20100525

"जनताले भनेको हामी पनि मान्छौं, नेता जतिलाई नर्कमा लान्छौं", संविधानसभा भवनमा चारैतिरबाट आक्रमण, जताततै कोलाहल !!!

- युवराज गौतम
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको 'संविधानसभा' क्षेत्र वरपरका हजारौं बासिन्दा मध्यरातमा एकैपल्ट झस्केर ब्युाझिए। जताततै कोलाहल मच्चियो। आर्तनाद चित्कार, होहल्ला, रोदन– क्रन्दन र डरलाग्दो आवाजले सबै भयभीत थिए। मेघ गर्जेझंै ठूलो आवाजले बानेश्वरमात्र होइन, काठमाडौं उपत्यका नै थर्कमान भयो। अत्यन्त क्रोधित हजारौं भूतप्रेत, टाउको नभएका डरलाग्दा प्राणीहरूले संविधानसभा भवनमा चारैतिरबाट आक्रमण गरे। गलामा मुण्डमाला....
लगाएका, जगल्टा फिाजाएका, लामो लामो जिब्रो, दाह्रा, नंग्रा र डरलाग्दो शरीर भएका हजारौं प्राणीले नारा लगाए, 'नेता चोर मुर्दावाद ,  सभासद्हरू मुर्दावाद ,  राष्ट्रघाती नेता मुर्दावाद ,  लुटेराहरू मुर्दावाद , जनतालाई ढााट्न पाइादैन, म्याद थप्न दिादैनौं....। चीन–भारत मित्र मित्र, बाहिरै बस नपस भित्र...। जनताले भनेको हामी पनि मान्छौं, नेता जतिलाई नर्कमा लान्छौं।......'

यत्तिकैमा पत्रकारहरू  भेला भए, एउटी डंकिनीले 'मैं हुा' भन्ने एउटा दैनिक पत्रिकाको संवाददाताको घााटी अठ्याउादै सोधी–'एई डााका, तेरो मालिक विदेशीको करोडौं रुपैयाा खाएर देश बेचुवा भएको छ, ता किन त्यस्ताको पछि लाग्छस्? उसले थरथर काामेर हात जोड्दै भन्यो– 'हजुर, पेट पाल्न पत्रकार भएा। हामी नेपाली पत्रकारहरू पैसाका लागि जे पनि गर्छौं। के गर्ने, पापी पेटको सवाल छ।'

'ता सहिद भएपछि दस लाख रुपैयाा पाउाछस् होइन? तेरा छोराछोरीले पेटभरि खान पाउाछन्। विदेशीको गुलामी गरेर कलम चलाउनुभन्दा मरेकै राम्रो होइन र?' डंकिनीले प्रश्न गर्दा पत्रकार झस्कियो।

प्रेतहरुले टायर बाले। बम पड्काए। बगैंचा ध्वस्त पारे। उनीहरुलेे मूल भवनमा पसेर नारा लगाए– 'जनताको पैसा फिर्ता दे।'

अर्बौ राजस्व लुटेर पनि संविधान बनाउन नसक्ने लाछी, पामर, हुतीहारा, नामर्द, ठग र भ्रष्टाचारी सभासद्हरु घरघरमा लुकेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरिरहेका थिए।

टेलिभिजनमा एउटा राजावादी भूत भन्दै थियो–'शान्ति र संविधान दिन्छौं भनेर डााकाहरुले हाम्रा माल्दाजुलाई राजगद्दीबाट हटाए। अब हामी पनि छोड्दैनौं।' अर्को कांग्रेसी भूत बोल्यो–'द्वन्द्वका बेला माओवादीले हाम्रा हजारौं साथी मार्यो। अब हामी माओवादीलाई मात्र होइन, माओवादीका एजेण्डामा हिाड्नेहरु सबैलाई तह लगाउाछौं। जेठको गर्मीमा नेताको रगत पिएर तिर्खा मेटाउाछौं।'

जनआन्दोलनमा मारिएर छट्पटाएको आत्मा बोल्यो –'हाम्रो लासमा टेकेर करोडपति भएका सबै नेताहरुलाई हामी बदला लिन्छौं। खुनको बद्ला खुन......।'

प्यान्टी र ब्रा मात्र लगाएकी, जगल्टा फिंजाएकी एउटी 'म्याडम भूत' भाषण गर्न थाली– 'साथी हो, समयमै संविधान बन्छ भनेर भाषण गर्नेका घरघरमा गएर तिनलाई पछार्नुपर्छ। तिनीहरुको रगत नचुसेसम्म परिवर्तनका लागि प्राणोत्सर्ग गर्ने हाम्रा साथीहरुको आत्माले शान्ति पाउने छैन।'

टेलिभिजनका क्यामेरापर्सनहरु निर्वस्त्र भूतका यौनांगहरुमा 'जूम' गरेर रोचक र भयावह दृश्य देखाइरहेका थिए। उता सांसद, मन्त्री, प्रधानमन्त्री र प्रतिपक्षीका पत्नीहरु भन्दै थिए–'भोलि बिहानै हामी देश छोडेर भाग्नुपर्छ। नत्र प्रेतात्माबाट प्रेरणा लिएर जनताले नै हामीलाई मार्छन्। युनिटीलाई त दुई/चार हजारले मात्र घेरे, नेतालाई त लाखौं जनताले घेर्छन्।'

प्रधानमन्त्रीले प्राणेश्वरी गायत्रीलाई सम्झाए –'प्रिय तिमी आासु नझार। मनमोहन बाले हामीलाई दिल्लीमा पचास वर्ष पाल्नेछन्। मैले गुन लगाएको छु ....।'

संविधानसभा भवनमा ठूलो बम प्रहार गरेर भूतहरुले आतंक मच्चाए। न्यूयोर्कमा  बिन लादेनले हमला गराएझैं डरलाग्दो दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो।

भूत कमाण्डरलाई मोबाइल फोनबाट गिरिजाप्रसादले शान्त रहन आग्रह गर्दै थिए। उल्टै भूतले हकार्यो –'भ्रष्टाचारी बाजे, तिमी बढ्ता नबोल। नेपाललाई यो स्थितिमा पुर्याएउने मुख्य अपराधी तिमी हौं, तिमी.....।' सहरमा कर्फ्यू लाग्यो। यसबाट पनि भूूतगण विचलित भएनन्।

सहर परिक्रमा गर्दै उनीहरु भन्दै थिए– 'सुतुवा, डरछेरुवा, काातर, नामर्द र हुतीहारा जनता हो, अब जाग। तिमीहरुलाई जात, धर्म र क्षेत्रमा विभाजित गरेर लुट्ने देशी–विदेशीलाई छपाछप काटिदेओ। इनारमा हालेर सिमेन्टले प्लास्टर गरिदेओ। चिडियाखानाका भोका जीवजन्तुलाई नेताहरुको रोस्ट बनाएर खान देओ। नेपाल आमाले शान्ति पाउने छिन्।'

भूतप्रेतहरुको जुलुसले देश–देशान्तरसम्म ठूलो आतंक फैलियो। सरकारले भूतलाई आतंकवादी घोषणा गर्न  तयारी गर्दै थियो। राष्ट्रपति रामवरणले सल्लाह दिए–'त्यसो नगर्नुस् प्रधानमन्त्रीजी, तपाईले भूतप्रेतको टाउकोको मूल्य तोक्नु भयो भने उनीहरुले पनि भोलि गएर प्रधानमन्त्री, मन्त्री सांसद र राजदूत हुने मौका पाउनेछन्। विगतको अनुभवबाट किन पाठ सिक्नुहुन्न? हामीले सत्ता र भत्ताको लोभमा देश बर्बाद बनाएकै हो। बरु हामी एकदिन सबैले नांगो जुलुस निकालेर 'हामी बालकहरुलाई क्षमा दिनुहोस्' भनेर जनतासगा माफी मागौं।'

नांगो किन हुने राष्ट्रपतिज्यू?'  प्रधानमन्त्रीले सोधे।

'लुगा किन लाउने? जनताले हाम्रो एक्सरे गरिसके। हामी नांगै छौं। अब आडम्बर किन देखाउने?'– राष्ट्रपतिले भने।

टेलिभिजनका पर्दामा प्रत्यक्ष प्रसारण हेरिरहेका पूर्वराजा ज्ञानेन्द्र र उनका सहयोगीहरु मुसुमुसु हाासिरहेका थिए। यत्तिकैमा झन् भयानक दृश्य देखियो। भूतप्रेतहरुले नेता, मन्त्री, सभासद्, पत्रकार, नागरिक समाजका अगुवा, एनजीओकर्मी, मैलाधैलाका अर्बपति नेता, सुकिलामुकिलाका धनी नेता सबैमाथि हमला गर्न थाले। गदा, खड्ग, मुसल, लौरो, तरबार, बन्दुक, बन्चरो, आदिले हमला गर्दा झन्डै एकहजार नेता मरेको खबर आयो। देशका विभिन्न भागमा नेताहरु मारिए। तीमध्ये कतिपय त वास्तवमा निर्दोष थिए। मूला निमोठेझैं टाउको निमोठेर गर्दनमा दाता गाडेर नेताहरुको रगत पिएको दृश्यले दर्शकहरुको सातो गयो। सबैलाई पसिना आयो।

सेनाको मुख्यालयमा इमर्जेन्सी बैठक बस्यो। 'हेलिकप्टरबाट बम खसालेर प्रेतहरु मार्नुपर्छ' एकजना जर्नेलले चिप साहबलाई सल्लाह दिए।

अर्का जर्नेलले प्रतिक्रिया व्यक्त गरे–'हामीजस्ता लुरेले गर्न नसकेको काम भूतप्रेतले सम्पन्न गरेकोमा बधाई दिनुपर्छ। भ्रष्ट र पातकी नेताको अन्त्य भएमात्र देशमा शान्ति र सुरक्षा हुन्छ।'

सबैको अनुहारमा प्रसन्नता देखियो।

यत्तिकैमा काठमाडौंका लाखौं जनता सडकमा आए। टुाडिखेलमा भव्य मञ्च बनाइयो। भूतप्रेत, डंकिनी, पिशाच, पिशाचिनी आदिको। सामूहिक अभिनन्दन गरियो। अबिरजात्रा भयो।

काठमाडौंबासीका तर्फबाट बोल्दै केशव स्थापितले भने–'अब पक्कै नयाा संविधान बन्छ। देशमा दिगो शान्ति हुन्छ। भर्खर मात्र तीनसय जति विदेशीको लास फेला परेको छ। त्यसमा केही षडयन्त्रकारी राजदूत र गुप्तचरहरु छन्। एक हजारजना राष्ट्रघातीको सनाखत भइसक्यो। भूतप्रेत कमाण्डो स्पेसल टास्क फोर्सले तीन मिनेट पहिले चार पााचजना उच्चपदस्थलाई मारिसकेको छ। अब बन्छ नयाा नेपाल .....।

यो सुनेर लाखौं जनताले ताली पड्काए। भव्य समारोहबीच भूतप्रेतको अभिनन्दन गर्न लाग्दा सामूहिक तस्वीर खिचियो। सधैंझैं टीभीमा अनुहार देखाउने ऋषि धमला त्यहाा पनि क्यामेरामा चिहाउादै थिए। फोनको घन्टीले निद्रा भंग भयो। घडी हेरें, बिहानको पााच बजेछ। मनमनै सोचे–कस्तो सपना...!!!


डेनमार्कको कोपनहेगनमा भेला सपन्न
- विष्णु पौडेल

शान्तिका अग्रदुत भगवान गौतम वुद्धको २५५४ औ जन्मजयन्तीको अवसर पारेर
कपिलवस्तु दिवस अभियान समिति डेनमार्कले ३० वढि सहभागीको उपस्थितिमा आज
डेनमार्कको कोपनहेगनमा भेला सपन्न ग-यो ।


भेलाले खासगरी शान्तिका अग्रदुत भगवान गौतम वुद्धको जन्मस्थल र तात्कालीन
राजधानीको विषयमा छिमेकी राष्ट्र भारतले गर्दै आएको भ्रामक प्रचारको
निन्दा ग-यो । छिमेकी राष्ट्र भारतले नेपालको सामाजिक, आर्थिक, राजनितिक
एवं भौगोलिक क्षेत्रमा पटक पटक धावा बोल्दै आइरहेको छ । यी दुवै राज्यबीच
सामाजिक तथा सांस्कृतिक सवालमा प्रसस्त मेलखाने भएकाले पनि कतिपय
सवालहरुलाई नजरअन्दाज गरीएको कमजोरीको लाभ भारत राज्यले सदैव उठाउदै आएको
छ । तर विश्व इतिहासले प्रमाणित गरेको तथा विश्व सम्पदा सूचीमा सूचिकृत
कटुसत्य माथि निजी स्वार्थका लागि अन्तरराष्ट्रिय कानुन विवरीत गरीएको
दण्डनीय कार्यको घोर भत्र्सना गर्दै अन्तरराष्ट्रिय जगतलाई ध्यानाकर्षण
गर्नु नै भेलाको मुल उद्देश्य रहेको थियो ।


उक्त भेलाले श्रोत र शक्तिको आडमा सिङ्गो विश्वलाई नै अन्धो वनाई घाम
जस्तै छर्लङ्ग जिवित इतिहासलाइ वङ्गयाउने जस्तो नीच कार्य कुनै पनि
राज्यले नर्गन समेत अनुरोध ग-यो । इतिहासका दस्तावेजमा समेत उल्लेख भएको
अर्थात वुद्ध सम्वन्धि सामान्य जानकारी राख्ने जो कोहीलाई थाहा भएको कुरा
हो कि भगवान गौतम वुद्धको जन्म स्थल नेपालको रुपन्देही जिल्लाको लुम्विनी
हो र उनको तात्कालीन राज्य हालको कपिलवस्तु जिल्लाको तिलौराकोट थियो भनेर
। यस्तो सम्वेदनशील विषयमा एउटा राज्यले गर्ने नाङ्गो प्रदर्शनले
विश्वलाई नै गुमराहमा पार्ने प्रयास गर्नु काहासम्मको न्याय हो भन्ने
प्र्रश्न विश्व सामु उभिएको छ । यदि यस्तै खालको दादागिरी हावी हुदै जाने
हो भने भोली जिशस क्राईष्ट अनी इश्लामी धर्म गुरु मोहम्मदको जन्म स्थल
पनि परीवर्तन हुन सक्ने विषयका भेलाले चिन्ता व्यक्त ग�यो ।
भेलाले यो विषय अन्तरराष्ट्रिय प्रकृती भएकोले सवै राष्ट्रवाट न्यायको
पक्षमा लडन साथ मिल्ने समेत विश्वास लिएको छ ।
दीपक सापकोटाको संचालन, प्रकाश श्रेष्ठ एवं सन्तोष वस्नेतको व्यवस्थापन
सहयोग र विष्णु प्रसाद पौडेलको संयोजकत्वमा सम्पन्न उक्त भेलाले तपसिल
वमोजिमका निष्कर्ष एवं निर्णय पारित ग�यो ।
१) भगवान गौतम वुद्धको जन्म स्थल र राजधानी जस्तै नक्कली लुम्विनी र
कपिलवस्तु निर्माण गरी भारतले गरेको गलत प्रचार प्रति भारतलाई यसो नगर्न
अनुरोध गर्दै विश्व जगतलाई सगक रहन आग्रह ग-यो ।
२)यस्ता भ्रमपूर्ण प्रचारलाई निस्तेज पार्न आगामी दिनमा विदेशी मूलका
वुद्धिजिवीहरु वीच अन्तरकृया को आयोजना गर्ने साथै देशी तथा विदेशी संचार
माध्यमहरुलाई सत्यका पक्षमा वकालत गर्न सहकार्यका लागि आग्रह गर्ने ।
३) गत वैशाख ३० मा गठित कपिलवस्तु दिवस अभियान समिति डेनमार्क लाई
आधिकारीकता दिदै १७ सदस्सीय वाट १९ सदस्यमा विस्तार गरीयो । साथै समिति
संयोजक विष्णु प्रसाद पौडेल, सदस्य सचिव नरेन्द्र वस्नेत, सदस्यहरु क्रमश
ः दीपक सापकोटा, सरस्वती कार्कि वस्नेत, हरी न्यौपाने, मोहन के.सि.र
प्रमिला अधिकारी समेतको ७ सदस्सीय सचिवालय समिती चयन ग�यो । उक्त
समितिलाई आगामी कार्यक्रम तयारी गर्ने तथा आवश्यक निर्णयलिई कार्यसंचालन
गर्न समेत अधिकार प्रत्यायोजन ग�यो ।
४) सचिवालय समितिको आगामी आईतवार  वस्ने वैठकले पहिलो कार्यको रुपमा
डेनमार्क स्थीत नेपाली राजदुतावास ज्ञापन पत्र तयार गरी वुझाउने
प्रतिवद्धता समेत भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक