20100428

अमेरिकामा धुव थापाका कविता र गीतको नोबेल पुरस्कार विजेतावाट विमोचन सम्पन्न


क्यालिफोर्निया मे १० २०१०
बर्कली स्थित नेपाली रेस्टराँ टेस्ट अफ द हिमालयज र योगाकुलाको हलमा यहि सोमबार मे १० को साँझ एक विशेष कार्यक्रममा धु्रव थापाका कविता र गीतको संग्रह नोबेल पुरस्कार विजेता डा चार्लस टाउनल र डा मैथली ऐयरले संयुक्तरुपमा विमोचन गर्नु भयो ।
नेपाली साहित्यमा संभवत पहिलो पल्ट नोबेल पुरस्कार विजेताहरुको हातबाट विमोचित कृति ध्रुव थापाका कविता र गीतको सम्पादन साहित्यकार गोविन्द गिरी प्रेरणाले गर्नु भएको हो ।
टेस्ट अफ द हिमालयजका राजेन थापा र डेविड सिबोर्गको विशेष पहलमा सम्पन्न यस कार्यक्रमको पहिलो चरणमा धु्रव थापाका कविता र गीतको विमोचन नोबेल पुरस्कार विजेताहरुको मन्तव्य वहाँहरुसित फोटो खिच्ने भलाकुसारी गर्ने र विशेष रात्रिभोज थियो भने दोस्रो चरणमा योगाकुलाको हलमा विशेष साहित्यिक तथा सांँगीतिक कार्यक्रमसहित सम्पन्न भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा डा चाल्स्र टाउनले आफुले जीवनमा गरेका अनुशन्धान तथा नोवेल पुरस्कार पाउँदाका अविस्मरणीय क्षणको बारेमा जानकारी गराउनु भएको थियो । वहाँलाई भौतिक तथा खगोल शास्त्रमा गरेको अमुल्य योगदाने बापत सम्मानित गरिएको थियॊ । वहाँको विशेष अविष्कारहरु माइक्रो बेभको लेजर विम्व व्लाक होलको घनत्वको नाप अन्तरिक्षको पहिलो कम्प्लेक्स मलिक्युलरको अध्ययन तथा अनुसन्धान हुन् । वहाँ नोबेल पुरस्कारको साथ साथै विज्ञान तथा आध्यात्म शास्त्रमा गरेको योगदान बापत टेम्पल टन पुरस्कारले समेत सम्मानित हुनुहुन्छ ।
अमेरिकामा धुव थापाका कविता र गीतको नोबेल पुरस्कार 
विजेतावाट विमोचन सम्पन्न thumbnailत्यस्तै अर्की शान्तिका लागि नोबेल पुरस्कार सह विजेता डा मैथली ऐयरले भने जलबायु परिवतर््ानको यु एन प्यानेलमा ग्रीन हाउस इफेक्टको बारेमा जनचेतना जगाउन गरेको विशेष योगदानको कारणले नोबेल पुरस्कार पाउनु भएको हो । वहाँले आफनो मन्तव्यको क्रममा विश्वको बदिलंदो जलवायु परिवर्तन र यस्को परिणामको बारेमा जानकारी गराउनु भएको थियो । वहाँले अमेरिकामा बसेर पनि नेपाली साहित्यमा योगदान पुर्याउने कवि थापालाई विशेष शुभकाना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरि अर्का विशेष वक्ता जीव बैज्ञानिक तथा कवि डेविड सिबोर्गले आफनो कविता संग्रहबाट केहि कविताहरुको बाचन समेत गर्नु भएको थियो । वहाँले पनि कार्यक्रममा नेपाली तथा अंग्रेजी कवि बैज्ञानिक पत्रकार तथा विभिन्न पेशाका विद्धवानहरुको माझमा धु्रव थापाको कविता संग्रहको विमोचन यस बर्कली सहरमा भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि भर्जिनीयाबाट आउनु भएका विश्व परिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले आफनो मन्तव्यको क्रममा वहाँले धु्रव थापाका कविता तथा गीतहरुको सम्पादन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो भने यो पुस्तक प्रकासन गर्न सधै प्रेरणा दिने राजेन थापाको सहयोग र प्रयास नभएको भए सायद यो किताव यहाँहरुको समक्ष आउन नसक्ने समेत जानकारी गराउनु भएको थियो ।
वहाँले यस पुस्तकले अमेरिकाका इस्ट कोस्ट र वेस्ट कोस्ट विच एउटा पुलको काम गर्ने जानकारी गराउनु भएको थियो । । साथै उक्त कार्यक्रममा मणि नेपाली पनेरुले विमोचित कविता संग्रहको बारेमा समिक्षात्मक जानकारी गराउनु भएको थियो भने हरिहर दाहालले कवि तथा गीतकार थापाको परिचय गराउनु भएको थियो ।
त्यस्तै मन्तव्य तथा शुभकामना दिने क्रममा न्यान्सीका यान राई तमु समाजकी विष्णु गुरुंग लायन्स क्लवका राम चन्द्र ढकाल ज्ञान पन्थ लगायत अन्य केहि बक्ताहरु र शुभचिन्तकहरुले शुभकामना दिदै थापाको कविता संग्रहको प्रशंसा गर्नु भएको थियो साथै वे एरियामा यस्तो भव्य कार्यक्रममा एउटा नेपाली कविता संग्रहको विमोचन नोवेल पुरस्कार विजेताहरुको हातबाट हुनु भनेको हामी विश्व भरि छरिएर बसेका सबै नेपालीहरुको लागि गर्वको विषय भएको वताउन भएको थियो ।
त्यस्तै कार्यक्रममा गीतकार तथा कवि थापाले आफनो कविता संग्रहबाट र अंग्रॆजीमा लेखिएका कविता बाचन गरेका थिए भने नेपालबाट हालै अमेरिका भ्रमणमा आउनु भएका प्राध्यापक डा बदि्र विशाल पोखरेल र बरिष्ठ गीतकार बासु ढकालले आ आफना कवितासमेत बाचन गर्नु भएको थियो ।
त्यसै गरि कवि थापाले आफनो कविता संग्रह प्रकासन गर्न विशेष योगदान दिने सबैलाई धन्यवाद िदंदै यस्तो गरिमामय कार्यक्रममा आफनो कविता संग्रहको विमोचन गर्न पाउनु आफैलाई अत्यन्त भाग्यमानी भएको जानकारी गराउदै ँ यो सपना हो कि विपना हो आज मेरो कविता संग्रहको विमोचन विश्वका महान व्यतित्वको हातबाट भएको” छ भन्दै भाव विवहल भएर आफनो खुशी व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संगति सेन्टरको गौतम तेजास तथा साथीहरुले सास्त्रीय संगीत प्रस्तुत गरेका थिए भने राधिका रोच शिव कल्याणी भेमी रेड्डी रुथरी शुव्रमन्यम र ज्योति रेनेके सेल्डमेनको समुहले उत्कृष्ट भरत नाटयम् प्रस्तुत गरेका थिए ।
कार्यक्रम बडो शिष्ट शैलीमा लगभग एकसय साठी जनाको उपस्थितिमा अनौठो जमघटको रुपमा सम्पन्न भएको थियो । उपस्थित दर्शकहरु विभिन्न समुदायका प्रतिनिधित्व गर्दै आएका थिए जस्मा धेरै अमेरिकन दर्शकहरु थिए भने भारतीय भुटानी मूलका र नेपाली दर्शकहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक