20100529

राष्ट्रपतिद्वारा साढे दुई सय भन्दा बढीलाई विभिन्न मानपदवी तथा विभुषण प्रदान

राष्ट्रपति डा.रामवरण यादवले नेपालले गणतन्त्र दिवसको अवसरमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायत अन्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने राष्ट्रिय जीवनका विभिन्न महानुभावहरूलाई मानपदवी, अलङ्कार र पदक प्रदान गरेका छन् । नेपालमा गणतन्त्र घोषणा भएको दुई वर्ष भएको छ । गणतन्त्र दिवसका अवसरमा राजधानीको टुडिखेल लगायत मुलुकभर विशेष कार्यक्रमा गरिदैंछ । विहान ११ वजे टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले साढे दुई सय भन्दा बढीलाई विभिन्न मानपदवी तथा विभुषण प्रदान गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचना अनुसार राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्‍याएकोमा स्व.गणेशमान सिंहलाई नेपाल रत्न तथा भूतपूर्व प्रधानमन्त्रीहरू स्व.गिरिजाप्रसाद.....
 कोइराला र स्व.मनमोहन अधिकारीलाई राष्ट्र गौरव मानपदवी प्रदान गरिएको छ । यसैगरी उज्ज्वल कीर्तिमय राष्ट्रदीप -द्वितीय श्रेणी) सात जनालाई, सुकीर्तिमय राष्ट्रदीप -तृतीय श्रेणी) छ जनालाई, सुप्रवल जनसेवा श्री -तृतीय श्रेणी) ७२ जनालाई, प्रवल जनसेवाश्री -चतुर्थ श्रेणी) ९६ जनालाई र जनसेवा श्री (पञ्चम श्रेणी) ३४ जनालाई प्रदान गरिएको छ । अलङ्कारतर्फ अति पौरख भास्कर पाँचजना, नेपाल प्रताप सुभूषण एकजना, नेपाल प्रताप आभूषण एकजना र नेपाल प्रतापभूषण आठ जनालाई प्रदान गरिएको छ । यसैगरी पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी एकजना, राष्ट्रसेवा पदक द्वितीय श्रेणी तीनजना, समाजसेवा पदक १४ जना, सुकीर्ति पदक आठजना, वीरता पदक पाँचजना, शौर्य पदक एकजना, प्राकृतिक प्रकोप पीडितोद्वार पदक एकजना र विकास रत्न पदक तीनजनालाई प्रदान गरिएको सूचनामा जनाइएको छ । For all names please click link below :
http://www.moha.gov.np/files/press_release_notice/Namawoli_Form%20Final.pdf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक