20100606

प्रधानमन्त्री नपाएपछी प्रचन्ड तनाबमा, आराम गर्न हेलम्बुतिर, चितवनमा माओवादीले मारेका ३८ जना र अन्य घाइते परिवारको बिचल्ली

"लडाकुलाई समायोजन नगरी अर्को चुनाव आफ्नो पक्षमा बनाउने रणनीतिमा माओवादी"
एकीकृत माओवादीका अध्यक्ष पुष्पकलम दाहाल आफ्ना परिवारजन र सहयोगीका साथ सिन्धुपाल्चोक जिल्लाको हेलम्बु तर्फ गएका छन्। आइतबार दिउसो करिव दुई बजे अध्यक्ष दाहाल सहयोगी तथा पोलीटब्युरो सदस्य अग्नी सापकोटालाई साथमा लिएर त्यस तर्फ गएको माओवादी स्रोतले जनाएको छ। आराम गर्नका लागि हेलम्बु तर्फ गएका अध्यक्ष दाहाल किन गएको हो भन्ने बारेमा केही बताईएको छैन। यस अघि पनि माओवादी अध्यक्ष दाहाल आराम गर्ने भन्दै राजधानी नजिकका जिल्लाका केही स्थानमा गएर बस्ने गर्दै आएका थिए। चितवन जिल्लाको माडी घटनाका रुपमा परिचित बाँदरमुढे बम कान्डको पाँच वर्ष वितिसक्दा समेत घटनाका पीडितले अझै राहत पाएका छैनन्। घटनाको दोषी माओवादी किटान हुँदा पनि कारबाही....
नभएको पीडितहरुको गुनासो छ। २०६२ जेठ २३ मा माडीको अयोध्यापुरस्थित बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबसमा सैनिकहरु चढेको आशंकामा माओवादीले एम्बुस बिष्फोट गराउँदा ३८ जना सर्बसाधारणको ज्यान गएको थियो। घटनामा ७२ भन्दा बढी घाईते भएका थिए। घटनाका पीडितहरुले त्यस दिनको सम्झनामा जेठ २३ लाई कालो दिनका रुपमा मान्दै आएका छन्। गत बर्ष माओवादीको सरकार हुँदासमेत राहत नपाएपछि अब राहत पाईने आशा मर्न थालेको घटनाका पीडित नमप्रसाद घिमिरेले बताए। घिमिरेले घटनामा परिवारका पाँच जना सदस्य गुमाउनु भएको थियो। घटनामा अङ्गभङ् भएकाहरु अझै पनि औषधिकै भरमा बाँच्नु परेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्ति न्यौपानेले बताए। पीडित परिवारको सकृयतामा घटनास्थल बाँदरमुढे खोलामा निर्माण गरिएको स्मारकमा आइतबार पाँचौं बार्षिकी तथा शोकसभा कार्यक्रम आयोजना गरीएको छ।
शान्तिमन्त्री रकम चेम्जोङले माओवादीले शिविरमा रहेका आफ्ना लडाकुको समायोज र पुनस्थापना गर्न नचाहेको अरोप लगाएका छन्। सोलुखुम्बुमा आइतबार सञ्चारकर्मीसंग कुरागर्दै उनले सेना समायोजन विशेष समितिका बैठकमा छलफल नै नगरी माओवादीले एक वर्ष विताएको भन्दै लडाकु समायोज र ब्यवस्थापनको पक्षमा नरहेको उल्लेख गरे। माओवादीले आफ्ना सबै लडाकुलाई समायोजन नगरी अर्को चुनाव आफ्नो पक्षमा बनाउने रणनीतिमा लागेको बताउँदै मन्त्री चेम्जोङले अनमिनले आफ्नो जिम्मेवारी ईमानदारीताका साथ पालना नगरेको आरोप लगाए।


  प्रवासी नेपाली संगठनको अन्तर्राष्ट्रिय ऐक्यबद्धता  - अनिल पाण्डे
       करिव तीन करोड नेपालीको जनसंख्यामा कम्तीमा १० प्रतिशत नेपाली मुलुकबाहिर रहेको अनुमान छ । यो प्रतिशत तेस्रो मुलुकको मात्र हो । खुला सिमानामा रहेको छिमेकी भारत जसलाई दोस्रो मुलुक भन्ने गरिन्छ त्यहाँ गएका नेपालीको संख्या थप्ने हो भने यो प्रतिशत १५-२० तिर पुग्छ । मुलुक छोडेर विदेशमा रोजगारी र अध्ययनका लागि जाने नेपालीको तथ्यांक ठीक-ठीक रुपमा उपलब्ध गराउने आधिकारिक निकायको अभावमा यति नै नेपाली फलानो मुलुकमा छन् भन्नसक्ने अवस्था छैन । कामदार तथा विद्यार्थी बनेर नेपाल छोड्ने नागरिकहरुको संख्या सर्वाधिक छ । त्यसमध्ये ठूलो परिमाणको समूह गैरआवासीय नेपालीका रुपमा विदेशमा बसोबास गरिरहेको छ । विदेशमा रहेका नेपालीहरु विभिन्न संगठनमा आबद्ध भएर आफ्नो हक-हितका लागि प्रयासरत छन् । गैरआवासीय नेपालीका संगठनहरुलाई छाता ओढाउने काम फेडेरेसनु हरुले गरेका छन् । जस्तो अमेरिकामा रहेका नेपाली संस्थाहरुका लागि एएनए छाता संगठनका रुपमा सकिरय छ । यस्ता छाता संगठनहरुले नै एनआरएनएलाई बलियो बनाउने गर्दछन् ।

एनआरएनए ल्यल चभकष्मभलत ल्भउबभिकभ ब्ककयअष्बतष्यल का सम्बन्धमा सबैलाई खासगरी नेपालबाहिर बसोबास गर्ने तमाम सचेत नागरिकलाई राम्रोसँग जानकारी छ । एनआरएनएप्रति जानकारी राख्ने प्रवासी नेपाली आज विश्वका पचासौं मुलुकमा उल्लेख्य संख्यामा रहेका छन् । मलेसिया इण्डोनेसिया खाडीमुलुक दक्षिण कोरियाआदिमा पनि नेपालीको लाम देखिन्छ तर यी मुलुकमा अधिकांशतः रोजगारीका लागि नै जाने र कमाएर फर्किने प्रवृत्ति अधिक छ । यस्ता नेपालीले एनआरएनएका सम्बन्धमा त्यति रुचि नलिए पनि विदेशमै बसोवास गर्ने मनस्थितिका व्यक्तिका लागि यो ठूलो आधारको स्रोत हुन पुगेको छ । कोरियामा समेत १० हजारभन्दा बढी नेपालीको डायस्पोरा तयार भएको अवस्थामा यसप्रतिको चासो भने दिन-प्रतिदिन बढिरहेको छ भन्न गारो छैन । भन्न के खोजिएको हो भने नेपालबाहिर पनि अब ठूलो नेपालले जन्म लिइसकेको छ । त्यसको समृद्धि र सुरक्षाका लागि सोच्न्ो बलियो निकायको आवश्यकता प्रष्ट देखिएको छ । यस आवश्यकताको परिपूर्तिका लागि एनआरएनएले जे-जति गर्दैछ त्यो स्वागतयोग्य छ- तर त्यतिले मात्र पुगेको छैन ।

नेपालीको बाक्लो उपस्थिति देखिने हरेक मुलुकमा एनआरएनएका प्रतिनिधि संस्था खुल्नु आजको आवश्यकता भएको छ । यसै आवश्यकतालाई महसुस गर्दै संयुक्त राज्य अमेरिकामा रहेका नेपालीले काम पनि थालिसकेका छन् । यसले हालै मात्र प्रकाशित गरेको विज्ञप्तिमा आगामी जुलाई ४ मा सम्मेलन गर्ने घोषणा गर्दै भनेको छ- अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई उनीहरुको चाहना र आवश्यकता पूर्ति गर्ने तथा समृद्धिका लागि संगठित गर्ने उद्देश्यले एनआरएन अमेरिकाको तदर्थ समिति गठन भएको छ । एनआरएन अमेरिकाको उद्देश्य कार्यक्रम र कार्यनीति पारित गर्ने र नयाँ कार्यसमितिको चयन गर्ने यस सम्मेलनमा अमेरिकामा रहेका सम्पूर्ण गैरआवासीय नेपालीको सहभागिता रहने पनि सो विज्ञप्तिले खुलासा गरेको छ ।


एनआरएनए अमेरिका गठनका लागि हालै मात्र अमेरिकामा स्थापित नेपाली संस्थाहरुको एक मात्र प्रभावशाली छाता संगठन एएनए को पहलमा एक तदर्थ समिति गठन भएको र त्यहाँ रहेका गैरआवासीय नेपालीलाई लक्ष्य गरेर उनीहरुको संरक्षण सुरक्षा र विकासका लागि आफ्नो क्षेत्रबाट क्षमताको अन्तिम विन्दुसम्म पुगेर निरन्तर योगदान िदंदै आएको एएनएले नै एनआरएनए अमेरिका गठनका लागि पहल गर्नु यसको नैतिक जिम्मेबारी तथा अधिकार पनि रहेको जानकारी गराइएको छ । एएनएले आफ्नो स्थापनाकालबाट नै अमेरिकामा रहेका गैरआवासीय नेपालीका साथ सहकार्य र सहयोग गर्दै विभिन्न परियोजना अघि बढाउँदै आएको छ ।

एनआरएनए अमेरिका तदर्थ समितिको विज्ञप्तिमा भनिएको छ हामी एनआरएनए अमेरिकाका लागि सकिरय हुन चाहने सम्पूर्ण संस्था तथा व्यक्तिहरुको उच्च मूल्यांकन गर्दै उहाँहरुको लोकतान्त्रिक अधिकारको सम्मान गर्दछौं । उहाँहरुलाई आफ्नो अधिकारको प्रयोग गर्न एनआरएनए अमेरिकाको प्रथम सम्मेलनमा सरिक हुन हार्दिक आह्वान गर्दछौं ।तदर्थ समितिले अमेरिकास्थित एनआरएनए अमेरिकाको ध्येय सम्पूर्ण नेपाली र नेपाली मूलका व्यक्तिलाई उनीहरुको उच्चतम हितका लागि संगठित गर्नु सहकार्य गर्दै अघि बढ्नु र उनीहरुको प्रतिनिधित्व गराउनु रहेको जानकारी गराएको छ । उसले अमेरिकास्थित गैरआवासीय नेपालीको संगठन एनआरएनए अमेरिकालाई प्रारम्भदेखि नै सबल सक्षम र उद्देश्यमा अडिग रहन उचित वातावरण तयार पारिदिनका लागि सबैमा आह्वान पनि गरेको छ । म्यासाचुसेट्स साउदर्न क्यालिफोर्निया वािसंगटन डि।सी। फ्लोरिडा न्यूजसर् टेक्सस नर्दन क्यालिफोर्निया सियाटल वािसंगटन जर्जिया मेरिल्याण्ड र न्यूयोर्कका लागि संयोजक तोकेर गठन गरिएको ११ सदस्यीय तदर्थ समिति भव्य सम्मेलनको तयारीमा जुटेको छ ।
एनआरएनए अमेरिकालाई सक्षम र उदाहरणीय बनाउनका लागि डिल्लीराज पौडेल बाल्टिमोर सँग लेखक निकै सहमत छ । विरोधका लागि भन्दा डायस्पोरा को समर्थनका लागि काम गर्नु र एनआरएनए अमेरिकाका बारेमा जानकारी आदान-प्रदान गर्नु आजको आवश्यकता हो भन्ने उहाँको सुझाब स्वागतयोग्य छ । एनआरएनए अमेरिकाले विगतका गतिविधि संस्था गठन गर्नुको उद्देश्य भावी कार्य योजना र अन्तर्राष्ट्रिय ऐक्यवद्धताका पक्षमा ध्यान दिनु भने अनिवार्य छ । नयाँ एनआरएनए अमेरिकाको आवश्यकता र विमतिका विषयहरु पहिचान गरेर लोकतान्त्रिक तरिकाले डायस्पोरा लाई सम्झाउने हो भने एकताबद्ध भएर सबै नेपाली सहयोग गर्न तत्पर हुनेछन् ।
आज प्रवासमा पुगेका नेपालीको प्रथम अभीष्ट भनेको दोहोरो नागरिकता प्राप्ति रहेको छ । कसैलाई पनि आफ्नो मात्रृभूमि नेपालबाट नाता तोड्न ईच्छा छैन । नेपालीहरु केबल अवसरको खोजीमा मात्र विदेश पुगेका हुन् । यसका लागि एनआरएनए अमेरिकाले कसरी आन्दोलन गर्छ र अभियान चलाउँछ सबैको रुचि यसमै केन्द्रित छ । नागरिकताको सट्टा परिचयपत्र दिने र त्यो प्रदान गर्न पनि नागरिकता ऐन २०६४ ले बाधा पुर् याउने जुन विडम्बनापूर्ण अवस्थाको चित्रण पौडेलले गर्नुभएको छ त्यो मार्मिक छ ।
गत २९ मेमा सम्पन्न टेलिकन्फरेन्सले पनि एनआरएनए अमेरिकाले के गर्दैछ भन्ने सन्दर्भमा केही प्रकाश पारेको छ । सजीव एवं लोकतान्त्रिक संगठनमा विवाद र विमति स्वाभाविक पक्षहरु हुन् तर विखण्डन कसैको चाहना हुन सक्तैन । हामी खण्डीत भएर अघि बढ्न सक्तैनौं । नेपालबाहिर २५-३० लाखको परिमाणमा रहेका नेपाली र उनीहरुले गठन गरेका संस्थालाई समृद्ध र सफल बनाउन ऐक्यबद्धता आजको आवश्यकता बनेको छ । यसलाई सबैले मनन गर्नैपर्छ । - मदर लैंड नेपाल


गीत
- Shekhar Dhungel
ए निस्ठुरी समय
कती धेरै बदलिन्छस ?
कहिले शितल छहारि त
कहिले छाती पोल्ने
राप बनिदिन्छस

जानी नजानी बिष धेरै पिए
आफ्ना को माया सम्झेर
भित्र भित्रै दबाए आशु
माया को नासो भनेर
दिन धेरै बिती सक्यो
न माया न नासो बाँकी रह्यो
ए निस्ठुरी समय हे .......

धेरै ब्रीक्ष रोपे फल को
असिना बर्शिदियो
धेरै मुना हुर्काए फुल को
काडा उम्रिदियो
पछाडि धकेलिस आज मलाई
न सपना न बिपना बाँकी रह्यो
ए निस्ठुरी समय हे
कती धेरै बदलिन्छस ?
shekhar1962@gmail.com


आजका सन्दर्भमा प्रचण्डका तीन ऐतिहासिक असफलताहरु

-केशब देवकोटा


नेपाल अहिले पनि राजनीतिक अन्यौल र अनिश्चिततावाट  गुज्रिरहेको छ।
१० वर्षे द्वन्दकालवाट गुजि्रएर शान्ति प्रक्रिया शुरु भई संविधानसभाको निर्वाचन सम्पन्न भैसक्दा पनि देशले राजनीतिक स्थिरताको वाटो पक्रन नसक्नु धेरैका लागि चिन्ता र चासोको विषय वनेको छ। खासगरी माओवादीले आफूलाई नेपालका अन्य राजनीतिक पार्टीभन्दा पृथक अस्थित्वको वताउँदै सत्ता र शक्तिका लागि रडाको मच्चाउँदा अहिलेको अवस्था आएको हो। तर गतिविधिका हिसावले हेर्ने हो भने माओवादी पनि नेपालका अन्य अन्य राजनीतिक पार्टीभन्दा पृथक देखिन सकेको छैन। माओवादीका अध्यक्ष प्रचण्डले पटक पटक असफल भएर पनि आफ्नो दम्भ प्रदर्शन गर्न छाड्नु भएको छैन। आफ्नो सही धरातल पत्ता लगाएर ब्यवहार नगरेसम्म यस्ता असफलताहरु पटक पटक दोहरिने छन्। अहिलेको अवस्थामा माओवादीका अध्यक्ष प्रचण्डका असफलताहरुको वस्तुतथ्य विश्लेषण हुनसक्ने हो भने पनि नेपालको राष्ट्रिय राजनीतिका संभावनाका वारेमा केही आंकलनहरु प्रस्तुत गर्न सकिन्छ। उहाँका सूचिकृत गर्न लायक अनगिन्ति गल्ति र असफलताहरु छन्। तर त्यसमध्ये निम्न ऐतिहासिक तीन असफलतालाई मात्र टिकाटिप्पणीको विषय वनाइएको छ।

जनयुद्धमा असफलताः

नेपालमा माओवादी जनयुद्ध असफल भएको भन्ने पुरानै र धेरै चर्चा परिचर्चा भैसकेको विषय हो। किनकी शोषित पीडित नेपाली जनताको मुक्तिका लागि थालिएको जनयुद्धले विना उपलब्धी शान्ति प्रक्रियामा अवतरण गर्योश। भर्खरै तानाशाही पंचायती ब्यवस्था असफल भएर वहुदलीय संसदीय ब्यवस्था पुनस्थापना भई जनताले स्वतन्त्रताको अनुभूति गर्नै लाग्दा माओवादीले जनयुद्धको थालनी गरेको थियो। जसले गर्दा तत्कालीन शासकहरुलाई माओवादीलाई कारण देखाएर जनपक्षिय अन्य राजनीतिक शक्तिहरुमाथि दमन गर्न ठूलो वल मिलेको थियो। हरेक युद्धमा जानु अघि देशको वस्तुगत र आत्मगत स्थितिको मूल्यांकन गर्ने गरिन्छ। दुवै परिस्थिति अनुकूल नभई युद्धमा गए पराजित होइन्छ भन्ने विश्वब्यापि मान्यता नै छ। विश्वमा यसका अनेक उदाहरणहरु थिए र छन् पनि। ठोस परिस्थितिको ठोस विश्लेषण विना आन्दोलनमा जाँदा पराजित हुने कुरा पनि अनेक घटनाले पुष्ठि गरेका छन्। तर माओवादीले त्यतिवेलाका जनपक्षिय देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिसँग सामान्य सम्वाद समेत नगरी पार्टीलाई युद्धमा होमेको थियो। माओवादी वाहेकका प्रायः सवै वामपार्टीहरुले त्यसलाई दुस्साहसको संज्ञा दिएका थिए। त्यमध्येका कतिपय वाम पार्टीहरु हाल माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछि सोही पार्टीमा गोलवन्द पनि भएका छन्। १५ हज्जारभन्दा वढि नेपालीको ज्यान गयो। हज्जारौ अंगभंग र हज्जारौ वेपत्ता भए। राष्ट्रले ठूलो धनजनको क्षति ब्यहोर्नु पर्योर। भारत वाहेकका मुलुकले शान्ति क्षेत्रका रुपमा समर्थन गर्दै गएको अवस्थामा नेपाल अशान्त र हिंसाग्रस्त मुलुकका रुपमा प्रमाणित हुनपुग्यो। आज द्वन्द र हिंसामा झनझन फस्दै गैरहेको छ। कसले कति र कस्तो लाभ हासिल गर्योम त्यसको हिसाव अलग होला तर समग्रमा शोषित पीडित नेपाली जनताका लागि हात लाग्यो सुन्नावाहेक केही भएन।

संसदलाई खसिको टाउको देखाएर कुकुरको मासु वेच्ने थलो भन्दै जंगल पसेकाहरु रातारात संसदमा फर्केर सरकारको नेतृत्व गर्ने तहसम्म पुगे। जनयुद्ध थालेर त्यसलाई घोषित लक्षमा नपुर्यासउदै वीचैमा छाडेर पछाडि फर्कनु नेतृत्वदायी ब्यक्तिका हिसावले प्रचण्डको ऐतिहासिक ठूलो असफलता हो।

सरकारको नेतृत्व गर्न असफलः


राजा र कांग्रेस लगायतका संसदवादी दलको गतिविधिवाट वाक्क भएका नेपाली जनताले शान्ति प्रक्रियामा आएको माओवादीले केही गर्ला कि भनेर गत निर्वाचनमा मत दिई संविधानसभाको सवैभन्दा ठूलो दल वनाएका थिए। संसदमा ठूलो दलको नाताले माओवादीले आफ्नो नेतृत्वमा सरकार पनि वनायो। तर त्यसले कुनै उपलब्धीपूर्ण काम होइन सामान्य दैनिक प्रशासन पनि चलाउन सकेन। सामान्यतया संयुक्त सरकारको नेतृत्वगर्नेहरुले सत्ता साझेदार दलहरुलाई विश्वासमा लिनुपर्ने हुन्छ। छिमेकी भारतमा त्यस्ता गठवन्धन सरकारहरु धेरै चलेका छन्। नेपालको संसदीय राजनीतिको इतिहासमा पनि त्यस्ता कतिपय उदाहरणहरु छन्। तर माओवादीले संविधानसभामा रहेका दलहरुलाई विश्वासमा लिएर काम गर्न सकेन। नेपाली कांग्रेस शुरुमै प्रतिपक्षमा वस्यो भने सरकारमा सामेल अन्य दल पनि माओवादीसँग सहमत हुन सकेनन्। माओवादी नेतृत्वको सरकार गठन भएको महिनादिन नपुग्दैदेखि सरकारमा सहभागी दलहरुका वीचमा दरार पैदा भयो। आखिर माओवादीले कुशलतापूर्वक सरकार संचालन गर्न नसकेर नौ महिना पुग्दा नपुग्दै छाड्नु पर्योद। सरकार मातहतका एकजना कर्मचारीसँगको कलहले सरकार छाड्नुपर्ने अवस्था आउनु देख्नेहरुका लागि लाजमर्दो विषय नै वन्यो। माओवादीका अध्यक्ष प्रचण्डले स्वयं संयुक्त सरकारको नेतृत्व गरेकाले त्यो पनि उहाँको ऐतिहासिक असफलता नै थियो।

प्रतिपक्षका रुपमा पनि असफल:


माओवादीजस्तो पार्टी प्रमुख प्रतिपक्षका रुपमा स्थापित हुँदा देशमा धेरै रचनात्मक र जनपक्षिय कामहरु होलान भन्ने जुन जनअपेक्षा थियो त्यो पनि ब्यर्थ सावित हुन पुर्योत। सरकारवाट हटेको लगत्तैदेखि प्रमुख प्रतिपक्षी दलले निर्वाह गर्नु पर्ने रचनात्मक भूमिका निर्वाह नगरी जसरी भए पनि सत्ता र शक्तिमा पुग्ने रडाको मच्चाउँदा निर्धारित मितिमा गणतन्त्र नेपालको नयाँ संविधान त वन्न सकेन नै। त्यसका अतिरिक्त गणतन्त्रको भविश्यमाथि समेत अनेक शंका र उपशंकाहरु ब्यक्त हुने अवस्था सिर्जना भयो। वामपार्टीको नेतृत्वमा रहेको सरकारलाई वाम पार्टीले नै ढाल्ने प्रयास गरिरहेको दृश्य विश्व समूदायले देख्नु परेको छ। सरकारको नेतृत्वमा पनि वाम पार्टी र प्रमुख प्रतिपक्षी दल पनि वाम पार्टी हुँदा पनि देश र जनताको पक्षमा काम हुदैनन् भने नेपाल र नेपालीका लागि यो भन्दा निराशाको अर्को के विषय हुनसक्छ? ठूलो पार्टीका हिसावले सरकारको नेतृत्व गर्ने अधिकार माओवादीको हो। उसले यसलाई अधिकार मात्र नसम्भि्कई दायित्वका रुपमा समेत लिएको भए निश्चय नै अहिलेको जस्तो अवस्था आउने थिएन। माओवादीले विगत एकवर्षको अवधिमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको भए नेपालको राष्ट्रिय राजनीति धेरै सकारात्मक ढंगले अगाडि वढिसकेको हुने थियो। यसरी प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने काममा पनि प्रचण्ड असफल हुनु भएको देखियो।

नेपाली उखान नै छ वनतिर जाँदा घरतिर मुख र घरतिर जाँदा वनतिर मुख फर्काएर हिंडियो भने निश्चयनै निरन्तर ठेस लाग्दछ। अहिले माओवादीका सन्दर्भमा त्यही नै भएको छ। सवै सन्दर्भमा अलग अलग भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। त्यही अलग ठाउँमा अलग भूमिका निर्वाह गर्ने कलाले नै मानिस वा पार्टीलाई सफलता वा असफलतामा पुर्या उँछ। माओवादीका अध्यक्ष प्रचण्डका तीनवटा

ऐतिहासिक असफताले भन्छ(माओवादीले सर्वप्रथम आफ्नो लक्ष र भूमिकालाई तय गर्नु आवश्यक छ। असफलता नै असफलता ब्यहोरेकाहरुले फेरी सरकारको नेतृत्व गर्ने इरादा राख्दा कतै देश नै असफल हुने त होइन भन्ने धेरैको अहिलेको चिन्ता हो।



पोहर हलो जोत्दै गर्दा विर्खे

-PREM OLI


कांग्रेसीहरु आए


जमिन जोत्नेको


घर पोत्नेको


उसलाई बेसरी उक्साए


उस्कै घरमा मासु भात खाए,


विचरो विर्खेलाई


पर्चा बोकाए, ठेली बोकाए


वम थमाए, पुलिसले समाए


प्रजातन्त्र ल्याएपछि


नेताले राम्रो पद लत्याए


विर्खेलाई खेतमा नै हुत्याए ।






अस्ति विर्खे वारी जोत्दै गर्दा


मालेहरु आए


उस्को हलो समाए


नक्कली पर्ुजा थमाए


काममा सघाए


दाल भात खाए


फेरी उसलाई मनाए,


विचरो विर्खेलाई


रातभरी हिडाए


किताबहरु बोकाए


तालीहरु ठोकाए


झन्डाहरु थमाए


पुलिसले समाए


पुनःप्रजातन्त्र आएपछि


नेताहरु राम्रो पद खाए


विर्खेलाई त्यही हलो थमाए ।



हिजो फेरी विर्खे वारीमा नै थियो


माओहरु आए


हातहरु मिलाए


काँधहरु मिलाए


बुढो विर्खेलाई पानी पनि पिलाए


जे पाक्यो त्यै खाए


क्रान्तिको गीत सुनाए


उसलाई फेरी उक्साए,


त्यसपछि उसलाई


थोत्रो बन्दुक बोकाए


डोको नाम्लो बोकाए


र्घाईतेलाई बोकाए


मृतकलाई बोकाए


गनतन्त्र पनि आयो


कसैले मन्त्रि पाए


कसैले के खाए


विचरो विर्खेलाई


सबैले कजाए, सबैले कमाए


अन्तमा उही हलो थमाए ।






आज विर्खे विरामी पर्दा


न कांग्रेसहरु आए


न मालेहरु आए


न माओहरु आए


मृत्यु शैयामा लडेको बेला


विर पुरुष लेखिएको हलो


उसको छोरोलाई थमाए ।।।


शान्तिका परेवाहरु(कविता )




आज बिश्वो शान्ति दिवस


त्येसैले दर्जनौ परेवाहरु


शान्तिको बिकुल फुकेर


आकासमा उडाइदैछन,


तर बेर्थै छ तिमीले


ति परेवाहरु उडाउनु


किनभने


कति कावा खादै गर्दा


गुलेलिले झारिन सक्छन


कति बन्दुकको छर्राले


पानीघाटमा मारिन सक्छन


कति चिल र बाजबाट


शिकारलाई चारिन सक्छन


र बचेका


ति बिचराहरुलाइ पनि


राति बासस्थानमा


शान्ति भन्न नपाउदै


टाउको निमोठेर


कान्छीको भट्टीमा तारिन सक्छन


र तिमीले उडाएका


ति शान्तिका परेवाहरु


शान्तिको धुनीसंगै हारिन सक्छन


कावा खादै गर्दा आकासमा


गुलेली झारिन सक्छन/

-Prem oli

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक