20100402

माओवादीको खतरनाक योजना दस्तावेज सेनाको हातमा, जेठको पहिलो सातापछि मुलुकमा मुठभेड


एकीकृत माओवादीले सत्ता कब्जाका लागि तयार पारी भित्रभित्रै पार्टी पंक्तिमा वितरण गरेको रणनीतिक गोप्य दस्तावेज सरकारको हातमा पुगेको छ। बाहिर राष्ट्रिय सहमति, सहकार्य र दलहरुबीचको एकता भन्दै आएको माओवादीले पार्टी पंक्तिमा भने खतरनाक योजनाका लागि तयार रहन निर्देशन दिएको रहेछ जुन माओवादीको सवै ईकाईमा पुग्नुभन्दा अघि नै सेनाको हातमा पर्यो  र अन्नतः सरकारको हातमा पनि पुगेको छ।...माओवादीको खतरनाक रणनीति फेला पारेपछि यतिवेला सरकार र सरकारी संययन्त्र त्यसलाई असफल पार्ने तयारीमा लागिसकेका छन् भने पछिल्लो चरणमा विदेशीहरुसंगको छलफलमा समेत यो कुरा उठने गरेको बुझिएको छ।

माओवादी नेताहरुले बाहिर लोकतान्त्रिक र मीठो कुरा गरे पनि उनीहरुको रणनीति युद्धकालिन भन्दा एक अंश पनि फरक नभएको पनि बुझिएको छ। माओवादीका हार्डलाईनर र दोस्रो दर्जाका नेताहरु तथा फौजाी तहका नेताहरुले जे भन्दै आएका थिए त्यही नै माओावदी नीति रहेको पनि यो गोप्य दस्तावेजले स्पष्ट पारेको छ।
माओावदीले सत्ता कब्जाका लागि रुटिन तालिका नै बनाएको रहेछ। जस अनुसार जेठ ७ गतेपछि अनिश्चितकालिन आमहड्ताल आह्वान गर्ने र जताततै अराजकता र अस्तब्यस्तता सृजना गरेर सडकबाटै सरकार कब्जा गर्ने नीति माओवादीको रहेको देखिन्छ। जेठ ७ देखि आम हड्तालका साथै राजधानी घेराउ कार्यक्रमलाई पनि उनीहरुले संगसंगै अगाडि बढाउने भएका रहेछन्। राजधानीका चारै नाका बन्द गरेर राजधानीवासीलाई सरकार विरुद्ध उतार्ने योजना पनि माओावदीले बनाएको रहेछ। त्यसका लागि तराईका प्रत्येक जिल्लाबाट १० देखि १५ हजार कार्यकर्ता काठमाडौं उतार्ने र अन्य पहाडी जिल्लाहरुबाट सकेसम्म धेरै कार्यकर्ता राजधानी छिराउने योजना पनि माओवादीले बनाएको छ। कार्यकर्ता राजधानी ओसार्दा सरकारले थाहा नपाओस भनेर मे १ को अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने निहुामा कार्यकर्ता ल्याउने र तिनै कार्यकर्तालाई राजधानीमा राखेर परिचाल गर्ने तयारी पनि भएको छ। माओवादीले राजधानी घेराउमा ३ देखि ५ लाख कार्यकर्ता उतार्ने प्रयास समेत गर्ने भएको छ। त्यसअघि यही चैत २४ मा समेत माओवादीले राजधानी घेराउको पूर्व रिहर्सल समेत गर्ने बुझिएको छ।
सत्ता कब्जाको रणनीति अन्तर्गत माओवादीले सेना, पुलिस र कर्मचारीतन्त्रका उच्च अधिकारीहरुलाई समेत सहयोगका लागि आह्वान गर्ने, त्यसका लागि घनिभूत रुपमा अन्तरक्रियाहरु संचालन गर्ने रणनीति समेत माओवादीले लिएको रहेछ। सेना र पुलिसलाई प्रभावमा पार्न माओवादी निकटमा रहेका केही पूर्व अफिसरहरुलाई पनि प्रयोग गर्ने र पार्टीको हाइकमाण्डले वहालवाला अफिसरहरसंग अन्तरक्रिया गर्ने तयारीमा पनि माओवादी रहेको छ। भलै त्यो सफल हुनेमा भन्ने माओवादीहरु नै त्यत्ति विश्वस्त छैनन्।
माओवादीले आफ्नो रणनीति अनुसारको काम फत्ते गर्न नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि फुटाउने कसरत समेत गर्ने नीति लिएको रहेछ। सत्ताकब्जाको रणनीतिमा अगाडि बढेपछि एमालेबाट ठूलै समूह माओवादीमा आउनेमा माओवादी नेतृत्व विश्वस्त रहेको देखिन्छ। अन्तरााष्ट्रिय शक्तिहरुको विश्वासिलो दल नेपाली कांग्रेसका नेताहरुलाई पनि विभिन्न प्रलोभनमा पार्ने, सकेसम्म एउटा समूहलाई भएपनि आफ्नो समर्थनमा उभ्याउने रणनीति पनि माओवादीले लिएको देखिन्छ। त्यस्तै राप्रपा नेपाल लगायतका तथाकथित राष्ट्रवादी भनाउादाहरु र पूर्व दरबारियाहरु जो माओवादीलाई राष्ट्रवादी मान्छन् उनीहरुलाई पनि आफ्नो समर्थनमा उभ्याउने रणनीति पनि माओवादीले लिएको रहेछ। उनीहरुलाई फकाउने, उनीहरु जेभन्दा खुशी हुन्छन् त्यसैलाई हुन्छ भनिदिने रणनीति पनि माओवादी नेतृत्वले लिएको देखिन्छ।
माओवादीले सत्ता कब्जाका लागि राजधानी ल्याउने कार्यकर्तालाई काठमाडौंका औद्योगिक क्षेत्रहरु, वाइसीएलका क्याम्पहरु र माओवादी मजदुरको होल्ड रहेका ठूला साना सवै होटेलमा सेल्टर दिलाउने योजना पनि बनाएको रहेछ। त्यसो गर्दा पनि कार्यकर्तालाई बस्नेखानेमा असुविधान भए सर्वसाधारणलाई समेत आग्रह गर्ने योजना बनाएको बुझिएको छ। माओवादीले कति सम्म योजना बनाएको रहेछ भने आमहड्तालकै क्रममा जेठ १४ का दिन जनसंविधान समेत घाोषणा गर्ने र सत्ता कब्जापछि सोही संविधान बमोजिम माओावदी नेतृत्वमा सरकार गठन गर्ने। माओवादीले देशका मिडियाहरुलाई समेत आफ्नो मिसनमा प्रयोग गर्ने रणनीति समेत लिएको उनीहरुको रणनीतिक दस्तावेजमा उल्लेख छ। पहिले राष्ट्रिय मुक्ति आन्दोलनमा सहयोग गर्न आग्रह गर्ने र त्यसो गर्दा अटेर गरे जबर्जस्तीको बाटो समेत लिने नीति समेत रहेको देखिन्छ। खाशगरी ठूला र लोकतान्त्रिक धारका मिडियालाई माओवादीले अवरोध ठानेको देखिन्छ।
त्यो भन्दा बढी अवरोधको खतरा माओवादीले भारतबाट आउन सक्ने देखेको रहेछ। सत्ताकब्जाको अभियान सफल हुन नदिन भारतले हस्तक्षेप गर्न सक्ने र त्यसो भएमा अन्य अन्तर्राष्ट्रिय शक्तिहरुलाई गुहार्ने योजनामा माओावादी रहेको देखिन्छ। विशेष गरी राष्ट्रसंघीय मिसन अन्मिन र केही युरोपेली राष्ट्रहरु जो नेपालमा अल्पसंख्यकको अधिकारका नाउामा इसाई धर्म प्रचारमा जुटेका छन् उनीहरुबाट समर्थन जुटाएर भारतीय हस्तक्षेपलाई बेकामी बनाउन सकिने विश्लेषण माओवादीको देखिन्छ।
माओवादीको उच्च नेतृत्वले अति गोप्य रुपमा तयार पारेको यो रणनीति नेपाली सेना हुंदै सरकारको हातमा पुगेको बुझिएको छ। तर माओवादीले गिरिजाप्रसाद कोइरालाको निधन पछि मात्रै यो रणनीतिलाई अन्तिम रुप दिएको पनि त्यो दस्तावेज हेर्दा स्पष्ट हुन्छ। किन भने माओवादीले उच्चस्तरीय संयन्त्रको नेतृत्व हत्याउने र त्यसो हुन नसके त्यसलाई भुत्ते अवस्थामा राख्ने नीति समेत अख्तियार गरेको सो योजनामा उल्लेछ छ। अर्को कुरा मुलुकलाई नेतृत्व विहिन हुन नदिने उद्घोष सहित प्रचण्ड अघि सर्नुको कारण पनि सोही रहेको पनि देखिन्छ। माओवादीले यो सरकारबाट केही हुंदैन भनेर सवत्र हौवा खडा गर्ने, आफ्ना नजिकका वुद्धिजिवीहरु, लेखकहरु, मित्रहरु मार्फत पनि त्यसैलाई प्रचार गराउने र अब त्यसको निकासका लागि माओवादीको नेतृत्वमा सरकार अनि अबको नेता प्रचण्ड भन्ने सिद्ध गर्नुपर्ने रणनीति पनि माओवादीले लिएको रहेछ।
यसपल्ट पनि माओवादी रणनीति भने सफल नहुने संभावना बढेको देखिएको छ। माओवादीहरु तयारी अवस्थामा रहादै सरकारले माओवादी रणनीति हात पारेको छ भने त्यसलाई सरकार समक्ष पुर्या उनु अघि नै सेनाले आवश्यक तयारी गरेर मात्रै त्यसलाई सरकार समक्ष पुर्याएको बुझिएको छ। बरु माओवादीहरुले सााच्चिकै यो रणनीतिलाई जे पर्ला पर्ला भनेर लागू गर्न खोजेभने जेठको पहिलो सातापछि मुलुकमा मुठभेड चााही पक्कै हुने भएको छ। मुठभेडमा जीत जोसुकैको भएपनि त्यसले जनधनको क्षति भने अवश्य पनि गराउने छ, चिन्ताको विषय यही बनेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक