20100411

माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो सरकार इतिहासकै कलङ्क भएको आरोप लगाए

यो सरकार ढालेर माओवादीलाई सत्ता सुम्पदैमा शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने : कोइराला
माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो सरकार इतिहासकै कलङ्क भएको आरोप लगाएका छन्। दाहालले एकपछि अर्को अनियमितता देखाइरहेको सरकारले एमआरपी भारतमा छापेर इतिहासमै कलङ्कको प्रमाण दिएको बताए। उनले भूटान जस्तो सानो देशले युरोपमा पासपोर्ट छाप्ने तर यो सरकारलाई भारतमै नछापी नहुने के हो ? भनेका थिए। यो सरकारको भारतमोह भएको उनले बताए। र, भने- यो भारतले बनाएको सरकार...
नै हो। ५९ जिल्लामा माओवादीको बहुमत आएपछि सहमतिको अभियान रोकिएको पनि उनले बताए। कङ्ग्रेस र एमालेले सपनामा पनि नसोचेको बहुमत आएपछि सहमति प्रक्रिया रोकिएको उनको भनाइ थियो। माओवादी शक्तिशाली भएको मन नपराउने, सरकारमा रहँदा संविधान बन्ने र शान्ति प्रक्रियाको जस लिँदै ४० वर्ष शासन गर्ने डरले आफ्नो सरकारलाई गल्हत्याइएको उनले आरोप लगाए। पछिल्लो समयमा गिरिजाप्रसाद कोइरालालाई एमाले र कङ्ग्रेसले नै असहयोग गरेका कारण शान्ति प्रक्रियामा खलबल आएको भनाइ पनि उनको थियो। यसअघि नेपाली कङ्ग्रेसका महामन्त्री विमलेन्द्र निधिले एकीकृत माओवादी र अन्य दलबीच मतभिन्नता देखिएका कारण नागरिकमा अन्यौल रहेको बताएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै प्रमुख अतिथि रहेको कार्यक्रममा उनले भने- बहुदलीय प्रतिस्पर्धामा माओवादी अड्न नसकेका कारण संवैधानिक समितिले काम गर्न सकेन। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले हेटौंडामा वनयात्राअन्तर्गत भएको सभामा बोल्दै महामन्त्री निधिले नागरिकको अन्यौल नहट्नुमा एकीकृत माओवादी नै दोषी रहेको पनि दाबी गरे। निधिले न्यायिक निकायलाई संसदको मातहतमा राख्ने एकीकृत माओवादीको अडानका कारण कुनै पनि काम अघि बढन् नसकेको पनि उल्लेख गरे।
                               नेपाली कांग्रेसका कार्यबाहक सभापति शुशिल कोइरालाले सरकार ढालेर माओवादीलाई सत्ता सुम्पदैमा शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने टिप्पणी गरेका छन्। महाराजगञ्जस्थित कोइराला निवासमा आइतबार रिपोर्टर्स क्लबका पदाधिकारीसँग कुरा गर्दै कोइरालाले माओबादीले १२ बँुदे समझदारी देखि विस्तृत शान्ति सम्झौतासम्म गरेको कुनैं पनि सहमतिको कार्यान्वयन नगरेकाले बिश्वास गर्ने आधार नभएको बताए।
उनले माओबादीले विगतमा कब्जा गरिएको घरजग्गा सम्पत्ती फिर्ता गरी कुटपिट र हत्याका श्रृखला बन्द गर्दै वाइसीएलको अर्धसैनिक संरचना भंग गरेपछि मात्र माओबादीलाई सरकारमा लान सकिने बिषयमा छलफल गर्न सकिने बताए।  'सबैभन्दा पहिले शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्नु पुर्‍यो अनि मात्र संबिधान बनाउनु पर्छ, नत्र एकोहोरो संबिधान संबिधान मात्र बनियो भने त्यो संबिधान लोकतान्त्रिक बन्न सक्दैन',कार्यबाहक सभापति कोइरालाले भने। उनले माओबादी लडाकुको समायोजन र ब्यवस्थापनमा माओबादी र सरकारले ठोस कदम चाल्न नसकेको बताएका छन्। कांग्रेसको १२ औं महाधिबेशनमा आफु पार्टी सभापति पदमा उम्मेदवारी दिने दोहोर्‍उदै स्वर्र्गीय गिरिजाप्रसाद कोइरालाले शान्तिका लागि देखाएको सहमति, सहकार्य र एकताको बाटोलाई नैं एजेण्डा बनाउने उनले बताएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक