20100721

चमत्कार देखाउछु भन्ने प्रचण्डले हावा खाए पनि ३ बर्षकी अतिथी केसीले भने चमत्कार नै देखाइन बा !, गिनिज बुकमा नाम पक्का !

Exclusive............ उनीले गाएका गीत हरुका भिडियो हेरेर तिनछक पर्ने मन छ भने  Read more »मा क्लिक गरी भित्र आउनुहोश !!!!! ३ बर्षकी बच्ची को यस्तो प्रतिभा ?? हे भगवान के देख्नु परेको यो अचम्म !!!, यिनिलाई जन्माउने बाउ आमालाई मान्नै पर्छ ! बधाई छ अतिथी तिमीलाई अनी तिमी लाई जन्म दिने तिम्रा बाबु आमा दुबैलाइ पनि ...............












सम्भवतः संसारकै कान्छी ३ वर्षकी गायिका अतिथी गौतम केसी !

सम्भवतः संसारकै कान्छी गायिका अतिथी गौतम केसीको गीति एल्वम 'अतिथि' एक समारोहवीच विमोचन गरिएको छ। अतिथि केसी मात्र ३ वर्षकी छिन। काठमाडौंस्थित नेपाल पर्यटन वोर्डमा आयोजना गरिएको  कार्यक्रममा वरिष्ठ संगितकार अम्वर गुरुङ्गले उक्त एल्वम विमोचन गरेका हुन्। अर्विट पब्लिसरको सक्रियतामा तयार पारिएको 'अतिथि' एल्वममा नौ वटा गीत समावेश छन्। अक्षर समेत राम्ररी चिन्न नसक्ने गायिका केसीले सबैको सामु गीत गाउने कलालाई देखेपछि अन्तराष्ट्रिय जगतमा समेत यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्विट पब्लिसरले यो पहल गरेको हो। गिनीज बुक अफ वर्ल्ड रेकर्डका तथ्याङ्कलाई अध्ययन गर्दा समेत यति सानो उमेरदेखि गायर गीति एल्वम निकालेको प्रमाण फेला परिसकेको.....
छैन। अब अतिथि एल्बमलाई गिनीज वर्ल्ड रेकर्डका लागि प्रकृयागत ढङ्गमा लगि सकिएको छ। २ वर्ष देखि नै गीत गाउन थालेकी अदभूत प्रतिभा  अतिथि केसी हुन। आफ्नै दिदी उष्णा केसीले गाएको देखेपछी त्यसलाई नक्कल गर्ने बानीले उनलाई गीत संगित प्रति मोह जगाएको उनका बाबु उद्धव केसीले बताएका छन्। विभिन्न सांगीतिक कार्यक्रममा दिदी उष्णासँग र एकल कार्यक्रम समेत प्रस्तुत गरेर यिनले उपस्थित सबैलाई आश्चर्यमा पारिसकेकी छिन। नेपाल टेलिभिजनको एक सास्कृतिक कार्यक्रममा प्रत्यक्ष प्रशारणमा समेत अतिथीले गीत गाएकी छिन। अतिथि एल्वममा समावेश सातवटा गीतमा संगीत जुगल डंगोलले भरेका छन् भने एउटा गीतमा संगीत रामकृष्ण दुवालको रहेको छ र एउटा राष्ट्रिय गित रहेको छ । पत्रकार घनश्याम खड्का, कवि अर्जुन पराजुली, अमेरिकी निवासी कानुन व्यवसायी बिनोद रोक्काका शब्द रहेका हरेक गीत बालबालिकालाई लक्षित गरि तयार पारिएका छन्। केही महिनाअघि पूतलीसडकमा अवस्थित आर्टोम्यूज स्टुडियोमा रेकर्डिङ्ग गरीएको गीत अवलोकनमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो। त्यहाँ रेकर्डिङ्ग अवलोकन कार्यक्रम पछाडि सुझाव पुस्तिकामा लेखिएका प्रतिकृयावाट समेत अतिथीको क्षमता प्रष्ट हुन्छ । उक्त पुस्तिकामा साहित्यकार मोदनाथ प्रश्रितले त अतिथी राष्ट्रकै गौरव रहेको प्रतिकृया लेखेका छन्। त्यसैगरी संस्कृतविद सत्यमोहन जोशी, नेपाल वार एशोसियसनका  अध्यक्ष प्रेम बहादुर खड्का , युवा नेतृ रामकुमारी झाँक्री ,साहित्यकार कृष्ण धरावासीले अतिथिमा गाउने कला देखेर आफुहरु चकित रहेको प्रतिकृया दिएका छन्। नेपाल वार एसोसिएसनका पूर्व  अध्यक्ष विश्वकान्त मैनालीले त आफ्नो जीवनकालमा अतिथि जस्तो क्षमतावान वालिका हालसम्म नभेटेको कुरा पुस्तिकामा लेखेका छन्। शास्त्रीय सँगीतमा प्रारम्भिक तह उतिर्ण गरेकालाई समेत गाउन गाह्रो हुने स्वर लिपी अलँकारसमेत अतिथिले सहज रुपमा गाएकी छिन्। जसलाई कार्यक्रममा उनले ख्यातिप्राप्त बाद्यबादकको प्रत्यक्ष सँगीतमा गायिन्। कार्यक्रममा उनले तीन वटा गीत प्रत्यक्ष गायिएकी थिइन्। यो सारेगमको म्युजिक भिडियो समेत तयार गरिएको छ। सो म्युजिक भिडियोको सोही कार्यक्रममा प्रदर्शन गरिएको थियो। राष्ट्रले अतिथि केसीको क्षमतालाई अन्तराष्ट्रिय जगतमा चिनाउन पहल गर्ने आशा हामीले लिएको बाबु उद्धव केसीले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक