी दिनहरुमा पनी त्यसरी नै यी समबर्दन सल्लाहा र शुझावहरु नया समितीका साथीहरुले पनी याहांहरुबाट पाउने आशामा दुईमत छैन भन्नु हुदै नव निर्बाचीत समितीका सम्पुर्ण साथीहरुलाई बधाई र शुभकामना दिनुभयो। त्यसैगरी कम्युनिटिका 
संस्थापक पुर्ब अध्यक्ष श्री श्रीप्रसाद लिम्बुले नव निर्बाचीत पदाधीकारीहरुको सफल कार्यकालको अग्रीम शुभकामना ब्यक्त गर्नु भएको थियो।

अधिबेशनको दोश्रो सत्रमा संस्थाको अन्तिम बैठकले नियुक्त गरेको निर्बाचन आयोगको प्रतिनीधीत्वो श्री डम्मर लिम्बु ज्युले गर्नुहुदै उक्त निर्बाचन प्रक्रणकार्यमा सम्पुर्न कम्युनीटी र कम्युनीटीका सद्स्यहरु अनी मान्य सल्लाहाकारहरुको सोतह सहयोग र सहभागी कारणको बावजुद उक्त कार्यक्रमको सहजपार हुन सफल भएको थीयो। निर्बीरोध निर्बाचन कार्यक्रमको समाप्त पछाडी नव निर्बाचीत सगरमाथा गोर्खानेपाली कम्युनिटि आशफोर्डको को सम्पुर्ण पदाधीकारीहरु लाई सल्लाहाकार श्री सन्तोष घले ज्युले संस्थाको गोपनीयताको सफतग्रहण गराएका थिए।  -पोपीराज राई

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक