20100522

राजगद्दी खोसिएपछि पहिलोपटक पश्चिम भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाह, ठूलै तामझाम !!!

जेठ १४ पछि अँध्यारो सुरुङमा मुलुक प्रवेश गर्ने र निस्कने ढोका भने नदेखिने : संविधानसभा अध्यक्ष सुवास नेम्वाङ
पूर्वराजा ज्ञानेन्द्र शाह भोलि आइतबार नेपालगन्जमा आउनुहुने भएको छ। राजगद्दी खोसिएपछि पहिलोपटक पश्चिम भ्रमणमा आउन लाग्नुभएका पूर्वराजा शाहको स्वागतका लागि पूर्वपञ्च र हिन्दुवादीहरूले ठूलै तामझामका साथ तयारी गरिरहेका छन्। औपचारिक रूपमा धार्मिक एवम् सांस्कृतिक प्रयोजनका लागि आउन लागेको बताइए पनि उहाँको भ्रमण तयारी भने पूरै राजनीतिक ढंगले गरिएको छ। यद्यपि प्रसिद्ध वागीश्वरी मन्दिरमा पूजाअर्चनाको कार्यक्रम तय गरिएको छ। स्रोतका अनुसार दिनभरि नेपालगन्ज रहँदा स्थानीय एक होटलमा रहने पूर्वराजा शाहले मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका तत्कालीन सहयोगी तथा...
शुभचिन्तकहरूसँग राजनीतिक परामर्श गर्नुहुनेछ।  खास गरी समयसीमामा संविधान नबनेपछि संविधानसभा र दलहरूको पछिल्लो अवस्थाबारे समीक्षा पनि गरिने स्रोतको दाबी छ। त्यससँगै राजतन्त्रकोे शक्ति पर््रदर्शनका रूपमा पनि शाहको नेपालगन्ज आगमनलाई प्रस्तुत गर्न राजावादीहरू निकै जोडतोडका साथ लागिपरेका छन्। त्यसका लागि व्यापक प्रचारप्रसार गरिएको छ।

पर्ूवराजाको नेपालगन्ज आगमनको औपचारिक तयारीका लागि उहाँका निजी सचिव सागर तिमिल्सेना ३ दिनदेखि नेपालगन्जमा सक्रिय हुनुहुन्छ। तिमिल्सेनाले भने वागीश्वरी दर्शनबाहेकका कार्यक्रम जानकारी दिनुभएको छैन। उनका अनुसार आइतबार बिहान बुद्ध एअरको पहिलो उडानबाट नेपालगन्ज विमानस्थल आइपुग्ने पर्ूवराजा शाह सोझै होटल स्नेह पुगेर वागीश्वरी दर्शनका लागि पुग्नुहुनेछ। सचिव तिमिल्सेना दलबलसहित शुक्रबार वागीश्वरी पुगेर मुख्य महन्त चन्दन नाथसँग त्यसबारे परामर्श गर्नुभएको थियो।

स्रोतका अनुसार त्रिभुवनचोक सदरलाइनबाट शुभेच्छुकका साथ पैदल मन्दिर पुग्ने शाह दम्पतीले त्यहाँ २० मिनेटसम्म विशेष प्रकारको क्षमापूजा गर्नुहुनेछ। शासनसत्ताको नेतृत्वमा रहँदा पछिल्लोपटक यहाँ आएका शाहले वागीश्वरी दर्शन नगरेका कारण ँभवानी रिसाएकाले क्षमापूजा गर्न लागेको’ स्रोतको भनाइ छ। मुख्य महन्त चन्दन नाथले भने ँविशेष पूजाअर्चना’ को कार्यक्रममात्र आफूलाई जानकारी भएको बताउनुभयो।

पर्ूवराजाको नेपालगन्ज आगमनबारे सुरक्षा निकायलाई भने कुनै जानकारी दिइएको छैन। प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले प्रचारप्रसारमा त्यसबारे सुनिए पनि आधिकारिक जानकारी नदिइएको बताउनुभयो। उहाँले सुरक्षासमेत माग नगरिएकाले आफनै ढंगबाट त्यसको प्रबन्ध मिलाइने जानकारी दिनुभयो। स्वाभाविक सुरक्षा दिइनेछ, प्रजिअ गौतमले भन्नुभयो।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाबाट बाहेक अन्यत्रबाट संविधान आउन नसक्ने भएकाले संविधानसभाको म्याद थप नभए जेठ १४ पछि अँध्यारो सुरुङमा मुलुक प्रवेश गर्ने र निस्कने ढोका भने नदेखिने बताउनुभएको छ। अध्यक्ष नेम्वाङले संविधानसभा भत्किए धेरै कुरा भत्कने र संवैधानिक र राजनीतिक चुनौती खडा हुने भएकाले म्याद थप गर्ने कुरालाई साझा आधार बनाउन सबै दलसमक्ष आहवान गर्नुभएको छ। उहाँले शुक्रबार सिंहदरबारस्थित आफनै कार्यकक्षमा पत्रकारहरूसँग जननिर्वाचित संस्था नरहे निरंकुशताको जन्म हुने विगतका उदाहरणहरू प्रस्तुत गर्दै मुलुकलाई अँध्यारो सुरुङमा प्रवेश हुन नदिन दलहरूसमक्ष आग्रह गर्नुभयो।

जनताको लामो संर्घष्ा र क्रान्तिबाट जन्मिएको निर्वाचित संस्था संविधानसभाबाटै संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रक्रियालाई संस्थागत गर्नुपर्छ भन्दै अध्यक्ष नेम्वाङले संविधानसभाको म्याद थप गर्नु भनेको सबैको साझा विषयको रूपमा लिनुपर्छ भन्नुभयो।

बितेको दुइ वर्षा संविधानसभाले संविधान निर्माणको ८० प्रतिशत कार्य पूरा गरिसकेकाले बाँकी काम म्याद थप गरी कार्यतालिका बनाएर निश्चित समयभित्र काम पूरा गर्ने प्रतिबद्धतासहित जनतालाई विश्वस्त तुल्याउनुबाहेक अर्को विकल्प नभएको अध्यक्ष नेम्वाङले बताउनुभयो।

अध्यक्ष नेम्वाङले संविधानसभाको म्याद थप नगरी ताजा जनादेशमा जानर्ुपर्छ भन्नेहरूलाई सांकेतिक जवाफ दिँदै प्रश्न गर्नुभयो- ँबिरामी भएर एसएलसी दिन नसकेको आफनो सन्तानलाई सन्चो भइसकेपछि जाँच दिलाउन लगाउनु ठीक कि सन्तान बिरामी भयो भनेर त्यसलाई त्यागी अर्को बच्चा जन्माएर त्यसको भविष्य कल्पना गर्नु ठीक हो -’ उहाँले भएको सन्तान त्यागेर अर्को सन्तान जन्माउँछु र उसको भविष्य उज्ज्वल बनाउँछु भन्नु कति ठीक हो भन्ने प्रश्न गर्दैर् जन्माउँछु भन्दैमा जन्मने ग्यारेन्टी पनि नहुने बताउनुभयो।

सेना समायोजन र सत्ताविवादले नै संविधान निर्माण प्रक्रिया अवरुद्ध भएको सबैलाई थाहा भएको कुरा हो भन्दै अध्यक्ष नेम्वाङले दलहरूबीच सहमति भएको भए निर्धारित समयमा नै संविधान निर्माण कार्य पूरा गर्न सकिन्थ्यो भन्दै आफूले केही थाती रहेका कामलाई पछि पूरा गर्ने गरी संविधान जारी गर्न सकिनेतर्फपनि ध्यानाकर्षा गराएको तर समय अब बितिसकेकाले संविधानसभाको म्याद थप गर्नुबाहेक अन्य विकल्प नभएको बताउनुभयो। जनताले संविधान बनाउनका लागि जनादेश दिएकाले संविधान निर्माण नगरी संविधानसभालाई बिदा गर्नु जनभावनाविपरीत हुन्छ भन्दै अध्यक्ष नेम्वाङले राजनीतिक दलहरूबीच सहमति गरी यथाशीघ्र निष्कर्षा पुग्न पनि आहवान गर्नुभयो 

1 comment:

  1. I Wish all the best for ex king ganindra on his temple visit

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक