20100717

रामचन्द्र बाजे प्रधानमन्त्री हुने सम्भावना ! झलनाथ र प्रचण्डको सपना तूहिने र माला त्यसै सुक्ने सम्भावना बढ्यो !


नयाँ सरकार आफ्नो नेतृत्वमा बनाउन तिव्र प्रयास थालेका एकीकृत माओवादी र कांग्रेसका शीर्ष नेताहरुकाबीच आज भएको छलफल बिनाकुनै निष्कर्ष सकिएको  छ । बैठकमा माओवादी र काँग्रेसले सरकार बनाउने बिषयमा सहयोग गर्न एकअर्कालाई आग्रह गरेपछि बैठक निष्कर्ष विहिन भएको हो ।लालितपुर स्थित कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको दुई दलको बैठकमा सरकार..........
सहमतिमा बनाउनु पर्ने र त्यसका लागि सहयोग गर्न एक अर्कालाई आग्रह गरेको नेताहरुले बताएका छन् । त्यसै गरेर लडाकुको समायोजन सम्बन्धी अवधारणामाथि पनि छलफल भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । दाहालले दुवै दल सहमतिको सरकार बनाउने विषयमा गम्भीर रहेको उल्लेख गरे  । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष मोहन बैद्य, उपाध्यक्ष डा. बाबुराम भट्टराई र नारायकाजी श्रेष्ठ तथा कांग्रेसबाट कार्यबाहक सभापति सुशील कोइराला संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि ,केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला तथा प्रवक्ता अर्जुन नरिसंह केसी लगायतका नेताहरुको सहभागीता थियो ।
लामो छलफल र बहस पछि नेपाली कांग्रेसले पार्टी ससंदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चयन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार पौडेललाई बनाउने सहमति भएको उपसभापति गोपालमान श्रेष्ठले जानकारी दिए । उपसभापति श्रेष्ठले वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्ताव र महामन्त्री केवी गुरुङको समर्थनमा केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलका नेता पौडेललाई सर्वसम्मत उम्मेदवार चयन गरेको बताए । यसअघि कांग्रेस केन्द्रीय कार्य समितिले राष्ट्रिय सहमतिको सरकार नबन्ने निश्चित भएपछि आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने निर्णय गरेपनि कस्लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने सम्बन्धमा निर्णय गर्न सकेको थिएन । पार्टी संसदीय दलका नेता रामचन्द्र पौडेल ,वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कुलबहादुर गुरुङ प्रधानमन्त्रीको उम्मेदवार बन्ने दौडमा लागेपछि पार्टीमा विबाद हुदै आएको थियो ।प्रधानमन्त्रीका लागि आफुपनि रहेका बताउदै आएका देउवा र गुरुङ नै समर्थक प्रस्तावक बसेपछि पौडेल सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बन्नु भएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक