20100331

हिन्दू धर्मको कुरा गर्ने, जातियता र संघिय गणतन्त्रको बिरोध गर्नेलाई अब माओवादीको लिम्बुवान ग्रुपले जन कारबाही देखी ज्यानमार्ने सम्मको कारबाही गर्ने रे !!!

Breaking News......
हिन्दू धर्म को कुरा गर्ने, जातियता र संघिय गणतन्त्रको बिरोध गर्ने लाई अब माओवादीको लिम्बुवान ग्रुपले जन कारबाही देखी ज्यानमार्ने सम्म को कारबाही गर्ने धम्की दिएर सँसारलाई चकित पारेकाछन् ।  माओवादीसमर्थित लिम्बुवान राज्य समितिले जातीय संघीयताको विरोधमा बोल्नेमाथि 'जनकारबाही' गर्ने निर्ण्र्ाालिएको छ । राज्य समिति सचिवालयको बुधबार धरानमा सम्पन्न बैठकले...जातीय आधारमा संघीय राज्य निर्माणमा अवरोध गर्ने जुनसुकै दल, समूह र व्यक्तिलाई जनकारबाही गर्ने निर्ण्र्ाागरेको हो । जनकारबाहीअर्न्तर्गत भौतिक कारबाहीसम्मको निर्ण्र्ााभएको स्रोतले जनाएको छ । जातीय राज्यको विरोध तथा संवैधानिक राजतन्त्र र हिन्दू राज्यको वकालत गर्ने क्रम बढ्दै गएको ठहर गर्दै बैठकले आफ्नो अभियानमा साथ दिन पार्टर्ीी अन्य जनवर्गीय संगठनसँग आग्रहसमेत गरेको छ ।
लिम्बुवान राष्ट्रिय मोर्चाका महासचिव मुकेशले मोर्चाले जनकारबाहीको नीति लिएको पुष्टि गरे । उनले भने, 'हामीले संघीयता र गणतन्त्रको विरोध गर्ने तथा हिन्दू राज्यको वकालत गर्नेलाई जनकारबाहीको निर्ण्र्ाागरेका छौं ।' उनले मोर्चाको धारणाविपरीत चल्नेमाथि भौतिक कारबाही गर्नेसम्म निर्ण्र्ाालिइएको जानकारी पनि घुमाउरो पाराले दिए । स्मरन रहोस् माओवादीको भाषामा भौतिक कारबाही भनेको ज्यानमार्ने सम्म को कारबाही हो जुन उनिहरुले गर्दै अाइरहेकाछन ।  
'हामीले भौतिक कारबाही नै गर्ने भनेर माइन्युटमा उल्लेख गरेका छैनौं, तर आन्दोलनको स्वरूप बदलिएर जनता भौतिक कारबाही गर्ने तहसम्म पनि पुग्न सक्छन्,' मोर्चा महासचिव मुकेशले भने ।
माओवादी सचिव सीपी गजुरेल सहभागी बैठकमा १४ जेठमा संविधान जारी नभए जनव्रि्रोहका लागि गाविस र वडाहरूमा जनपरिचालन गर्ने र संगठन विस्तार गर्नेबारे छलफल भएको थियो । सो बैठकमा सचिव गजुरेलले जनव्रि्रोहका लागि जनवर्गीय संगठनले खेल्नर्ुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए । उनले शान्ति र संविधानका लागि अन्य दलहरू गम्भीर नरहेको र पार्टर्ीीे अन्तिम विकल्प 'जनगणतन्त्र'सम्म पुग्न अप्ठयारो पर्ने भएकाले अहिले नै जनव्रि्रोह गर्नुपर्ने बाध्यता रहेको बताएका स्रोतले बताएको छ ।

1 comment:

  1. wa wa wa sojae janata lae banduk cha vanera tarsaune tini kati ramro aba maobadi ko birudda ma ni bolna nahune re ani aafno adhikar ko barema ni bolna nahune kasto din aayo hamro desh ma .auta kunae parti ko post payo vaneta aafno sasurali dhaneko chan hamro desh lae ...hey pravu yo desh ma timi haru matra chaenan aru lai pani bachne aadhr ta katae rakhideu,,janta lae yasari aayangkit nabanau ....hae parti ko morcha harulai mero anurodh...

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक