20100712

देश अकल्पनीय सङ्कटको भुमरीमा - प्रधानमन्त्री

सहमति नाम मात्र, संबिधान बनाउने कुरै हरायो, सबैलाई चाहियो प्रधानमन्त्री, मन्त्री र कुर्सी, जनता जिल्ल !    
प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति र संविधान बन्नुपर्ने जनभावनाको कदर गर्दै देशलाई अन्योल र अस्थिरताबाट मुक्त गर्न सबै गम्भीर हुनुपर्ने आवश्यकता औल्याएका छन् ,    व्यवस्थापिका–संसदको आजको बैठकको प्रारम्भमा विशेष समय माग गर्दै प्रधानमन्त्री नेपालले संविधान निर्माणका लागि थप गरिएको एक वर्षको डेढ महिना समयावधि बित्दा पनि हामी अझै गम्भीर हुन नसके देश अकल्पनीय सङ्कटको भुमरीमा फस्ने र अहिलेसम्म पाएको उपलब्धि गुम्नसक्ने आशङ्का..........
व्यक्त गरे ,   उनले भने ‘ यदि यस्तो अवस्था आएमा इतिहासमा नै हामी असक्षम र गैर जिम्मेवार साबित हुनेछाँैं ।’     आफूले प्रधानमन्त्रीको पदभार सम्हालेको जटिल अवस्थाको सामना गर्दै देश जनता लोकतन्त्र र शान्तिका लागि इमान्दारी र निष्ठाका लागि जिम्मेवारीपूर्ण कार्य गर्दै आएको प्रधानमन्त्री नेपालले उल्लेख गरे ।    उनले  विभिन्न विचार,सिद्धान्त र दृष्टिकोण भएका राजनीतिक दलका बीच साझा राजनीतिक दृष्टिकोण मान्यताको खोजी गर्न सजिलो नभएपनि आफू अधिनायकवादी सोच र कार्यलाई अस्वीकार गर्दै लोकतन्त्र र मानवअधिकार तथा शान्तिका लागि दृढतापूर्वक अगाडि बढेको चर्चा गरे ।
    सहमति र सहकार्यका लागि अनेकौँपटक वार्ता र छलफल भए पनि एमाओवादीको असहयोगी प्रवृत्ति व्यवहारका कारण ती प्रयास सफल हुन नसकेको प्रधानमन्त्री नेपालले बताए ।एकीकृत माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक आज पनि सहमतिमा नपुगेपछि अन्तत सरकार बहुमतिय प्रणलीबाट बन्ने पक्का भएको छ। सहमतीय सरकार बनाउने अन्तिम प्रयासस्वरुप बसेको प्रमुख तीन दलको बैठक आ आफ्नै अडानका कारण सहमति हुन सकेन। राजधानीमा बसेको बैठकले माओवादी लडाकुको समायोजनको संख्या र ब्यवस्थापनका बिषयमा तीन दलबीच सहमति हुन नसकेको हो। राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिय सरकार गठनका लागि दिएको समयसीमा आज सकिन लाग्दा दलहरु बहुमतिय सरकारमा जाने मार्ग तर्फ अग्रसर भएका छन्।  अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सहमतीय सरकार बन्न नसकेपछि ३८ (२) अनुसार प्राविधिकरुपमा बहुमतीय सरकार बनाउनु पर्ने छ। बैठकपछि एमालेका अध्यक्ष झलनाथ खनालले सहमति हुन नसकेपनि सम्बाद मार्फत सहमतिको सरकार बनाउने अझैपनि धेरै सम्भावना रहेको दावि गरेका छन्। काँग्रेस र एमालेले लडाकु समायोजन तथा पुर्नस्थापनका लागि माओवादीले स्पष्ट कार्यतालिका र संख्या निर्धारण गर्न आग्रह गरेपछि बैठक निष्कर्ष बिहिन भएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस कार्यवाहक सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल सहित तीन वटै दलका शीर्ष नेताहरुको बैठकमा सहभागीता थियो।
एमाले नेता केपी शर्मा ओलीले माओवादी नेतृत्वमा सहमतिको सरकार असम्भव रहेको दावी गरेका छन्।  राजधानीमा आयोजीत कार्यक्रममा उनले हिंसात्मक गतिविधिलाई निरन्तरता दिइरहेको र सत्ता कब्जाको रणनीतिलाई कायमै राखेकाले माओवादीले कुनै पनि हालतमा सत्ताको नेतृत्व दिन नसकिने बताएका हुन्। नेता ओलीले माओवादीले दिनप्रतिदिन हत्याको शृङखलालाई बढाइरहेकोप्रति आक्रोश ब्यक्त गर्दै माओवादीको हिंसात्मक गतिविधिको भण्डाफोर गर्नु पर्ने बताएका छन्। यसैबीच एमालेका उदयपुर, खोटाङ, ओखलढुङगा, सिरहा, सप्तरीका अगुवा कार्यकर्ताको पार्टी केन्द्रीय कार्यालय मदननगरमा बसेको भेलाले माओवादीद्धारा मारिएका पार्टीका राष्ट्रिय प्रतिनिधि छवि कार्कीलाई सहीद घोषणा गर्न माग गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक