20100426

अनिश्चतकालीन आमहड्तालको घोषणा !!!

"माओवादीले सत्ता कव्जा गर्न नयाँ रिहर्सल"
Exclusive News.........माओवादीले वैशाख १९ देखि अनिश्चतकालीन आमहड्तालको घोषणा गरेको छ। राजधानीको पाँच तारे होटलमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्तालको घोषणा गरेका हुन्। प्रचण्डले बाघको छालामा अहिले स्यालको रजाइँ भएको भन्दै वैशाख १८ गते काठमाडौंमा लाखौं जनता उतारेर आन्दोलन गर्ने र १९ गतेदेखि पूरै देशमा हडताल गरी
______________________________
"रक्षामन्त्री विद्या भण्डारीले माओवादी सत्ता कब्जा तर्फ उन्मुख भए त्यसलाई रोक्न सरकारले सवै किसिमका सुरक्षा उपाय अपनाउने वताएकी छिन् । आफुले भने जस्तो नभएपछि माओवादी मुलुकलाई नै असफल बनाउन लागि परेको उनले आरोप लगाइन । माओवादी वितण्ड मचाउँदै गए सरकार मुख दर्शक भएर नवस्ने उनको भनाइ थियो ।"  ___________________
 क्रान्तिकारीहरूले कब्जामा लिने अध्यक्ष प्रचण्डले दाबी गरे । हड्ताल काठमाडौं र सहर केन्द्रित हुने दाहालले बताए। माओवादीका सबै वरिष्ठ नेताहरु उपस्थित भएको कार्यक्रममा अध्यक्ष दाहालले हड्तालकै बीचमा पनि सहमति र सम्वाद जारी राखिने बताए। 'हड्ताल हुँदैमा वार्ता र सम्वाद रोकिँदैन, त्यो पनि चलिरहन्छ ' दाहालले भने। केन्द्रीय नेताहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा दाहालले हड्तालकै बिचमा पनि सहमति
र संवादको ढोका खुला राख्ने जानकारी दिए। उनले माओवादी हड्ताललाई तेश्रो जनआन्दोलनकै रुपमा ग्रहण गर्न आग्रह गर्दै उद्योग कलकारखाना, यातायात, शैक्षिक संस्था बन्द गर्न अपिल गरे। आन्दोलन शान्तिपूर्ण हुने दाहालले बताए। 'सरकार दमनमा उत्रिए जनताले स्वभाविक रुपमा प्रतिकारमा उत्रिनेछन्', चेतावनीको भाषामा दाहालले भने- 'बल प्रयोग गरेर आन्दोलन हिंसात्मक बनाए त्यसको जिम्मेवारी सरकार नै हुन्छ।' अध्यक्ष पुष्पकमल दाहालले प्रधान मन्त्री तोक्ने अधिकार माधव नेपाललाई नभएको बताए। 'म यो प्रधान मन्त्री मान्छु र यो मान्दिन भन्न यो राजतन्त्र हो ?'- उनले भने। यसअघि नेपालले दाहाल बाहेकका व्यक्तिको नाम प्रधानमन्त्रीको रुपमा आए आफू राजीनामा दिन तयार भएको बताएका थिए।

अन्तरिम संविधानमा सहमतीय आधारमा राजनीतिक क्रियाकलाप अघि बढाउने उल्लेख भए पनि अरु दलले माओवादीको शक्तिदेखि डराएर बहुमतीय आधारमा चल्ने भनेको उल्लेख गर्दै उनले भने- उक्त दिन बहुमतीय आधारमा हामी पनि सहमत नभएको भए उक्त दिन गणतन्त्र घोषणा हुने थिएन। त्यसैले हामीले सहमतीय र गणतन्त्रमध्ये गणतन्त्र रोज्यौं।

प्रधान मन्त्री को बन्नेबारे प्रधान मन्त्रीले कुरा उठाए भने हामी त्यसलाई सोझै अस्वीकार गर्छौं भन्दै उनले थपे- नाममा हैन, इस्युमा पो सहमति हुनुपर्‍यो त ।

विदेशीहरुले पनि माओवादीको आन्दोलन र अब शान्ति प्रक्रिया के हुन्छ ? संविधान निर्माणबारे के हुन्छ ? भन्नेबारे जिज्ञासा राखे भन्दै उनले सञ्चारकर्मीलाई सुनाए- हामीले सबै शान्तिपूर्ण हिसावले हुन्छ भन्यौं र सकभर आमहड्तालसम्म पुग्न नपरोस् भन्ने चाहन्छौं भन्यौं। 'अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्दा धेरैले माओवादीमाथि अन्याय परेको उनीहरुले महसुस गरेको हामीले बुझेका छौं, यत्रो चुनाव जितेर ठूलो पार्टी भएकामाथि अन्याय भएको उनीहरुलाई पनि मन नपरेको बुझ्यौं। उनले भारतसँग नयाँ सम्वन्ध खोजेको समेत बनाए। उनले सबैसँग संवादको ढोका खुला राखेको समेत जानकारी दिए।

संविधान निर्माण र शान्ति प्रक्रियालाई छायामा पार्ने गरी प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले सरकारविरुद्ध सशक्त आन्दोलन चर्काउन सैनिक प्रशिक्षण, हतियार प्रदर्शन एवम् चन्दा असुलीजस्ता कार्यलाई तीव्र बनाइरहेका बेला सत्तारूढ दल नेकपा (एमाले) ले राष्ट्रिय सहमति कायम गर्न तत्काल अधिकतम पहल गर्ने निर्णय गरेको छ।


एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले मुलुक अत्यन्त संकटको अवस्थामा पुगेकाले देशका प्रमुख राजनीतिक पार्टीका बीचमा सहमति कायम गर्नु अनिवार्य भएको निष्कर्ष निकाल्दै संविधान निर्माण, शान्ति प्रक्रिया र राष्ट्रिय सहमतिका लागि हदैसम्म लचिलो भई पहल गर्ने निर्णयगरेको छ। संविधान निर्माण, शान्ति प्रक्रियालगायतका राज्यका प्रमुख विषयमा माओवादीले विश्वासको ग्यारेन्टी गरेमा प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता छोड्न पनि तयार हुने एमाले बैठकको निष्कर्ष रहेको बताइएको छ।

पार्टीचिवालय सचिव युवराज ज्ञवालीले राष्ट्रिय सहमति कायम गर्न सबै पार्टीसंग प्रस्ताव लगी तत्काल अधिकतम पहल गर्ने निर्णयभएको जानकारी गराउनुभयो। एमालेले मुलुकमा राष्ट्रिय सहमति आवश्यक परेका बेला माओवादी आन्दोलन र विद्रोहको बाटोमा अघि बढिरहेको र यसले राष्ट्रिय सहमति बिथोलिने मात्र होइन, शान्ति र संविधान निर्माण प्रक्रियामै अवरोध पुग्ने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आहवान गरेको छ।

पार्टी वरिष्ठ नेता एवम् प्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रचण्डबाहेक सोही पार्टीको अन्य व्यक्ति सहमतिका साथ सरकारमा आउने निर्णयभएमा आफूले तत्काल राजीनामा दिने खुलासा गर्नुभएको छ। उहाँले भन्नुभयो- ‘प्रचण्डले मलाई स्वीकार नगरेपछि मैले उनलाई मान्नुपर्छ भन्ने छैन।’ माओवादीभित्र पनि प्रचण्डबाहेक डा.बाबुराम भट्टराई पनि त प्रधानमन्त्री हुन सक्नुहुन्छ भन्नेबारेमा आन्तरिक छलफल भइरहेका बेला प्रधानमन्त्री नेपालको वैकल्पिक प्रस्तावले माओवादीभित्र पनि थप चर्चा र बहसको विषय बनाएको छ।

प्रधानमन्त्री नेपालले संविधान निर्माण शान्ति प्रक्रियाजस्ता विषयमा राष्ट्रिय सहमति बन्छ र माओवादीले त्यसको विश्वासिलो वातावरण बनाउँछन् भने आफू कुनै पनि हिसाबले बाधक नहुने स्पष्ट पार्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पनि राष्ट्रिय सहमतिको ग्यारेन्टि हुन्छ भने पार्टीदैसम्म लचिलो हुने कुरामा एकमत जस्तो देखिएको छ। कांग्रेस बैठकले माओवादी भने संविधान निर्माण र शान्ति प्रक्रियालाई प्राथमिकतामा नराखी शान्ति भाँड्ने गरी हतियार प्रदर्शन, सैन्य प्रशिक्षणसहित आन्दोलनमा उत्रिएको भन्दै तत्काल आन्दोलन फिर्ता लिन माओवादीसमक्ष आग्रह गरेको छ। कांग्रेसमा संविधानसभाको म्याद थप्नेबारेमा भने दुईखाले धारणा आएको छ। केही सदस्यले जेठ १४ गते संविधान नबन्नु आफैमा संकट हो त्यसैले संकटकालीन घोषणा गरी ६ महिनाभित्रमा संविधान निर्माण गर्ने कुरा उठाएका छन् भने केहिले संविधानभाको म्याद थपेर जानुपर्ने धारणा राखेको नेता डा.रामशरण महतले जानकारी गराउनुभएको छ।

माओवादी उपाध्यक्ष मोहन वैद्यले १८ गतेसम्म प्रधानमन्त्री नेपालले राजीनामा नदिएमा सडकबाटै निकाल्ने चेतावनी दिनुभएको छ। रिपोर्र्टर्स क्लबमा आइतबार बोल्दै उपाध्यक्ष वैद्यले १८ गतेदेखि जनविद्रोह प्रारम्भ हुने र त्यसले एमाले कांग्रेसलाई पूर्वराजा ज्ञानेन्द्रजस्तै बनाइदिने आक्रोशपूर्ण अभिव्यक्ति दिनुभयो।

दलहरूबीच विवाद बढ्दै गएको र बैठक बसेर पनि सहमति हुने सम्भावना नदेखिएपछि आइतबार बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको थियो। बैठक आज सोमबार बस्ने भनिएको छ तर लगातार स्थगित भएकाले भन्न नसकिने नेताहरूले बताएका छन्।

एमालेका महासचिव ईश्वर पोख्रेलले माओवादीले सत्ता कव्जा गर्न नयाँ रिहर्सल गरिरहेको आरोप लगाएका छन्। वैशाख १८ गते काठमाडौमा गर्न लागेको कार्यक्रम सत्ताकब्जाको उपज भएको उनको दावी छ। उनले मओवादीले जती सुकै अराजकता पैदा गरेपनि शान्ति प्रक्रियालाई कुनैपनि हालतमा बन्धकी राख्न नसकिने ठोकुवा गरे। विधि र विधानलाई आत्मसाथ गर्दै सरकार अगाढी वढ्ने समेत उनको भनाई थियो। चितवनको एक कार्यक्रममा सहभागी हुन आज आएका महासचिव पोख्रेलले प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै जनविद्रोहको नाममा सत्ताकब्जाको योजनामा लागेको बताए। उनले माओवादीको गलत क्रियाकलापमा सरकार संवेदनशिल भएको समेत जिकिर गरे। कुनै बेलाको लिगलिगको राजा दौडेर आएको जस्तो गरी प्रधानमन्त्री नआएको दाबी गदै भने, 'प्रधानमन्त्रीको विरोध गर्नु औचित्य हिन हो।'

समयमै संविधान निर्माणमा माओवादी चुकेको वताउँदै उनले आफुहरुले राखेको संविधान निर्माण, शान्ति प्रक्रिया सेना समायोजन लगाएतको शर्त अनुसार अगाडि वढ्नेसमेत एकिकृत माओवादीलाई आग्रह गरे। उनले जेठ १४ मा संविधान नवने पनि नेपालमा कुनै संकट पैदा नहुने दावी गरे । पछिल्लो समयमा माओवादीले जिल्ला जिल्लामा गरेको चन्दा संकलन र अर्ध सैन्य तालिमले झनै राजनीतिक तिक्तता बढाएको औंल्याए।

रक्षामन्त्री विद्या भण्डारीले माओवादी सत्ता कब्जा तर्फ उन्मुख भए त्यसलाई रोक्न सरकारले सवै किसिमका सुरक्षा उपाय अपनाउने वताएकी छिन् । आफुले भने जस्तो नभएपछि माओवादी मुलुकलाई नै असफल बनाउन लागि परेको उनले आरोप लगाइन । माओवादी वितण्ड मचाउँदै गए सरकार मुख दर्शक भएर नवस्ने उनको भनाइ थियो । रक्षामन्त्री भण्डारीले आन्दोलनमा हिंसा मिसीए नियन्त्रण गर्न सवै उपाय अपनाइ संविधान र जनताको जिउधनको रक्षा गर्ने बताइन् । आज विराटनगरमा सञ्चारकर्मीहरु संग कुरा गर्दै मन्त्री भण्डारीले प्रधानमन्त्रीले सेनालाई सर्तकतामा रहन मात्र भन्नु भएको वताउनु भएकी छिन् ।

करोडौं रुपियाँ खर्चेर आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय व्यापार मेला माओवादीले स्थगित गरेको छ।
साना तथा मझौला व्यवसायी महासंघले करिब एक दर्जन विदेशी राष्ट्रका उद्योगी व्यवसायीको सहभागितामा पहिलो पटक आयोजना गर्न लागेको व्यापार मेलामा माओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले हिजो आइतबार महासंघको कार्यालयमा पत्राचार गरी स्थागित गर्न लगाएको हो।

भोलि वैशाख १४ गतेदेखि १८ गतेसम्म आफ्ना कार्यकर्ता काठमाडौंमा भित्रने भएका र ती कार्यकर्तालाई खाने व्यवस्था गर्नुपर्ने भएकाले हाललाई मेला स्थगित गर्न अनुरोध गर्दै पत्राचार गरेको थियो। यही वैशाख १८ देखि २१ गतेसम्म भृकुटी मण्डपमा आयोजना हुन लागेको मेला माओवादीले स्थगित गराएपछि करोडौं रुपियाँ नोक्सान भएको महासंघले जनाएको छ।

‘करिब एक महिनादेखि लाखौं रुपियाँ खर्चेर मेलाको सम्पूर्ण तयारी गरेका थियौं। माओवादीले एक्कासि पत्र पठाएर कार्यक्रम स्थगित गराइदिए’- महासंघका केन्द्रीय सदस्य रमेशबहादुर कटुवालले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘मेला स्थगित भएपछि अन्तर्राष्ट्रियस्तरमा नेपालको छवी बिग्रियो।’

महासंघले भृकुटीमण्डपभित्र १ सय २२ वटा स्टल बुकिङ गरिरहेको थियो। ‘मेलामा युरोपेली संघ, पाकिस्तान, चीन, भारतलगायत एक दर्जनभन्दा बढी राष्ट्रका उद्योगी व्यापारीले स्टल बुकिङ गरिसकेका थिए’ -उहाँले भन्नुभयो।

सो मेलामा उद्योग वाणिज्य, पर्यटन मन्त्रालय, पर्यटन विकास बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सलगायत आधा दर्जनभन्दा बढी सरकारी र गैरसरकारी संस्थाको समेत सहभागिता रहेको थियो। ‘करिब तीन लाख रुपियाँ दिएर हल बुकिङ गराएका थियौं। प्रचारप्रसार व्यापक भएको थियो, अचानक मेला स्थगित गर्नुपर्यो- केन्द्रीय सदस्य कटुवालले भन्नुभयो।

आयोजक महासंघले भोलि मंगलबारदेखि स्टल निर्माण गर्ने योजना बनाएको थियो। ‘मेला स्थगित भएपछि करोडौं रुपियाँ घाटा लागेको छ’ -उहाँले जानकारी दिनुभयो।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले अन्तर्राष्ट्रिय मेला स्थगित गराउन पत्र पठाएको विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो।


o"PO{ tft]sf] 5 ;flxlTos PsLs/0fsfnflu

a;Gtdf]xg clwsf/L

o"PO{df g]kfnL ;flxTo kl/ifbaf6 z'? ePsf] ;flxTos ultlawL h;nfO{ bnlj/l;+x a/fOnL nufotsf tdfd ;flxTos cg'/flux?n] x'sf{Psf lyP . To; kl5 s|lds ljsfz / kl/j{tgnfO{ k5\ofpb} ljleGGg ;flxTos ;+:yfx?sf] gfddf o"PO{df w]/} ;flxTosf/x? hlGdPsf 5g\ h'g g]kfnL ;flxTosf] nflu clt ptd /lx cfPsf] 5 .

Ps} g]kfnL ;flxTosf] nflu km'6]/ xf]Og h'6]/ cuf8L a9\g] eGg] efjgf af]s]/ cuf8L a9]sf ;flxTosf/ hfls/ x';}g, z]ifgf/fo0f emf / a;Gtdf]xg clwsf/Ln] b'O{ jif{cufl8 ljleGg ;flxlTos ;:yf;+u Plss/0fsf] nflu cfGtl/s kxn ubf{ cGttM g]kfnL ;flxTo kl/ifb / g]kfnL ;flxTo tyf ;f+:s[lts ;dfh Ps} d'nwf/df cfpg ;Sof] . b'O{ aif{ cl3sf] of] Plss/0f cleofg cfh cfP/ laleGg ;flxTo cg'/fuL / ;'e lrGts dfemdf a'l4lhjL ;flxTsf/ hfls/ x';}gn] /fVbf o"PO{sf tdfd ;flxlTos ;+:yf / ;flxlTos ;flyx? xft]dfnf] ug{ cft'/ x'g'x'G5 . o; dxfg sfo{nfO{ uGtAo ;Dd k'/\ofpg ;flxTosf/ lkP; lnDa' …lgZrnÚ, v]dgfy kf}8]n, z]if gf/fo0f emf, lu/wf/L l/hfn, lgd]if lu/L, tf/f Gof}kfg], a;Gtdf]xg clwsf/Lsf] ;xof]u /x]sf] 5 eg] laz]if e'ldsf hfls/ x';}g, lgZrn / v]dgfy kf}8]nsf] /lxcfPsf] 5 .
Ps} ;:yfdf s;/L ;d]6\g] eg]/ ul7t Plss/0f cleofg ;+of]hg ;ldtLsf ;of]hs hfls/ x';}g eG5g\, æPlss/0f cleofg clGtd r/0fdf k'u]sf] 5 . :jR5fn], lgMzt{ Plss[t x'g rfxg] ;flxTo tyf snf ;+:s[tL;+u ;DalGwt ;+:yfx? lar ca Plss/0f eP/ g} 5f8\5 . o"PO{sf  clwsf+z ;flxTosf/ tyf snfsf/x? Plss[t x'g P]Soa4tf hgfO{ ;s]sf5g\ . of] Plss/0f cGt/f{li6«o g]kfnL ;flxTo ;dfhsf] gfddf x'Fb}5 . s;/L eGbf klg ;a}sf] dt}Sotf / ;xdltaf6 xF'b}5 . ;a} lgMzt{ Plss[t x'g /fhL ePsfn] kbLo afF8kmfF8df s'g} ljjfb x'g] cj:yf klg 5}g . ;a} ;+:yfaf6 cln al9 ;ls|o / of]Uo AolQmx?nfO{ sfo{ ;ldtLdf ;d]l6g] 5 . of] ljZj g]kfnL ;flxTonfO{ g} Pp6f kf7sf] ?kdf :yflkt x'g ;sf];\ eGg] xfd|f] rfxgf xf] .Æ
o;/L Plss/0f cleofg clGtd r/0fdf k'u]sf] ePtf klg g]t[Tjdf hfg ;Sg] AolQmx?sf] gfddf ;dbzL{ sfO{+nf, nId0f ;fksf]6f / lu/wf/L l/hfnsf] gfd rrf{df /x]sf] 5 eg] st}st} lgd]if lu/Lsf] gfd klg ;'Gg yflnPsf] 5 . cfufld !$ d] sf lbg Plss/0f cleofg ;+of]hg ;ldtLn] ;a} ;+:yfsf sfo{sf/L ;ldtLsf ;b:ox?nfO{ 8fs]/ Plss[t sfo{ ;ldtLsf] u7g ul/ 3f]if0ff ug]{ tof/L u/]sf] ;+of]hg ;ldtLsf ;b:o ;lrj v]dgfy kf}8]n atfpF5g\ .

;j} ;+:yf ldn]/ cfPg eg] s] ug{'x'G5 egL PsLs/0f cleofg ;+of]hg ;ldltsf csf{ ;b:o bLks clwsf/LnfO{ ;f]Wbf pgL eG5g\, æof] PsLs/0f eg]sf] ;sf/fTds s'/f xf] . o;df sf]xL gcfpFb}df /f]lsGg . k[YjLgf/fo0f zfxn] g]kfn PsLs/0f ubf{ klg Jojwfg cfPsf] lyof] . ;j} ;+:yfx? ldNg' k5{ eGg] xfd|f] rfxgf xf] . t/, PsLs/0fsf] 9f]sf t ;w}+nfO{ v'Nnf g} /xG5 lg .Æ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक