20100610

संबिधान बनोस नबनोस प्रचन्डलाई प्रधानमन्त्रीको कुर्सी नभै नहुने रे ! बाबुरामलाई फेरी लोप्पा

प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले भावी राष्ट्रिय सहमतीको सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै गर्ने पुरानो अडान दोहोर्‍याएको छ। अध्यक्ष दाहालको निवास नयाँ वजारमा विहिबार वसेको माओवादी पदाधिकारीको वैठकले राष्ट्रिय सरकारको नेतृत्वमा अन्य विकल्प नरहेको स्पष्ट समेत पारेको छ। अध्यक्ष दाहालको विकल्पमा उपाध्यक्ष डाक्टर वावुराम भट्टराईको नाम चर्चामा रहेको वेला माओवादीले त्यस्तो अडान दोहोर्‍याएको हो। राष्ट्रिय सरकारका लागि पार्टीले अन्य विकल्प समेत अगाडि सार्ने वताईरहेको वेलामा माओवादीले पूर्व अडानलाई निरन्तरता दिएको हो। माओवादीले सरकारको नेतृत्व गर्ने अवसर आएको.......
ख48डमा अध्यक्ष दाहालले नै नेतृत्व गर्ने वैठकपछि माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी गराए। माओवादी नेतृत्वको सरकार वन्ने भएपछि अनेकन षड्यन्त्र भैरहेको दावी गर्दै उपाध्यक्ष श्रेष्ठले माओवादी पुरानै अडानमा अडिग रहेको स्पष्ट पारे।

अयोग्य लडाकू अपराधमा संलग्नः प्रहरी

  प्रहरी नायब महानिरीक्षक एवम् प्रहरी प्रवक्ता विज्ञानराज शर्माले अन्मिनद्वारा अयोग्य घोषित माओवादी लडाकूहरु मुलुकभर भएका विभिन्न आपराधिक घटनामा संलग्न रहेको बताउनुभएको छ। बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले मुलुकका विभिन्न ठाउँमा भएको अपराधमा अयोग्य भएर शिविरबाट बाहिरिएका लडाकू त्यस्तो अपराधमा संलग्न भएको पाइएको जानकारी दिनुभयो।
उहाँले भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठको अपहरण सम्बन्धमा प्रहरीले आयोग गठन गरी विस्तृत रुपमा अनुसन्धान गरिरहेको र निकट भविष्यमा यसबारेमा जानकारी दिने बताउनुभयो। नेपाल प्रहरी टोलटोलमा पुगेर शान्तिसुरक्षा कायम गर्न प्रयासरत रहेको र सोहीअनुरुप थप दरबन्दी माग गर्ने पहल भइरहेको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक शर्माले अपराधी ठूलो होस् वा सानो यदि दोषी भएको पाइए जोसुकैलाई कारबाही गरिने बताउनुभयो।

उहाँले वैशाख महिनामा मुलुकभर ४ सय ६६ वटा राजनीतिक विरोधका कार्यक्रम भएको जानकारी दिनुभयो। वैशाख महिनामा बन्दहडताल २ सय ८४ धर्ना ६३ तालाबन्दी ५४ चक्काजाम ६५ तथा विरोधजुलुस ४ सय ५१ वटा भएको जानकारी दिनुभयो। यस अवधिमा भएका अपराधका घटनामध्ये अधिकांशमा प्रहरीले सफलता प्राप्त गरेको उहाँले दाबी गर्नुभयो। चैतको तुलनामा वैशाखमा ४ प्रतिशतले अपराध वृिद्ध भएको जानकारी दिँदै प्रवक्ता शर्माले गत महिना डाका मानव बेचबिखन आत्महत्या हातहतियार र महिला बालबालिकासम्बन्धी अपराधमा वृद्धि भएको उल्लेख गर्नुभयो।
पत्रकार सम्मेलनमा उहाँले प्रमुख घटनाहरु राजनीतिक विरोध कार्यक्रम अपराध तथ्यांक विवरण तथा विश्लेषण अपहरण हातहतियार तथा विस्फोटक पदार्थ बरामद लागू औषध संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता तथा देशभर विगतमा भएका घटनाहरुका बारेमा जानकारी दिनुभएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक