20100621

न्यू योर्कमा रुक्माङद कटवालले प्रधानमन्त्री "छबिलाल" उर्फ "प्रचन्ड" को दोहोलो यसरी काढे !!!


न्यू योर्क-  न्यू योर्क बासी नेपालीले सोचेका थिए होलान आर्मी को जर्नेल रुकमाङद कटवाल केबल आर्मी त हो तर जतिखेर उनी प्रश्न का उत्तर दिन्थे बुझक्कड मै हुँ भन्ने नेपाली को दिमाग घुम्थ्यो अर्थात उनी त्यती गहिराइमा पुगेर राजनीतिक कुराको बिस्लेसण र लेखाजोखा गर्थे, हुन त पहिलो पटक कटवालको भासण् सुन्ने त उनका कुरा सुन्दा आँखा चिम्लिन समेत् बिर्सेंको देखिन्थ्यो, न्यू योर्क का एक नेपाली प्रोफेसर ले नेपाल मदर सँग भने "कटवाल चान्ने चुन्ने ब्यक्ती होइनन भन्ने कुरा मा म अब अलमल छैन, नेपालको एउटा ज्युंदो सपुत रहेछ, कटवाल जत्तिको गहिराइ भएको कुनै नेता पनि मैले कुनै पार्टिमा देखिन, त्यसै प्रचन्डलाई सुताइदिएको रहेनछ यो मान्छेले, नेपाल र नेपाली प्रतिको उसको लागाब देख्दा म तीन छक परेँ, यो मान्छे ले केही गर्छ राष्ट्रका लागि, म अलिकती आशाबादी भएको छु उनिबाट"  ...........                
नेपाली सेनाका निबर्तमान प्रमुख रुक्माङद कटवाल साँच्चिकै कुर्लने सेनापति रहेछन्। यो कुरो न्यू योर्कको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आइतबार दिउँसो भएको गरमागर्मी अन्तर्कृया कार्यक्रममा उनले कड्किएर गरेको खरो भाषाणले प्रमाणित गरेको छ।

गणतान्त्रिक नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ "प्रचन्ड" लाई "प्रधानमन्त्री छबिलालजी" नामबाट सम्बोधन गरी प्रचन्डको खिल्ली उडाउँदा अन्तर्कृयामा उपस्थित केही श्रोताहरुलाई नेपालको को प्रधानमन्त्री रहेछ भनेर अलमल्ल पार्न सफल भएका नेपाली सेनाका निबर्तमान प्रमुख रुक्माङद कटवालले अर्को एक प्रसंगमा प्रचन्डको शक्तिखोरको भिडियो कान्डको खुलासा गर्दै जनरल कटवालले पूर्व प्रधानमन्त्री प्रचन्डलाई ठाडो भाषामा भने- "त्यो भिडियो हेर्नुस्, उस्ले भन्या छ, मैले दन्त्य कथा बना" हैन। त्यहाँ भन्या छ- त्यो कटवाल, त्यो कटवालले बुझ्या छ। मेरो नाम ल्या"छ त्यो भिडियोमा।"

Former Nepal Army Chief Rookmangud Katawal with Nepalese Democratic Youth Council (NDYC USA) President Pramod Sitaula.. Photos: eEyeCam.com
उसो त उनले आफु माओवादीको बिरोधी नभएको बताउन नभुलेका उनले तर माओवादिको सिद्धान्त संसारबाट लोप भईसकेको भन्न पछि परेनन्।

कटवालले नेपाली सेनाको बिगतका काम कार्यबाहीका बचाउ मात्र गरेनन् बल्की नेपाली सेनाले ब्यारेक भित्र मारेको भनिएकी किशोरि मैना सुनुवारको बिषयमा बोल्दा सेनाले ब्यारेकमा मार्दै नमारेको दाबीसमेत गरे।

Participants at the interaction program in New York. Photos: eEyeCam.com
उक्त कार्यक्रमको अडियो रेकर्ड सुन्नुहोस्:


अझ उनले नेपाली मानब अधिकारबादीहरु र मिडियाले उक्त हत्यालाई अतिरन्जना गरेको बताउँदै आनी छोयिङको गीत उल्लेख गरे:

"फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार"


उनले गीतको टुक्का भन्नुको अर्थ थियो- घटनालाई एक पक्षिय रुपमा बुझ्नु भएन।

कटवालले यो पनि थपे कि- "लडाईंको बेलामा When hot bullets start flying over your head you do not think of human rights. It's a fact of life हजुर।"

एक घण्टा ४२ मिनट चलेको अन्तर्कृयामा पूर्व सेनापति कटवालले यती धेरै प्रसंगहरु उपर आफ्ना धारणा ब्यक्त गरेका छन् कि यो पङ्क्तिकार अमेरिकि सोसियल फोरमको एक हप्ते भेलामा जाने तजबिजमा लागेको कारण बिना टिप्पणी उक्त अन्तर्कृया कार्यक्रमको पूर्ण अडियो रेकर्ड र केही भिडियो अर्काइभ पेश गर्न बिबश भएकोछ।


-Pradeep Thapa Magar in New York. 



Former Nepal Army Chief Rookmangud Katawal in New York on June 20, 2010. Photos: eEyeCam.com



Nepalese Democratic Youth Council (NDYC USA) President Pramod Sitaula. Photos: eEyeCam.com



Dr. Gobinda Koirala. Photos: eEyeCam.com



Lawyer Durga Bhurtel. Photos: eEyeCam.com





Former Nepal Army Chief Rookmangud Katawal in New York on June 20, 2010. Photos: eEyeCam.com









Emcee and NDYC USA VP Bishnu Subedi. Photos: eEyeCam.com



Human Rights Activist Dhaniram Sapkota. Photos: eEyeCam.com



Langhali Association USA Secretary Manbahadur Rana Magar.



Former Nepal Army Chief Katawal receiving khada from Pemba Sherpa Yolmo, President of Holmo Society of America. Photos: eEyeCam.com



Former Nepal Army Chief Katawal with FIPNA General Secretary Aditya Maharjan. Photos: eEyeCam.com






Former Nepal Army Chief Katawal receiving khada from USNepalOnline.com contributing photographer Ang Kami Sherpa (PhotoHera.com). Photos: eEyeCam.com



General Katawal with NRN ICC USA Representative and owner of Himalayan Yak Restaurant Sonam Lama. Photos: eEyeCam.com



General Katawal with Nepali Congress USA Representative Mridula Koirala, Dr. Tara Niraula & Sail Upadhyaya. Photos: eEyeCam.com



General Katawal with late Girijaprasad Koirala's niece Sail Upadhya.



General Katawal leaving the interaction venue. Photos: eEyeCam.com / Sources : Pradeep Thapa Magar/ USnepalonline

for related other news and video please click on this link
http://www.nepalmother.com/2010/05/blog-post_7856.html 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक