20100505

माओवादीले नेपाली सेनालाई फुटाउन सकिन्छ कि भनेर यती सम्म पनि गरेछ बा !!!

Exclusive............
सम्माननिय प्रधानसेनापति ज्यू
प्रधानसेनापतिको कार्यालय,
जंगी अडडा काठमाडौ।
ज्ञापन पत्र
उपरोक्त सम्बन्धमा हामी यो देश नेपालका अभिन्न अंगकोरुपमा रहेका नेपाली सेना हौ। त्यही हैसियतले देशमा हामी कति सचेत अबस्थामा रहने र देश प्रतिको भाबना, देश प्रति सेवा कुन कुन तरिकाले गर्ने भन्ने बिषयमा यहांहरुलाई सर्बबिदितै छ। हाल नेपालमा देखिएको अबस्था र बिगतमा नेपाली सेनाले आन्तरीक बिद्रोह दमनमा भोगेका कुराहरु हामीले पटक पटक बाहिनी ,पृतना सम्मेलन मार्फत दर्शाएकै हो। हामीले देशमा अहिले कुन भुमिका निर्वाह गर्ने भन्ने कुराहरुको बिषयमा नेपाली सेनाका तल्लोतह गूल्म , से.मु. , पत्ति तथा व्यक्तिगत रुपमा समेत राय बुझनु........
पर्ने हुन्छ। यसको अभाव तल्लो तहमा सधै भइरहयो। किनकि विगतमा नेपाली सेनाले आन्तरीक बिद्रोहदमन कार्य जसरी सफलतापूर्बक गर्न सकिएन त्यसको कमजोरी पनि हामी सबैलाई थाहा छ। नेपाली सेनामा कतिपय आन्तरीक बिद्रोह वा गृह यूद्धको अबस्थामा लोभ लालच गरी अकुत सम्पत्ति कमाउने देखि आफनो व्यक्तिगत स्वार्थ तर्फ लागेका प्रशस्त कार्यहरु भए। जसले गर्दा उद्देश्य पुरा नभई सेनाको बफादारी इमान्दारी तथा सेवाप्रति र पेशा नै भुल्ने अबस्थाको सृजना हुन पुगेको जस्तो देखिएको थियो भन्ने कुरा नकार्न मिल्दैन। अबका दिनमा सर्बप्रथम यस्तो हुन नदिनका लागी पहल कदम लिन अनिवार्य छ।
हाल नेपालमा विगतको जस्तो स्थिती लाई जसरी राजनितिकदलहरुले सहजै रुपमा लिएका छन त्यो पटक्कै हुन नसक्ला। अब नेपाली सेनामा आफनै देशका दाजूभाई संगै लडेर भिडेर के उपलव्धी हुने रहेछ भन्ने विषयमा समिक्षा गर्नुपनि आवश्यक छ। हामी नेपाली सेनामा रहेका छौ हाम्रो नेत्तृत्व पंडत्ति चेन अफ कमाण्ड अझै दरिलो भरिलो चुस्त र र्स्फुत रहोस तर सबैको भावाना बुभेर मात्र। यदी हामी आमर्ीै तहदेखि पृतना बाहिनी गण गुल्म सेनामुख. पत्ति लेबल सम्म तथा व्यक्तिगत तहसम्म हामीले भावाना बुझन नसकि माथिल्लो तहले मात्र निर्णय गरी सेना परिचालन गर्ने निर्णयमा सरकार तथा राजनितिक दलहरु संग सहमत भएमा हामी प्रत्यक्ष रुपमा फिल्डमा रहेका कमाण्डरहरु तथा सकल दर्जाहरुले आफनो विवेक प्रयोग गर्ने अवस्था आउन सक्छ।
हामी देशमा जुनसुकै पार्टीको सरकार आवस हामी त्यसमा सरोकार नराखी सच्चा देशभक्ती पूर्ण राष्टि्र्रय नितिको अनुसरण गरौ। आपसी समझदारीका साथ राय सुझाब र सल्लाहका साथ अगाडी बढौ अन्यथा आफनो व्यक्तिगत स्वार्थसिद्ध का लागी कूनै राजनितिक पार्टीको आड नलागौ यदि हामी कुनै पार्टीको आड लागी गलत प्रकृया अपनाएमा देशले ठुलो दुर्घटनाको सामना गर्नूपर्ने त छदैछ नेपाली सेनामा पनी ठुलो घटना घटन सक्ने अनुमान गर्न सकिन्छ। तसर्थ हामी अहिलेको परिबेश सम्म आईपुग्दा सम्म पनि नेपाली सेनामा आफना कुराहरु स्वतन्त्र पूर्वक बोल्न लेख्न तथा भन्न नपाउने अबस्थामा छौ। हामी सम्पूर्ण सकल दर्जाहरुले के भन्छौ भने देशका राजनितिक पार्टीहरुले आफनो स्वार्थसिद्धिका लागी सेनाका उच्च पदमारहेका व्यक्तिहरु संग मात्र सम्झौता गरी आफनै देशका जनताबिरुद्ध दमनमा उतार्ने काम नगरुन त्यसको प्रतिफल राजनितिक पार्टी र सेनाका सहमत हुने उच्च पदस्थ कमाण्डर हरुले अबश्य भोग्नु पर्नेछ। राजनितिक पार्टीहरु सेनालाई त्यति सहज अबस्थाको नेपाली सेना नठानुन अब नेपाली सेनाका सबै तहमा सत्रै क्षेत्र, बर्ग जाती को उपस्थिती छ। र केही न केहि देशप्रतिको भावना बुझ्ने अबस्थापनि रहेेको छ। नेपाली सेनालाई यदि जबरजस्ती तरिका बाट आफनै देशका जनता बिरुद्ध दमन गर्न लगाएमा वा आदेश दिएमा हामी नेपाली जनता बिरुद्ध हतियार तेर्साउने अवस्थामा छैनौ। त्यो अवस्था आएमा भबिष्यले नै बताउने छ। हामी नेपाली सेना भित्र लिखित तथा मौखिक रुपमा पटक पटक राय सुझाब दिदा पनि सुनुवाई नभएको ले हामी बाध्य भएर देशको अखण्डता शान्ति र बिकासको लागी यो लिखित ज्ञापनपत्र नेपाली सेनाका प्रधानसेनापति मार्फत नेपाल सरकार ,रक्षा मन्त्रालय , बिभिन्न मानवअधिकारवादी संघ संस्था, पत्रकार बुद्धिजिवि लगायत आम नेपाली जनताहरुमा मिडिया मार्फत हाम्रो आवाज जनस्तरमा पुरयाउनको लागी अपिल गर्दछौं।
सहभागिहरु
श्री नं. ४ बाहिनी अड्डा ,
नेपालगञ्ज। अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. ५ बाहिनी अड्डा
दिपायल अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. १७ बाहिनी अड्डा
काठमाण्डौ अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. ९ बाहिनी अड्डा
भकुण्डेबेसि अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. १३ बाहिनी अड्डा अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री पूर्वी पृतना हे. क्वा.. अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
नेपाली सेना
जंगी अड्डा काठमाण्डौ
अन्तरगतका सम्पूर्ण परिवार
यो माथि को नक्कली बक्तब्यलाई खन्डन गर्दै नेपाली सेनाले बक्तब्य निकाले पछी माओवादी को षड्यन्त्रले हावा खाइसकेकोछ तर पनि माओवादी भने त्यही नक्कली बक्तब्यलाई फोटोकोपी गर्दै बाड्दै भ्रम फिजाउन तल्लिन छन भन्छन हाम्रा काठमाडौं सम्बाददाता ।      

लौ हेर्नुस् अब सेनाको सक्कली बक्तब्य  

सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति
बिज्ञप्ति नं : ९२
मिति : २०६७ बैशाख २२ गते
समय : १५४० बजे
ध्यानाकर्षण
१. आज मिति २०६७ बैशाख २२ गते ईमेल तथा विभिन्न संचारमाध्यममार्फत नेपाली सेनाका बाहिनी अड्डाका नामबाट प्रेषित ज्ञापन पत्र भनी प्रचार प्रसार गरिएको तथ्यहीन सूचनावारे नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ।
२. ज्ञापन पत्र भनि दुष्प्रचार गरिएको उक्त इमेल कुनै पनि व्यक्ति वा संस्थाबाट आधिकारीक रुपमा प्रेषित गरिएको नभै बेनामी पत्रको रुपमा तयार गरिएको देखिएकोले त्यस्ता कागजपत्रको कुनै पनि विश्वसनियता नहुने व्यहोरा सर्वविद्धितै छ। त्यस्तै उक्त पत्रमा उल्लेख गरिएको ५ बाहिनी अड्डा दिपायलमा नै नरहेको, ९ बाहिनी अड्डा भकुण्डे वेशीमा नै नरहेको, १३ बाहिनी अड्डा र १७ बाहिनी अड्डा नेपाली सेनाको सांगठनिक संरचनामा नै नरहेकोले त्यस्ता समाचार पूर्णतया भ्रामक रहेको समेत पुष्टि हुन्छ।
३. त्यसप्रकारका दुष्प्रचारबाट नेपाली सेनाका कुनै पनि व्यक्ति भ्रममा नपर्ने भएतापनि आम नेपाली जनसमुदायलाई भने भ्रममा पार्ने दुष्प्रयास भएको स्पष्ट देखिन्छ। तसर्थ, त्यस्ता कपोलकल्पित, तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति रत्तिभर विश्वास नगर्न आम नेपाली जनसमुदायलाई नेपाली सेना हार्दिक अपिल गर्दछ।
४. साथै, नेपाली सेनाका प्रत्येक सदस्यलाई आफ्नो कर्तव्यबोध हुनुको साथै त्यसप्रति कटिबद्ध समेत रहेको र संस्थाको नेतृत्व एवं चेन अफ कमाण्डमा आवद्ध रहि रहने कुरामा समेत आम जनसमुदायलाई पुनः आश्वस्त पार्न चाहन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक