20100405

असिना प्रसाद अमेरिकामा, रमाइलो भयो असिना प्रसाद सँगै बसेर उनकै जिरे खुर्सानी हेर्दा आज घरमा !

बरिस्ठ कलाकार शिवहरी पौडेल, चलचित्र निर्देसक एबम कलाकार कृष्णमुरारी ढुँगेल र लोक गायक रामप्रसाद खनाल अमेरिकाको मनाससमा ...आज धेरै समय पछी मेरा यि दुई अनन्य मित्रहरु सँग बसेर सुख दु:ख का कुरा गर्दा र सगै जिरे खुर्सानी नेटमा हेर्दा नेपालमै पुगे जस्तो भयो, कहिले जान पाइएला  नेपाल !  यो अमेरिकाको ग्रीन कार्ड पनि दल दल नै रहेछ बा ! नहुँदा पनि टेन्सन, भए झन टेन्सन ! कतिखेर त ग्रीन कार्ड चिरिप्प पारेर नेपाल तिर झिरिप्प हौं जस्तो लाग्छ बा......   


एन आर एन पोल्यान्डको प्रथम अधिवेसन सम्पन्न
 यही अप्रिल ४/ २०१०   वारसवामा   एन  आर एन पोल्यान्डको पोल्यान्ड सरकारबाट कानूनी मान्यता प्राप्त गरिसकेपछिको  प्रथम अधिवेसन श्री  वोध राज सुबेदीको अध्यक्षतामा    सम्पन्न भयो । प्रमूख अतिथी
जर्मनीबाट  पाल्नु भएकी  यूरोप एन आर एन  महिला संयोजक  श्री मती उशा शर्माको प्रमुख आतिथ्य

एबम नर्वे बाट पाल्नु भएका आ ई सी  सि    सदस्य  श्री सुरज बहादुर थापाको बिशेष आतिथ्यमा सम्पन्न  कार्यक्रम्मा संस्थाको वार्षिक  प्रतिवेदन कोषाध्यक्ष श्री दिपक सापकोटाले  प्रस्तुतु गर्नु भएको थियो भने  स्वागत मन्तव्य उपाध्यक्ष श्री तेज नारायण अर्यालले  गर्नु भएको थियो । उक्त  अधिवेशन कार्यक्रममा श्री धर्वेन्द्र सुबेदी ,डा श्री उदय देव आचार्य ,  सुभाश घिसिङले   राजु केसी (टोप बहादुर गैरे क्षेत्री ), डा एलिनी सुबेदी  ले आफ्नो मन्तव्य दिनु भएको थियो । सस्थाको प्रतिवेदन श्री वोध् राज सुबेदीले  पेश गर्नु भएको थियो ।  एन आर एन पोल्यान्डको कार्यक्रम  सन्चालन गर्दै संस्थाका सचिब श्री मित्र लाल पार्देले एन आर एन  अध्यक्ष देवमान   हिराचन को शुभकामना सन्देश , नेपाली राजदूतावास   जर्मनीका राजदूत् सुरेश कुमार प्रधानको  सन्देश , एन आर एन उपाध्यक्ष श्री   जिवा लामिछाने तथा युरोप संयोजक  श्री   हितमान गुरुङ   को  शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । र साथै  श्री उपेन्द्र महतोको एवम श्री राम थापाको एन आर एन पोल्यान्ड प्रति देखाउनु भएको सदभावलाई    पनि जानकारी गराइएको   थियो । नेपालका विभिन्न कुनाबाट आई पोल्यान्ड बसेका नेपाली हरुप्रति हार्दिक आभार प्रकट गर्दै एन आर एन पोल्यान्डको कार्यक्रममा  चन्द्र  प्रसाद सापकोटाले  आफ्नो नाचको प्रस्तुती देखाउनु भएको थियो । जो जुन ठाउमा भएपनि हामी नेपाली हौ । नेपालीका लागि नेपाली भन्ने मूल मर्ममा आधारित् रहेर   नेपालको सम्मुन्नत बिकासको लागि आर्थिक  नैतिक् सामाजिक  रुपले अग्रसर हौ भन्ने महान नरामा गोल्बद्ध भएको एन आर एन को बारेमा उशा शर्मा ,सुरज बहादुर थापाले मिठो   मन्तव्य  दिनु भएको थियो ।


    पहिलो चरणको कार्यक्रमको  समाप्त  एबम २००८ मा गठित  कार्यसमितिको बिघटन श्री वोधराज  सुबेदीले गर्नु भएको थियो भने दोस्रो चरणमा  श्री गोपाल राइको सम्योजकत्वमा  निर्वाचन समिती गठन गरी नयाँ कार्य समिती गठन गरिएको थियो ।उक्त कार्य समिती मा डा श्री वोध राज सुबेदी को अध्यक्ष्यतामा   नयाँ कार्य समिती निर्विरोध रुपमा  चुनिएको थियो ।
यसरी गठन भएको कार्यसमितीमा अध्यक्ष  श्री वोध् राज सुबेदी , उपाध्यक्ष   श्री टोप बहादुर गैरे क्षेत्री , घन्श्याम बर्तौला सचिवमा  श्री मित्र लाल पार्दे सह सचिब श्री राज कुमार थापा कोषाध्यक्षमा श्री  जीवन के सी ,सदस्यहरुमा श्री जनार्दन सापकोटा ,किर्ती पोख्रेल ,नारायण उपाध्याय ,दीपेन्द्र प्रसाद सिलवाल ,सन्च वरी राइ निर्वाचित हुनु भएको थियो  । त्यसै  गरी संस्थाको  लेखा समितिमा श्री गोपाल राइ ,तेज नारायण अर्याल ,नरेश सापकोटा निर्वचित गरिएको थियो  । एन आर एन पोल्यान्डको सल्लाहाकार    समितिमा सोम कुमार सैन्जु ,एस बि खिम लाल ,शुभाश घिसिङ लाई मनोनयन गरिएको थियो । एन आर एन पोल्यान्डको आई सी सी सदस्यमा श्री मती  डा एलिनी सुबेदीलाई मनोनयन  गरिएको थियो  ।


यसरी गठन भएको नयाँ कार्य समितिलाई प्रमुख अतिथी श्रीमती उशा  शर्माले निर्वाचित अध्यक्ष श्री वोधराज सुबेदीलाई  सपथ ग्रहण खुवाउनु भएको थियो भने अध्यक्ष श्री बोध राज  सुबेदीले   कार्यसमिती सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।
नयाँ कार्य समितिको तत्काल बसेको  बैठकले नेपालमा  शिक्षाको लागि नयाँ प्रोजेक्ट तयार गर्ने ,पोल्यान्डमा बसेका नेपालीहरुले भोगेका समस्याहरुलाई सम्बन्धित निकायमा  पहल गर्ने ,पोल्यान्डको बारेमा जानकारी दिनको लागि पोल्यान्ड सुचना केन्द्र गठन गर्ने , समयमै  संबिधान बनाउनको लागि  नेपाल सरकारलाई  घच घच्याउने , वर्षमा  कम्तिमा एक  पटक नेपाली संस्क्रिती   झल्कने कार्यक्रम गर्ने ।
।पोल्यान्डमा जति सक्यो छिटो मात्रमा कन्सुलरको लागि  नेपाल सरकारलाई अनुरोध गर्ने ।एन आर एन पोल्यान्डको विधानलाई   अंग्रेजीमा   अनुवाद गरी वेबसाईट बनाएर सर्वजनिक गर्ने जस्ता विविध  निर्णय गरिएको थियो ।

अन्त्यमा कार्यक्रम सफल पार्नमा विशेश योग्दान दिने स्वयंसेवकहरु  , खाना व्यवस्थापन  समिती  ,निर्वाचन समिती एवम कार्यक्रममा पाल्नु   भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी  लगायत  बिदेशी पाहुनाहरुलाई विशेश  धन्यावाद एन आर एन पोल्यान्डले  दिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक