20100508

कांग्रेस नेता खुमबहादुर खड्का र राप्रपा, नेपालका अध्यक्ष कमल थापा भारत भ्रमणमा

"अब माओवादीले फेरि विद्यानाश, गाइको मासुखाने, भैसी पुज्ने कसम खाएर अन्तिम आन्दोलन गर्ने भने पनि जनताले साथ नदिने" : केपी ओली
कांग्रेस नेता खुमबहादुर खड्का र राप्रपा, नेपालका अध्यक्ष कमल थापा शनिबारदेखि भारत भ्रमणमा निस्किएका छन् । उनीहरुले नेपालमा हिन्दूराज्य घोषणाको आफ्नो अभियानमा सहयोगको अपेक्षासहित भारत प्रस्थान गरेका हुन् ।आइतवारदेखि सुरु हुने 'अन्तर्राष्ट्रिय हिन्दुत्व सम्मेलन' मा भाग लिन भनेर उनीहरु भारतको मुम्वइतर्फ लागेका हुन् । नेपाली समाज भारतले आयोजना गरेको उक्त सम्मेलनमा प्रमुख अतिथिका रूपमा थापा र खड्का सहभागी भएको राप्रपा नेपालका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।६४ देशका १६ सय हिन्दुवादी सहभागी हुने तीनदिने सम्मेलनमा शिव सेनाका प्रमुख बाल ठाकरे, अर्का नेता
मनोहर जोशी र भारतीय जनता पार्टीका गोपीनाथ मुण्डेलगायत सहभागी हुने बताइएको छ ।
                           एमाले नेता केपी शर्मा ओलीले माओवादी नेतृत्वको सरकार परिकल्पना मात्र भएको बताएका छन् ।उनले माओवादीलाई राष्ट्रपतिको कदमजस्ता पुराना कुरा र सडकबाट सरकार परिवर्तन गर्ने परिकल्पना त्यागेर संविधानसम्मत ढंगले चल्न सुझाव दिएका छन् ।
'अब कुनै हालतमा माओवादी नेतृत्वको सरकार बन्दैन । र, यो सरकार असंवैधानिक हिसाबले जेठ १४ मात्र होइन असार, साउनमा पनि ढल्दैन,' उनले भने, 'माओवादीलाई सत्ता चाहिएको भए यही सरकारमा आए हुन्छ ।' डर, त्रास र धम्कीको भरमा जित्न सकिदैन भन्ने हालैको आन्दोलनले पनि पुष्टि गरेको उनले बताए ।
'माओवादीले हड्ताल स्थगन नगरेको भए जनता आफैले बन्दलाई सधैका लागि खारेज गर्ने थिए,' उनले भने, 'अब माओवादीले फेरि विद्यानाश, गाइको मासुखाने, भैसी पुज्ने कसम खाएर अन्तिम आन्दोलन गर्ने भने पनि जनताले साथ नदिने स्पष्ट भइसकेको छ ।' माओवादीलाई धम्कीको भाषा नबोल्न, सबैको सम्मान गर्न र शान्ति प्रक्रियामा आउन उनले सुझाव दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक