20100503

शुरु भयो माओवादी प्रतिकार : बिराटनगर, दैलेखमा माओवादी लखेटिए, भिडन्त मा कयौं माओवादी घाइते, चितवनमा हवाइ फायर

Breaking News......
* दैलेखमा कक्षा १२ को परीक्षा बन्द गर्न लाठी जुलुसका साथ परीक्षा केन्द्र पुगेका यहाँका माओवादीसँग विद्यार्थीले लौरी र ढुङ्गामुढा प्रहार गरी प्रतिकार गरेका छन्। त्यस क्रममा विद्यार्थीको कुटाइबाट १५ माओवादी घाइते भएका छन्। आइतबार बिहान आठ बजेतिर सदरमुकामस्थित त्रिभुवन नमुना उच्च माविमा परीक्षा स्थगित गरी १५ मिनेटको दूरीमा रहेको सरस्वती उच्च मावि केन्द्रमा पुगेर विद्यार्थीको प्रवेशपत्र र उत्तरकापी च्यात्न थालेपछि विद्यार्थी र माओवादी कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा माओवादीका भेरी कर्णाली राज्य समितिका सदस्य एवम् नेपाल बुद्धिजीवी सङ्गठनका जिल्ला अध्यक्ष.......
छवि सुवेदी, शिवराम कामी, प्रेमबहादुरशाही, गङ्गे कामी, छविलाल नेपाली, चित्र सिंह, लोकबहादुर शाही, तेजप्रताप थापा, कृष्ण न्यौपाने, अजित श्रेष्ठ, गन्जबहादुर खत्री, केवले सावद र बन्दाराम जैसी छन्। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भैरहेको र तीन जना गम्भीर भएको माओवादीका जिल्ला इन्चार्ज थिरबहादुर कार्कीले जानकारी दिए।

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन्, आमहडताल फिर्ता गर, माओवादी आतङ्ककारी मुर्दावादलगायतका माओवादीविरुद्ध चर्का नारा लगाउँदै आक्रोशित विद्यार्थीले परीक्षा केन्द्रबाटै माओवादीलाई लखेटेका थिए। विद्यार्थीको प्रहारबाट बच्न करिब ६० जना माओवादी कार्यकर्ता विद्यालयमाथिको अग्लो डाँडातर्फ लागेका थिए।

हातहातमा लौरी र ढुङ्गा बोकेर माओवादीको प्रतिकारमा उत्रेका दैलेखका चार सयभन्दा बढी विद्यार्थीले माओवादी पार्टी कार्यालयतिर बढ्न खोज्दा प्रहरीलाई रोक्न हम्मे हम्मे परेको थियो। पार्टी कार्यालय र आफ्नो रक्षाका लागि लौरी समाएर तयारी बसेका माओवादी कार्यकर्तालाई जुलुसले ढुङ्गा प्रहार गरेपछि तितरवितर भएका थिए। बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयअगाडि कोणसभा गरेका थिए। जिल्लाका जम्मा ९ वटा केन्द्रमध्ये चार केन्द्रमा माओवादी अवरोधपछि  परीक्षा स्थगित गरिएको छ।

सदरमुकामस्थित त्रिभुवन नमुना उच्च मावि, सरस्वती उच्च मावि, चामुण्डा उच्च मावि हाडाकोट, विजया उच्च मावि दुल्लु लगायतका केन्द्रमा परीक्षा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जनाए। माओवादी आमहड्तालका कारण यहाँस्थित सरकारी कार्यालयका  कामकाज ठप्प छन् भने बजार पूणरुपमा बन्द छ।
* न्द सफल पार्न नाराबाजी गर्दै जुलुसमा हिडेका माओवादीका कार्यकर्ताले होटल र पसलमा तोडफोड थालेपछि विराटनगर-२२ रानी भंसार क्षेत्रमा आइतबार स्थानीयवासीले प्रतिकार गर्दै लखेटेका छन् । स्थानीयवासीले गरेको प्रतिकारका माओवादीका तीन कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा अशोक मुखिया, ज्ञानबहादुर बस्नेत र मनोज सहनी छन् । उनीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रानी क्षेत्रको मलाया रोड हुँदै भंसारतर्फ लागेको जुलुसले वडा न. १८ स्थित बन्द देउराली होटलको सटर उघारेर तोडफोड गरेका छन् । उनीहरुले भंसार क्षेत्रको वडा न.२२ स्थित राज कम्युनिकेशनमा पेय पदार्थको बोतलले प्रहार गरी सीसा फुटाएका छन् । सो-केशको सीसा फोर्दै भित्र झट्टी हानेको बोतलले लागेर कर्मचारी १८ वर्षीया दीपा सिंह घाइते भएकी छन् ।

उक्त कम्युनिकेशन अगाडिका आशिक मियाको पान पसल र तारिक मियाको चप्पल पसल रहेका टहरा तोडफोड गरेपछि प्रतिकारको विकल्प नभएको स्थानीयवासीले बताए । उनीहरुले माओवादीको माइक बाँधिएको रिक्शा भत्काइदिए भने ती कार्यकर्तालाई खेदाउदै कुटेका छन् । स्थानीयको प्रतिकारपछि माओवादी कार्यकर्ता भंसारको १ नम्बर ढाटबाट २ नम्बर हुँदै दक्षिण गेट एरियातर्फ भागे । उनीहरुलाई बाँसका भाटा र लठ्ठी बोकेकाको भीडले करीव पाँच सय मिटरसम्म लखेटेको थियो । भाग्न नसकेर निकै कुटाइ खाएका एक कार्यकर्तालाई भीडबाट छुटाएर सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

माओवादीका सुरक्षा दस्ता भनिएका रातो गञ्जी लगाएका स्थानीय युवाले झगडा सुरु गरेपनि झडप हुँदा बाहिरबाट जुलुसको पछि पछि आएका सोझा कार्यकर्ताले कुटाइ खाएका छन् । केही दिनअघि चन्दा माग्दा रकम कम भएको भन्दै गएका माओवादीका स्थानीय कार्यकर्ता नै तोडफोडमा अघि रहेको व्यवसायीले बताएका छन् । झडप सुरु भएलगतै उनीहरु लुकेका थिए ।

चार दिन अघि उनीहरुले देउराली होटलका सञ्चालक हरि सुवालसँग ५ हजार रुपैयाँ चन्दा माग गरेका थिए । सुवालले ३ हजार भन्दा बढि दिन नसक्ने भनेपछि आफुहरुको १० देखि १५ हजार भन्दा कम नउठाउने नीति विपरीत छुट दिदा पनि नटेरेको भन्दै गएका थिए । तोडफोड गर्नेमध्येका केहीले तीन दिन अघिसम्म सोही होटलमा खाना खाँदै आएका थिए । यता तोडफोडपछि राज कम्युनिकेशनका सञ्चालक गोपाल सिंहले फोन राखेको पसल भएकाले खोल्नैपर्ने कारणले मात्र खुला राखेको बताएका छन् । 'बोर्डर हो । कसलाई के पर्छ पर्छ । त्यसैले खुला राखेको हो, उनले भने 'राम्रो मुखले बन्द गर भने हुन्थ्यो । आएर एक्कासी तोडफोड गरे ।'

स्थानीयको प्रतिकारपछि केहीबेर तनाव रहेको रानी भंसार क्षेत्रमा पुनः झडप हुन सक्ने भएपछि प्रहरी तैनाथी कडा पारीएको छ । यसैबीच बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताको एक समूहले आज विराटनगरका कोष तथा लेखा नियन्त्रण कार्यालय र खाद्य तथा गुणस्तर कार्यालय गरि दुइ सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

* चितवनमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थीहरु र प्रहरीबिच भएको झडपको क्रममा प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको छ।माओवादी आन्दोलनका क्रममा आईतबार १२ कक्षाको परिक्षा संचालन गरेको निहुमा चितवन उच्चमाविमा अखिल क्रान्तिकारीले गरेको प्रदर्शन पछि चितवनको भरतपुर तनावग्रस्त बनेको छ। 

प्रहरी परिचालनसँगै दोहोरो झडप हुँदा पत्रकार के पी शर्मालाई ढुंगा लागेर घाईते भएका छन्। दुई प्रहरी र केही आन्दोलनकारी पनि घाईते छन्। दर्जनौ अश्रुग्यास प्रहार भएको छ। चितवन उच्च माविबाट शुरु भएको प्रदर्शनमा माओवादी कार्यकर्तासहित प्रदर्शनमा छन्। अहिले भरतपुरको चितवन मेडीकल कलेज अगाडी तनावपूर्ण अवस्था छ। सयौं विद्यार्थी र प्रहरीबीच दोहोरो झडप भैरहेको छ। विद्यार्थीहरुलाई प्रहरीले लखेट्ने र ढुंगा हान्ने क्रम चलिरहेको छ। सडकमा थप प्रहरी आउने क्रम पनि जारी छ।

* माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीको अवरोधका कारण कक्षा १२ को परिक्षा प्रभावित भएपछि उच्च माध्यमिक शिक्षापरीषद्ले परिक्षा स्थगित गरेको छ । शिक्षापरिषदको बोर्डको आज राजधानीमा बसेको बैठकले कक्षा १२ को परिक्षा अर्को सुचना नआए सम्मका लागि स्थगित गरिएको परिषदले जनाएको छ । माओवादीले आह्वान गरेको आमहडतालको उलंघन गरेको भन्दै अखिल क्रान्तिकारीका कार्यकर्ताले आजको परिक्षामा अवरोध गरेपछि परिषद्ले अर्को सचना नआए सम्म बैठक स्थगित गरेको हो ।  पूर्वाञ्चल  विश्वबिद्यालयले पनि आफ्ना परिक्षा अनिश्चीतकालका लागि स्थगित गरेको छ ।

* एकीकृत माओवादीको राजनीतिक आमहड्तालका क्रममा अप्रिय अवस्था श्रृजना हुन नदिन सरकारले राजधानीलगायत मुलुकभरी उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ ।

* माओवादीको अनिश्चितकालीन आमहडतालको दोस्रो दिन सोमबार पनि मुलुक ठप्प बनेको छ । राजधानी काठमाडौं लगायत मुलुकभर यातायात,कलकारखाना,बजार,शैक्षिक संस्थाहरु बन्द रहेका छन् । आमहडताल सफल बनाउन माओवादी कार्यकर्ता बिहानैदेखि सडकमा

के के भयो ?



चितवनमा माओवादी कार्यकर्तासँग आइतबार भएको झडपमा घाइते सशस्त्र प्रहरी । दिपेन्द्र बडुवाल
काठमाडौ, वैशाख १९ - माओवादीले आयोजना गरेको आम हड्तालको पहिलो दिन मुलुकभर प्रदर्शन जारी छ । यातायात, कलकारखाना तथा उद्योग व्यवसाय सबै बन्द छ ।
आम हड्तालको कारण जनजीवनमा व्यापक प्रभाव परेको छ । छिटफूट घट्ना बाहेक आम हड्ताल शान्तिपूर्ण रहेको छ ।
बुटवलबाट अमृता अनमोलका अनुसार  बन्द गराउदै हिडेका माआवादी कार्यकर्ताहरुले आइतबार मध्यान्ह बुटवलका दुई कार्यालय र एक पसलमा तोडफोड गरेका छन् ।
कार्यकर्ताहरुले बुटवल नगरपालिका र गोलपार्कको नेको इन्सुरेन्स र महेन्द्रपार्क परिसरको एक किराना पसल तोडफोड गरेका हुन् । तोडफोडबाट बुटवल नगरपालिकाको प्रमुखको कक्षमा रहेको फ्याक्स , फोन , दराज , टेवल , कुर्सी ,  सूचना तथा सुझाव पेटी तथा महसुल कक्ष  तोडफोड गरेका हुन् । बन्दको समयमा  पनि कार्यालय संचालन गरेको भन्दै  माओवादीको एक समूहले  नगरपालिकामा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा अखिल नेपाल शिक्षक संगठन रुपन्देही अध्यक्ष विष्णु ढकाल रहेको प्रहरीले जनाएको छ ।  यस्तै माओवादीले गरेको तेाडफोडबाट नेको इन्सुरेन्स र महेन्द्रपार्क परिसरको  किराना पसलमा  सामान्य क्षति पुर्‍याएको प्रहरीले बताएको छ । माओवादी कार्यकर्ताहरुले इलाका प्रशाशन कार्यालय बुटवल र खानेपानी कार्यालय बुटवलमा पनि तोडफोडको प्रयास गरेका थिए ।
नारायणघाट-हेटौडा सडक खण्डको भण्डारा-८ मा रहेको मार्तल खोलामा ह्याण्ड ग्रिनेड फेला परेको छ । घटनास्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रभावित,महेन्द्रनगरमा प्रहरी घाइते
चित्रांग थापा
महेन्द्रनगर/माओवादीले आव्हान गरेको आम हडतालको पहिलो दिन आज आइतवार सुदूर पश्चिमको ९ वटै जिल्लाको जनजीवन प्रभावित भएकोछ ।
तराइको कैलाली , कञचनपुर समेत पहाडी क्षेत्रका ७ वटै जिललाको बजार , उद्योग व्यवसाय , यातायात , र शिक्षण संस्था पुरै बन्द रहेकोछ । तराइका सर्व सरकारी कार्यालय बन्द रहेकाछन् भने पहाडी भेगमा फाटफुट केही कार्यालय खुल्ला रहेको भए पनि सेवाग्राही नै कार्यालय नआएको प्रहरी स्रोतले जनाएकोछ । अघिल्लो दिन देखि नै गाउ गाउ बाट जिल्ला सदरमुकाम पुगेका माओवादी कार्यकर्ताहरुले बिहानै देखि बजारमा जुलुस प्रदर्शन गरिरहेकाछन् ।
यसैबीच सुदूर पश्चिम प्रहरी प्रमुख डिआइजी बिमला थापाले सुदूर पश्चिमका सवै जिल्लामा अहिल सम्म शान्ति सुरक्षाको स्थिति ठिक रहेको बताइन । ' अहिल सम्म कहि कतै बाट नराम्रो घटना घटेको सुनिएको छैन् । उनले भनिन् ।
यसैबीच,कञ्चनपुरको महेन्द्रनगर उच्च मावि परीक्षा केन्द्र बाहिर प्रहरी भ्यानमा  प्रहार गरिएको ढुंगाा लागि प्रहरी जवान पुश्कर कुंवर घाइते भएकाछन् । आखामा चोट लागेका उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेकोछ । कुवर माथि ढुंगा प्रहार गरिए पछि केहि वेर केन्द् बाहिर तनावको स्थिति उत्पन्न भएको थियो ।
पार्टीले आव्हान गरेको आमहडतालमा परीक्षा सञ्चालन हुन नदिने भन्दै अखिल क्रान्तिकारीका बिद्यार्थीहरु जवर्जस्ती परीक्षा केन्द्रमा प्रवेश गरी प्रश्न पत्र नियन्त्रणमा लिएको केन्द्रका एक शिक्षकले बताए । उनीहरु बाटै आउट भएपछि  कञ्चनपुरका ११ मध्ये १० केन्द्रको परिक्षा स्थगित भएकोछ । महाकाली पारी दोधाराको भानु माविमा भने परिक्षा विना अवरोध सम्पन्न भएकोछ ।

पोखरामा तीनघरमा तोडफोड
पोखरा संवाददाता शिव शर्माका अनुसार घारीपटनस्थित तीन घरमा माओवादी कार्यकर्ताले तोडफोड गरेका छन् । उनीहरुले शेरबहादुर क्षेत्री, अर्जुन सुनार र उषा श्रेष्ठको घरमा तोडफोड गरेका हुन् । चोकमा रहेका माओवादी प्रदर्शनकारी माथि घरबाट ढुङ्गा हानेको भन्दै तोडफोड गरेका हुन् । घरका सिसाहरु फुटेको छ ।
तनाव भएपछि प्रहरीले रोकेको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।
पोखरा क्षेत्र पुरै सुनसान रहेको छ । प्रेस, पानी। दुःध, एम्बुलेन्सलगायतका अत्यावश्यक सामाग्री बोक्ने सवारी चलेको छ ।
प्रदर्शन विरुद्ध  बीरगञ्जमा बम
बीरगञ्जको घण्टा घर क्षेत्रमा बम भेटिएको छ । प्रहरीले उक्त बम नपडि्कएको अबस्थामा फेला पारेको हो । आम हड्तालका क्रममा माओवादी कार्यकर्ताहरुले प्रदर्शन गरिरहेको बेला हिन्दूवादी युवाहरुले पनि प्रदर्शन सुरु गरेपछि झडपकोस्थिति उत्पन्न भएको छ ।
झडप हुन नदिनका लागि दुई थरीको प्रदर्शनको बीचमा प्रहरी बसेर रोकि रहेको छ ।
पर्सा संवाददाता शंकर आचार्यका अनुसार माओवादीले आइतबारदेखि आह्वान गरेको अनिश्चितकालीन आमहडतालको बिरोधमा एक सशस्त्र समूहले शनिबार राति वीरगंजमा बम बिष्फोट गराएको छ । अखिल तराई मुक्ति मोर्चा नामक भूमिगत संगठनले राति करीब ९ बजेको समयमा उक्त बिष्फोट गराएको हो ।
बाइपास सडकस्थित ब्रम्ह चोकमा शक्तिशाली प्रेसर कुकर बम बिष्फोट गराइएको थियो । बिष्फोटको आवाज टाढा टाढा सम्म सुनिएको थियो । बिष्फोटबाट मानविय तथा भौतिक क्षति भने भएको छैन ।
मोर्चाका जिल्ला इन्चार्ज बताउने चन्दनले स्थानिय संचार माध्यमहरुमा फोन गरी बिष्फोटको जिम्मेवारी दाबी गरेका छन् ।
विराटनगरबाट माधव घिमिरे
माओवादी कार्यकर्ताहरु चोक चोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्र पुरै सुनसान छ । मेची-कोशी र पूर्व-पश्चिम राजमार्गमा सवारी चलेका छैनन । भित्री सहरहरुसमेत ठप्प छ । औद्योगि क्षेत्रपनि खुलेको छैन । यातायात कलककारखाना सबै बन्द छ । मोटर साइकलसमेत चलेको छैन । प्रेस, दुःध एम्बुलेसलगायतका केही अत्यावश्यक सामानहरु बोकेको गाडी चलेको छ ।
भरतपुरमा प्रहरी- माओवादी झडप/ पर्खाल भत्काएर परीक्षा केन्द्रमा
दीपेन्द्र बडुवाल
माओवादीको नीति विपरित परीक्षा संचालन गरेको भन्दै बिरोधमा उत्रेका माओवादी कार्यकता, निकट बिद्यार्थी र प्रहरीबीच आइतबार बिहान चितवनको भरतपुरस्थित चितवन उच्चमाबि परिक्षा केन्द्रमा झडप भएको छ । झडपमा स्थानीय आक्रमण साप्ताहिकका सम्पादक केपी शर्मा र एक सशस्त्र प्रहरी घाइते भएका छन । बिद्यार्थी तर्फ घाइतेको संख्या खुलेको छैन ।
परीक्षा सकिन लागेका बेला बिद्यालयको पर्खाल भत्काएर भित्र छिरेका माओवादी कार्यकर्तालाई हटाउने क्रममा झडप भएको थियो । बिद्यालयको प्रबेशद्धारमा नाराबाजीका क्रममा माओवादी कार्यकर्ताले ढुंगा हानेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । भीड नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन राउण्ड अंश्रु ग्यास प्रहार् गरेको थियो ।
बिद्यार्थीका अनुसार माओवादी कार्यकर्ताले परीक्षा केन्द्रको झयालमै ढुंगा प्रहार गरेपछि त्रास पैदा भएको थियो । बिद्यार्थी परीक्षा बिथोलिएको २० मिनेट पछि मात्रै बिद्यालयको पछिल्लो गेटबाट निस्कन सफल भएका थिए । अहिले माओवादी कार्यकर्ता र निकट बिद्यार्थीले बिद्यालयको प्रबेशद्धारमा नाराबाजी गरिरहेका छन । अवरोधका कारण आज पनि चितवनका अधिकांश केन्द्रको कक्षा १२ को बालबिकास बिषयको परीक्षा बिथोलिएको छ । यस अघि चितवनका २२ केन्द्रमा माओवादी निकट बिद्यार्थीले बिहीबार अंग्रेजी बिषयको परीक्षा बिथोलेका थिए ।
त्यसैगरी माओवादी आमहडतालका कारण आज  बिहानै देखि चितवन र नवलपरासीको  जनजिवन प्रभावित भएको छ । नारायणगढ लगायत मुख्य बजारहरु बिहानैदेखि खुलेका छैनन भने राजमार्ग ठप्प छ । बिहानैदेखि माओवादी कार्यकर्ताहरु राजमार्गमा बन्द गराउन खटिएका छन् ।
माओवादी झण्डा बोकेका कार्यकर्ताले लोकमार्गमा रिक्सा समेत चल्न नदिदा सर्वसाधारण अफ्ठेरोमा परेका छन् । बिहान ५ बजेदेखि नै मुख्य वजार र चोकमा माओवादी कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
नवलपरासीमापनि माओवादीले बिहानैदेखि लोकमार्गका ठाउठाउमा बिद्युतका पोल र ढुङ्गा राखेर राजमार्ग अबरुद्ध गरेका छन् । उनिहरुले गैडाकोट , कावासोती , प्रगतिनगर , चिसापानी , सुनवल लगायतका स्थानमा शान्तिपूर्ण प्रदर्शन थालेका छन् । माओवादी झण्डा बोकेका कार्यकर्ताहरुले नारावाजी सुरु गरेका छन् । आन्दोलन  शान्तिपूर्ण छ । राजमार्गमा सुरक्षाकर्मीहरुपनि बाक्लो संख्यामा देखिएका छन् ।
पाल्पा संवाददाता माधव अर्यालका अनुसार  तानसनेमा माओवादीले एक मोटरसाईकल तोडफोड गरेका छन् । बन्दका बेला चलेका दुई मोटरसाईकल माओवादीले नियन्त्रणमा लिएका छन् ।    
सदरमुकाम तानसेनको सित्तलपाटीमा वा १०प ४३५५ नम्वरको मोटरसाईकल तोडफोड गरेका छन् । सेन्ट कपितानियो वोर्डिङ्गका शिक्ष्ाक पादरी रिचर्डले चढेको मोटरसाईकल आन्दोलनकारीले कव्जामा लिएर तोडफोड गरेका हुन् । माओवादीले आन्दोलनका बेला मोटरसाईकल चलाएको भन्दै तोड फोड गरेको बताए । सर्लाही संवाददाता अमन कोइरालाका अनुसार  माओबादीको आब्हानमा भएको आमहडतालको पहिलो दिन यहाँको जनजीवन पुर्ण प्रभाबित बनेको छ । यातायात, बजार, शैक्षिक संस्था बन्द भएका छन् ।
एम्बुलेन्स र प्रेसका सवारी भने बिना अबरोध गुडेका छन् । छिटफुट चलेका मोटरसाइकललाई समेत कार्यकर्ताले अबरोध गरेका छैनन । माओबादीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले हडताल पूर्ण रुपमा शान्तिपूर्ण हुने बताएका छन् । बिहान भएको १२ कक्षाको परिक्षा बिना अबरोध सम्पन्न भएको प्रहरीले जनायो ।
 पर्वतमा माओवादी कार्यकर्ताहरुले  सदरमुकाममा रहेको नारायण उच्चमावि परिक्षा केन्द्रमा प्रबेश गरी कक्षा १२ को प्रश्नपत्र र प्रबेशपत्र च्यातिदिएका छन् ।  माओवादी सभासद् एवंम तमुवान राज्य समिति सदस्य गुणाखर बस्यालको नेतृत्वमा गएका सयौं माओवादी कार्यकर्ताहरुले सुरक्षा घेरा तोडी परिक्षा केन्द्रमा छिरेर प्रश्नपत्र ,उत्तर पुस्तिका र प्रबेशपत्र च्याति दिएका हुन् ।
माओवादी कार्यकर्ताहरुले प्रश्नपत्र र उत्तर पुस्तिका बाहिर ल्याएर सडकमा फालेका थिए । त्यस्तै माओवादी कार्यकर्ताहरुले गुप्तेश्वर बुहमुखी क्याम्पस र शिवालय नमुना उच्चमाविमा प्रबेश गरी उत्तर पुस्तिका च्यातेका छन् । वालविकास शिक्षा र राजनैतिक शास्त्रको परिक्षा सञ्चालन भइरहेको समयमा विद्यालय हतामा प्रबेश गरी माओवादी कार्यकर्ताहरुले जबरजस्ती खोसेर प्रश्नपत्र र उत्तरपुस्तिका च्यातेपछि विद्यालयमा केही समय भागदौड मच्चिएको थियो ।
परिक्षा केन्द्रमा जवरजस्ती प्रबेश गरेर उत्तरपुस्किा च्यातिदिएको भन्दै विद्यार्थीले परिक्षा केन्द्र भित्रै आधा घण्टा माओवादी विरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले परिक्षा दिन पाउनु पर्ने माग गर्दै प्रर्दशन गरेका थिए । उनीहरुलाई प्रहरीले तितर वितर पारेको थियो । जिल्ला भित्र रहेका सात केन्द्र मध्ये तीन केन्द्रको परिक्षा स्थगित भएको र अन्य केन्द्रमा स्थिगित भए नभएको बारे जानकारी प्राप्त नभएको जिशिअ नारायाणप्रसाद भट्टले जानकारी दिए । माओवादीले गरेको आम हड्तालको पहिलो दिन आज पर्वतको जनजीवसमेत प्रभावित भएको छ । सम्पूर्ण बजारपसल,शैक्षिक संस्था र यातायातका साधन ठप्प छन् । दैनिक सयौंको संख्यामा यातायातका साधन आवतजावत हुने पोखरा-बागलुङ राजमार्ग समेत सुनसान बनेको छ । माओवादी कार्यकर्ताहरु लाठि बोकेर विहानैदेखि बजार बन्द गराउँदै हिंडेका छन् ।
माओवादी कार्यकर्ताहरुले तरकारी बिक्रेता हरीबहादुर महतमाथि पसल खोलेको भन्दै कुटपिट गरेका थ्ािए । सयौंको संख्यामा शसस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ । जिल्लाको अबस्था हेरे सुरक्षा स्थिति कडा पारिएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमीरले बताए ।
माओवादीले आव्हान गरेको आमहड्तालको पहिलो दिन आज सिन्धुलीको जनजीवन प्रभवित बन्यो । सदरमुकाम सिन्धुलीमाढीका सबै बजारहरु बन्द रहेका छन् , यातायात ठप्प बन्यो ।
    १२ कक्षाको परिक्षा संचालन हुन दिएपनि क्रान्तिकारी विद्यार्थीहरुले सिन्धुली बहुमखी  क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । क्रान्तिकारी विद्यार्थीहरुले परिक्षा  रोक्न खोज्दा निर्धारित समय भन्दा ३० मिनेट ढिलो परिक्षा सुरु भएको थियो । सुरक्षाकर्मी ठुलो संख्यामा क्याम्पसमा पुगेपछि क्रान्तिकारी विद्यार्थीहरु परिक्षा चल्न दिएर फर्किएका थिए ।   
माओवादीले गरिरहेको आम हडतालको प्रभाव बाजुराका शैक्षिक संस्थाहरुमा मात्रै परेको छ । सदरमुकाम लगायत ग्रामिण क्षेत्रका सरकारी तथा निजी विद्यालयहरुको पठन पाठन अवरुद्ध भएको छ । विद्यालय बन्द नभएपनि विद्यार्थीहरु विद्यालय नआएकाले पढाई नभएको शिक्षकहरुले जनाएका छन् ।  अन्य क्षेत्र प्रभावित छैन् । सदरमुकाम लगायत सबै क्षेत्रको व्यापार व्यवसाय, सरकारी कार्यालयहरुको कार्य सुचारु छ ।
स्याङ्जामा माओवादीको आन्दोलनको कारण कक्षा १२ को परीक्षा स्थगित भएको छ । ५७ वटा उच्चमावि र क्याम्पसका करीव ५ हजार विद्यार्थीको लागि १३ परीक्षा केन्द्र तोकिएको थियो ।
बन्दको कारण यातायातको साधन नचलेपछि टाढा-टाढाबाट हिडेर  विद्यार्थी परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए । परीक्षाको लागि प्रश्नपत्र समेत बाडिसकेपछि क्रान्तिकारी विद्यार्थी संघले आएर परीक्षा सञ्चालन गर्न नदिएपछि विद्यार्थी अन्योलमा परेका थिए । पौवेगौडेकी सुशीला रेग्मिले भनिन 'पढेर आएको परीक्षा दिन नपाएपछि तनाव भएको छ ।' परीक्षा दिन नपाएका आक्रोसित विद्यार्थीले चोकमा परीक्षा दिन पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
नाराबाजीकै     क्रममा उनीहरुले आफूहरुलाई क्षतिपूर्ती दिनु पर्ने बताए ।
सल्यानमा पनि हडतालको प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरु चलेका छैनन भने पसल , कलकारखाना , बिद्यालय बन्द रहेका छन । गाडी नचल्दा यात्रुहरु हिडेर आवतजावत गर्न बाध्य छन ।
    बन्दको कारण जिल्लामा कक्षा १२ को परिक्षा समेत स्थगित भएको छ । स्थगित भएपछि परिक्षा केन्द्रमा पुगेका परिक्षार्थीहरु निरास भएर फर्किएका थिए ।    
    परिक्षा स्थगीत हुदा करिब दुई हजार बिद्यार्थी मर्कामा परेको परिक्षा समितिले जनाएको छ । रौतहटबाट शिव पुरीका अनुसार
माओबादी अबरोधका कारण रौतहटको तीन परिक्षा केन्द्रमा आईतबारको हुने १२ कक्षाको परिक्षा रद्ध भएको छ । माओबादीले परिक्षा केन्द्रको मुल गेट र कार्यालयमा ताला लगाए पछि परिक्ष्ाा अबरुद्ध भएको हो ।
      माओबादीले आम हडतालको क्रममा रौतहटको चन्द्रनिगाहपुर स्थित जनज्योति उच्च मावि, पाथीभर आवासीय उच्च माबि र सन्तपुरको सुबलाल भागवत उच्च माविको परिक्षा बिथोलेका छन । सुरक्षाकर्मीको उपस्थितिको बाबजुद पनि माओबादीले ति परिक्षा केन्द्रहरुको मुल गेट र कार्यालयमा ताला लगाएका थिए । परिक्षा दिन नपाएपछि जनज्योति उच्च माबि सेन्टरका परिक्षार्थीहरुले केहिबेर माओबादी बिरुद्ध चर्का नाराहरु लगाएका थिए । सन्तपुरमा सुरक्षाकर्मीले परिक्षा संचालन गर्न अनुरोध गरे पनि केन्द्राध्यक्ष सुरेन्द्रप्रसाद सिहले माओबादी धम्किका कारण मानेनन ।
      जिल्लाको ११ सेन्टर मध्ये अन्य ८ सेन्टरमा भने परिक्षा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वरकुमार सिन्हाले बताए । उनले परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको कमजोरीका कारण परिक्षा सम्पन्न हुन नसकेको बताए ।
     माओबादीको आमहडतालले रौतहटको जन जीवन प्रभाबित भएको छ । जिल्लाका सबै कलकारखाना, शिक्षण सघ सस्थाहरु, यातायात, बजार बन्द भएको छ । बन्दका कारण सडकमा मनिसको आबागमन न्युन देखीएको छ ।
म्याग्दीबाट घनश्याम खड्काका अनुसार
आम हड्तालको पहिलो दिन माओवादीले १२ कक्षाको तेस्रो दिनको परिक्षा अवरुद्ध गरेका छन् । माओवादी कार्यकर्ताहरुले विभिन्न परिक्षा केन्द्रमा पुगी हलमा पुगेका परिक्षार्थीलाई फर्काएका थिए ।
    आम हड्तालको कारण बजार पुरै बन्द छ । विहान फाट्टफुट्ट चलेका सवारी साधन माओवादी कार्यकर्ताले रोकेपछि यातायात पुरै ठप्प छ । औषधी र तरकारीका पसल आंशिक बन्द गरिएको छ ।
    त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङ्गमा आम हड्तालको खास प्रभाव परेको छैन् । माओवादी कार्यकर्ताले यातायातका साधन वन्द गराउन आग्रह गरेपनि निजी सवारी र मोटरसाईकलहरु चलेका छन् । बजार पुरै खुल्ला रहेको छ भने विद्यालयहरु नियमित रुपमा संञ्चालनमा छन् ।
दोलखामा १० मध्य दुई वटा परीक्षा केन्द्रमा उच्चमाविको परीक्षा स्थगित भएको छ ।
पक्राउ परेका आफना सहकर्मीको रिहाईको माग गर्दै दोलखाको चरिकोटस्थित गौरीशंकर क्याम्पस परीक्षा केन्द्रका परीक्षार्थीले कक्षा  १२ को परीक्षा वहिस्कार गरेपछि आजको परीक्षा स्थगीत भएको हो ।
 विहीवार चीट चोर्न नदिएको भन्दै निरीक्षक माथी कुटपिट गर्ने कालिञ्चोक उच्चमाविका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनमा उत्रेका विद्यार्थीले परीक्षा केन्द्रमा नारावाजी गरी परीक्षा वहिस्कार गरेका हुन् । विद्यार्थीहरु  नारावाजी गरी आन्दोलनमा उत्रेपछि आजको परीक्षामा स्थगित गरीएको गौरीशंकर केन्द्रका केन्द्राध्यक्ष कृष्ण वस्नेतले जानकारी दिए । यसैगरी अखिल क्रान्तिकारीले आमहडतालमा परीक्षा संचालन गर्न रोक लगाएपछि  कालिनाग उच्चमावि सिंगटीमा परीक्षा स्थगित भएको छ ।
यसैगरी माओवादीले गरेको आमहडतालको पहिलो दिन दोलखाको जनजीवन सामान्य रहेको छ । माओवादीको वन्दले पुष्पलाल मार्गमा लामोरुटमा चल्ने सवारी साधन चल्न नसकेपनि अन्य यातायात भने संचालनमा छन् । दोलखामा वन्दकर्ताको कुनै चहलपहल देखिदैन् भने वजारपसल र निजी तथा सरकारी विद्यालय स्वस्फुर्त खुलेका छन् ।
आमहडतालका क्रममा माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनले सिरहाको गोलवजारस्थित जनता उच्च मावि परिक्षा केन्द्रमा  आज १२ कक्षाको परिक्षा विथोल्ने प्रयास गरेका छन् । विहान ७ बजेबाट सुरु भएको गोलवजार परीक्षा केन्द्रमा प्रवेश गरी केही परिक्षार्थीको प्रश्न पत्र र उतर पुस्तिका उनीहरुले खोसेका थिए । आधा घण्टा अवरुद्धपछि पुन परीक्षा सञ्चालन भएको केन्द्रले जनाएको छ । सो परिक्षा केन्द्रमा माडर, वर्छवा र जेभिएम उच्चमाविका ५ सय १५ विधार्थीले परीक्षामा सम्मिलित छन् ।
उच्च माध्यामिक शिक्षा परिषदले संचालन गरेको कक्षा १२ को परिक्षा अन्र्तगत आइतवारको परिक्षा बागलुङका केही परिक्षा केन्द्रहरुमा स्थगित भएको छ । बागलुङको विद्यामन्दिर उच्च मावि, आर्दश विद्यामन्दिर र अमृत आर्दश परिक्षा केन्द्रमा माओवादी कार्यकर्ता पुगेर प्रश्नपत्र खोसेर परिक्षा स्गगित गर्न दवाव दिएपछि परिक्षा स्थगित भएको हो ।
 ग्रामीण क्षेत्रका केही विद्यालयमा भने परिक्षा संचालन भइरहेको छ । यस्तै पर्वतको शिवालय परिक्षा केन्द्रमा माओवादी सभासद गुणखर बस्याल आफै पुगेर परिक्षा स्गगित गराएका छन् । परिक्षा स्थगीत गर्न आफै पुगेको बस्यालले टेलिफोनबाट जानकारी दिएका छन् । माओवादीले म्याग्दीको परिक्षा पनि अवरुद्ध गराएका छन् ।
यसैबीच माओवादीले गरेको आम हडतालको प्रभाव बागलुङ, पर्वत र म्याग्दीमा परेको छ । हडतालको कारण तीनवटै जिल्लाका बजार पूर्ण रुपमा बन्द छ । साथै शैक्षिक संस्था, कलकारखाना, यातायात पनि ठप्प भएको छ । माओवादीले आज विहानै सडकमा प्रदर्शन गरी बागलुङमा सबै बजार बन्द गराउनका लागि आव्हान गरेका थिए । साथै माओवादीले हिजो बेलुकी धौलागिरीका चारवटै जिल्ला सदरमुकाममा मसाल जुलुस प्रर्दशन गरेको थियो ।
माओवादीले आम हडतालको अवज्ञा गरेको भन्दै आज मध्यान्हदेखि उदयपुर जिल्ला सरकारी कार्यालय समेत बन्द गराएका छन ।
बिहानैदेखि बजार, पसल, कलकारखाना, औद्योगिक प्रतिष्ठान र शैक्षिक संस्था बन्द गराउदै हिडेका माओवादी नेता कार्यकर्ताले मध्यान्ह १२ बजेदेखि जिल्ला अदालत र प्रशासन कार्यालय बाहेकाका सम्पूर्ण कार्यालय बन्द गराएका छन् । करिव साढे दुई सयको सयको संख्यामा प्रर्दशन सहित कार्यालय बन्द गराउदै हिडेका माओवादीले जिल्ला विकास,जनस्वास्थ्य, हुलाक, सिचाई, घरेलु, टेलिकम, खानेपानी तथा सरसफाई डिभिजन, सहरकारी, वन , शिक्षा लगायतका कार्यालयमा पुगेर बन्द गराएको प्रहरीले जनाएको छ ।
माओवादीले जिल्ला प्रशासन र अदालतमा माइकिङ्ग गर्दै बन्द गर्न आग्रह गरेका थिए । कार्यालय बन्द हुदा सरकारी सेवा लिन आएका सेवाग्रासहि मारमा परेका छन  । माओवादी आम हडतालको बारेमा अनभिज्ञ सर्वसाधरण तीन दिनको पैदल यात्रा तय गरेर विभिन्न सरकारी कामको लागि सदरमुकाम आएका थिए । तर सेवा लिनबाट बन्चित हुनुपर्दा उनीहरु निरास भएको गुनासो गरे ।
हड्तालका कारण बिहानैदेखि सदरमुकाम गाईघाट र आसपासका बजार क्षेत्र बन्द छन् । यातायात नचल्दा यात्रु पैदल यात्राबाट गन्तब्य तर्फ हिंडेका छन् । कतिपय यात्रु बाटोमै अलपत्र परेका छन ।
खोटाङ, भोजपुर र ओखलढंुगाबाट राजधानी काठमाण्डौ लगायत विराटनगर, धरान, विरगंज, हेटौडा लगायत भारत तर्फ हिडेका सयौ यात्रु सदरमुकाम गाईघाट लगायत बेल्टार र कटारी बजारमा अलपत्र परेकेा प्रहरीले जनाएको छ । सवारी साधन नचल्दा र आमहडतालका कारण होटल पसल बन्द हुदा दुई दिनयता यहाँ आएका यात्रुले निकै ठुलो सास्ती भोग्नु परेको छ । 
आन्दोलन परिचालक कमिटीका संयोजक एवंम् संबिधानसभाका सभासद् मोहन खत्रीको नेतृत्वमा माओवादी कार्यकर्ताले नारा जुलुस सहित प्रर्दशन गरिरहेका छन । प्रर्दशन भने शान्तिपूर्ण रहेको छ । औषधि पसल, सामन्य चिया पसल खुलेका छन । सडकमा संचारकर्मीले प्रेस लेखेर प्रयोग गरेका मोटर साईकल र अधिकारकर्मीका सवारी साधनमात्रै गुडेको देखिन्छ ।
माओवादीले सदरमुकाम केन्द्रीत हड्ताल सफल पार्न बिभिन्न गाविसबाट ल्याएका कार्यकर्तालाई मुख्य बजार आसपासका टोलमा खान र बस्ने व्यवस्था मिलाउन दबाब दिएको छ । घरघरबाट खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउन दबाब दिएको स्थानीयबासीले जानकारी दिएकाछन् ।
जनकपुर
माओवादीले आह्वान गरेको अनिश्चितकालीन बन्दको प्रथम दिन आइतवार विहानैदेखि जनकपुर बाजार बन्द रहे । यातायातका साधन चलेनन ।
उद्योग धन्धापनि बन्द रहे । दश जोड दुईको निर्धारित परीक्षा संचालन भए पनि माओवादी कार्यकर्ताहरुले परीक्षामा अवरोध गर्न खोजेका थिए । पछि कलेज व्यवस्थापन र सुरक्षाकर्मीहरुको आग्रहमा परीक्षा संचालन गर्न दिईएको थियो ।
माओवादी श्रोतका अनुसार-सोमवारदेखि दश जोड दुईको परीक्षा वल प्रयोग गरेर भए पनि स्थगित गराईने छ ।
माओवादी निकट छात्र संगठनको कारण झण्डै एक सातादेखि बन्द निजी तथा आवासीय विद्यालयमात्र होईन सरकारी विद्यालयहरु पनि बन्द रहे ।
बन्द सफल बनाउन माअेावादी कार्यकर्ताहरु विहानैदेखि जनकपुर नगर क्षेत्रमा प्रदर्शन गर्दैछ । अहिलेसम्मको प्रदर्शन शान्तिपूर्ण छ ।
मोटरसाईकल तोडफोड
 पाल्पा-
अनिश्चितकालीन आमहड्तालको पहिलो दिन आईतवार आन्दोलनकारीले पाल्पाको तानसनेमा एक मोटरसाईकल तोडफोड गरेका छन् । बन्दका बेला चलेका दुई मोटरसाईकल माओवादीले नियन्त्रणमा लिएका छन् ।    
    सदरमुकाम तानसेनको सित्तलपाटीमा वा १०प ४३५५ नम्वरको मोटरसाईकल तोडफोड गरेका छन् । सेन्ट कपितानियो वोर्डिङ्गका शिक्ष्ाक पादरी रिचर्डले चढेको मोटरसाईकल आन्दोलनकारीले कव्जामा लिएर तोडफोड गरेका हुन् । माओवादीले आन्दोलनका बेला मोटरसाईकल चलाएको भन्दै तोड फोड गरेको बताए ।
    जुलुसपछि आयोजित कोणसभामा मोटरसाईकल सोहि बाटो भएर आएपछि आन्दोलनकारी आक्रोसित भएका थिए । कार्यकर्ताले जलाउन खोज्दा प्रहरी र आन्दोलनकारी बीच सामान्य झडप भएको थियो । माओवादीकै जिल्ला नेताले मोटरसाईकल जलाउनबाट रोकेका थिए । माओवादी जिल्ला सचिव नेत्रप्रसाद पाण्डेले आफैले चोट खाएर पनि जलाउनबाट रोकेका थिए ।
    आन्दोलनकारीले सिल्खानटोलबाट गोविन्द भट्टराईको र क्याम्पसरोडबाट टेकराज शर्माको मोटरसाईकल नियन्त्रणमा लिएका थिए । माओवादी जिल्ला इन्चार्ज बसन्त शर्मा कुशलले शान्ति र संविधान निर्माणको लागि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएर एनेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिए ।

बन्दले जनजीवन प्रभावित
जितेन्द्र खडगा
सप्तरी
माओवादीले आव्हान गरेको अनिश्चितकालिन आमहडतालको पहिलो दिन आईतवार सप्तरी जिल्लाको जनजीवन पुर्णरुपले प्रभावित भएको छ ।
बन्दका कारण यहा बाटा चल्ने कुनैपनि  लामो तथा छोटो दुरीको सवारी साधन चलेनन् भने, बजार पसल, शैक्षिक संस्थानहरु समेत ठप्प भए । सचालनमा रहेको १२ कक्षाको परिक्षा भने बिनाकुनै अवरोध संचालन भएको छ ।
सदरमुकाम राजबिराज लगायत जिल्लाका भारदह, कंचनपुर, हनुमाननगर, रुपनी, कल्याणपुर लागायतका बजारहरु समेत ठप्प भए । माओवादी समर्थित कार्यकर्ताहरु बिहानैबाट राजबिराज लगयात बजारहरमा प्रदर्शन गरे ।
आईतवारै अपरान्ह माओवादी सप्तरीले बन्दको औचित्यबारे अन्तरक्रियाको आयोजना गरे । अन्तरक्रियमा  उद्योगी ब्यापारी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । बिगतका माओवादी प्रदर्शनहरुको तुलनामा यस पटक निकै संयमित रुपले प्रस्तुत भएकोमा अन्तरक्रियका सहभागिहरुले संतोष ब्यक्त गरेका थिए । बन्द जति संयमित भएपनि सर्वसाधरणका लागि दुखद भएको भन्दै्र नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बन्दको बिकल्प खोज्नुपर्नेमा जोड दिएका थिए । माग पुरा गराउन बन्द संस्कार बन्र्दै गएकोमा चिन्ता ब्यक्त गर्दै सहभागि बक्ताहरुले यस्ता संकारलाई सवैले त्याग्नु पर्ने बताएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक