20100424

प्रचण्ड, माधव नेपाल, केपी ओली, सुर्यबहादुर थापा, गोपालमान श्रेष्ठ सबैले सबैलाई दिदैछन धम्की, हेर्नुस् त के होला देशको हबिगत अब !!!

Breaking News........
माओवादी सत्ता कब्जाको अन्तिम तयारीमा, सरकार प्रतिरोध को तयारीमा
विद्रोहको धम्की दिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने दाउ रचेको एमाले नेता केपी शर्मा ओलीले आरोप लगाएका छन् ।'क्रान्ति र शान्तिको कुरा गर्ने उन (दाहाल) को धम्कीले कहिल्यै सत्ता प्राप्त हुदैन' एमाले गण्डकी स्तरीय  जनसभालाई शनिवार पोखरामा सम्बोधन गदै ओलीले भने ।उनले दाहाललाई प्रधानमन्त्रीको कुर्सी बाहेक अरु केही नचाहिएको पनि दावी गरे । उनले भने, 'रेडियोमा आउने मलाई त्यही केटी चाहियो भन्ने गीत जस्तै दाहालको सपना र विपनामा त्यही कुर्सी मात्रै देखेको छ ।'खुकुरीमा धार लगाउने र हतियार प्रदर्शन गर्दै हिड्ने माओवादीले सत्ताका लागि मात्रै अन्तिम लडाईको धम्की दिएको ओलीको भनाइ.....
थियो ।बलजफ्ती सत्ता कब्जा गर्नका लागि लडाकु परिचालन गर्ने माओवादीको उग्रशैलीले  लडाकु व्यवस्थापन र सेना समायोजन हुन नसकेको उनले बताए ।'जेठ १४ गते संविधान बने पनि नबने पनि दुर्घटना हुने  हुँकार गर्नेहरुले सत्ताको सपना नदेखे हुन्छ' उनले भने, 'उग्रवामपन्थी र जनविरोधी तानाशाही व्यवस्था नेपालमा कदापी संभव छैन ।'
नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले माओवादीले सत्ता कब्जा गर्ने मनसायले देशैभर आफ्ना कार्यकर्ताहरुलाई लाठि, खुकुरी चलाउन सिकाउने लगायतका सैन्य तालिम दिलाएको आरोप लगाएका छन् ।
 प्रेस युनियन धादिङले शनिबार आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै उपसभापति श्रेष्ठले माओवादीको अहिलेको ध्यान संविधान बनाउने भन्दा पनि सरकार बनाउने तर्फ केन्दि्रत भएको आरोप लगाए ।
श्रेष्ठले माओवादीकै कारण संविधान निर्माणमा ढिलाइ भएको बताउंदै सडकबाट नभइ सदनबाट सरकार बनाउन चुनौति पनि दिए । श्रेष्ठले माओवादीले अहिले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको माग अघि सारेको प्रति लक्षित गर्दै माओवादीलाई पटक पटक विश्वास गरेर सरकारमा पुर्‍याइसकिएको कारण अव माओवादीको नेतृत्वमा होइन नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने माग पनि गरे ।
अर्को एक प्रसंगमा बोल्दै उपसभापति श्रेष्ठले शान्ति प्रक्रिया निष्कर्षमा नपुगिकन संविधान नबन्ने जिकिर गर्दै शिविरमा रहेका लडाकु र हतियार व्यवस्थापन नगरिएसम्म संविधान बनेर पनि कुनै अर्थ नहुने दावी गरे ।

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाले मुलुकमा माओवादी बिरुद्ध अन्य शक्ति पनि भएकाले माओवादीले सत्ता कब्जा गर्न खोज्दैमा कब्जा हुन नसक्ने बताएका छन् ।
शनिबार भैरहवामा सञ्चारकर्मीसंगक कुरा गर्दै उनले माओवादीले पहिला पनि सत्ता कब्जा गर्ने प्रयत्न गरेको र अन्तर्राष्ट्रिय परिस्थितिका कारण त्यो सफल नभएको दावी गर्दै सत्ता कब्जा गरेमा स्वयम् माओवादीको निम्त पनि घातक हुने बताए ।
एकीकृत नेकपा माओवादीले यही १८ गते गर्ने शान्तिपूर्ण जनप्रदर्शनलाई सरकारले दमन गर्ने तयारी गरेको आरोप लगाएको छ। शनिबार माओवादी पदाधीकारी वैठकले शान्तिपूर्ण प्रदर्शनको दमन गरे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेबार सरकार नै रहने चेतावनी दिएको छ। सरकारले माओवादी प्रदर्शन हिंसात्मक हुने भनेर प्रचार गरेको आरोपसमेत माओवादीले लगएको छ। 

प्रधान मन्त्री तथा मूल समारोह समितिका अध्यक्ष माधवकुमार नेपालले बन्दूकले नभई जनताप्रतिको विश्वासले मात्र आन्दोलन सफल हुने बताएका छन्। उनले लोकतन्त्र दिवस-२०६७ का अवसरमा आयोजित मूल समारोह (२०६७ वैशाख ११, टुँडिखेल, काठमाडौ“) मा दिएका मन्तव्यमा उनले यस्तो बताएका हुन।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक