20100712

अन्तराष्ट्रिय कलाकार मन्च, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका सहित् ७ सस्थाको आयोजनामा "नमस्ते अमेरिका" कार्यक्रम !





धरान अमेरिका समाजद्वारा अभिनन्दन

  धरान अमेरिका समाज  द्वारा यहि  जुलाई  १०  ,२०१० का दिन Falls Church, Virgina मा खगेन्द्र  थापा  (पि . एच . डि) प्राध्यापक ,Ferris State University ,Michigan  तथा यज्ञ प्रसाद घिमिरे (Senior Mechanical Engineer) लाई अभिनन्दन तथा सम्मान  कार्यक्रम.....
एक समारोहका  बिच गरियो ! खगेन्द्र  थापा  मुलुक बाहिर तथा यज्ञ प्रसाद घिमिरेले मुलुक भित्र रहेर  उल्लेखनिय  कार्य गरी  बिश्व  भरि रहेका नेपालीहरुको शिर  उच्च पारी दिनु भएकोमा  अभिनन्दन   गरिएको   थियो !
डा .खगेन्द्र  थापा  Ferris State University ,Michigan  मा Geodesy ,geographic information system ,GPS मा प्रध्यापन  गरी रहनु भएको  छ! वहाँले Ohio State university  बाट पि .एच .डि Geodetic science मा गर्नु भएको !१९९६ , १९९७  र २००८ मा  उल्लेखनिय  कार्य गरे वापत Ferris State University  तथा MAGB(GOVERNING BOARD) बाट  सम्मानित हुनु भएको छ ! डा .खगेन्द्र  थापा  धरान अमेरिका समाजका सल्लाहकार पनि हुनु हुन्छ !यज्ञ प्रसाद घिमिरेले  U.K बाट Mechanical Engineering Production & Management (M.SC)गर्नु भएको छ !नेपालमा निजामती तथा बिभिन्न संस्थामा कार्यकारी अधक्ष्य , कार्यकारी निर्देसक , महा-प्रबन्धक  र  अन्तरराष्ट्रिय  गुणस्तरमा  उल्लेखनिय  योग्दान गर्नु भएको छ ! यसरी नेपालीहरुको शिर  उच्च पारी दिनु भएकोले वहालाई अभिनन्दन  गरिएको थियो ! धरान अमेरिका समाजले  अभिनन्दन   तथा सम्मान कार्यक्रम गरेकोमा  द्वय डा .खगेन्द्र  थापा   तथा यज्ञ प्रसाद घिमिरेले आफ्ना अनुभव तथा बिचारहरु राख्नु  भएको थियो !निरज घिमिरे तथा बिश्व राज थापाले वहाहरुलाई  पुष्प गुच्छा द्बारा स्वागत गर्नु भएको थियो!वहाहरुको परिचय सह-सचिब राजिव ढकाल तथा चोलेन्द्र घिमिरेले गर्नु भएको थियो भने सल्लाहकारहरु चोलेन्द्र घिमिरे तथा नारायण थापाले भने सम्मान पत्र पढेर सुनाउनु भएको थियो ! ॠषि बराल तथा श्याम के सि ले पनि आफ्ना मन्तब्य राख्नु भएको थियो! अन्त्यमा , धरान अमेरिका समाजका अधक्ष्य बिजय थापाले सबैलाई  धन्यवाद दिनु भयो ! - बिजय थापा, अधक्ष्य -तथा धरान अमेरिका समाज परिवार



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक