20100401

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा विहिबार बिहान कोइरालाको अस्तु सेलाइयो !

१३ औं पुण्यतिथिमा देश तथा विदेशमा विभिन्न कार्यक्रम

गिरिजाप्रसाद कोइरालाको बिहिबार १३ औं पुण्यतिथिमा देशभरी नै विभिन्न कार्यक्रम भएका छन्। देश तथा विदेशका नदी, तलाउ र पोखरीहरुमा कोइरालाको अस्तु सेलाइएको छ। विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल मा विहिबार बिहान कोइरालाको अस्तु सेलाइएको छ। लामो समयदेखि अस्वस्थ रहेका कोइरालाको चैत्र ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जादा निधन भएको थियो। कोइरालाको १३ औं पुण्यतिथि दिन पशुपतिक्षेत्रको बनकालीमा...
कार्यक्रम गरिएको छ। नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा कोइरालाको विशेष योगदान रह्यो। २०६२/६३ को जनआन्दोनलमा कमान्डरका रुपमा कोइरालाले विशेष भूमिका खेलेका थिए। झण्डै साढे ६ दशक लामो सक्रिय राजनीतिक जीवनमा कोइराला पटक पटक गरी ५ पटकसम्म प्रधानमन्त्री भएका थिए। यसैगरी संविधानसभाले मुलकमा गणतन्त्र घोषणा गरी तत्कालीन राजा ज्ञानेन्द्रलाई निलम्बन गरेपछि कोइराला राष्ट्रप्रमुख समेत रहे। पछिल्लो समय सहमति, सहकार्य र मेलमिलापको राजनीतिलाई व्यवहारमा उतारेका कोइरालाले माओवादी सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न उल्लेख्य भूमिका खेलेका थिए। कोइरालाकै सक्रियतामा नेपालमा ऐतिहासिक १९ दिने जनआन्दोलन र संविधानसभाको निर्वाचन भयो। उनकै नेतृत्वमा २ सय ४० वर्षे शाह वंशीय राजतन्त्रको अन्त्य भएको हो। जारी शान्तिप्रक्रिया र संविधान निर्माणको काम कोइरालाकै अगुवाइमा सुरु भएको थियो। जीवनको अन्तिम समयसम्म पनि कोइराला शान्तिप्रक्रिया र संविधान निर्माणप्रति चिन्तित थिए। दलहरुबीच सहमतिको अभावमा शान्तिप्रक्रिया र संविधान निर्माणको काम संकटमा पर्दै जादा कोइरालाकै सक्रियतामा उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण भएको हो। उनी संयन्त्रको संयोजक समेत थिए। कोइरालाको १३ औं दिनको पुण्यतिथिका दिन विहिबार नेपाली कांग्रेसले देशभर श्रद्धाञ्जलिसभा गरेको छ।यसैबीच कोइरालाको १३ औं पुण्यतिथिका दिन गणेशमान सिंह तथा जनआन्दोलन सहिदस्मृति प्रतिष्ठानले पनि बिहान श्रद्धाञ्जलि कार्यक्रम गर्‍यो। जनआन्दोलनका अधिकांश कार्यक्रम शान्तिबाटिकामै हुने गरेका तथा आन्दोनलका कार्यक्रममा कोइरालाको उपस्थिति रहने गरेको स्मरणमा प्रतिष्ठानले आज दिनभरी नै श्रद्धाञ्जलि कार्यक्रम गरेको छ।

1.jpg
2.jpg
3.jpg
4.jpg
5.jpg
6.jpg
7.jpg
8.jpg
9.jpg

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक