20100822

चार पटक प्रधानमन्त्रीको चुनावमा पराजय व्यहोरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदीय व्यवस्था नै असफल भएको बताए

आठ राउण्ड गोली चलाएर फरार !
चार पटक प्रधानमन्त्रीको चुनावमा पराजय व्यहोरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदीय व्यवस्था नै असफल भएको बताएका छन्। धुलिखेलको मिराबेल रिसोर्टमा रात बिताएका दाहालले आइतबार बिहान मिडियाकर्मीसँग भने- ‘यो पालिर्यामेन्ट्री सिस्टमकै फेलरका कारण सिर्जिएको समस्या हो।' संसदमा सबैभन्दा ठूलो दलका नेता अध्यक्ष दाहालले चार पटकसम्म प्रधानमन्त्री चयन असफल हुनुमा आफ्नो कुनै दोष नभएको दाबी गरे । चुनावमा उठेका नेताको कमजोरीका कारण अहिलेको समस्या नआएको उनको दाबी.......
थियो।‘अहिलेको संघर्ष ठूलो ध्रुवीकरणको रुपमा देखिएको छ। यो भोलि टुंगियोस भन्ने हाम्रो चाहना हो', उनले भने।उनले भोलि प्रधानमन्त्री बन्ने संभावना रहेको खुलासा गर्दै यसबारे सोमबार विहान बस्ने मोर्चाको बैठकको निर्णयमा भर पर्ने बताए । ‘एमालेले आफ्नो निर्णय अनुसार तटस्थ बस्ने भए पनि संभावना भने बढेको छ ' उनले थपे।
कास्कीको लेखनाथ नगरपालिका वडानम्बर १२ तल्लो गगनगौडाचोकमा आज दिउँसो गोली चलेको छ । दुईवटा मोटरसाइकलमा आएका चारजना युवाले दिउँसो पौने ३ बजे अन्धाधुन्द कम्तिमा आठ राउण्ड गोली चलाएर फरार भएका छन् । घटनामा कुनै पनि मानवीय क्षति हुन पाएन । गोली राजेश पुनमाथि बिशाल लामा र साहिंला लामाले चलाएको खुल्न आएको छ । उनीहरु प्रहरीको सुचिमा रहेका बिक्रम लामाका भाई पर्ने खुलेको छ। फायर गरेलगत्तै उनीहरु तनहूँतिर लागेको स्थानीयबासी शंकरबहादुर केसीले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्नहरुको खोजीकार्य तीब्र पारेको छ ।




Tamang Society of Greater Washington


Announcement
2010 Annual Summer Picnic
Food, soft drinks, games and fun
Come and meet new community friends and renew friendship with your old friends
Venue:
Nottoway Park, Shelter #1,
9537 Courthouse Road
Vienna, VA 22181
Date: 29 August 2010, Sunday
Time: 12 noon to 4:00pm.
Please let us know if you could come by contacting one of the following
Picnic Coordinators in advance:
Chandra Lama Moktan 703 901 6509
Sunil Tamang Ghising 703 201 8062

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक