20100307

प्रचन्ड आफैले खोले सबै रहस्य, यस्तो छ सत्ता कब्जा गर्ने रणनिती, अनमिनले माओवादीलाई सहयोग गरिरहेको प्रचन्डले स्विकारे !

Breaking News...............
विद्रोहद्वारा सत्ता र सेनामाथि नियन्त्रण गर्न प्रचण्डको निर्देशन् 
-अनमिन प्रमुख करिन ल्यानग्रेनद्वारा माओवादी पार्टीलाई भित्री रुपमा सहयोग प्राप्त
-जनमुक्ति सेना जनविद्रोहु का लागि सबैभन्दा ठूलो शक्ति
-समायोजन गर्दा सुरक्षा निकायको दोस्रोदेखि महŒवपूर्ण पद लिइने
-सेना समायोजनको प्रकि्रया पार्टीलाई फाइदा हुने गरी कछुवाको गतिमा
-सेना समायोजनपछि क्रमशः पूरै सेना माओवादी नियन्त्रणमा

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी १४ जेठपछि जनविद्रोहमार्फत सत्ता र सुरक्षा निकायमाथि पूर्ण नियन्त्रण गर्ने गरी तयारी गर्न लडाकूहरुलाई निर्देशन्  दिएका छन् । पार्टीअन्तर्गत् रहेका लडाकूहरुको बटालियन सहकमान्डरदेखि डिभिजन कमान्डरसम्मलाई १७ फागुनमा शक्तिखोरस्थित तेस्रो डिभिजनमा आयोजित प्रशिक्षणमा प्रचण्डले जनविद्रोहमा जानुपर्ने समय नजिकिँदै गरेको भन्दै त्यस्तो निर्देशन दिएका हुन् । प्राप्त गोप्य विवरणअनुसार लडाकूहरुलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले संयुक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले पार्टीलाई भित्री रुपमा सहयोग गरेको समेत.....
दाबी गरेका छन् ।
अब हामीहरु जंगल पस्दैनौं बरु प्रतिकि्रयावादीहरुले काम गर्न नदिए जनविद्रोह गरिने भएकाले त्यसका निम्ति ुजनमुक्ति सेनाु नै सबैभन्दा ठूलो शक्ति होु प्राप्त विवरणअनुसार प्रचण्डले लडाकूहरुलाई हौस्याउँदै भनेका छन् ुनेपाली कांग्रेस र एमाले संविधान बनाउन बाधाको रुपमा रहेकाले जनविद्रोहमार्फत नै सत्ताकब्जा गरी अगाडि बढ्ने पार्टीको सोच छ । अध्यक्ष प्रचण्डले आइत्ाबार पार्टी सम्बद्ध योङ कम्युनिस्ट लिग वाईसीएलको केन्द्रीय समिति बैठकमा पनि तोकिएको मितिमा संविधान बन्ने सम्भावना न्यून रहेको भन्दै जनविद्रोहका लागि तयारी गर्न निर्देशन दिएका छन् ।
ुसकेसम्म संविधान निर्माणका लागि दबाब दिन युवा अभियान साचालन गर्नूस् यदि त्यसविरुद्ध षड्यन्त्र हुन्छ भने निरंशुकतावादीहरु विरुद्ध विद्रोह गर्नुको विकल्प हुँदैनु वाईसीएल बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै वाईसीएल नेता चन्द्रबहादुर थापा सागरले राजधानीसँग भने । सागरका अनुसार प्रचण्डले पार्टी कार्यकर्तामाथि आक्रमण भएमा जस्ताको तस्तै प्रतिरोध गर्न पनि निर्देशन दिएका छन् ।
१८ पुस २०६४ मा चितवनको शक्तिखोरस्थित शिविरमा आयोजित प्रशिक्षणमा प्रचण्डले लडाकूहरुको संख्यामा तेब्बर भर्ती गरिएको सुरक्षा निकायमा आफ्नो हस्तक्षेप बढाउने गरी समायोजन गर्न लागिएको भन्दै दिएको प्रशिक्षणको निरन्तरताका रुपमा पछिल्ल्ााे प्रशिक्षणको विवरण खुलासा भएको हो । तर प्रचण्डले पछिल्लो प्रशिक्षणमा यसअघिको भिडियो टेप प्रकरणजस्तो ुबदनाम भएर नआवस्ु भन्दै आफ्ना कुरा गोप्य राख्न निर्देशनसमेत दिएका छन् ।
लडाकूहरुलाई प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समिति मातहत ल्याउने गृहकार्य भइरहेका बेला पछिल्ल्ााे पटक दिएको प्रशिक्षणमा प्रचण्डले सुरक्षा निकायको दोस्रोदेखि महŒवपूर्ण पद लिएर लडाकू समायोजन गर्ने आश्वासन दिएका छन् ।
ुसामूहिक रुपमा सेनामा समायोजन गर्ने उद्देश्यले नै पार्टीले अहिले संविधान निर्माण सँगसँगै सेना समायोजन गर्नुपर्छ भन्ने विषय अघि सारेको होु उनले लडाकूहरुलाई भनेका छन् ुसेना समायोजन गर्दा हामीले पहिलो पद लिँदा अन्तर्राष्ट्रिय समुदायले समेत किचलो झिक्ने भएकाले हामी दोस्रोदेखि विभिन्न महŒवपूर्ण पद लिने विचारमा छौं ।ु
प्रचण्डले १० हजार लडाकू चाँडै समायोजन हुने दाबी गर्दै विश्वस्त भएर शिविरमा रहन पनि निर्देश्ान दिएको गोप्य विवरणमा उल्लेख छ ।
प्रचण्डले सेना समायोजनको प्रकि्रया पार्टीलाई फाइदा हुने गरी कछुवाको गतिमा भइरहेको समेत बताएका छन् । ुसेना समायोजनपछि क्रमशः पूरै सेना नियन्त्रणमा आइहाल्ने भएकाले पार्टी कछुवाको गतिमा अघि बढेको होु उनले भनेका छन् ।
प्रचण्डले १४ जेठभित्र संविधान नबन्ने र समय थप्ने प्रस्ताव कांग्रेस र एमालेबाट आउने भविश्यवाणी गर्दै भनेका छन् ुत्यतिखेर जनविद्रोहको उपयुक्त माहोल बन्नेछ । त्यसबखत हामी आफैं सेना समायोजनको पोको हातमा लिई काम गर्नेछौं ।ु
अनमिन प्रमुख ल्यानग्रेनले भित्री रुपमा माओवादीलाई समर्थन गरेको दाबी गर्दै प्रचण्डले लडाकूहरुलाई भनेका छन् ुअनमिन प्रमुख करिन ल्यानग्रेनले हाम्रो पार्टीलाई भित्री हृदयदेखि सहयोग गरिरहेकाले विदेशमा समेत हाम्रो विषयमा राम्रो सन्देश गएको छ । लडाकूहरुको विस्तृत विवरण सरकारलाई उपलब्ध नगराएको आरोप खेप्दै आएकी ल्यानग्रेनले लडाकूहरुको समायोजन तथा पुनस्र्थापनाका बारेमा आइतबार मात्रै माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेकी छन् । स्रोतका अनुसार डा। भट्टराईले शान्ति प्रकि्रया टुंगोमा नपुगेसम्म नेपालमा अनमिनको भूमिका आवश्यक भएको भनाइ दोहोर् याएका छन् ।
यसैबीच माओवादी सम्वद्ध वाईसीएलले संबिधान निर्माण र राष्ट्रियताको बिरोधीु ठहर् याइएकाहरु बिरुद्ध आगामी चैत्रदेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।- पर्शुराम काफ्ले

एमाले-माओवादी एकताका कुरा

-वामदेव गौतम
 एमाले मात्र हैन, युद्धको अनुभव बोकेको माओवादी पनि बहुदलीय प्रतिस्पर्धाअन्तर्गतको आवधिक निर्वाचनमा सामेल हुने भइसकेको छ । अब हामी नयाँ किसिमको बाटोबाट अघि बढ्दै छौं । यदि विगतका राम्रा परम्पराहरूको आत्मसात् गर्दै जानसक्यौं भने आफ्ना कमजोरी हटाउन सकिन्छ, अरूका कमजोरीबाट शिक्षा लिएर नयाँ किसिमले अघि बढ्न सकिन्छ । वर्गसंघर्षको रूप क्षेत्र, समुदाय र कामअनुरूप बदलिरहन्छ । कुनै पार्टीले क्रान्ति गर्दाको अवस्थामा वर्गसंघर्षको एउटा रूप हुन्छ भने सरकारको नेतृत्व क्रान्तिकारी पार्टीले गरिरहेको बेला वर्गसंघर्षको रूप अर्को किसिमको हुन्छ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला म उपप्रधानमन्त्री भएँ । युद्धको नेतृत्व गरेर आएको नेतासँगै उपप्रधानमन्त्री भएर काम गर्दाको मेरो बेग्लै अनुभव छ । मैले के महसुस गरेँ भने, उहाँले सरकारको नेतृत्व गर्दा हामीसँगै काम गरिरहेका छौं, तर प्रधानमन्त्रीको पार्टीसँग सम्बन्धित संगठनले हरेक होटल र फ्याक्ट्रीहरूमा आन्दोलन गरे, सबै कुरा सडकमा गयोे, सडकमा आन्दोलन भयो, पर्यटनजस्तो महत्त्वपूर्ण क्षेत्रमा आन्दोलन गरियो । विभिन्न अन्य महत्त्वपूर्ण क्षेत्रमा पनि आन्दोलन भए । मैले बुझन् सकिनँ- किन यस्तो भयो ? युद्धबाट हैन, शान्तिप्रक्रियाबाट मुलुकका समस्या समाधान गर्न सकिन्छ भन्ने निष्कर्षका साथ आइसकेपछि माओवादीले जुन नयाँ स्कुलिङ सुरु गरेको छ, यसलाई निश्चित प्रक्रियाका साथ टुंगोमा पुर्‍याउनुपर्छ ।
नेपाली कम्युनिस्टहरूले सबभन्दा पहिले संविधानसभाको कुरा उठाएकै हौं । तर, यो माग हामीले उठाउनुभन्दा पहिले ००७ सालमा राणा, कांग्रेस र भारतले आपसी सम्झौता गर्दा सबैभन्दा पहिले अगाडि सारेका थिए । उनीहरूले त्यसलाई जनता छक्याउन अगाडि सारेका थिए । त्यही कारण पछि उनीहरूले त्यसलाई बीचमै छाडे र कम्युनिस्टहरूले अगाडि बढाए । ०१५ सालदेखि लामो समयसम्म त्यसलाई कम्युनिस्टहरूले बोक्न छाडे । पछिल्लो कालमा संविधानसभाको विषय माओवादीले अगाडि सार्‍यो । संघात्मकताको विषय पनि माओवादीले अगाडि सार्‍यो । हामी कहिलेकाहीं सुन्छौं, माओवादीले अगाडि सारेका यी विषयलाई उप|mी-उप|mीकन अरूले उठाउँदै छन् भनेर माओवादी नेताहरू आलोचना र अपमान गर्ने गरेको पाइन्छ, यो तरिका उचित होइन । किनभने, यो कुनै एउटा मात्र पार्टीले अगाडि सारेर राष्ट्रिय माग भएको होइन । सबै पार्टी र जनताले समर्थन गरेपछि मात्रै यो राष्ट्रिय माग बनेको हो ।
संविधानसभाबाट नयाँ संविधान जारी भएन र देश फेरि रक्तपातपूर्ण अवस्थामा फर्कियो भने यो नयाँ कोर्स असफल हुनेछ । यदि माओवादीले यसको प्रमुख जस 'हाम्रो हुन्छ' भन्छ भने संविधान बनाउन असफल भएमा दोष उसैले लिनुपर्छ । ठूलो पार्टीका नाताले यो मुद्दा उठाएर यति ठूलो बलिदान गरिसकेको तथा आफूलाई पुनःगठित गरेर शान्तिप्रक्रियामा सामेल भएको हुनाले यसको मुख्य जिम्मेवारी लिनुपर्छ । त्यसैले तोकिएको समयभित्रै संविधान घोषणा गर्ने जिम्मेवारी प्रमुख रूपमा माओवादीको काँधमा छ ।
यतिखेर सारा दुनियाँले हेरेको छ- नेपालका माओवादी आन्दोलन लोकतान्त्रिक आन्दोलनमा समाहित हुन्छ कि हुन्न ? माओवादीले युद्धको पृष्ठभूमि बोकेर आएका कारण शान्तिपूर्ण तरिकाले जसरी अगाडि बढ्न खोजिरहेको छ, यस स्थितिमा सारा संसारको आँखा उसमाथि केन्दि्रत छ । समस्याको समाधान साँच्चिकै शान्तिपूर्ण ढंगले नै गर्न सक्ने कि नसक्ने ? माओवादी परीक्षामा छ ।  यसमा उत्तीर्ण हुने कि असफल ? उहाँहरू स्वयम्मा निर्भर छ । हामी जान्न चाहन्छौं, माओवादी नेतृत्वले कस्तो किसिमको राज्ययन्त्र निर्माण गर्न चाहेको ? नेपाली समाजलाई कसरी अगाडि बढाउने ? मजदुरका हक-हितहरूको संरक्षण कसरी गर्ने  ? ध्यान दिनुपर्ने मुख्य सवाल यिनै हुन् । 
देशलाई फेरि युद्धतर्फ जान नदिन र दिगो शान्ति कायम गर्नका निम्ति माओवादीले निर्माण गरेको सेना, जो क्यान्टोन्मेन्टमा छ, तिनको कन्टेनरमा राखिएका हतियारको टुंगो लगाउनैपर्छ । यो काम समयभित्रै र उचित किसिमले गर्नु जरुरी छ । मुलुक अग्रगामी परिवर्तनतिर जान्छ कि जाँदैन ? मुलुकलाई हामीले समाजवादतर्फ लैजान सक्छौं कि सक्दैनौं ? समाजमा रहेका सबै विभेदहरूलाई समाप्त गर्न सक्छौँ कि सक्दैनौं ? भन्ने कुरा पनि शान्ति प्रक्रियाको सफलता र असफलतामा निहित हुनेछ । संघात्मक व्यवस्थामा जाने सम्बन्धमा सहमतिबेगर एक्लै गणराज्यहरूको घोषणा गरेका कारण माओवादीप्रति व्यापक प्रश्न खडा भएको छ । कतै देश टुक्रिने त होइन ? जातीय द्वेष फैलिएर जाने त होइन ? यस्ता प्रश्न उठेका छन् ।
मलाई आजकल यो एमालेभित्र बसेको माओवादी हो भन्छन् । मेरै पार्टीका नेता प्रधानमन्त्रीले पनि सार्वजनिक रूपमा त्यसै भन्नुभयो र अरू कतिपयले पनि त्यसो भन्ने
गर्छन् । मलाई छिटोभन्दा छिटो माओवादीमा गइदिए हुन्थ्यो भन्ने चाहना राखेर नै त्यसो भनिएको हुनसक्छ । तर, म अत्यन्तै गम्भीरतापूर्वक के भन्न चाहन्छु भने, म माओवादी हुनसक्ने भए उहिल्यै भइसक्थें । कमरेड प्रचण्डसित मेरो भेट हाम्रो पार्टी विभाजन भई म तत्कालीन -माले) को महासचिव भएका बेला ०५५ सालमा भएको हो । पहिलोपटक भेट्दाखेरी उहाँलाई मैले धेरै पहिलेदेखि चिनेको नेताजस्तै लाग्यो । अनि दोस्ती गर्नैपर्ने भयो भनेर मैले दोस्ती गरेँ । त्यसपछि मैले आजसम्मै मेरोतर्फबाट दोस्ती निर्वाह गरेको छु । तर पार्टीगत रूपमा हाम्रो बीचमा थुप्रै मतभिन्नता छन् । तैपनि मैले उहाँलाई धेरैचोटि सल्लाह, सुझाव दिएको छु । मेरो सल्लाह, सुझाव मान्ने-नमान्ने उहाँको कुरा हो । तर, एउटा साथीको नाताले आज पनि म उहाँको सफलताको कामना गर्छु । यद्यपि, हरेक व्यक्ति निरन्तर सफल हुन सक्दैन ।
मैले माओवादी पार्टीभित्र प्रचण्डबाहेक अरूसँग संगत गरेको छैन । तर म माओवादी हुन
सक्दिनँ । त्यसैले मैले माले र एमालेबीच एकता गर्ने निर्णय गरें र प्रचण्डलाई भनें- म एमालेमै जाने भएँ । उहाँले भन्नुभयो- 'वास्तवमा तपाईं एमाले नै बन्न सुहाउँछ, तपाईं एमालेमै जानुस् ।' मैले पनि सोचेँ, मेरो साथीले मलाई साँच्चै नै राम्रो सल्लाह दिनुभएको छ । अनि एमालेसँग पार्टी एकता गर्ने प्रक्रिया अघि बढ्यो । तर एक दिन उनले फोन गरेर भने- तपाईंले एमालेसित पार्टी एकता नगर्नुस्, बरु माओवादीसितै एकता गरौं । तर मैले भनेँ- यो सम्भव छैन । किनभने, तपाईंसित एकता गर्ने हो भने म जुनसुकै बेला गर्न सक्छु । तर, माओवादीसित म एकता गर्न सक्दिनँ । विचार, सिद्धान्त र राजनीति नमिल्ने भएपछि म कसरी माओवादीसित एकता गर्नसक्छु ?
मान्छेहरू कुनै एक पार्टीबाट अर्को पार्टीमा जाने ठूलो कुरा होइन । कति मान्छे माओवादी छाडेर एमाले भएका छन्, कति एमाले छाडेर माओवादी पनि भइरहेका छन् । तर मूल कुरा भनेको नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने हो । अर्थात्, आजकोे आवश्यकता पार्टी एकताको हो । हामी जब शान्तिपूर्ण तरिकाले परिवर्तन गर्ने एउटै बाटो हिँडिरहेका छौ भने ढिलोचाँडो एकै ठाउँमा उभिनैपर्छ । मतभिन्नताको क्रम त हरेक पार्टीभित्र पनि हुन्छ र पार्टीबाहिर पनि चल्छ । तर, हामीले आधारभूत कुराहरूमा सहमति गर्‍यौं भने पार्टी एकता हुनसक्छ । म एमालेभित्र एक्लै पनि माओवादीसँग पार्टी एकताको पक्षमा लडाइँ गरिरहेको छु । म कमरेड प्रचण्डलाई भन्छु, तपाईंले मलाई बलियो गराउनुस् । देशैभरि लड्ने-भिड्ने, एमालेका नेता-कार्यकर्तालाई समाउँदै भौतिक कारबाही गर्ने क्रम बन्द गराइदिए म बलियो हुन्छु र छिटो पार्टी एकता हुन्छ । बुटवलमा प्रचण्ड थैवको हत्या नगरिदिएको भए तपाईं-हाम्रो संयुक्त सरकार गिर्ने अवस्थै आउने थिएन । अहिले पनि मेरो आग्रह छ- कुनै पनि पार्टीका कार्यकर्तासित भौतिक रूपमा लड्ने-भिड्ने स्थितिको अन्त्य गर्नैपर्छ । हामी केन्द्रीय नेताहरू बसेर यस्तो स्थिति सिर्जना गरौं कि कोही कसैसित नलडून्, नभिडून ! अनि म बलियो हुनसक्छु ।
प्रचण्ड खुला भएर आउनुभएपछि स्थायी कमिटी सदस्य विष्णु पौडेल र मैले उहाँलाई भेट्यौं । छलफलका दौरान हामीले पार्टी एकता गरौं भन्यौं । प्रचण्डले पार्टी एकताका निम्ति म लाग्छु भन्नुभयो र दुई-तीन चरणमा हामीले वार्ता पनि गर्‍यौं । एमालेभित्र पनि पार्टी एकताको कुरा उठायौं । केन्द्रीय कमिटीबाट एकताको लाइन पारित पनि भयो । त्यसको वातावरण बनाउन वार्ता गर्ने टोलीको प्रमुख म स्वयम् भएँ । अन्तिममा कमरेड मोहन वैद्यले भन्नुभयो- 'अहिले एकता-सेकता हुन्न, यसका निम्ति समय लाग्छ !' त्यसपछि हामीले एकताको प्रयासलाई छाड्यौं । तर, यो देशलाई एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्व आवश्यक छ । त्यस ढंगले कम्युनिस्ट पार्टीलाई एकीकृत गराउनुको अर्थ यो देशको राष्ट्रियताको संरक्षण गर्नका लागि हो । कम्युनिस्ट पार्टीको नेतृत्वबाहेक यो देशलाई अरू कसैले विदेशी हस्तक्षेपबाट मुक्त गराउन सक्दैन । साथै, यो देशको सीमा र सार्वभौमिकताको रक्षा कसैबाट हुनसक्दैन । जनताको हक र अधिकारको रक्षा पनि कम्युनिस्ट पार्टीको नेतृत्वबाहेक अरू कसैबाट सम्भव छैन । यदि हाम्रो बीचमा अहिले पार्टी एकता हुँदैन भने कार्यगत एकता गरौं र संविधानसभामा ६२ प्रतिशत कम्युनिस्टहरू पुगेका छन्, ती सबैलाई एकताबद्ध गरौं । अनि कति ठूलो शक्ति निर्माण हुन्छ ? दुईतिहाई बहुमत त यत्तिकै पुग्छ । अनि हामीले चाहेजस्तो संविधान पनि बनाउन सहजै सक्छौं । मुलुक, क्रान्ति र जनताका निम्ति हामी कम्युनिस्टहरू यसरी साझा सहमति कायम गरेर अगाडि बढौं । अनि अरू प्रजातान्त्रिक शक्तिहरूलाई समेत समेट्ने इमानदार र सार्थक प्रयत्न गरौं । तब मात्र हामीलाई जेठ १४ भित्रै नयाँ संविधान घोषणा गर्न दुनियाँको कुनै ताकतले रोक्न सक्ने छैन ।

1 comment:

  1. prachanda you are one of the bad and hattest polotics in the world.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक