.jpg)
अनेकखाले प्रयास गरे पनि 'ब्रेक थु्र' गरेका थिए, एमाले नेता केपी शर्मा ओलीले । 'अन्तिम घडीमा सहमतिका लागि ओलीजीको भूमिका निर्णायक देखियो,' माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले भने । प्रधानमन्त्रीसहितका सत्तापक्ष र कांग्रेस शुक्रबार साढे १० बजेसम्म सहमतिपत्रमा राजीनामा शब्द राख्न तयार थिएनन् । 'मार्ग प्रशस्त' शब्द राख्ने उनीहरूको अडान थियो । यसैबीच दाहाल र ओलीबीच संविधानसभा भवनभित्रै करिब १५ मिनेट 'गोप्य' वार्ता
भयो । वार्ताबाट बाहिर निस्कनासाथ कांग्रेस नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल नजिक पुगेर ओलीले 'मार्गप्रशस्त' को स्थानमा 'अविलम्ब राजीनामा' राख्ने निर्णय सुनाइदिए ।
'सरकारको नेतृत्व गर्ने हामीलाई आपत्ति छैन भने तपाईंहरू पनि सहमत हुनुपर्छ,' त्यसबेला सँगै रहेका कांग्रेस युवा नेता गगन थापाले ओलीको भनाइ उद्धृत गर्दै आफ्नो अनुभव सुनाए, 'उहाँले यसोभन्दा मार्ग प्रशस्त शब्दमै अडिग हाम्रा नेतात्रयमा केही असन्तुष्टिसमेत देखिएको थियो ।' दाहाल र ओलीबीच प्रधानमन्त्रीले पाँच दिनभित्र राजीनामा दिने मौखिक सहमतिपछि कुरा मिलेको जानकारी दिँदै स्रोतले भन्यो, 'शान्ति प्रक्रिया र संविधान निर्माणबारे माओवादीको ठोस प्रतिबद्धताका लागि मात्रै एक नम्बरको बुँदा राखिएको हो ।'
'राष्ट्रिय सहमतिको सरकारले मात्रै शान्ति प्रक्रिया र संविधानको सुनिश्चितता गर्न सक्ने भएकाले त्यसको आधार तयार गरेर छिट्टै राष्ट्रिय सरकार निर्माण गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,' कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, 'त्यस्तो आधार पाँच दिनभित्र तयार गर्न सकिन्छ र प्रधानमन्त्रीले राष्ट्रिय सरकारका लागि राजीनामा दिनुपर्छ भन्ने सहमतिको स्पिरिट हो ।'
माओवादी नेता पुनले भने प्रधानमन्त्रीले गणतन्त्र दिवस मनाएलगत्तै दुई दिनभित्रै राजीनामा दिने सहमति भएको बताए । अघिल्लो बिहीबार तथा शुक्रबार नै दाहाल र ओलीबीच माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घरमा दुईपटक भेटघाट भएको थियो । ओलीले संविधानसभाको म्याद थपमा सर्त नराख्न अ३ाग्रह गर्दै म्याद थपे प्रधानमन्त्रीको राजीनामा दिलाइदिने आश्वस्त पारेको स्रोतले बतायो ।
यसबीच दाहाल र ओलीबीच सहमतिका खाकाहरू आदानप्रदान भइरहेका थिए । तर म्याद थप्ने अन्तिम दिन एमालेभित्र देखिएको चरम धु्रवीकरणका कारण माओवादी सोही दिन प्रधानमन्त्रीको राजीनामा गराउने कसरतमा लागेकाले प्रक्रिया लम्बिएको हो । एमाले अध्यक्ष झलनाथ खनाल पक्षधरले उनी र सभामुख सुवासचन्द्र नेम्वाङलाई 'चिट' पठाएर र फोन गरेर प्रधानमन्त्रीलाई राजीनामा दिन र संविधानसभा जोगाउन दबाब दिएका थिए ।
'एमालेका ५० भन्दा बढी सभासदले यस्तो दबाब दिएका थिए,' स्रोतले भन्यो । स्रोतका अनुसार एमालेका रामचन्द्र झा र यामलाल कँडेलले त हस्ताक्षर अभियान नै सुरु गर्नुपर्ने बताएका थिए । यसैबीच प्रधानमन्त्रीको राजीनामा तत्काल गराउन सकिन्छ कि भन्ने उद्देश्यले माओवादीले आफ्नो तर्फबाट निरन्तरको वार्तामा रहेका उपाध्यक्ष बाबुराम भट्टराई र पुनको साटो कृष्णबहादुर महरालाई 'डिल' गर्न पठायो । 'त्यसपछि परिस्थिति फेरिने हो कि भन्ने आशंका बढेको थियो,' एक नेताले भने ।
यसैबीच साँझ ७ बजेतिर ओली संविधानसभा भवनमा प्रवेश गरेका थिए । प्रधानमन्त्री नेपालले वार्तामा सहभागी एमाले सदस्यलाई टेलिफोनमार्फत ओलीले गर्ने निर्णय आफूलाई मान्य हुने बताइसकेका थिए ।- सरोजराज अधिकारी
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक