20100705

बन्दुक गोली कती त सस्ता हुन !, यि दुई मार्ने ति पापी कस्ता हुन ? 
 दाङ र रोल्पामा दुई दम्पत्तिको हत्या भएको छ । दाङको सतवरिया गाविस २ वनखुट्टी निवासी  ५० वर्षीय वरदान गुरुङ र उनकी ४५ वर्षीया श्रीमती मनशोभा गुरुङको हत्या भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । श्रीमान आफनै गोठमा हत्या गरी झुण्ड्याइएको अवस्थामा र श्रीमती घाटीमा धारिलो हतियार प्रहार गरी गोठभन्दा १ सय मिटर टाढा फालिएको अवस्थामा सोमवार बिहान फेला परेको इप्रका लमहीका प्रहरी निरीक्षक हरिदास श्रेष्ठले जानकारी दिए । गोठमा श्रीमान श्रीमति एक्लै भएको अबस्थामा हत्या भएको प्रहरीले बताएको छ । घटनास्थलमा एउटा चक्कु फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । उता रोल्पा खुंग्री २ निवासी ३० वर्र्षीय जेदु गिरी र उनकी २८ वर्षीया श्रीमती चन्द्रा.....
गिरीको पनि सोमवार दिउँसो हत्या भएको छ । सोमवार दिउँसो साडे एक बजे गिरी दम्पत्तिको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्मार्टमका लागि प्यूठान लगिएको छ ।  यसैगरी रुकुमको  सानोभेरी नदिमा पौडि खेल्ने क्रममा सोमवार एक बालक बेपता भएका छन ।  स्यालापाखा गाबिस ४ का १३ वर्षीय बालक शशिराम खड्का दिउँसो पौडी खेल्ने क्रममा  झुला गाबिसको गाराघाट स्थित सानो भेरी नदीबाट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । पौडी खेल्दा दिउँसो १२ बजे बेपत्ता भएका खड्काको खोजी कार्य भैरहेको  बताइएको छ । नदीमा पानीको सतह बढेकाले र पानी निरन्तर परेकाले खोजी कार्य प्रभाबित भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक