20100406

अभिनेत्री मनीषा कोइरालाको असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाह

अभिनेत्री मनीषा कोइरालाको बिहे नेपाली व्यापारी सम्राट दाहालसित हुने भएको छ। अमेरिकामा अध्ययन गरेर फर्किएका दाहाल नेपालमा वैकल्पिक ऊर्जासम्बन्धी कम्पनीका मालिक छन्। उनका पिता सुरेन्द्र छालाको जुत्ता उत्पादन गर्ने कम्पनी लेदर विङ्ग्सका मालिक हुन्। पुर्ख्यौली घर सिन्धुली भएका सम्राट हाल महाराजगञ्ज बस्ने गर्छन्। सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्।  बिहेको छिनोफानो सोमबार भएको हो। पुरोहितहरुले असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाहको साइत जुराएका छन्। मनीषा र सम्राटको अफेयर धेरै वर्षअघिदेखि चलेको भए पनि तीन हप्ताअघि मात्रै मनीषाले सम्राटसितै जीवन बिताउने निधो गरेकी थिइन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक