20100501

राजधानीका तिनै शहरका १८ ठाउँबाट माओवादीका रक्ताम्मै जुलुस निस्किए, माओवादी सत्ता कब्जाको अन्तिम प्रयासमा र सरकार प्रतिकारमा उत्रदै

Breaking News............
राजधानीका तिनै शहरका १८ ठाउँबाट माओवादीका रक्ताम्मै जुलुस निस्किएकाछन बिभिन्न नेताहरुको अगुवाइमा, मजदुर दिवसका नाममा माओवादी सत्ता कब्जाको अन्तिम प्रयासमा र सरकार प्रतिकारमा उत्रदै छ, हेरौँ के के हुने हो अब ? उपेन्द्र यादबको फोरम बाहेक माओवादी आन्दोलनलाई कसैको समर्थन छैन बरु अरु सबै दलले माकुने सरकारलाई नै समर्थन दोहोर्याएकाछन । भारतले माओवादीलाई समर्थन गरेको छ भन्छन बाबुराम भट्टराई उता माकुनेले भन्छन सरकार लाई !!!, दुबै तिर उचाली दिएर लडाउने भारत लड्ने नेपाली नेपाली !!!, हेरौँ कती को रगत बग्ने हो फेरी ? भाई फूटे गवार लुटे भएकोछ अहिले, त्यती मात्र होइन हिजो २३८ बर्से, दलहरु कै शब्दमा सामन्ती राजतन्त्रको जरो उखेलेर अब देशमा शन्ती आयो, लोकतन्त्र गणतन्त्र के के तन्त्र आयो भन्दै बुर्कुसी मार्ने हामी नेपालीहरुलाई पनि अब एक एक गरी आतंक कै बलमा माओवादीले कर्ल्याप्प पार्न धेरै बेर छैन भन्छन बुद्दिजिबी हरु, तपाईंहरु लाई के लाग्छ कुन्नी ?!
तपाईंलाई के लाग्छ अब राष्ट्रपती रामबरण् यादवले केही गर्लान नेपाली सेनाको आडमा ? नेपाली सेनाले यादवलाई साथ देला या प्रचन्डका अगाडि घुडा टेक्ला वा माकुने सरकार नै कायम रहला ?? उत्तर दिने पालो तपाईंको,  "भगवान सँग प्रार्थना कसैको रगत नबगोस, अशान्ति नहोश, कंसहरुको हार होस्, सत्यको जित होस् कि कसो !"      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक