20100605

"घुमाइ फिराइ अपहरण मा माओवादीको हात ": प्रहरी श्रोत, अपहरित डा. श्रेष्ठलाई धादिङबाट उद्धार

Breaking News......माओवादीले नै हिन्दूहरु लाई बदनाम गर्न डाक्टर भक्तमान श्रेष्ठ अपहरण काण्डमा हिन्दू जनता पार्टीको नाम दिएको तर खेल सबै माओवादीको हुन सक्ने प्रहरी र बिस्लेसक हरुको एक मत छ भन्छन हाम्रा सम्बाददाता । जे होस् बिस्तारै खुल्दै जानेछ अपहरण काण्डको पर्दा । "भक्तमान को भनाइ सुन्दा यती ब्यबस्थित अपहरण माओवादी बाहेक कसैले गर्न सक्दैन, फेरी के हो हिन्दू जनता पार्टीको नाम दिएको अचम्म ! यो सब माओवादीको नाटक हो । माओवादीको धम्किका कारण भक्तमन बोल्न सकिरहेका छैनन, उनको अपहरण मा माओवादी सचिब राम बहादुर थापा बादल सम्मको हात रहेको तथ्य हरु छ" प्रहरी अनुसन्धान श्रोत को दाबिछ ।

 डा. श्रेष्ठले दिएको जानकारी अनुसार जेठ ४ गते भरतपुरस्थित अस्पतालबाट निस्केर घर जानलाग्दा हाकिम चोकबाट तीनवटा गाडीमा आएका अपहरणकारीले पेस्तोल कन्चटमा तेर्स्याएर आपहरण गरी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेका थिए । त्यहा“ धेरै चिसो थियो । सिरक ओडेर सुत्नुपर्ने स्थान हो । खान बस्न राम्रोस“ग व्यवस्था गरेका थिए भने उनीहरूको शिविरमा करिब च्ाार हजारको हाराहारीमा सेना जस्ता लाग्ने मानिस रहेका थिए ।
लौ तपाईं आँफै भन्नुस् चार हजार सेना जस्ता लाग्ने मानिस् नेपाली सेना र प्रहरी बाहेक अरु क्सैसँग छ भने त्यो माओवादीसँग छ, नेपाली सेना, प्रहरीले अपहरण गर्ने कुरै भएन भने पछी माओवादीले अपहरण गरेको भन्ने कुरा मा कुनै शंका रह्यो र ?? र पनि नाटक हेदै जाउँ न के के भन्दा रहेछन माओवादीले ।.....
     तीन साता अघि अपहरित चितवनका डाक्टर भक्तमान श्रेष्ठलाई प्रहरीले शनिबार बिहान धादिङबाट उद्धार गरेको छ । धादिङको मजिमटारमा रहेका डा. श्रेष्ठले आफ्ना भाइ प्रहरी उपरीक्षक जगतमान श्रेष्ठलाई बिहान सवा ३ बजे फोन गरी 'तुरुन्त लिन आउनू' भनी खवर गरेपछि प्रहरी टोली उद्धारका लागि पुगेको थियो । प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठ केहीदिनदेखि परिवारसँगै चितवनमा थिए । खवर गरेलगत्तै पुगेको प्रहरी टोलीले डा. श्रेष्ठलाई तत्कालै सकुशल उद्धार गरेको थियो । उद्धारपछि उनलाई बिहान ७ बजे धादिङबाट आफ्नै निवास चितवन लगिएको हो । अहिले उनी परिवारको सम्पर्कमा पुगेका छन् । भरतपुरस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. श्रेष्ठ गत जेठ ४ गते अपहरणमा परेका थिए । अपहरणपछि उनको सवारी पोखरामा भेटिएको थियो भने ब्रिफकेस अपहरणको पाँच दिनपछि चितवनको घोप्टेभिरमा फेला परेको थियो । अपहरण भएदेखि नै आँखामा पट्टी बाधिएको थियो, डा भक्तमान श्रेष्ठको। आज बिहान करिब २ बजे उनी रिहा भएका छन्। उनले पत्रकारसँग नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको जानकारी दिएका छन्। मुक्तपछिको उनको अवस्था

पत्रकारसामु बोल्दै डा. भक्तमान। साथमा उनकी श्रीमती।




डा. भक्तमान शुभचिन्तकलाई अभिवादन गर्दै।

डा. भक्तमानलाई सम्हाल्दै परिवार।


चाँदनी हमाल र रमेश पौडेलको फोटो फिचर
१९ पछि अपहरण मुक्त भएका चितवनस्थित भरपुर क्यान्सर अस्तालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठले अपहरण अवधिभर आफूलाई फरक फरक ठाउँमा राखेको बताएका छन्। परिवारसँग सम्पर्कमा आएको ६ घन्टापछि उनले यस अवधिभर चिसो क्षेत्रमा राखेको र ठाउँ फेरेर राख्ने गरेको बताएका थिए। कुराकानीमा परिवारसँगै रहेका एक चिकित्सकले भक्तमानले गरेका प्ररम्भिक कुराकानी सुनाएका थिए। 'ठाउँ सार्दा धेरै मोटरसाइकलको प्रयोग गरियो।' श्रेष्ठलाई उदृत गर्दै निवासभित्रै रहेका एक स्वास्थ्यकर्मीले नागरिकसँग भने- बाइकमा दुई जनाको बीचमा राख्थे, डाक्टर साप राम्रोसँग बस्नुस्, भीर छ खसे मरिन्छ भन्थें।' अपहरणकारीले आफूलाई हिन्दू जनता पार्टीको नाम दिएको र तीन चार महिनाभित्र सार्वजनिक हुने बताएका थिए। परिवारसँगको कुराकानीमा सँगै रहेका भरतपुर क्यान्सर अस्पतालका चिकित्सक एवम् भक्तमान बचाउ अभियानका संयोजक डा. विजय न्यौपानेले भने- 'हामीले प्रतिप्रश्न गरेनौं, जे भन्नुभयो सुनिमात्रै रह्यो, हालसम्म अपहरणको उद्देश्य भन्नुभएको छैन्।' भक्तमान सकुशल आएकोमा खुसी व्यक्त गर्दै अन्य कुरा खुल्दै जाने उनले बताए। भक्तमानले परिवार र सहकर्मी चिकित्सकसँग गरेको कुराकानीअनुसार जेठ ४ गते अस्पतामा काम सकेर निवास फर्किने क्रममा भरतपुरस्थित हाकिमचोकमा उनको गाडीलाई तीनपट्टिबाट गाडी र अन्य मोटरसाइकले घेरेका थिए। गाडीलाई सामान्य ठक्कर पनि दिए। उनको गाडी रोकिएपछि अगाडिको गाडीबाट आएका हतियारसहितका व्यक्तिले भक्तमानलाई सोही गाडीको पछाडि राखेर धेरै बेरसम्म तीब्र गतिमा घुमाएका थिए। लामो समय ग्राबेल गरेको र खाल्टाखुल्टी जस्तो सडकमा पनि हिँडाएका थिए।
उनलाई यस अवधिका अधिकांश दिन मासु र भात खान दिइयो। राखेको ठाउँ सिरक छोड्नै नमिल्ने चिसो थियो। यसबीचमा शारीरिक यातना दिइएन्। कतिपय अवस्थामा फोनमा हिन्दी र नेपालीमा बोल्ने गरेका व्यक्तिले मैले टर्चर नदिनु भनेको छु भन्थे र दिएनन् पनि। यतिसम्म कि डाक्टरले खाने माइग्रेनको औषधी पनि लगिसकेका रहेछन्। औषधी पनि दिए।

उन्नाइस  दिनअधि अपहरणमा परेका डा. भक्तमान श्रेष्ठलाई धादिङको जोगिमारा-९ मझिमटारमा पहिलो पटक सडक कर उठाउन खटिएका सुरेश आचार्यले भेटेका थिए ।
थकित र कमजोर अवस्थामा मझिमटारस्थित सडकमा सहारा खोज्दै हिंडेको अवस्थामा सडक कर लिने स्थानमा खटिएका कर्मचारी भण्डारीले राति २ बजेतिर भेटेपछि उद्धार गरिएको र परिवारस“ग मोबाइलबाट फोन गरेर सर्म्पर्क गराइएको आचार्यले बताएका छन् ।
शनिबार बिहान २ बजेतिर हात र आँखामा पट्टी बाँधी गाडीमा ल्याएर छाडेपछि हात खोलिदिएको र अपहरणकारीले आधाघण्टापछिमात्र आँखा खोल्नु भनेपछि राति डा.श्रेष्ठ अलपत्र परेको र घरसम्म सर्म्पर्क गर्न उनीसँग रकमसमेत नभएकाले आफूले घरपरिवारलाई सर्म्पर्क गराएको भण्डारीले बताएका छन् ।
सडक कर कार्यालयमा आएपछि प्रहरी कार्यालय सोधखोज गरी आफूलाई अत्यधिक प्यास लागेको, परिवारलाई फोन सर्म्पर्क गर्न समेत आफूसँग पैसा नभएको र मोबाइल समेत नभएकाले सहयोग मागेपछि सडक बोर्डको कर कार्यालयमा बस्ने कर्मचारीले उनको उद्धार गरेको हो ।
सडककै अर्का कर्मचारी सुरेशचन्द्र भण्डारीको मझिमटारस्थित कोठामा करिब तीन घण्टा आराम गरी बस्दा जुस खाएर डा.श्रेष्ठले परिवारलाई सर्म्पर्क गरेका थिए । विहान सवा ५ बजेतिर उनकी श्रीमती शिलु, भाइ प्रहरी नायव उपरीक्षक जगतमान र शुभमान आएपछि उनलाई चितवन लगिएको थियो ।
डा. श्रेष्ठले लगाएको चस्मा, टोपी र माक्स सोही स्थानमा छाडेर गएको र सो सामान जोगीमारा प्रहरीले राखेको छ ।
हातमा डोरीले बाँधेको घाउ प्रष्ट देखिएको थियो भने उनी अत्यन्तै थाकेका थिए । आचार्यले लामो बाटो हिडेर आएको यात्री जस्तो कपडा मैलो, जुत्तामा माटो लागेको अवस्थामा भेटिएका श्रेष्ठलाई आफूहरूले परिवारको जिम्मा लगाएर पठाउन पाउँदा खुसी लागेको बताए ।
आचार्यलाई डा. श्रेष्ठले दिएको जानकारी अनुसार जेठ ४ गते भरतपुरस्थित अस्पतालबाट निस्केर घर जानलाग्दा हाकिम चोकबाट तीनवटा गाडीमा आएका अपहरणकारीले पेस्तोल कन्चटमा तेर्स्याएर आपहरण गरी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेका थिए । त्यहा“ धेरै चिसो थियो । सिरक ओडेर सुत्नुपर्ने स्थान हो । खान बस्न राम्रोस“ग व्यवस्था गरेका थिए भने उनीहरूको शिविरमा करिब च्ाार हजारको हाराहारीमा सेना जस्ता लाग्ने मानिस रहेका थिए ।
नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको र चर्चामा आउन यसो गरेको भनेर डा. श्रेष्ठलाई अपहरणकारीले भनेको आचार्यले पत्रकारहरूलाई जोगिमारामा जानकारी दिए ।
शुक्रबार बेलुका ८ बजेतिर गाडीमा चढाएको र बिहान २ बजेतिर मझिमटारमा झारेको बताएका श्रेष्ठले आफूलाई कुन दिशाबाट सो स्थानमा ल्याएको बताउन सकेनन् ।
परिवारलाई जानकारी दिएपछि आराम गरेर आफूलाई अपहरणकारीले केही नभन्न धम्की दिएको बताएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक