20100625

माओवादीबाट मारिएकालाई शहिद घोषणा

प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयको प्रयासपछि माओवादीबाट मारिएकालाई सरकारले सहिद घोषणा गरेको बताएका छन्। आफुले प्रधानमन्त्री भए देखीनै द्धन्दकालमा माओवादीबाट मारिएकालाई शहिद घोषणा गर्न.....
पहल गरेको उनले बताए। आफ्नै कार्यकक्षमा आज माओवादी पिडितसँगको भेटमा प्रधानमन्त्री नेपालले त्यसका लागि आफूले पटक–पटक आफ्नो दलमा समेत प्रस्ताव गरेको बताए। भेटमा प्रधानमन्त्री नेपालले माओवादी पिडितहरुलाई सहयोग गर्नु राज्यको दाहीत्व भएको पनि बताएका थिए। माओवादी पिडितहरुले भने द्धन्दकालमा माओवादीबाट कब्जा गरिएको घरजग्जा एव सम्पत्ति फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका छन्।
एकीकृत नेकपा माओवादी का पोलिटव्युरो सदस्य जनार्दन शर्माले वाइसीएल विघटन नभई अझै विस्तार गरिने बतएका छन् । सत्तारुढ दलहरुले सरकारको नेतृत्वको लागि वाइसीएलको अर्धसैन्य संरचना विघटनको सर्त राखिरहेको बेला पूर्व शान्तिमन्त्री समेत रहेका पोलिटब्युरो सदस्य शर्माको यस्तो भनाई आएको हो । रुकुम सदरमुकाममा आज विहान आयोजित कार्यकर्ता भेटघाटमा नेता शर्माले माओवादी कार्यकर्ताहरु समाजिक काम गरेर जनतामाझ लोकप्रीय भएको देख्न नचाहने पुराना संसदवादी दलहरुले वाईसिएल विघटनको कुतर्क गरेको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक