20100807

प्रधानमन्त्री पद पाउन माओवादी जे गर्न पनि तयार !

जुन दलको नेतृत्वमा सरकार बने पनि शान्ति र संविधानको मूल एजेण्डा पूरा हुन नसक्ने खनालले बताए,  प्रधानमन्त्री चुनाव र महाविधेशन बारेमा छलफल गर्न आज नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्ने,  पैसाको प्रलोभनमा पारेर मालेलाई विभाजित गरिएको दावी....!
 एमाले नेता केपी ओलीले सर्वहारालेपूँजीवादी पार्टीका सांसदलाई करोडौं रुपैया खर्च गरेर प्रधानमन्त्रीको निर्वाचन खरिद गरेको आरोप  लगाएका छन् । शनिबार आयोजित एक कार्यक्रममा नेता ओलीले माओवादी पार्टीले प्रधानमन्त्रीको निर्वाचनमा सांसद करोडौं रुपैयाको चलखेल गरेको दाबी गरे । 'सर्वहराले पूजीवादीका सांसद खरिद गर्छ कस्तो अचम्म' उने भने ।राष्ट्रिय सहमतीय सरकारको पक्षमा उभिदै आएका आफ्नै पार्टीका....
अध्यक्ष झलनाथ खनाललाई इंगित गर्दै उनले सहमती गर्ने वेला भित्र लुकेको आरोप  लगाए । 'कहां गए राष्ट्रिय सहमतीको वकालत गर्नेहरु' उनले भने, 'समय आउँदा भित्र लुकेर बस्ने हो ।' एकीकृत माओवादीले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बनाउन पहल जारी राख्ने भएको छ । प्रधानमन्त्रीको निर्वाचनमा प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाललाई नै विजयी बनाउने निर्णय माओवादीले गरेको छ । माओवादी पदाधिकारीहरुको आज राजधानीमा बसेको बैठकले त्यसका लागि सबै दलसँग गम्भीर छलफल अघि बढाउने निर्णय गरेको छ । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बनाउनु बैज्ञानिक र उपयुक्त हुने बताए ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार अत्यावश्यक भएको आफ्नो पार्टीको अडान सही भएको बताएका छन् । नेकपा एमाले सम्पर्क विशेष समन्वय कमिटीले जिल्ला सम्पर्क मन्चहरुका लागि आयोजना गरेको केन्द्रीय प्रशिक्षण कार्यक्रममा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेस जुन दलको नेतृत्वमा सरकार बने पनि शान्ति र संविधानको मूल एजेण्डा पूरा हुन नसक्ने खनालले बताए ।'चार पटकसम्म प्रधानमन्त्रीको लागि चुनाव भइसक्यो दुवै दलले बहुमत ल्याउन सकेनन्'- खनालले भने - 'यदि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस  संसदीय दलका नेता रामचन्द्र पौडल जसको नेतृत्वमा सरकार बने पनि शान्ति र संविधानको गहन कार्यभार पूरा हुन सक्दैन यसले संविधान निर्माण गर्न भनी थपिएको दश महिनाको समयमात्र बर्बाद गर्छ ।'अबको सरकार शान्ति र संविधानको अभिभारा पूरा गर्ने मिसनसहितको हुनुपर्ने खनालको धारणा थियो ।
प्रधानमन्त्री चुनाव र महाविधेशन बारेमा छलफल गर्न आज नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ । चौथो पटकको चुनावबाट पनि मतपरिणाम आफ्नो पक्षमा नभएपछि प्रधानमन्त्रीको दाबेदार नेपाली काङ्ग्रेसले आज आन्तरिक छलफल गर्न लागेको हो । पाँचौ पटकको चुनावमा कस्तो रणनीति बनाउने भन्ने विषयमा काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने छ । निर्णायक मत भएको नेकपा एमाले र मधेसी मोर्चासँग काङ्ग्रेसले फेरि समर्थन प्राप्तिका लागि आग्रह गर्ने छ । फेरि पनि बहुमत आउने स्थिति नभएमा नयाँ विकल्पका बारेमा पनि काङ्ग्रेसले खोजी गर्ने जनाएको छ ।
नेकपा मालेका महासचिव सीपी मैनालीले पैसाको प्रलोभनमा पारेर मालेलाई विभाजित गरिएको दावी गरेका छन्। नेकपा माले विभाजित भई सो पार्टीका चार सभासदसहित पोलिटब्यूरो सदस्यहरुले नेकपा माले समाजवादी नामको नयाँ पार्टी खोलेपछि सिंहदरबारमा पत्रकार सम्मेलन गरेर मैनालीले त्यस्तो दावी गरेका हुन्। हिजोसम्म एमालेसँगको छलफलको क्रममा सबै जना पार्टीको तटस्थ बस्ने निर्णयमा समर्थन गरेका उनीहरुलाई रातारात प्रलोभनमा पारेर परिवर्तन गरेको मैनालीले दावी गरे। नयाँ पार्टी दर्ता गर्नेहरुले हिजो राती मालेको केन्द्रीय कार्यालय कब्जा गरेर पार्टीको सबै महत्वपूर्ण कागजातहरु लगेको जानकारी पनि मैनालीले दिए। मैनालीले संसदीय अभ्यासको नाम भएको यस्तो घृणित खेलले लोकतन्त्रलाई नै कमजोर बदनाम गरेको भन्दै यस्ता गैरलोकतान्त्रिक क्रियाकलाप तत्काल रोक्न समेत आग्रह गरे ।

प्रकाशन समिति, NDF Japan
नेपाली लोकतान्त्रिक मंच जापान (NDF Japan) को हालै सम्पन्न वैठकले प्रकासन तथा प्रचार प्रसार समितिलाई स्मारिका प्रकाशन गर्ने जिम्मेवारी दिएको छ । स्मारिका आगामी अक्टुवर १५ भित्रमा प्रकाशन गरिसक्ने निधो भएको छ र हामी अहिले स्मारिका प्रकाशनको तयारीमा व्यस्त छौं ।यो संगठन जापानका लोकतन्त्रवादीहरुको संगठन हो । विशेषगरि स्मारिकामा एनडीएफ जापानका दस्तावेजहरु, जापान र यहाँ रहेका नेपालीहरुका बारेमा लेखिएका लेखहरु, जापानमा नेपाल र नेपालीसंग गरिएको विभिन्न सामाजिक कार्यक्रमहरु ,जापानका रमाईला र शिक्षामुलक पक्षहरु, प्रवासमा रहेका नेपालीहरुसंग सम्बन्धित लेखहरु, साहित्यिक सामग्री र अन्य समसामयिक विषयवस्तहरु समावेश हुनेछन् । यसैले यिनै विषयवस्तुमा आधारित रहेर आगामी अगष्ट १५ भित्रमा आफ्ना महत्वपुर्ण लेखरचनाहरु केहि भएमा तपाई लगायत तपाईका संस्थाबाट प्रकाशन समितिलाई उपलव्ध गराईदिनुहुन अनुरोध छ । सकभर स्मारिकाका विषयवस्तुहरु एकापसमा नदोहोरियोस र नजुधोस भन्ने हाम्रो प्रयास छ । यसैले कुन विषयमा लेख्न लागेको हो ? सो सम्बन्धमा प्रकाशन समितिलाई लेख्न भन्दा अगाडि नै जानकारी दिनुहन पनि अनुरोध छ । स्मारिका हाम्रो संगठनकै महत्वपुर्ण दस्तावेज भएका कारणले कोहि र केहि नछुटन र नदोहोरिउन भन्नका लागि स्मारिकाका सम्बन्धमा प्रकाशन समिति तपाईको सल्लाह, सुझाव र कार्ययोजनाको अपेक्षा राख्दछ । तपाईहरुका रचना प्रकाशन समितिका साथीहरुको ठेगानामा सकभर नेपाली फन्टमा टाईप गरेर पठाईदिनुहोला या सफा कागजमा हातले लेखेर पठाईदिए पनि हुन्छ । कृपया यो जानकारी तपाईको संस्थाको सबै सदस्य साथीहरुलाई समेत जानकारी गराई स्मारिका प्रकाशन गर्ने महत्वपुर्ण कामका लागि हामीलाई सहयोग गरिदिनहुन हार्दिक अनरोध छ ।
ईमेलमार्फत पठाउन परेमा
hpralesh@gmail.com

पोष्ट गर्न परेमा
Pokhrel Hari Prasad
Nagoya-shi Nakagawa-ku
kousidory 3-36 (2f)
post box number -454-0856
Japan

प्रकाशन समिति, NDF Japan
हरिप्रसाद पोखरेल -संयोजक hpralesh@gmail.com (09099066011)
दिनेशराज ज्ञवाली -सदस्य gyawalinp2002@yahoo.com (08054777894)
दामोदर शर्मा -सदस्य lamsaldamodar@gmail.com (09028792033) 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक