20100629

पदको प्रलोभनमा मुलुक, मुलुकवासी र स्वयंलाई पंगु बनाइरहेका 'हाम्रा गणतान्त्रिक/लोकतान्त्रिक राजनेताहरू'लाई कति घृणा गर्नु !
- अशोक सिलवाल
"हिंसात्मक द्वन्द्वको समाप्ति भयो भनेर ठूल्ठूला राजनीतिक उपलब्धि भएको चर्का भाषण गर्ने के कांग्रेस, के एमाले, के माओवादी, सबैको गालामा यी घटनाहरू चोटिलो प्रहार हो"
हत्या र कुटपिट फेरि पनि अखबारका हेडलाइन बनिरहेका छन्, दैनिकजसो । असुरक्षाका कारण कार्यक्षेत्रमा काम गर्न, नसकिएको खासगरी तर्राई क्षेत्रका गाविस सचिवहरूको व्यापक दुःखेसो मात्र होइन, राजीनामा दिएको समेत सुनिन थालेको छ । भर्खर मात्र लुम्बिनी अञ्चलका व्यवसायीहरूले सुरक्षा नपाए राज्यलाई कर नतिर्ने कठोर चेतावनी दिएका छन् । उता, शनिबार वीरगन्जमा हिन्दू युवा संघका काशी तिवारीको हत्या भएको छ । समाचारअनुसार माओवादी कार्यकर्ताको कुटपिटबाट गोरखामा १० कांग्र्रेस कार्यकर्ता....
र एक प्रहरी घाइते भएका छन् । यी त केही उदाहरण मात्र हुन् । किन र कसका कारण यस्तो भइरहेको छ - त्यो आफंैमा एक गम्भीर चुनौतीको विषय हो । तर, हिंसात्मक द्वन्द्वको समाप्ति भयो भनेर ठूल्ठूला राजनीतिक उपलब्धि भएको चर्का भाषण गर्ने के कांग्रेस, के एमाले, के माओवादी, सबैको गालामा यी घटनाहरू चोटिलो प्रहार हो । दर्ुभाग्य, ती प्रहारले हाम्रा 'राजनेता' हरूको बुझेको अभिनय गर्ने तर मरिसकेको चेतनालाई छुन सक्दैन । त्यस्तै त भइरहेको छ, अहिले । होइन भने किन तिनका व्यवहार अशान्तिलाई शान्ति, असामाजिकलाई सामाजिक, विद्वेषलाई सद्भाव र प्रतिगमनलाई अग्रगमन बनाउनेतिर केन्द्रित छैन - किन लोकतन्त्र साँच्चैको लोकतन्त्र हुन सकिरहेको छैन - किन जनता शासितमा छन् अझै पनि - हो, राजधानी वा कतिपय स्थान तुलनात्मक रूपमा तर्राई वा अन्य त्यस्तै जोखिमका खास क्षेत्रहरूभन्दा सुरक्षित होला । तर, के मुलुकको नेतृत्व गर्र्छौं भन्नेहरू वा गरिरहेकाहरूले त्यसलाई उपलब्धि मानेर देशको दर्ुदशालाई बिर्सने - अनि सत्ताको केन्द्रमा कसरी आफू पुग्ने र यदि आफू पुग्न सकिँदैन भने अनिर्ण्र्ााो बन्दी बनाएर मुलुकलाई नेतृत्वविहीन बनाइरहन हरेक किसिमका खेल खेलिरहने - देशका 'दिग्गज'हरूको दैनिकी नै बनिसकेका छन्, यी व्यवहारहरू । 'राजा/महाराजामा आधारित व्यक्तिकेन्द्रित युगको समाप्ति र गणतन्त्र अर्थात् जनयुगको उदय हाम्रा कारणले भयो' भनेर जनतालाई अर्ती/उपदेश दिन कहिल्यै नथाक्नेहरूबाट हाल प्रदर्शित व्यक्तिकेन्द्रित राजनीति -अझ यसलाई अराजनीति भन्नु उपयुक्त होला) ले जनतामा उनीहरूप्रति घोर घृणा उत्पन्न हुन थालेको छ । देशको दर्ुर्दिन थप भयावह हुनलाई के यो पर्याप्त छैन - व्यक्तिकेन्द्रित राजनीति त्यतिमै सीमित छैन, गनेरै साध्य नलाग्ने नेताहरूको 'भीड'ले निरन्तरको जनविरोधी कर्म गरिरहेको देख्दा तिनलाई राजनीति होइन, धोकानीतिका अभियन्ता र पर््रवर्तक भन्नु जायज होला ।
फेरि पनि धोकानीतिमा क्रियाशील 'महोदय'हरूको असफलतातिर नै लागौं । यो रहर होइन, निराशा र घृणाले भरिएको जनमनोविज्ञानको उपज हो । संक्रमण समयको समाप्ति नहुन्जेलसम्म सहमतीय प्रणालीबाट अगाडि बढ्न सहमत भएर पनि संविधानसभा निर्वाचनपछि बहुमतीय यात्रा थाले उनीहरूले । त्यसैअर्न्तर्गत राष्ट्रपतिको निर्वाचन भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भए । तर, उनी प्रधानमन्त्रीका रूपमा एक वर्षपनि टिकेनन् । बहुमतीय बाटोबाट एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । उनी कति सफल भए वा
भएनन् - त्यो सबैले देखेकै हो, भोगेकै हो । 'प्रधानमन्त्री भएर पनि उनी प्रधानमन्त्री भएनन्' भन्न कुनै अप्ठयारो मान्नुपर्दैन । अझ पछिल्लो समयमा त उनी अर्को नआइपुगुन्जेललाई प्रधानमन्त्री पद जिम्मा लिएर मात्र बसिरहेका छन् । अर्थात्, पर्ूवप्रधानमन्त्री प्रचण्डको बहुमत यात्रा त पहिल्यै देखियो । बहालवाला प्रधानमन्त्री माधवकुमार नेपालको बहुमत यात्रा अहिले झन् प्रस्ट देखिँदै छ । माधवकुमार नेपाल वा प्रचण्डको असफलता रूपमा होला, तर सारमा त्यो उनीहरूको मात्र होइन, नेपाली जनता र समग्र राष्ट्रको असफलता हो । मुलुकको गिर्दो आर्थिक, सामाजिक, राजनीतिक अवस्थाले के त्यो सिद्ध गर्दैन र - समयमा काम फत्ते नगरेपछि सजायको सट्टा अवसर पाएर पनि नचेतेकाहरूबाट आशा गर्नु नै बेकार हो । विकल्पहीनताको बाध्यतालाई बुझेर होला, वर्तमान पनि यसअघिको अवधिमा झैं अकर्मण्यता, सत्तालोलुपता, गैरजिम्मेवारी र आरोप-प्रत्यारोपको पर्याय बनिरहेको छ । घिनलाग्दो निरन्तरता ।
सम्बोधनहीनताले राष्ट्रिय मुद्दाहरू ओझेल पर्दै छन् । तर, तिनको असरस्वरूप विदेश पलायन, नेतृत्वप्रतिको घृणा, सपनाशून्यता, हतियार मोह, अराजकता अनि त्यस्तै प्रकृतिका प्रवृत्तिहरू नजानिँदो पाराले फराकिलो हुँदै छ । त्यसले निम्त्याउने भयावह तस्बिरको कल्पना मात्र गर्न सकियो भने पनि मति भ्रष्ट भएर कुमार्गमा दौडिँदै गरेका हाम्रा 'महान् नेताहरू'को दौड-दिशा परिवर्तन हुन्थ्यो कि - 'सत्तामा तिमीहरू मिलेर बस, सुखभोग पनि तिमीहरू नै गर तर हामीलाई सुशासन देऊ, संविधान र शान्ति देऊ' अहिलेको आमअपेक्षा यति नै हो । तर पनि स्थिति सहज छैन । र, तत्कालै सहज हुने छाँट पनि छैन । वास्तविक हो कि कृत्रिम, यो झगडा केका लागि - किन - कहिलेसम्म - परिवर्तनलाई पदले होइन, प्रवृत्तिले प्रस्ट पार्छ । पदको प्रलोभनमा मुलुक, मुलुकवासी र स्वयंलाई पंगु बनाइरहेका 'हाम्रा गणतान्त्रिक/लोकतान्त्रिक राजनेताहरू'लाई कति घृणा गर्नु -ashoksilwal@gmail.com

 विद्यालय भवन निर्माणमा सहयोग गरौं !
Dear all,
Thank you very much for all your supports. I really appreciate it because with out you all, this project would have never been completed.  However, some of our friends still have not Gaven us the donation they had promised they would and because of that our mission is not completed yet. The school is done but we still need money for the roof. So i would like to request you all to mail the check ASAP so that we can continue our construction and finish it soon. Please Check the pictures attached which shows the before and after of kids studying on the grass before and now a little brick school that we have built for them to study at.
You can see the difference yourself.
Thank you very much
Anil Pandey
President

(Motherlandnepal)
www.motherlandnepal.org


                      Request for Donation for School Construction in Nepal.
                         ( Jhapa District in a village called Koro Bari )
 
Their education. They only need about 200,000 NRs. So we have to collect about US$ 3000.00
In a remote area of Jhapa District in a village called Koro Bari, children from the very poor family and they are from the Santhyal tribe .Local administration have provided some grant to buy corrugated sheet for the roofing and provided some land to build the school. They do not have sufficient money to buy bricks and other materials .So they have urged us to help them so that they can build their school and have better environment for their education. They only need about 200,000 NRs. So we have to collect about 3000.00 US$.
 We humbly request our friends to raise this amount so that young children at Korobari, Jhapa will get an education.
 Our little helps them to make better future for them.
 Education is the only way to produce good citizen so let us donate some to make a better and prosperous Nepal.
 
Long Live our “Motherland  Nepal”
thanks
anil pandey
www.motherlandnepal.org
  मदरल्याण्ड नेपाल
 क्यालिफोर्निया युएसए
 
  मितिः २७ अपि्रल २०१०

  प्रेस विज्ञप्ति



  विद्यालय भवन निर्माणमा सहयोग गरौं !
  झापा जिल्लाको कोरोबारीमा
  रहेका लोपोन्मुख आदिवासी सन्थाल जातिका नागरिकहरु सोही गाविसको वडा नंं। ४
  मा आफ्ना बालबालिकाका लागि चर्को घाम र वर्षाबाट जोगिनेसम्मको सामान्य
  विद्यालय भवन बनाउन चाहन्छन् तर आर्थिक स्रोतको अभावमा उनीहरुको चाहना
  सपनामा मात्र सीमित भएको छ ।

  उनीहरुको अवस्थालाई ख्याल गर्दै गाविसले बालविकास केन्द्र भवन निर्माणका
  लागि एक लाख रुपियाँबराबरको जमिन तथा जस्तापाता उपलब्ध गराइसकेको छ । सो
  केन्द्रका लागि जिल्ला शिक्षा कार्यालयले एक सहयोगी कार्यकर्ता पनि
  नियुक्त गरिसकेको अवस्था छ । मेहनती सन्थालहरु जगहाल्न र गाह्रो उठाउन
  श्रमदान गर्न तयार छन् तर उनीहरुलाई इँटा काठजस्ता निर्माण सामग्री खरिद
  गर्नका लागि करिब दुई लाख नेपाली रुपियाँ अनुमानित डलर २ हजार ८ सय को
  सख्त आवश्यकता छ । सो आवश्यकता पूरा गर्नका लागि कोरोबारी गाविस साचालन
  समितिले मदरल्याण्ड नेपाललाई यही २० अपि्रलमा एक पत्र लेखी सहयोग गरिदिन
  अनुरोध गरेको छ ।

  विगतमा पनि यस्तै आवश्यकतामा रहेका बाढीपीडित दुर्घटनामा परेका हंसाको
 शिकार पत्रकार अस्पताल निर्माण आदिका सम्बन्धमा मदरल्याण्ड नेपालले सघाएको
  सबैमा जानकारी नै छ । यस पटक पनि ठूलो आशाले माग भई आएका कारण शुभचिन्तक
  सबैले आफ्नो पसिनाको कमाई १०-२० डलर चन्दा प्रदान गरिदिनु भए सन्थाल
  जातिका बालबालिकाले शिक्षाको उज्यालो घामबाट विाचत हुनुपर्ने थिएन भन्ने
  विनीत अनुरोध गर्दै उदार व्यक्तिहरुमा सहयोगका लागि सादर अनुरोध गर्दछु ।

  चन्दा दिन चाहने व्यक्तिले मदरल्याण्ड नेपालमा सम्पर्क गर्नु हुन सादर अनुरोध छ ।

  ……………

  अनील पाण्डे
  अध्यक्ष

 2106 Otish drive # E
 Alameda,ca 94501
USA



The New Busy is not the old busy. Search, chat and e-mail from your inbox. Get started.
12 attachments — Download all attachments   View all images  
DSC00469.JPGDSC00469.JPG
93K   View   Download  
DSC00470.JPGDSC00470.JPG
88K   View   Download  
DSC00471.JPGDSC00471.JPG
99K   View   Download  
DSC00471.JPGDSC00471.JPG
99K   View   Download  
DSC00472.JPGDSC00472.JPG
99K   View   Download  
DSC00473.JPGDSC00473.JPG
96K   View   Download  
DSC00475(2).JPGDSC00475(2).JPG
87K   View   Download  
school before.JPGschool before.JPG
103K   View   Download  
school before.JPG-2.JPGschool before.JPG-2.JPG
95K   View   Download  
V.C.D. Sipharis-1.JPGV.C.D. Sipharis-1.JPG
133K   View   Download  
before school -1.JPGbefore school -1.JPG
83K   View   Download  
motherlandnepal.org.jpg

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक